सशस्त्र पूर्व महानिरिक्षक वलीसहित ७ जना विरुद्ध मुद्दा दायर, १ करोड १४ लाख विगो दाबी

रातो घर, काठमाडौं – सामान ढुवानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्व महानिरिक्षक सहित ७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बासुदेव वलीविरुद्ध परेको उजुरीको अनुसन्धानपछि उनैको आदेशमा भ्रष्टचार भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

सामान ढुवानी नै नगरी ढुवानी गरेको भनि झुठ्ठा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानपछि  मिति २०६३ वैशाख २९ देखि २०६५ चैत्र ३१ गते सम्म सशस्त्र प्रहरी महानिरीक्षकको पदमा कार्यरत रहँदा उनले सामान ढुवानी नै नगरी, संचालनमा नभएकारनरहेका ट्रान्सपोर्ट कम्पनीहरुको झुठ्ठा बिल भरपाई तथा पत्रहरू तयार गर्नुका साथै संगठन मै कार्यरत नरहेका र नभएका कर्मचारीहरु समेतका नाममा ढुवानी प्रयोजनको लागी भनि पेश्की रकम दिएको पाइएको थियो ।

नक्कली बिल भरपाई तथा कागजात पेश गर्न लगाई एक करोड चौध लाख चौवन्न हजार उन्नपचास रुपैया पैसा पचास बराबरको रकम भ्रष्टाचार गरेको पुष्टी भएको छ ।

वली सहित पूर्व सशस्त्र प्रहरी नायक उपरीक्षक महेन्द्र बहादुर कार्की, सहायक प्रहरी निरिक्षक विन बहादुर थापा, सहायक प्रहरी निरिक्षक मनुहिरा महत, सहायक प्रहरी निरिक्षक शिव बहादुर अधिकारी, सहायक प्रहरी नायब निरिक्षक देवेन्द्र कुमार श्रेष्ठ र लेख बहादुर खत्री रहेका छन् ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses