कर्मचारीको तलब-भत्ता बढाउने सरकारको तयारी, कसको कति ?

रातो घर, ७ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारी, प्रहरी, सेना तथा शिक्षकहरुको तलब बढाउने तयारी गरेको छ ।
कर्मचारी संगठनले तलब तथा भत्ता बढाउन तीब्र दबाब दिएपछि सरकार बढाउने मनस्थितिमा पुगेको हो ।
तलब र भत्ता गरी न्यूनतम १५ देखि अधिकतम २० प्रतिशतसम्म बढाउन सकिने सम्भावनामा छलफल भइरहेको बजेट निर्माणमा संलग्न कर्मचारीहरु बताएका छन् ।
हरेक तीन वर्षमा कर्मचारीको तलब तथा भत्तामा पुनरावलोकन गर्नुपर्ने कर्मचारी सेवा विनियमावलीको दफा २७ मा उल्लेख छ । त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा तलब भत्ता पुनरावलोकन समिति बन्छ र सो समितिको सिफारिसका आधारमा सरकारले निर्णय गर्छ ।
दुई बर्षदेखि तलब नबढेको भन्दै अहिले बढाउनुपर्ने मुख्यसचिव सोमलाल सुवेदी संयोजकत्वको समितिले सुझाएको स्रोतहरुको दाबी छ ।
मूल्य बृद्धि ब्यापक बढेको भन्दै कर्मचारीहरुले ५० प्रतिशतसम्म तलब बढाउनु पर्ने माग गर्दै आएका छन् ।
सरकारले तलबभन्दा बढी भत्ता वा अन्य कुनै इन्सेन्टिभको रुपमा कर्मचारीले पाउने पैसा बढाउने तयारी गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
तलब बढाउँदा नियमित तलबवाहेक पेन्सन थाप्ने पूर्वकर्मचारीहरुलाई पनि त्यही अनुपातमा थप रकम दिनुपर्ने भएकाले भत्ता बढाउनु पर्ने पक्षमा मन्त्रालयका अधिकारीहरु रहेका छन् ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses