दिनभर छोरासँग रक्सी, राती ७५ वर्षीया आमालाई बलात्कार प्रयासपछि हत्या
रातो घर, गुल्मी– केहिदिन अघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी–७५ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ । वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वषीृया वृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् ।
निजलाई उक्त दिन सोही स्थानका २१ वर्षीय मित्रलाल कामीले बलात्कारको प्रयासका क्रममा खाटबाट तल खसाल्दै टाउकोमा गम्भीर चोट लगाएको र सोही क्रममा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।
निजले मृतक महिलाका छोरा कृष्णबहादुर थापासँग दिनभरी बसेर रक्सी खाएको र छोरा कृष्ण केहिबेर घरदेखि बाहिर गएको मौका छोपी उनकी आमालाई बलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।
कोठामा बन्धक बनाई किशोरी बलात्कार गर्ने प्रहरी हिरासतमा
केही दिनअघि गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । अमरपुर–३ का २१ वर्षीय बालकृष्ण लम्साललाई प्रहरीको हिरासतमा राखिएको हो ।
निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको निज किशोरीले उजुरी दिएपछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।
बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्तीकरणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । स्रोतका अनुसार सुरुमा उनीहरु राजीखुशी त्यस होटलमा बस्न आएका थिए ।
साभार: रातो पाटी
साभार: रातो पाटी
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses