रातो घर, झापा, ५ भदौ : उत्तरी झापाबाट विर्तामोड उपचार गर्न गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेपछि परिवार बुहारी खोज्दै प्रहरी कहाँ पुगेको छ । तर, बुहारी अस्पतालबाट पक्राउ नगरि होटलबाट केटासंग रंगेहात पक्राउ परेको खबरले परिवार स्तब्ध बनेको छ । घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक (छड्के) अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएको हो । ९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ ।
२१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दाेष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शैलेस थापाले जानकारी दिए । प्रहरीले गरेको कामको होटल व्यावसायी संघ झापाले स्वागत गरेको छ । आफूहरु समेत यौन व्यावसायको विरोधमा उत्रिएको र प्रहरीले यस्ता गतिविधी रोक्न गरेको प्रयास स्वागत योग्य रहेको संघका अध्यक्ष भोला उप्रेतीले बताए । यौन व्यवसायको नाममा विर्तामोड लगायतका बसपार्कका होटल निकै बदनाम हुँदै आएका छन, त्यही मौकामा प्रहरीले अप्रेशनको नाममा अनुगमनलाई तिव्र पारेको जनाएको छ । स्रोत : दैनिक नेपाल बाट
रातो घर, १४ साउन, काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । सत्तारोहण गरेको २८८ दिनपछि ओलीले राजिनामा दिइसकेका छन् । तर, एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने उनको घोषणा भने घोषणामै सीमित भएको छ ।
प्रधानमन्त्रीको घोषणा साकार पार्न गत फागुन ६ गते मन्त्रिपरिषदको बैठकले उर्जा संकट निवारण तथा विद्युत विकास दशक अवधारणापत्र पारित गरेको थियो । सो अवधारणापत्र हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, त्यसका लागि गर्नुपर्ने कामहरु हालसम्म नभएको व्यवस्थापिका सांसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बताए ।
‘कार्ययोजनामा रहेका ९९ मध्ये ६६ बुँदा ३ महिनामा कार्यान्वयनमा ल्याइने भनिएको थियो । पाँच महिना बितिसक्दा पनि कार्ययोजना कार्यान्वयनमा कुनैपनि प्रगति भएको देखिँदैन,’ विहीबारको समितिको बैठकमा सभापति थापाले भने ।
मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सात मन्त्रालय, २२ विभाग र ३३ वटा कानुनमा टेकेर अगाडि बढ्नुपर्दा समस्या भएको भन्दै एकल डेस्कबाट गराउने लक्ष्यसहित संकटकालीन कार्ययोजना अगाडि सारिएको थियो । तर सरोकारवाला मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबीच पनि समन्वय हुन नसक्दा कार्यान्वयनमा समस्या देखिएको छ।
बिहीबार समितिले ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्यान्वयनका सवालमा के कस्ता प्रगति भए भनेर सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्रीको कार्यालयका सचिव केदार अधिकारी, ऊर्जासचिव सुमनप्रसाद शर्मा, ऊर्जाकै सहसचिव दिनेश घिमिरे, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले लगायत अन्य अधिकारीहरु र विद्युत विकास विभावका प्रतिनिधिहरु सहभागी थिए ।
प्रधानमन्त्री कार्यालय नै गैरजिम्मेवार
कार्ययोजना कार्यान्वयनका लागि प्रधानमन्त्रीको कार्यालयले अनुगमन गर्ने कानूनी व्यवस्था छ । तर अनुगमनको जिम्मेवारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत यसमा ध्यान नदिएको थापाले बताए ।
प्रधानमन्त्रीको कार्यालयसँग प्रगति विवरण माग्दा ऊर्जाले जे पठाएको छ, त्यसको फोटोकपी पठाएको उनले बताए । त्यसैगरी, कार्ययोजना कार्यान्वयनको जिम्मेवारी पाएका अन्य मन्त्रालय तथा निकायले पनि पत्र हराएको जवाफ पठाएको थापाले बताए ।
सांसद काशीनाथ अधिकारीले कार्ययोजनामा तीन महिनाभित्र सम्पन्न गर्छु भनेर प्रतिबद्धता व्यक्त गरिएका कतिपय विषय कार्यान्वयन नहुनु दुःखद भएको गुनासो गरे । त्यस्तै, अर्का सांसद अमृतकुमार बोहोराले कार्ययोजना कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले नै ध्यान नदिएको बताए ।
सरकारले चालू आर्थिक वर्षका लागि ५ अर्ब योजना कार्यान्वयन र २ अर्ब रुपैयाँ ग्रीड व्यापारलगायत कम्पनी स्थापनाका लागि विनियोजन गरेको छ ।
काम भइरहेको उर्जा सचिवको दाबी
समितिको बैठकमा ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्ययोजनाको काम भइरहेको दाबी गरे । ऊर्जा संकट विधेयक तयार गरी सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिसकिएको र कानून मन्त्रालयबाट छिट्टै सहमति पाउने खबर आएको शर्माले जानकारी दिए । विद्युत् ऐन तथा विद्युत् नियमन आयोग ऐनको मस्यौदा पनि कानून मन्त्रालयमा पाइसकिएको उनले बताए
‘कार्ययोजना कार्यान्वयनका सवालमा सभापतिज्यू र हाम्रो हेर्ने दृष्टिकोण मात्रै फरक भएको हो । मन्त्रिपरिषदले कार्ययोजना कार्यान्वयनका लागि वैशाख अन्तिममा मात्र सहमति दिएको थियो । त्यसयता थुप्रै कामहरु भएका छन्,’ सचिव शर्माले भने ।
कतिपय बुँदाहरु कार्यान्वयनमा प्रवेश गरेका छन्, ३ महिनाभित्र हुनुपर्ने कतिपय कामहरु कार्यान्वयन नभएको जस्तो देखिए पनि सारमा ती विषय अगाडि बढिसकेकाले यसको प्रगतिमा आफू उत्साहित रहेको उनले दाबी गरे ।
के दियो निर्देशन ?
कृषि तथा जलस्रोत समितिले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना-२०७२ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानका लागि कानुनी आधार दिन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
निजी उर्जा उत्पादकलाई अनुदान दिइएन
सरकारले आर्थिक वर्ष ०७१/७२ बजेटमा ऊर्जा संकट समधान निजी क्षेत्रलाई प्रोत्साहनस्वरुप सरकारले आर्थिक वर्ष ०७९/०८० सम्म विद्युत उत्पादन गर्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । त्यसपछि आव ०७१/७२ बजेटमा पनि यो अनुदानको घोषणा गरिएको थियो ।
तर, अहिलेसम्म कुनैपनि निजी उर्जा उत्पादनकले अनुदान पाएका छैनन् । ओली सरकारले ल्याएको नयाँ बजेटमा त यो विषय उल्लेख पनि गरिएको छैन ।
करिब डेढ दर्जन उर्जा उत्पादकहरुले अनुदानका लागि उर्जा मन्त्रालयमा आवेदन दिएपनि हालसम्म नपाएको स्वन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।
यो पनि पढ्नुहोस्- उर्जा संकट टार्ने ओलीको योजनामा अर्थमन्त्रीकै अवरोध !
ऊर्जा मन्त्रालयले अनुदानको कार्यविधि तयार गरी आवश्यक बजेट दिन अर्थ मन्त्रालयलाई अनुरोध गरेको एक वर्षभन्दा बढी भइसकेको छ । अर्थ मन्त्रालयले बजेट नदिएपनि उर्जा उत्पादकले हालसम्म अनुदान नपाएका हुन् ।
अर्थले अनुदानका लागि बजेट नदिएपछि उर्जा मन्त्रालयले आफ्नै नियमित बजेटबाट अनुदान दिन प्रस्ताव गर्दै उर्जा मन्त्तालय पाठएको तर त्यसलाई पनि अर्थले स्वीकृत नगरेको उर्जासचिव शर्माले बताए । ‘यसले सरकारको विश्वसनियतामाथि प्रश्न उठेको छ’ शर्माले भने ।
रातो घर, तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच भिषण झडप भइरहेको छ।
बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो। दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागिरहेका छन्।
घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ। भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ।
दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथाेल्न सकिएको छैन। स्थिति तनावपूर्ण छ।
सुरक्षा प्रमुखसति नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेपछि नेपाली युवाले भारतीयले दशगजा क्षेत्रमा बनाएका बाँधको ८० प्रतिशत भाग भत्काइदिएका छन्।
साभार: नागरिक न्युज / फोटो इनेपाल चौतारी
साभार: नागरिक न्युज / फोटो इनेपाल चौतारी
रातो घर, १२ साउन, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने बताएका छन् ।
पारिवारीक सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले बुधबार प्रेश चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार संमेलनमा अहिलेकै अबस्थामा सहमतीय सरकारको संभावना नरहेको र सहमतीय सरकार गठन गर्नका लागि कांग्रेस र माओवादी केन्द्रबीचको सात बुँदे सहमति खारेज गर्नुपर्ने बताए ।
बुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने उनको दावी छ ।
यसैविच सचिव भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगबिनाको गजुरको संज्ञासमेत दिएका छन् ।
विदेशी इसारामा उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद प्रचण्डको केही दिनको रामछायाँमात्र हुने बताउँदै उनले परीक्षण भइसकेका प्रचण्ड र देउवाको गठबन्धन लामो समय नटिकने दावी गरे ।
‘उपहारमा पाएको प्रधानमन्त्री पदमा प्रचण्डले मख्ख नपरे हुन्छ, आˆनो बुँताले पाएको चीजको मात्र माया हुन्छ’, भट्टराईले भने । अब बन्ने सरकारले मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई टिकाइराख्न नसक्ने बताए ।
रातो घर, तपाईंले यस्तो रेष्टुरेन्ट देख्नुभएको होला जहाँ निकै राम्रो तरिकाले खानाहरु प्लेटमा सजाएर ल्याइएको हुन्छ । तर आज हामी तपाईंलाई यस्तो रेष्टुरेन्ट देखाउँदै छौं जहाँ तपाईंले सायदै खाना खान सक्नुहोला । यो रेष्टुरेन्टको सबैभन्दा विशेष यसको खाना पस्कने तरिका हो । यहाँ खाना कुनै प्लेटमा नभई एक ‘ट्वाइलेट शीट’ मा पस्किइन्छ । इन्डोनेसियाको एक रेष्टुरेन्टमा बस्नको लागि मात्र नभई खानेकुरा सर्भ गर्नको लागि पनि ट्वाइलेट शीटको प्रयोग गरिन्छ । जम्बान क्याफे नामको यो रेष्टुरेन्टलाई केही भिन्न गर्नुथियो । त्यसकारण यसका मालिकले ट्वाइलेट सीटलाई उपयोग गर्ने सोच बनाए । पहिले त मानिसहरुले यसलाई अचम्म माने, तर समय बित्दै गएपछि मानिसहरु यसमा रमाउन थाले । हरेक दिन थुप्रै संख्यामा मानिसहरु यो रेष्टुरेन्टमा खाना खान आउँछन् । यहाँ खाना मात्र होइन, ड्रिंक्स पनि यही ट्वाइलेटमा सर्भ गरिन्छ ।
रातो घर, काठमाडौं–नयाँ प्रधानमन्त्री निर्वाचन प्रकृयालाई लिएर उत्पन्न विवादमा सत्तारुढ एमालेभित्र दुई धार देखिएको छ । प्रधानमन्त्री केपी ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा शनीबार भएको छलफलमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतमले सम्वैधानिक अडन देखाएर प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई लम्बाउन नहुने बताएपछि एमालेभित्रको दुई धार सतहमा आएको हो ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पक्ष भने अविश्वासको प्रस्ताव पारित भएपनि मौजूदा व्यवस्था अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्न नसक्ने तर्क गर्दै आएका छन । प्रधानमन्त्री ओली र उनी निकट रहेका नेताहरुले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकृया अघि बढाउनु पूर्व संविधानको संशोधन या बाधा अडाउ फुकाउने बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिदै आएका छन् । जसलाई एमालेभित्रै बरिष्ठ नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षले मन पराएका छैनन् ।
प्रधानमन्त्री निर्वाचन प्रकृयालाई प्राविधिक पक्ष देखाउदै अडाउँदा पार्टीको साख खस्कने भन्दै राजनीतिक निकासबाट समाधान खोज्नुपर्ने पक्षमा नेपाल पक्ष लागेको छ । कांग्रेस र एमालेले संविधानको धारा २९८ व्यवस्था अन्तर्गत नै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्ने बताउँदै आएका छन् । उनीहरुले सभामुख ओनसरी घर्तीलाई अविश्वासको प्रस्ताव पारित हुनसाथ संविधानको धारा २९८ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को व्यवस्था उल्लेख गरी सरकार निर्माणको प्रकृया अघि बढाउन राष्ट्रपतिकोमा पत्र पठाउनु पर्ने सुझाव दिईसकेका छन् ।
एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र गौतम संविधानको कार्यन्वयनका लागि प्रमुख राजनीतिक दलहरुबीच तिक्तता बढाउन नहुने पक्षमा उभिएका छन । प्रधानमन्त्री निर्वाचनमा सम्वैधानिक अडन देखिएपनि राजनीतिक बाटोबाटै निकास खोज्नुपर्नेमा जोड उनीहरुको छ । संविधान संशोधन या बाधा अडाउ फुकाउको माध्यमबाट अघि बढा संविधान नै असफल हुने बाटोमा जान सक्ने भन्दै उनीहरुले राजनीतिक समझदारीकै आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउनु पर्ने अनौपचारिक छलफल समेत पार्टीभित्र चलाएको एमालेका एक सांसदले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
रातो घर, ८ साउन, काठमाडौं । केपी शर्मा ओली सल्लाह सुझाव सुन्छन् तर, महत्वपूर्ण निर्णय गर्दा कहिले काहिँ उनका सबैभन्दा निकटहरुलाई समेत सरप्राइज दिन्छन् । पार्टी अध्यक्ष भए लगत्तै मन्त्रीबाट भीम आचार्य र कर्णवहादुर थापालाई हटाएर तीनका ठाउँमा महेश बस्नेत र दिपक अमात्यलाई पठाउँदा सबै सरप्राइज भएका थिए ।
ओली निकट नेताहरुका अनुसार कतिपय यस्ता निर्णय उनका सल्लाहकार र किचन क्याबिनेटका सदस्यका लागि पनि थाहा नभई आउँछन् । यसपटक प्रधानमन्त्री ओलीले के गर्लान् ? अझै प्रष्ट छैन ।
सल्लाह लिने, सरप्राइजन दिने
पछिल्लो समयमा सत्ता र संसदीय राजनीतिसँग सम्बन्धित विषयमा प्रधानमन्त्री ओलीले सबैभन्दा विश्वास सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई गर्छन् । उनका पछिल्ला मूभ मुख्यतः यिनै तीन नेतालाई जानकारी छन् ।
महासचिव इश्वर पोखरेल महत्वपूर्ण निर्णय प्रक्रियामा सल्लाहका लागि सहभागी हुन्छन् । तर, कतिपय छिन छिनमा भइरहने घटनाक्रममा उनी बेखबर हुन्छन् ।
झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुसँग स्थायी कमिटी बैठकमा बाहेक ओलीले अनौपचारिक सरसल्लाह गर्न छाडेको धेरै भइसकेको एक एमाले पदाधिकारी बताउँछन् ।
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिए लगत्तै उनलाई राजीनामा गर्न वामदेव गौतमले आग्रह गरेका थिए । झलनाथ र माधव नेपालको आशय पनि त्यहि थियो । त,र प्रधानमन्त्रीले अविश्वास प्रस्ताव सामना गर्छु भनेपछि स्थायी कमिटीले उनलाई साथ दियो ।
अविश्वास प्रस्तावमाथि छलफल भएर अब मतदानको चरणमा पुग्न लागेका बेलामा ओलीले के गर्छन् ? अझै पनि प्रश्न उठेको छ तर ओली निकट नेताहरुले प्रष्ट जवाफ दिन सक्दैनन् ।
प्रधानमन्त्रीका विकल्प
संसदमा बजेट आश्रति विधेयक बहुमतले अश्वीकृत भइसकेको अवस्थामा अविश्वास प्रस्ताव पारित हुने निश्चित भइसकेको छ । प्रधानमन्त्रीले अविश्वास प्रस्ताबमा मतदान अघि नै संसदबाट राजीनामा दिए भने मत विभाजनको अवस्थामा पुग्दैन ।
सांसदहरुले बोलिसकेपछि प्रधानमन्त्री ओलीले रोष्टमबाटै आफ्ना कुरा राखेर राजीनामा दिने विकल्प बाँकी छ । तर, यो प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।
नेम्वाङले अनलाइनखबरसँग भने-प्रधानमन्त्रीले आफूमाथि किन अविश्वास प्रस्ताव आयो ,यसको पछाडिका कारण, आफूले देश र जनताको पक्षमा गरेका कामहरुको बारेमा संसदमार्फत जनतालाई जानकारी गराउनुहुन्छ । त्यसपछि राजीनामा घोषणा गरेर बिदा हुने वा आफ्नो पक्षमा कति सांसद छन् भनेर पुष्टि गर्ने उहाँको व्यक्तिगत रुचीको कुरा हो ।’
मूसा चिन्ने मौका
प्रधानमन्त्रीले संसदबाट प्रचण्डको आरोपको जवाफ दिएर आफ्ना कुरा राखेर राजीनामा दिने र नयाँ प्रधानमन्त्री निर्वाचनको बाटो खोल्ने एउटा विकल्प छ । यदि मतदानमा गए भने अन्तिमसम्म उनलाई साथ दिने दल र सांसद को हुन् प्रष्टिनेछ ।
किनकी प्रष्ट रुपमा अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई लोकेन्द्रवहादुर चन्दले कुनै बेला भन्ने गरेका मूसाहरुले धमाधम छाड्न थालिसकेका छन् । राप्रपाले अविश्वासको प्रस्तापको पक्षमा भोट हाल्ने निर्णय गर्नु मूसा प्रवृतिको पछिल्लो संस्करण हो ।
जहाजमा प्वाल पारेपछि मूसाहरु जहाज डुब्न लागेकाले अर्कोतिर भाग्छन् भन्ने प्रतिकात्मक शब्द सत्ता राजनीतिमा देखिने गरेको छ । ओली सरकार ढल्ने निश्चित भएपछि अर्को सरकारमा मन्त्री सुरक्षित गर्न साना दलले मूसा प्रवृति देखाइसकेका छन् ।
विपक्षीको दाउ काम लाग्ला ?
शनिबार संसदमा दिनभरजसो अविश्वासको पक्ष र विपक्षमा छलफल भइरहेका बेला प्रधानमन्त्री ओलीले प्रदिप ज्ञवाली र शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।
सम्भवतः संसदमा दिने जवाफको तयारीका लागि हुनुपर्छ । अविश्वास प्रस्ताव पारित भए वा प्रधानमन्त्रीले राजीनामा गरेमा नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया शुरु हुन्छ । त्यसपछि मात्र सरकार कामचलाउ हुने र नयाँ प्रक्रिया शुरु हुने नेम्वाङ बताउँछन् ।
नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सभामुखबाटै अघि बढाउन सकिने तर्क गर्दै कांग्रेस र माओवादीका केही नेताले विगतमा जस्तो राष्ट्रपतिले आह्वान गरिरहन नपर्ने दावी गर्न थालेका छन् । यसको पछाडि राष्ट्रपतिले संवैधानिक स्पष्टता खोज्ने हुन् कि भन्ने आशंकाले काम गरेको छ ।
कांग्रेस नेता तथा कानुनविद रमेश लेखकले नयाँ सरकार गठनका सन्दर्भमा राष्ट्रपति समक्ष जान जरुरी नरहेको बताएका छन् । तर, विघटित संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले भने यसलाई केटाकेटी तर्क भनेका छन् ।
एमालेले अवरोध नगर्ने
दुई थरी विवादका बीच नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया विवादमा पर्ने सम्भावना देखिएको छ । यद्यपि एमालेले प्रधानमन्त्री अल्पमतमा परिसकेको अवस्थामा संवैधानिक अस्पष्टता देखाएर नयाँ सरकार गठनको प्रक्रिया नरोक्ने प्रष्ट पारिसकेको छ ।
यसो हुँदा हुँदै पनि राष्ट्रपतिले सहमतीय सरकार आह्वान गर्नै पर्दैन भन्ने कांग्रेस माओवादीको तर्कमा सभामुख सहमत भएर संसदले नै सिधै प्रक्रिया थाल्न खोजिएमा त्यो असंवैधानिक हुने एमालेले जनाएको छ । ‘संवैधानिक अस्पष्टताको कुरा अदालत र राष्ट्रपतिबाट टुंगिएला, तर हामी राजनीतिक कुरा मात्र गर्छौं’ एमाले सचिव योगेश भट्टराईले भने ।
राष्ट्रपतिको कुरा प्रष्ट
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले संसदमा छलफल नटुंगिएको विषयलाई जबर्जस्ती राष्ट्रपतितिर धकेलेर अनावश्यक राजनीति गर्न खोजिएको टिप्पणी गरेका छन् । अहिले नयाँ सरकार गठनको विषय नै नआइसकेकाले राष्ट्रपतिलाई विवादमा पार्नु अर्थहीन रहेको उनले बताए ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संविधान र प्रचलित मान्यता अनुरुप राष्ट्रपतिले काम गर्ने प्रतिक्रिया दिएका छन् । उनले भने-‘संसदबाट संविधानको कुन आधारमा टेकेर राष्ट्र प्रमुखलाई पत्र आउँछ, त्यसै अनुसार राष्ट्रपतिले कदम चाल्ने हो ।’
नयाँ सरकार गठनको सन्दर्भमा राष्ट्रपतिको भूमिका अश्विकार गर्ने कांग्रेस माओवादीको नियतप्रति भने शीतल निवासले चासो व्यक्त गरेको स्रोतले जनाएको छ । ‘राष्ट्रपति संविधान अनुसार चल्ने कि राजनीतिक दलले भने अनुसार चल्ने भन्ने अनावश्यक विवाद झिक्न खोजिएको छ, यो राम्रो भएन’ शीतल निवास स्रोतले भन्यो ।
संविधानको अन्तिम ब्याख्याता सर्वोच्च अदालत भएकाले कुनै संवैधानिक विवादको निरुपण गर्नु परेमा राष्ट्रपतिले अदालतको राय बुझ्न सक्ने अबस्थासम्मको आँकलन भइरहेको छ । तर, राजनीतिक मुद्धाको संसदले नै टुंगो लगाउनु जस्तो राम्रो अरु नुहने शीतल निवास स्रोतले जनाएको छ ।
रातो घर, काठमाडौं– लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
राप्रपाको पार्टी कार्यालय चावहिलमा बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
बैठकले पार्टीले तर्फबाट सरकारमा सहभागि दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय समेत गरेको छ । राप्रपाबाट दीपक बोहरा र चयन्त चन्द ओली सरकारका मन्त्री छन् ।
बैठकले केपी ओली सरकार विरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै यसअघि नै सरकार संकटमा परिसकेको छ।
रातो घर, ८ साउन, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् ।
पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् ।
तामाङ पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो ।
आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । घटना चार दिन अगाडिको हो ।
दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् ।
होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएकेा भन्दै तीन रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताए पनि उनीहरु जान मानेन् ।
केही बेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए । तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक बलातकार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काएको तामाङले बताएको आजको अन्नपूर्णमा समाचार छ ।
बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् ।
रातो घर, काठमाडौं – सत्तारुढ दलले संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलाई अविश्वासको प्रस्ताव विफल बनाउनका लागि ५२ करोड रुपैयाँको अफर दिएको समाचार रातोपाटीमा प्रकाशित भएपछि सत्तारुढ दल र यादव दुवैबाट प्रतिक्रियाहरु बाहिर आएका छन् । दुवै पक्षले यो समाचार सत्य नभएको दाबी गरेका छन् ।
रातोपाटीले दुई पक्षबीच भएको भेटघाटको सूचना गत साउन २ गते नै प्राप्त गरेको थियो । तर, त्यसको पुष्टि नभएपछि समाचारलाई प्रकाशित गरिएको थिएन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका नेताहरुलाई आफै सत्तारुढ दलको तर्फबाट ‘आफूलाई ५२ करोडको अफर आएको तर अस्वीकार गरेको’ ब्रिफिङ गरेपछि गठबन्धनका विभिन्न नेताहरुको भनाईको आधारमा रातोपाटीले समाचार तयार पारेको हो ।
रातोपाटीले समाचार पुष्टि गर्नका लागि गठबन्धनमा आबद्ध विभिन्न दलका चार जना नेताहरुसँग यस विषयमा सोधपुछ गरेको थियो । जसमा चारै नेताहरुले यादवले आफूहरुलाई यस विषयमा ब्रिफिङ गरेको स्वीकार गरेका थिए । यद्यपि, उनीहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेपछि ‘स्रोतको सुरक्षा’ बारे आधारभूत मान्यतालाई आत्मसाथ गर्दै उनीहरुको नाम गोप्य राख्दै चार दिनपछि साउन ६ गते मात्र रातोपाटीले यस विषयमा समाचार प्रकाशित गरेको हो ।
समाचारमाथि गम्भिर आरोप लगाएपछि रातोपाटीले आफ्ना पाठकहरुलाई उक्त समाचारको प्रमाण पस्कनुपर्ने आवश्यकता महसुस गरेको छ ।
हाल रातोपाटीसँग गठबन्धन र यादवकै पार्टीका चार नेताहरुसँग गरेको अडियो प्रमाण सुरक्षित रहेको छ । तर, नेताहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेपछि हामीले नेताहरुको नाम र सबै अडियो भने यहाँ पस्केका छैनौं । आवश्यक निकायमा अडियो प्रमाणहरुलाई रातोपाटी तयार रहेको छ ।
रातो घर, काठमाडौं – माओवादीको समर्थन फिर्तासँगै अल्पमतमा परेको सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ करोडको अफर गरेको खुलासा भएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो अफर लिएर आएको खुलासा गरेका हुन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टीको बैठक तथा गठबन्धनका नेताहरुसँगको कुराकानीमा पोखरेल र रिमालले ल्याएको ५२ करोडको अफरको खुलासा गरेका हुन् । गठबन्धनकै दुई नेताले रातोपाटीसँगको कुराकानीमा यादवले सुनाएको विषय स्वीकार गरे । तर, उनीहरुले आफ्नो नाम भने गोप्य राख्न आग्रह गरे । काँग्रेस र माओवादी मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले सरकार बचाउनका लागि आफ्ना दूतहरुलाई गठबन्धनका नेताकहाँ पठाएका थिए ।
यो भयानक अफरको भित्री कथाका एक–एक सूचना पाठकका लागि महत्वपूर्ण हुन सक्छन् । यो सूचना पाएलगत्तै हामीले विभिन्न सूत्रहरु मार्फत यसको पुष्टी गर्ने कोशिष गरेका थियौँ । यही आधारमा विभिन्न तथ्यहरु भेटिए । गठबन्धनका नेताहरुले आफ्ना नाम गोप्य राख्ने सर्तमा यस्तो अफर आएकोवारे अध्यक्ष यादवले ब्रिफिङ गरेको स्वीकार पनि गरे ।
कुरा साउन १ गतेको हो । एमालेका महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विहानै १० बजे तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालय पसेका थिए ।
पार्टी कार्यालयमा त्यस दिन उपस्थित फोरम नेपालकै एक नेताले दिएको जानकारी अनुसार ‘अध्यक्षको च्याम्बर कता हो ?’ भन्ने सोधेर उनीहरु सरासर तीन तल्लामाथि रहेको पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको कार्यकक्षमा पसेका थिए । त्यतिबेलासम्म कार्यालयमा फाटफुट नेता तथा कार्यकर्ताहरु मात्र आइपुगेका थिए ।
अहिले राजनीतिक उथलपुथलका विषयमा दुई नेताबीच कुराकानी भएको होला भन्ने अन्य नेताहरुले अनुमान गरेका थिए । तर, आधा घण्टासम्म कुराकानी गरेर पोखरेल र रिमाल त्यहाँबाट फर्किए । त्यसपछि उपेन्द्र यादवले गठबन्धनमा रहेका नेताहरुसँग पोखरेल र रिमालले ल्याएको अफरबारे ब्रिफिङ गरेका थिए । सरकारको अफरको बारेमा साउन २ गते बसेको कुपण्डोलमा र साउन ३ गते फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा यादवले यसबारे जानकारी दिएका थिए । यस बैठकमा अशोक राईदेखि शरत्सिंह भण्डारीसम्मका शीर्ष नेता उपस्थित थिए ।
गठबन्धनका उपलब्ध नेताहरुसँगको ब्रिफिङमा यादवले सुनाएका थिए, ‘पोखरेलले मधेशको सबै माग पुरा गरिदिने, अरु के के सहयोग चाहिन्छ, सबै सहयोग गर्ने तर काँग्रेस र माओवादीलाई समर्थन नगर्न’ आग्रह गरेका थिए । यादवले त्यति मात्र होइन, त्यहीँ ब्रिफिङमा ५२ करोड अफरको विषय पनि सुनाएका थिए । ‘उहाँहरुले ५२ करोड रुपियाँको लोभसमेत देखाएर गएका छन् ।’ सरकार बचाउन प्रधानमन्त्रीले ठूलो रकमसहितको अफर पठाएको कुरा सुनेपछि त्यसदिन छलफलमा सहभागी गठबन्धनका नेताहरु अच्चम परेका थिए ।
उपेन्द्र यादवले गठबन्धनका नेताहरुलाई बताए अनुसार पोखरेल र रिमाल दुई वटा सुटकेश बोकेर आएका थिए । भेटमा पोखरेलले ‘तपाईहरुको आन्दोलनमा खर्च भएको होला, तपाईसँग ४२ जना सभासद् छन् । सबैलाई एक–एक करोड अरु बाँकी आन्दोलनको खर्च, अरु पछि पनि सहयोग गरौंला’ भनेको अध्यक्ष यादवले आफ्ना नेताहरु समक्ष राखेका थिए । यादवले आफुुले पोखरेल र रिमाललाई ‘रेल प्लेटफर्मबाट हिँडिसक्यो । अर्कै रेल चढिसकेका छाँै । अब अर्को चढ्ने सम्भव छैन,’ भनेको समेत गठबन्धनका नेताहरुलाई सुनाएका थिए । यादवले गठबन्धनका नेताहरुलाई सुनाए अनुसार पोखरेलले एकपटक पुनः विचार गर्न आग्रह समेत गरेका थिए ।
रातोपाटीसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष यादव र एमालेका महासचिव पोखरेलले कुनै कुराकानी नभएको दावी गरेका छन् । रातोपाटीले पोखरेलसँग सम्पर्क गर्दा उनले आफू उपेन्द्र यादवलाई भेट्न नगएको र त्यस्तो छलफलबारे केही थाहा नभएको बताए ।
उपेन्द्र यादवले पनि एसएमएस मार्फत जवाफ दिँदै ‘फल्स न्युज’ भएको छोटो प्रतिक्रिया दिए । यता विष्णु रिमालको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा फोन उठ्न सकेन ।
ओलीले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्दै पौडेललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले ‘टू लेट’ भन्दै र पौडेलले ‘सदासयताका लागि धन्यवाद’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले भारतको इसारामा आफ्नो सरकार ढाल्न खोजिएको बताउँदै आएका छन् । उनले संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन् । अब करिब ५० सांसदले ओली सरकारको समर्थनमा मतदान गरे उनको सरकार बच्न सक्छ ।
केही बर्ष अगाडि प्रचण्डको नेतृत्वमा सरकार बनाउन भन्दै माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको भनिएको विवादास्पद टेलिफोन संवाद बाहिर आएको थियो । नेपालको संसदीय राजनीतिमा सत्ताको खेलमा साम, दाम, दण्ड, भेद सवै हुँदै आएका छन् ।
साभार: रातो पाटी
रातो घर, काठमाडौं, ६ साउन । क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे । रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले ।
ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्यो । ‘सर जाने हो ?’ बोहोराको प्रस्तावमा उत्साहित हुँदै गौतमले भने, ‘जान त जाने तर झारेझुरे हुन्न मलाई ।’ ‘अलि महँगो पर्छ नि’ भन्दै उनले चल्तीका नायिका र मोडल गरी १० जनाजतिको नाम लिए । तीमध्ये गौतमले एक नाम चयन गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘५० हजार पर्छ सर यसको त !’
रमझमका लागि भन्दै एक हजार अमेरिकी डलर साटेर बसेका गौतमले राजी हुँदै ‘५० हैन ५५ दिन्छु’ भनेपछि बोहाराले ट्याक्सी बोलाए ।
ट्याक्सी चालक अनिल तामाङले दरबारमार्गतिर बस्दा प्रहरीको छापामा पर्न सकिन्छ भन्दै उनलाई गौशालाको एक होटलमा जान प्रस्ताव गरे । गौतम राजी भए ।
गौशाला पुगेपछि बोहोरा र तामाङले नायिका हिँडिसकेको बताउँदै ह्विस्की थप्न प्रस्ताव गरे । सेलिब्रेटीसँग रात बिताउन पाइने भइयो भनेर मक्ख हुँदै गौतम राजी भए ।
बिहान आँखा खुल्दा कोठामा गौतम एक्लै थिए । हत्तपत्त उनले पर्स चेक गरे । ५५ हजार रुपैयाँ पर्समा थिएन ।
होटलका कर्मचारीसँग सोध्दा बोहोरा र तामाङ दुवै बेलुकै हिँडेको खुल्यो । यी दुई जना हिँडेपछि उनको कोठामा अरू कोही आएका थिएनन् ।
बल्ल चाल पाए, पैसाको बलमा ‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा उनी लुटेराको फन्दामा परेका थिए ।
केही दिन त्यसै बसेका उनले घटनाबारे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी गरेको करिब ३० दिनपछि प्रहरीले सेलिब्रेटीको नाम लिँदै लुटपाटमा संलग्न बोहोरा र तामाङलाई बुधबार पक्राउ गर्यो ।
‘पीडित पैसा लुटिएको भन्दा पनि दलालले प्रस्ताव गरेको नायिकासँग भेट्न नपाएकोमा बढी थकथक मानिरहेका थिए’, सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तामाङ र बोहोराले होटलमा पुर्याएर ह्विस्कीमा नशालु दबाई मिलाएर बेहोस बनाएर पैसा लुटेको देखिन्छ ।’
प्रहरीका अनुसार पक्राउ परेका बोहोरा युवती मिलाउन ठमेल क्षेत्रमा कहलिएका दलाल हुन् भने तामाङ उनका साथी ।
बोहोराले ग्राहक खोज्ने र तामाङले आफ्नो ट्याक्सीमा राखेर सम्पर्कमा रहेको होटलमा लैजाने गर्दै आएका थिए ।
गौतमको जानकारीका आधारमा प्रहरीले बोहोरा र तामाङको मोबाइलमा रहेको सम्पर्क नम्बरको सूची हेर्दा दर्जनौं ‘‘नायिका र मोडल’को नाम देखियो ।
तामाङको भाइबरमा केही चल्तीका मोडलसँग मोलतोलको दोहोरो संवादका विवरण प्रहरीले फेला पारेको छ ।
तामाङले बयानमा बेलुका ८ देखि १२ बजेसम्म यौन मनोरञ्जन खोज्ने ग्राहकको माग पूरा गराएरै यही धन्दाबाट मासिक ४ लाखसम्म कमाउने गरेको बताएको डीएसपी राठौरले बताए ।
‘कुन कुन सेलिब्रेटी बोहोरा र तामाङको सम्पर्कमा थिए भन्ने पुष्टि भइसकेको छैन’, डीएसपी राठौरले भने, ‘भाइबरको संवादका आधारमा केही नाम शंकाको सूचीमा राखेका छौं, विस्तृत अनुसन्धानपछि मात्रै हो या हैन भन्न सकिन्छ ।’
४२ दलाल फन्दामा
सोह्रखुट्टे वृत्तले ३ महिनाको बीचमा ठमेल क्षेत्रमा ग्राहक खोज्ने ४२ जना दलाललाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ परेका दलालमध्ये कोही ठमेलको चोकमा उभिएर ग्राहक बोलाएर नजिकैको गेस्ट हाउसमा पुर्याइदिनेदेखि ‘‘काठमाडौंका चल्तीका होटलमा लगेर महँगा होटल र व्यक्तिगत अपार्टमेन्ट’मा पुर्याइदिनेसम्म रहेका डीएसपी राठौरले जानकारी दिए ।
पक्राउ परेका दलालमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान गर्ने गरेको छ ।
सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइहाल्छन् । ‘पक्राउ परेकामध्ये तीन जना पटके नै हुन्’, राठौरले भने, ‘केही दलाल पक्राउ परेपछि अन्यत्र गएका छन् ।
साभार: दैनिक नेपाल
साभार: दैनिक नेपाल
विजय थापा:
रातो घर, सम्बन्ध व्यक्तिगत जीवनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । अब अमेरिकामा मात्र पत्नीले पतिलाई धोका गर्ने मात्र नभएर हाम्रो मुलुकमा पनि यसको रोग बेतोडसँग झ्याङ्गिन थालेको छ । बैबाहिक जीवनको गाँठोमा बाँधिएको केही समयमा नै महिलाले पारपाचुके माग्ने नेपालमा प्रशस्त हावा चल्न थालेको छ । पति तथा ससुरालीसँग मनग्गे पैसा लिने र अर्को विवाह गरी विदेश हानिने अब सामान्य हुन थालेको छ । र, पुरुषले पनि पत्नी हुँदाहुँदै अर्की ल्याउने प्रचलन बढ्न थालेको छ ।
विश्वमा महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथ्यांकले देखाएको छ । दुईमध्ये एकले आफ्नो सम्बन्धमा असन्तुष्टि देखाउँदै जीवन अग्रगामी दिशामा जान नसक्ने भविष्य देखेपछि दुई ध्रुब फर्कने निधो गर्ने चलन समाजमा बढ्दो अवस्था भैरहेको छ ।
बिवाहित रहेका जोडीमध्ये एकले धोका दिनेपछि यस्तो घटनाचक्र बढ्न थालेको छ । जोडीले अर्कोसँग प्रेम चक्करमा परी डेटिङ्ग गर्ने सुरुवात गरेपछि समस्या उत्पन्न भएको देखाएको छ । तथ्याङ्क अनुसार महिलाहरुले समग्र प्रतिशतमा पुरुषहरू भन्दा तुलनात्मक रुपमा अधिक धोका दिने गरेको पाइएको छ भने बिबाहित पत्नी या संगै लाइफ टुगेदारमा रहेका महिलाले ज्यादा विश्वासघात गरेको देखाएको छ ।
ब्रम्हाण्डभर १७ प्रतिशत यही बिश्वासघातको कारण बैबाहिक जीवनको सम्बन्धबिच्छेद हुने गरेको पाइएको छ । जसअनुसार प्रत्येक १ सयमा १७ जोडीले सम्बन्धबिच्छेद एक अर्कामा धोका दिने गरेको कारण हुन् पुगेको छ ।
५० देखि ६० प्रतिशत जुन महिलाहरु ज्यादा महानगरी क्षेत्र ,घनाबस्ती, ठूला शहर या अहोरात्र चलायमान हुने शहरमा बसोबास गर्ने महिलाहरुले धोका दिने गरेको स्वीकार गरेका छन् । आश्चर्यको तथ्यांक यो रहेको छ कि बिबाहित जीवनमा रहेका करिब ४५ प्रतिशत महिलाहरुले बिश्वभरमा आफ्ना पति–प्रेमीलाई धोखा दिने ज्यादा सम्भावना रहेको छ ।
अमेरिकाको नेशनल ओपिनियन रिसर्च सेन्टरले २०१० मा गरेको सर्वेक्षण अनुसार पुरुषहरुले धोका दिने २१ प्रतिशत यथावत रहेको परिणाम निकालेको छ भने महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४.७ प्रतिशतले बृद्धि भएको देखाएको छ भने अझ यो बृद्धि प्रत्येक बर्ष फराकिलो हुँदै आएको देखाएको छ ।
अमेरिकाको प्रसिद्ध टेलिभिजन फक्सका निर्माताले गरेको एक सर्वेक्षणमा हाल किन महिलाहरुले ज्यादा धोका दिन्छन् यदि हो भने किन भनि राखेको प्रश्न राखेका थिए । बस् तथा स्याकलफोर्डको अध्ययन अनुसार अमेरिकाका ५० देखि ६० प्रतिशत जोडीले जीवनको कुनै कालखण्डमा गएर एक अर्कालाई धोका या बिश्वासघात गर्ने गरेको तथ्य निकालेको छ ।
बैबाहिक जीवनमा बाँधिएको लामो समयपश्चात पुरुष या महिलाले आखिर किन बिश्वासघात गर्ने या धोखा दिने गर्छन त ? र, केहि बर्षदेखि महिलाहरुले धोका दिने क्रममा किन वृद्धि हुँदै गैरहेको छ । यसका कारण यसरी ब्याख्या गरिएको छ:
आर्थिक स्वतन्त्रता
काममा पुरुष तथा महिलालाई समानता भएको कारण महिलाहरुलाई अमेरिकामा आर्थिक स्वतन्त्र बनाएको छ, जस्को कारण महिलाहरु आर्थिक स्वतन्त्र हुन्छन् । जसको कारण महिला कसैको भरोसामा बाँच्न बाध्य हुँदैनन् । महिला कसैको आदेश र नियन्त्रणमा बस्न नचाहने हुनाले परिस्थिति खराब हुँदै धोका दिन सुरु गर्ने देखाएको छ । र, नेपालमा पनि महिला आत्मनिर्भर, शिक्षित तथा सशशक्तिकरण भएकोले अहमता बन्दै दुईतर्फ मुख फर्कने सरल रुपमा लिने भैसकेको अवस्था पनि देखा परेको छ ।
शारीरिक सन्तुष्टि
शारीरिक सन्तुष्टिको ख्याल नगर्ने र इच्क्षाहरु पूर्ति नगर्ने अवस्थाको सिर्जना भएपछि यसमा महिलाहरु साबधान रहन्छन । महिला तथा पुरुषका शारीरिक आवश्यकता तथा आनन्द फरक हुन्छ । जसको कारण त्यो प्राप्त गर्न पनि कैयौँ महिलालाई धोका दिन बाध्य गराउँदछ ।
आत्मसम्मानलाई प्रोत्साहन
कैयौँ महिलाले आफ्नो आत्मसम्मानलाई प्रोत्साहन गर्न आफ्नो जोडीलाई धोका दिने गर्छन । पुरुषलाई बिश्वासघात गर्नु या धोका दिनु र अर्कैलाई ध्यान दिने गर्नाले महिलाले आफूलाई महत्वपूर्ण तथा शोभायमानको अनुभूति गर्दछन् ।
भाबुकताको जरूरत
सम्बन्ध स्थापित भएको एक निश्चित समयपछि हरेक कुराको बिषयमा एक अर्कामा हिस्सा गर्नुपर्ने हुन्छ । र, चर्चा गर्नुपर्ने हुँदाहुँदै मन्द बिन्दुमा त्यो नहुन जाँदा अलिक संचारको कमी हुन जान्छ । बिबाहित महिला जो अत्याधिक समय घरमा बिताउने हुनाले उनीहरु दिक्दार तथा उदास हुन्छन् । उनीहरु पिंजडामा कैद भएको महसुस गर्छन् । र, त्यो भाबुकताको जरूरत प्राप्त नगरेपछि नयाँ कथासंगै नयाँ पुरुषसँग प्राप्त गर्ने हुन्छन् । पुरुष बाहिर मात्र हिड्ने र महिला चाँहि घरको चार दिवारमा बस्नुपर्ने सोचिदिंदा कुरा गडबड हुने र सम्बन्ध बिच्छेद हुन् पुग्दछ ।
केवल भाबुकताको आवश्यकतालाई प्राप्त गर्न मात्र धोका दिने र उक्त कुरा नयाँ व्यक्तिसँग पाउने भएकोले महिलाहरु पुरुषको तुलनामा ज्यादा धोका दिने गरेको देखिएको छ ।
सम्बन्धविच्छेद रणनीति
धोका दिने महिलाले अपनाउने सबैभन्दा साधारण तथा सामान्य कारण हो, सम्बन्ध । बिबाहित महिला भैरहेको सम्बन्ध टुटाउन चाँहदैनन् । भयभित हुने हुन्छन् । जब महिलाले सम्बन्ध टुटाउन चाहना राख्दछन् अनि महिलाबाट पति या प्रेमीलाई धोका दिन सुरु गर्ने गर्छन् । यदि महिलालाई पुरुषले अरु कोहीसँग रंगेहात पक्राउ गरे भने त्यहीँ सम्बन्ध टुक्रिन्छ । यदि पक्राउ भएन भने प्रेमीसंग सौभाग्यशाली भएको अनुभूति गर्दछन् ।
बैज्ञानिक कारण
सुन्दरी महिलाको चुलबुले तथा धोखापूर्ण प्रवृति बैज्ञानिक कारणबाट ब्याख्या यसरी गरिएको छः जुन महिलाको आकर्षित अनुहारका कृतिहरु जस्तै गालाको ठुलो हड्डी तथा अति मिलेको मुखाकृति बनावट नै महिलाको शरीरमा हर्मोन ईस्ट्राडिओल ज्यादा मात्रामा भएको हुन्छ । जुन महिलाको गर्भाशयको हर्मोन हो ।
जसको कारण महिलालाई ज्यादा आत्मविश्वासी, ज्यादा सुन्दरीको साथै ज्यादा उर्वर भएको अनुभूति आन्तरिक रुपमा गराउँदछ। सुन्दरी महिलाहरु अत्याधिक परिणाममा ईस्ट्राडिओल भएको कारण शरीरमा आत्मविश्वास बढ्ने र जसको कारण असन्तुष्टि देखाउँदै आफ्नो पति या प्रेमीलाई धोका दिने गरेको पाइन्छ ।
हाम्रो समाजमा पुरुषहरुले मात्र आफ्ना पत्नी या प्रेमिकालाई धोका दिने र बिश्वासघात गर्ने भन्ने कुरा पूर्ण रुपमा गलत तथा असत्य हो भने कैयौँ महिलाले पनि आफ्ना पति या पत्नीलाई धोका दिएको कैयौँ प्रमाण तथा उदाहरण अमेरिकामा छन् ।
महिलाहरु पहिलाको तुलनामा काममा ज्यादा देखिन्छन् र पुरुषसँग उनीहरु संगतमा पर्ने हुन्छन् । अहिले पुरुषहरु घरमै काम गर्ने र महिला बाहिर गएर काम गर्ने पनि परिपाटी भएको कारण पनि त्यहाँबाट पनि महिलाले चिटिङ गर्ने गरेको पाइएको छ ।
त्यसको अतिरिक्त सामाजिक सञ्जालको माध्यमबाट सरल रुपमा धोका गर्न सजिलो बनाइदिएको सर्वेक्षण र अन्तर्वार्ताले देखाएको छ । धेरै महिलाले चलचित्रमा गरिएको प्रेम र रोमान्चकको कारण यस्तै परिकल्पना गर्ने समेत गरेको तर वास्तविक बैबाहिक जीवनमा त्यो यथार्थतामा नपाउने हुनाले त्यहाँबाट पनि बिश्वासघात गर्ने गरेको कबुलेका छन् ।
महिलाहरुले वास्तबमा दिलैदेखि भावनात्मक रुपमा जोडिएको पुरुषलाई मन पराउने हुन्छन् । पुरुष धोकेबाजले गरे जस्तै महिलाले पनि बिबिध कारणले धोका दिने गरेको सर्वेक्षणले देखाएको छ । उनीहरु आकर्षित भएको अनुभूति गर्न चाहन्छन ,जवान हुन् चाहना राख्नुको साथै भावनात्मक रुपमा सम्बन्ध राख्न चाहन्छन। अमेरिका र बिश्वमा दम्पत्तीले यसरी एक अर्कामा धोका दिने गरेको तथ्यांकले देखाएको छ भने यसले नेपाली समुदायलाई कति प्रतिशतले छुन्छ त्यो पनि सोध र अनुसन्धानको बिषय पनि हुन् सक्छ । यस कुटनीतिमा भित्र तपाई र हामी कतै संलग्न त छैनौ ? यसले नेपाली समुदायमा कस्तो सन्देश दिन्छ ? त्यो नेपाली समुदाय र नेपाली समुदायका सदस्यले घोत्लिनु पर्ने हुन्छ ।
वैयक्तिक स्वतन्त्रता तथा व्यक्तिगत मामलाको कुरा हुन् । निजी जीवनका मुद्धाहरु हुन् । यो एउटा तथ्य मात्र पस्किने जमर्को गरिएको हो । कुनै पनि महिला या पुरुषको चरित्रप्रति प्रश्न उठाउने उद्देश्यले कलम चलाइएको हैन । कुरा दोचार्ने नियत पनि कदापी हैन ।
कसैको चियोचर्चो गरी कालो कर्तुत पर्दाफास गर्ने अभिप्राय पनि हैन । धोका दिने सोचाइको कहिले अन्त्य हुदैन । जस्को कारणले पुरुष या महिलाको मन तथा हृदय टुटदछ । जस्ले जटिल तथा अप्ठ्यारो अवस्था निम्त्याइदिन्छ ।
रातो घर, काठमाडौं – काँग्रेस र एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थपिका संसद स्थगित गर्नुप्रति एमालेले आपत्ति जनाएको छ ।
आज बसेको पार्टीको स्थायी समिति बैठकमा सभामुख ओनसारी घर्तीमगरप्रति नेताहरु आक्रोश व्यक्त गरेका थिए । बैठकपछि रातोपाटीसँग कुरा गर्दै स्थायी समिति सदस्य एवं खेलकुद मन्त्री सत्यनारायण मण्डलले ओनसारी घर्तिमगल माओवादीको सभामुख हुन् कि सबै दलको भनि प्रश्न गर्दै सभामुखले एउटा पार्टी विशेषलाई प्राथमिकता दिएर गलत गरेको आरोप लगाए ।
‘अहिले एमालेको सरकार छ तर व्यवस्थापिका संसद सबै विजनेशज बन्द गरेर अविश्वासको प्रस्तावका लागि पर्खेर बसेको छ,’ भन्दै उनले कांग्रेसले सरकारको दानापानी (संसद) रोकेर नेपाली जनताप्रति अन्याय गरेको आरोप लगाए ।
‘२०५४ सालमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुँदा गिरिजा प्रसाद कोइरालाले अविश्वासको प्रस्ताव लगेका थिए, त्यो बेला रामचन्द्र पौडेल सभामुख थिए,’ मन्त्री मण्डलले भने, रामचन्द्र पौडेलले त्यो बेला कुनै विजनेश रोक्नु भएको थिएन । थुप्रै विधेयकहरु पास भएको थियो तर अहिले आएर विगतमा यस्तै हुने गरेको भन्दै सभामुखले माओवादीको उक्साहटमा संसद स्थगित गर्नुभयो ।’
अहिले पनि केही विग्रेका छैन, हामीले आजको बैठकबाट पनि भनेका छौं, १६ बुँदे सहमति अनुसार अगाडि बढौं एमाले त्यसमा तयार छ, नभए अविश्वासको प्रस्तावलाई एमाले सामना गर्न तयार छ,’ मन्त्री मण्डलले भने ।
‘अविश्वासको प्रस्ताव आइसकेपछि राजिनामा दिने कुरा हुँदैन,’ ईश्वर पोखरेलले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘काँग्रेस र माओवादीले राजिनामा माग्ने नैतिकता गुमाई सकेको छ । पार्टीले अविश्वासको प्रस्तावको सामना गर्छ ।’ उनले अध्यक्ष ओलीलाई जथाभावी नबोल्न पनि सुझाव दिएका छन् ।
राजनीतिक धु्रवीकरण बढी रहेको बेला सरकारमा बसेर एक अर्कालाई लान्छना लगाउने काम भयो भने सरकारले कमाएको साख पनि गुम्ने खतरा हुने कुरामा पार्टीका नेता माधव नेपालले राखेको पार्टीका एक नेताले बताए ।
हालसम्मको राजनीति पार्टी अनुकुल नै रहेकाले हरेश खाने अवस्था नरहेको नेताहरुले धारणा राखेका थिए । मतदानमा पनि धेरैको फरक छैन, अन्त्य अन्त्यमा गएर जे पनि हुनसक्छ त्यसको लागि एमाले पनि तयार रहनुपर्ने र पार्टीका नेताहरुले जथाभावी बोल्न छाड्नुपर्ने कुरामा माधव नेपाल पक्षका नेताहरुले विशेष जोड दिएको बैठकमा सहभागि एक नेताले बताए ।
काठमाडौं– ‘सर, म बालकुमारीबाट बोलेको, किष्ट पोलिक्लिनिकबाट एकजना नर्सलाई एम्वुलेन्समा हालेर टिचिङ पठाईएको छ, उनको मृत्यु भैसकेको जस्तो देखिन्छ ।’
विहान दश बज्दा नबज्दै महानगरीय प्रहरी परिसर ललितपुरमा यस्तो टेलिफोन सन्देश आएपछि प्रहरी घटनास्थल पुग्यो । ललितपुरको बालकुमारीस्थित खरिबोटमा रहेको किष्ट पोलिक्लिनिकको दोस्रो तल्लामा नर्स निमा डोल्मा लामा झुण्डिएको अवस्थामा भेटेपछी आफुले टिचिङ पठाएको पोलिक्लिनिक संचालक डा. देव कुमार शाहले जवाफ दिए, तर प्रहरी उनको कुरामा सहमत हुन सकेन् ।
‘हामीले तत्काल महाराजगञ्ज प्रहरी वृतमा सम्पर्क गरेर निमालाई एम्वुलेन्समा लिएर जाने उमेश कुमार शाहलाई नियन्त्रणमा लिन भन्यौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले भने, ‘प्रहरीलाई खबर गर्नुअघि नै निमालाई किन टिचिङ लगियो भन्नेबारे हामीलाई शंका लाग्यो ।’
निमालाई टिचिङ पुर्याउनासाथ डाक्टरले मृत्त घोषणा गरे । त्यतिन्जेल निमाको परिवार बेखबर थियो ।
डाक्टरको सालोसँग प्रेम र विवाद
दोलखाको भिमेश्वर नगरपालीका–१ स्थायी घर भएकी निमा विगत ३ बर्षदेखि किष्ट पोलिक्लिनिकमा नर्सको काम गर्दै आएकी थिइन् । लामो समय काम गर्दा निमालाई सोही पोलिक्लिनिक संञ्चालक मध्येका उमेश कुमार शाहले मन पराएको उनकी बहिनी मिनाले जानकारी दिइन् । ‘दिदीले उमेश शाहसँग लभ परेको र विवाह गर्ने कुरा भैरहेको बताएकी थिईन्, मृतककी बहिनी मिनाले रातोपाटीसँग भनिन्, ‘क्लिनिक संचालक उमेश साह हाम्रो घर चरिकोट र जडीबुटीस्थित हाम्रो डेरामा पनि बरम्बार आइरहन्थे,’ सिराहा स्थायी घर भएका उमेश शाह डा. देव कुमार शाहका सालो हुन् ।
गत बर्ष पोलिक्लिनिक संचालकद्वय डा. देव कुमार शाह र उमेश कुमार शाहसँग सामान्य विवाद भएपछि उनले जागीर छाडिन् । किष्टको जागिर छाडेर महाराजगंज स्थित बाँसबारीमा रहेको वेयलनेश हस्पिटलमा पार्ट टाइम काम गर्दै आएकी निमालाई गएको असार दोस्रो साता उमेश कुमार साह र डा. देव कुमारले बोलाएका थिए । ‘दिदीलाई फुल डिउटी दिन्छु हाम्रो पोलिक्लिनिक मै काम गरौं भन्दै उनिहरुले बोलाए’ बहिनी मिनाले भनिन्, ‘मासिक रुपमा चौध हजार दिने भनिएको थियो तर कुरा मिलिसकेको थिएन्, एक पटक छाडेको ठाउँमा नजाने भन्दै दिदीले वेलनेसको ड्युटीलाई निरन्तरता दिइरहेकी थिइन् ।’
निमा वेलनेस हस्पिटलमा काम गर्दा पनि उमेश उनको कोठामा आउने जाने गर्थे । यसरी उमेशसँग गहिरो प्रेममा रहेकी निमा ०७३ असार २४ गते विहान डेराबाट निस्किइन् । परिवारले पाँच दिनपछि मात्रै थाहा पायो, निमा अब कहिल्यै डेरा नफर्कने यो संसारबाट बिदा भैसकेकी छिन् । उनको हत्या गरियो या आत्महत्या भन्नेबारे यकिन भैसकेको छैन । प्रहरी उनको पोष्टमार्टम रिपोर्ट पर्खेर बसेको छ । उनको मृत शरिरमाथी त्रिवी शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तिले छुरा चलाईसकेका छन् । ‘अब शुक्रवार पोष्टमार्टम रिपोर्ट आउँछ,’ उनकी बहिनी मिनाले गहभरी आँशु पारेर भनिन् ।
निमा डेरामा आउन छाड्नुभन्दा चार दिनअघि बहिनी मिना र दिदी जानकी लामालाई उनले भनेकी थिइन्, ‘उमेशको अर्को पनि केटी साथी रहेछ ।’
बहिनी मिनाका अनुसार उमेशले दुवैलाई विवाह गर्छु भन्दा उनीहरुबीच भनाभन तथा झगडा भएको थियो ।
डाक्टरले सुटुक्क छाडे नम्बर
असार २८ गते मिना अफिस गएकी थिइन् । अफिसबाट फर्कँदा डेराका छिमेकीले एउटा चिर्कटोमा लेखिएको नम्बर दिँदै भने, ‘यो नम्बरमा फोन गर्नु रे, दिदी विरामी भएर टिचिङमा राखेको छ, भन्दै एकजना मान्छे आएर नम्बर छाडेर गएका छन् ।’
पोलिक्लिनिक सञ्चालक डा. देव कुमार यसरी नम्बर छाडेर हिँडेका थिए । ‘देवकुमारलाई फोन गरेर के भएको भनेर सोध्दा पेट दुःखेर तिम्रो दिदीलाई टिचिङ पठाएको छ भरपर्दो पुरुष मान्छे को साथमा टिचिङ जाउ भने’ मिनाले भनिन्, ‘यत्ति भनेर देवकुमारले फोन काटे, पछि उठाएनन् ।’
सोही साँझ ८ बजे बजेतिर वेयलनेश हस्पिटलका ४/५ जना डाक्टरहरु निमाको डेरा खोज्दै जडीबुटी पुगे । ‘वेलनेसका डाक्टरहरुले निमा डोल्मा लामा टिचिङ हस्पिटलमा एकदमै सिरियस अवस्थामा छ तपाईहरुलाई खबर गर्न आएका हौं भनेपछी हामी टिचिङ पुग्यौं’ मिनाले भनिन्, ‘टिचिङ गएर बुझ्दा त २८ गते विहान ११ः४० मा दिदीलाई मृत अवस्थामै अस्पताल पु¥याइएको थाहा भयो ।’
ओछ्यानमा सल भेटियो, ढोकाको कब्जा खुस्किएको छ : प्रहरी
निमाको शव कस्तो अवस्थामा झुण्डिएको थियो भन्नेबारे प्रहरी बेखबर छ, किनकी प्रहरी पुग्नुअघि उमेशले उनको शव टिचिङ पुर्याईसकेका थिए । पोलिक्लिनिकको दोस्रो तल्लामा रहेको कोठा जहाँ निमाले आत्महत्या गरेको उमेश र देवकुमारले दाबी गरेका छन् त्यो कोठाको ढोका बाहिरको प्रेसरले खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले भने, ‘ढोका बाहिरबाट जोडले हानेपछी भित्रको कब्जा खुस्किएको देखिन्छ, बाहिर लात्ताले हानेको दसी फेला परेको हुनाले भित्र कोही नभएको हुनसक्ने अनुमान गर्न सकिन्छ तर हामी अनुसन्धान गरिहेका छौं ।’
उनका अनुसार कोठाभित्रको बेडमा निमाको सल भेटिएको थियो भने पंखाको माथिल्लो भागको धुलो पुछिएको छ ।
निमाको शरीरमा झैझगडाको क्रममा लाग्ने कुनै चोटपटक नदेखिएको प्रहरीले दावी गरेपनी परिवारले उनको देव्रे कानमा टेपले टालिएको, घाँटीमा रातो, निलो हल्का डाम देखिएको दावी गरेका छन् ।
निमाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै किष्ट पोली क्लिनिका एण्ड मेडिकल सेन्टर प्रा.लि. का संचालक उमेश कुमार साह र देव कुमार साहका विरुद्ध निमाकी बहिनीले किटानी जाहेरी दर्ता गरेकी छिन् । निज दुवैजनालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
साभार: रातो पाटी
रातो घर, काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले काँग्रेस र नेकपा माओवादी केन्द्रले चित्त बुझ्दो प्रतिबद्धता नल्याएसम्म सरकार निर्माणमा सहयोग नगर्ने बताएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नका लागि निशर्त सहयोग गरेपनि नयाँ सरकार बनाउनका लागि निशर्त सहयोग नगर्ने जनाएको हो ।
संघीय गठबन्धनको आज बसेको समिक्षा बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीका लागि हुने चुनावमा बिना प्रतिबद्धता मतदान गर्न नहुने तर्क राखेका थिए । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले ओली सरकार ढाल्नका लागि समर्थन दिँदा केही नबिग्रे पनि प्रधानमन्त्रीको चुनावमा त्यतिकै समर्थन गर्न नहुने धारणा राखेका छन् । चार लाइनको प्रतिबद्धता लेखेर मात्र समास्या समाधान हुँदैन, ठोस रुपमा प्रतिबद्धता आए मात्र प्रधानमन्त्री चुनावमा भाग लिने उनको सुझाव थियो ।
मधेशी मोर्चालगायत संघीय गठबन्धनले उठाउँदै आएको मागको बारेमा काँग्रेस र माओवादी केन्द्रको तर्फबाट ठोस प्रतिबद्धता नआएसम्म सरकार निर्माणमा सहयोग गर्न नहुने उनले तर्क राखेका थिए । प्रधानमन्त्री बनाएपनि सरकारमा जानुहुँदैन, उनले भनेका थिए, सरकार निर्माण भइसकेपछि हामीले राख्दै आएको माग सविधान संशोधन गरेर सम्बोधन गरे मात्र सरकारमा जाने बारे सोच्न सकिने त्यसअघि सरकारमा जाने बारेमा सोच्न पनि हुँदैन ।’
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले त प्रतिबद्धतामा समय निर्धारण पनि गर्नुपर्ने सुझाव दिए । यति दिनभित्र सविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्ने कुरा काँग्रेस र माओवादी केन्द्रको प्रतिवद्धतापत्रमा नै उल्लेख गर्नुपर्ने धारणा राखेको बताइएको छ ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले सरकारमा जाने विषयमा मधेशी मोर्चा धेरै टाढा रहेको र यसको बारेमा कसैले कल्पना पनि नगरेको बताए । यद्यपी ओली सरकार ढाल्नलाई सहयोग गरे जस्तै सरकारमा निर्माणमा पनि सहयोग गर्ने उनले बताए । उनले भने, ‘तर सरकार निर्माणको सहयोग उधारो हुँदैन, त्यसका लागि ठोस प्रतिवद्धता आउनुपर्छ अनि मात्र सहयोग हुन्छ ।’
‘हाम्रो लागि ओली, देउवा, प्रचण्ड सबै उस्तै हुन् सबै नागराज हुन् । कुन बेला कसरी डस्छ थाह हुँदैन तर मधेशसँग ओलीले जसरी व्यवहार गरे त्यो असहय थियो, त्यसैले ओली सरकार ढल्दा मधेश खुशी छन्,’ उनले भने, ‘ओली सरकार ढाल्नका लागि नै काँग्रेस र माओवादी केन्द्रसँग सम्बन्ध भएको हो तर सरकार निर्माणका लागि त्यस्तो सम्बन्ध रहने छैन ।’
बैठकमा नेताहरुले गठबन्धनले गरेको ३९ दिने रिले अनसन सफल भएको निष्कर्ष निकालेको राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता केशव झाले बताए । मधेशमा आन्दोलन हुँदा सम्प्रदायिक आन्दोलन भयो भनि आरोप लागेको थियो तर यो रिले अनसनले मधेशलाई राष्ट्रिय आन्दोलनसँग जोडेको धारणा नेताहरुले राखेको नेता झाले बताए । तमलोपाका उपाध्यक्ष बृखेस चन्द्र लालले गठबन्धनको आन्दोलन जिल्ला जिल्लामा पनि विस्तार गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
श्री प्रधानमन्त्रीज्यू,
बालुवाटार, काठमाण्डौ ।
एकातिर हजारौं अशक्तहरुको पिंडादायी अवस्था, अर्कातिर लाखौं भुकम्प पीडितको दर्दनाक स्थितिमा मेरो प्रतिष्ठानलाई एक करोड उपलब्ध गराउने निर्णय मेरालागी नैतिक, आर्थिक र धार्मिक हिसाले खुशीको कुरा लागेन । तपाईंकालागि पनि यो निर्णय अन्तिम गाँसमा ढुङ्गा लागेको महसुस गरेको छु ।
यस अघि पनि सरकारले मलाई उपचार खर्च दिएर आफ्नो दायीत्व पुरा गरि सकेको छ । फेरी करोड छुट्याउंदा नागरिकले मप्रति पनि प्रश्न चिन्ह उठाउन थालेकाछन् । यसबाट म अत्यन्तै चिन्तित बनेको छु । म मेरो क्षमतामाथी ढुक्क छु । नागरिक स्तरबाट मेरो प्रतिष्ठान चल्छ । अस्तित्वले अवस्य सहयोग गर्नेछ । मलाई बिबादमा लैजान काम नर्गन अनुरोध गर्दछु । देश र जनताको चित्त दुखाएर धर्म बदनाम गराउन चाहान्न ।
निकट प्रधानमन्त्री पुष्प कमल दहालजी, एक करोड दिनेका बिषयमा तपाईंपनि सहमत हुनु भएको रहेछ, म एकदमै खुशी भएको छु । खुशी करोड पाएकोमा हैन, धर्मलाई अफिमसंग तुलना गर्ने क्रान्तीकारीहरु आज चमत्कार र अलौकिक शक्तिलाई मान्न थालेछन्, हरि ओम् तत्सत् !
बिकट प्रधानमन्त्री शेर बहादुर देउवाजी, करोडमा तपाईंपनि ओके सुनेर म खुशी छैन । देशको अर्थतन्त्र जर्जर बनाउने तपाईंहरुले मलाईपनि आफुजस्तै विवादित बनाउनु भएकोमा बहुत् चिन्ता लागेको छ । म तपाईंहरुजस्तै अलोकप्रिय बन्न चाहान्न ।
टिकट प्रधानमन्त्री नारायणकाजी श्रेष्ठजी, सदिच्छाकालागि धन्यवाद । तर अलौकिक शक्तिले चुनाव जिताई दिन्छ, सत्ता टिकाई दिन्छ भन्ने लोभ हो भने त्यो भ्रम हटाई हाल्नोस, कर्म नगरी मर्म र चर्म बलियो हुंदैन ।
अत: तपाईंको सरकारले मेरा नाममा दिएको नगद रु १,०००००००/– (अक्षेरेपी रुपैंया एक करोड)कालागि धन्यवाद सहित् फिर्ता लैजान हार दिक्क अनुरोध गर्दछु । उक्त रकम कुनै भुकम्प पीडित सेन्टर बनाउन प्रयोग गरेमा देश र जनताको कल्याण हुनेछ ।
अन्त्यमा, तपाईंहरु तिनै जनालाई मेरो आर्शिवाद छ । स्थिति बिग्रेला भन्ने पिर खिर खान नभुल्नुहोला । ढुक्क भएर लुछाचुँडी गर्दै गर्नोस्, केही नहुञ्जेल केही पनि हुंदैन ।
आदीत्य दहाल
साभार: गजुरेल डट कम
साभार: गजुरेल डट कम
रातो घर, २ साउन, काठमाडौ । ओली नेतृत्वका सरकारबाट बाहिरिएर आफैं प्रधानमन्त्री बन्न लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएसँगै गर्ने कामको सूची तयार गर्न लागेका छन् ।
यसैक्रममा उनले ओली सरकारले गरेको एउटा अलोकप्रिय कदमलाई सच्चाउने तयारी गर्दैछन् ।
सत्ता गठवन्धन टिकाउन ओली सरकारले अनावश्यक रुपमा टुक्राएका मन्त्रालयलाई प्रचण्डले जोडने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डवीच मन्त्रालय टुक्राएर भागबण्डा नलगाउने सहमति भएको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।
‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौं, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो। ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए। त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए।
कांग्रेसलार्इ १३ र माओवादीलार्इ ९ मन्त्रालय
कांग्रेस-माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ। कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ। त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन्। स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने सहमति भएको छ। बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ।
दुई चरणमा तीनवटा चुनाव
नयाँ संविधानको व्यवस्थाअनुसार आगामी ७ माघ ०७४ भित्र सरकारले तीनवटा निर्वाचन गराउनुपर्नेछ। स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था संविधानमै छ। कांग्रेस-माओवादीले दुई चरणमा तीनवटै निर्वाचन गराउने सहमति गरेका छन्। स्थानीय तहको एक चरणमा तथा प्रदेश र केन्द्रको एक चरणमा गरी दुई चरणमा निर्वाचन गराउने सहमति छ। एक चरणको निर्वाचन प्रचण्डले र अर्को चरणको देउवाले नेतृत्व गरेको सरकारले गर्ने सहमति दुई दलबीच भएको छ।
रातो घर, गुगल ब्वाइको जन्मकुण्डलीको नाम के हो मलाई थाहा छैन । उनका अभिभावक कहाँ के गर्छन्, त्यो पनि थाहा छैन । तर, आफ्नो सन्तानको माया कति लाग्छ, राम्रोसँग महशुस गर्न सक्छु । गुगल ब्वाइलाई काँडाले त के, फूलले अल्झायो भने पनि उनका बाबाआमालाई धेरै पीडा हुन्छ । यतिखेर म काँडा वा फूल बन्न खोजिरहेको छैन ।
प्रथमतः म गुगल ब्वाइको शिघ्र स्वाथ्य लाभको कामना गर्न चाहन्छु । उनी चाँडै निको हुन् । आम बालबालिकाहरु जस्तै हिँडडुल गरून् । शारीरिक र मानसिकरुपमा पनि तन्दरुस्त बनुन् ।
यस्तो कामना मैले मानवीयताको नाताले मात्रै गरेको होइन । आवश्यक परेको खण्डमा उनको उपचारका लागि सहयोगार्थ अभियानमा संलग्न हुनसमेत तयार छु म ।
तर, करोडौं रुपैयाँ राज्यको ढुकुटीबाटै गुगल ब्वाइका नाममा खोलिएको प्रतिष्ठानलाई दिनुपर्ने किन ? ओली सरकारको यो व्यवहार एकदमै पक्षपाती हो । झट्ट सुन्दा यो कुरा असन्तुलितजस्तो लाग्न पनि सक्छ । तर, भावनामा बहकिएर दिलबाटै सोच्यो भने मात्र यो कुरा असन्तुलित हो भन्ने बुझ्न सकिन्छ ।
दृष्टिकोणका आधारमा, दिमाखबाट सोच्यो भने यो कुरा सन्तुलित लाग्न सक्छ । र, यो कुरा गुगल ब्वाइका बाबाआमाले पनि स्वीकार्नुपर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् । र, देशमा भूकम्प पीडितका बालवालिकाको अवस्था के छ भन्ने उनीहरुलाई पनि राम्रैसँग थाहा छ ।
के कुरा स्वीकार गर्नुपर्दछ भने जनताले तिरेको कर गुगल ब्वाइको प्रतिष्ठान सञ्चालनका लागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकमको एउटा परिवारलाई दिइनु उचित होइन । राज्यले आम नागरिकलाई गर्ने सहयोगका सीमाहरु पक्कै हुन्छन् ।
असल नागरिकको कर्तव्य त राज्यलाई बाटो देखाउने हो । तर, गुगल ब्वाइको परिवारले शक्ति र सम्बन्धको फाइदा उठाए ।
गुगल ब्वाइ निर्दोष छन् । दोषी त सरकार छ । गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारजनले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरण छन् । समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एक/एक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।
राज्यले स्थापित गराउन खोजेको समाज ‘भविष्यवाणीको हो ?
म भविश्यवाणीमा विश्वास गर्दिँन । मजस्ता लाखाैं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भजिश्यवाणी-शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो यो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिन्छ । राज्यको चिन्तन उजागर गर्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्रीप्रति आस्था जगाउन प्रेरित गर्छ, ओली सरकारको यस्तो पुस्कारले ।
म गुगल ब्वाइलाई ‘कथित गुगल ब्वाइ’ भन्छु । र, म उनलाई रोगी पनि भन्दिँन । उनी अरुजस्तै शारीरिकरुपमा अशक्त बालक मात्र हुन् । उनको फरक क्षमताको जो चर्चा हुने गर्छ, त्यो चलाख मानिसहरुको प्रपोगाण्डा हो भन्ने लाग्छ । फरक क्षमताको मापदण्ड के हो ? नागरिकको फरक क्षमताको मापदण्ड निर्धारण गर्ने निकाय कुन हो ?
मानिलिनुहोस् ‘गुगल ब्वाइ’ अशक्त बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? किनभने उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारलेे करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्छ ।
यो तर्क पूर्वाग्राही लाग्यो भने अर्को तर्क गरौं । जस्तो कि राज्यको तर्फबाट नागरिकको उपचारका लागि गर्ने सहयोगका बारेमा चर्चा गरौं । कति रुपैयाँसम्म सहयोग दिने संबैधानिक अधिकार वा नियमावलीमा व्यवस्था छ ? जस्तो कि २ लाख, ५ लाख, वा १५ लाख ? कि प्रधानमन्त्रीको तजबिजी भएमा जति पनि निकाशा गर्न सकिन्छ ?
मन्त्रिपरिषदले नै निर्णय गरेर १ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुको औचित्य पुष्टि भविश्यवाणी गरेका आधारमा हुन सक्दैन । भविश्यवाणी राज्यले प्रवर्धन गर्ने विषयवस्तु पनि होइन । यस्तो रुढीवादी कार्यलाई त निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने थियो । तर, हामी कुन युगमा छौं भन्ने कुरा ओली सरकारले थाहा पाएन । यो हाम्रो भविश्यका निम्ति खराब नजिर बन्न पुगेको छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन्
भूइँचालो पीडितलाई पाखा, गुगल ब्वाइलाई काख
भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा महिनौं संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई १ करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा चुँ बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् । भूइँचालोको झुपडी बदर हुन्छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन् । यता ओली पण्डितको सोच भविश्यवाणी गर्न पट्टि छ ।
गुगल ब्वाइका कारण भूइँँचालो पीडितले राहत पाएनन् भनेर उनका आमाबाबालाई यो सन्देश सुनाउन खोजेको होइन । यदि उहाँहरुलाई यस्तो भ्रम परेमा म ह्रदयदेखि नै माफी चाहान्छु । पि्रय बालकप्रति पनि विनम्रताका साथ माफी चाहान्छु । मैले राज्यको सोच र प्रवृत्तिको कुरा गरेको हो । किनभने त्यो एक करोड रुपैयाँमा म जस्ता नेपाली नागरिकको हिस्सा र अधिकार छ । र, यो निर्णय गर्ने ओली सरकारलाई भूइँचालो पीडितहरुले माफी दिन सक्ने छैनन् । भूकम्पमा बुबा आमा गुमाएर टुहुरा बनेका बालवालिका र तिनका मृत आमाबुबाहरुले पनि माफी दिने छैनन् ।
जसरी हजाराैं भूईँचालो पीडितहरुलाई बस्ने घर बनाउनका लागि व्यक्ति-व्यक्ति मिलेर करोडौं रुपैयाँ संकलन गरियो, त्यसैगरी गुगल व्बाइको उपचारका निम्ति विश्वभर सहयोग संकलन गर्न सकिन्थ्यो । अरु धेरैले यसै गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । तर, ‘गुगल ब्वाइ’ माथि यो समान्य नियम लागेन र उनलाई राज्यले देवताको जस्तै व्यवहार गर्यो ।
राज्यले आफ्ना नागरिकलाई गच्छेअनुसार सहयोग गर्नुपर्छ । तर, बन्धकी बस्न मिल्दैन । असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ-आफ्ना मत छन् । मेरो कुरा गर्नुहुन्छ भने म त यसलाई प्रपोगाण्डा ठान्दछु । केही गडबड छ भन्छू । र, अधिकांशले यस्तै भन्ने गर्छन् । त्यसो त सबै मानिसभित्र कुनै न कुनै असाधारण क्षमता लुकेकै हुन्छ । तर, के ती सबैलाई राज्यले जनही एक-एक करोड रुपैयाँ वितरण गर्न सक्छ ?
फरक क्षमता भनेको हावादार भविश्यवाणी हुन सक्दैन । फरक क्षमता वा असाधारण क्षमताका रुपहरु अनेक छन् । जो न्यानो लुगा र औषधिको अभावमा अकालमै मरे, हाम्रो नजरमा उनीहरुमा पनि फरक क्षमता हुन सक्छ ।
शंकाको घेरा
गुगल ब्वाईको परिवारको आर्थिक हैसियत के हो ? ओलीसँगको सम्बन्ध के हो ? यस्ता कुरा बाहिर ल्याउने मिडियाहरुको सरोकार के हो ? यस्ता प्रश्नहरु पनि उठ्न सक्छन् । भविश्यवाणीजस्तो काइते कुरा राज्यको प्रथामिकतामा किन पर्यो ? अमेरिका पुगेर उपचार गराउँदासमेत किन रोग पत्ता लागेन ?
सरकारले फरक क्षमता भएका बालबालिकाहरुका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्न सक्छ । तर, योजनाअनुसार सामुहिकरुपमा । यसका लागि बालविकास केन्द्रहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छ । र, यी सबै योजनाअनुसार नै सञ्चालित हुन्छन् । तर, गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ सिस्टम ?
भविश्यवाणी गर्ने असाधारण क्षमता भएको बाहनामा राज्यको ढुकुटीमार्फत करोडौं रूपैयाँ खर्च गर्ने काम विभेदकारी छ । यसलाई राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गर्न सकिन्छ । किनभने विश्लेषणको आधार नै यस्तै प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने लाग्छ । यो पहुँचका आधारमा गरिएको जातीय लुट हो ।
आज हजाराैं मधेसी दाजुभाइका बालबच्चाहरु कालाजार, औंलोका कारण बितेका छन् । उनीहरुले सामान्य औषधिसमेत सेवन गर्न पाएका छैन्न । हजारौं हिमालका सन्तानहरु निमोनियाका कारण मर्छन् । उनीहरुले न्यानो लुगा पनि पाउँदैनन् । कर्णालीमा झडापखाला जस्तो सामान्य स्वास्थ समस्याको औषधिको अभावमा महामारी फैलिन्छ, त्यहाँ सरकारको ध्यान जाँदैन ।
तर गुगल ब्वाइ किन प्राथामिकतामा परे ? यो कुरा शंकाको घेरामा छ । सामाजिक सञ्जालमा अनेक प्रश्न उठेका छन्, जुन स्वाभाविक छ ।
सरकारमा रहेको राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, वा नातापाता वा जिल्लावासी भएका आधारमा गुगल ब्वाइको हैसियत कुनै एक उत्पीडित थारूको सन्तानको भन्दा माथिल्लो भनेर मान्न सकिन्न । व्यक्तिगत स्वार्थका लागि राज्य कोष ब्रहमलुट गर्नेहरुलाई राष्ट्रघाती एवं भ्रष्टाचारी मान्न सकिन्छ ।
कामचलाउ सरकारको कुकर्म
वैधानिकताको लक्ष्मण रेखा पार गरिसकेको ओली सरकार अब नैतिकरुपमा सरकार होइन । नयाँ सरकार निर्माणको समीकरण बनिसकेको अवस्थामा औपचारिकरुपमा मात्रै ओलीले पद त्याग्न गर्न बाँकी छ । असमान्य अवस्थामा बाहेक यस्तो काम चलाउ अवस्थामा कुनै पनि सरकारले महत्वपूर्ण निर्णय गर्दैनन् । गरे पनि त्यो अराजनैतिक हुन्छ, वैधानिक हुँदैन ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले
जाँदाजाँदैको समयमा कथित गुगल ब्वाइलाई संरक्षण गर्न भनेर सरकालेर छुट्टाएको एक करोड रुपैयाँ अराजकता र भ्रष्टाचारको कडी हो । यसले सम्पूर्ण नेपालीहरुको भावनालाई न्याय दिन पनि सक्दैन । बरु विभेद र असमानता नयाँ प्रारूप तयार गर्दछ । ओली सरकार मूलतः विभेदकारी छ भन्ने कुरा मधेसमा गोली खाने निर्दोष बालकको परिवारलाई नहेर्नुबाटै बुझिन्छ ।
सायद ओली प्रधानमन्त्री नहुँदै गुगल ब्वाइले सही भविश्यवाणि गरेका थिए । बक्सिस स्वरुप एक करोड हो भने पनि त्यो गलत नै हुन जान्छ ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले । त्यसैले यी सबै कुरा अपवादमा मेल खाने अनूभुतिजन्य विषय मात्रै हुन् ।
उनले हातले अनेकभाँती लेख्ने कुरा पनि शंकाको घेरामा छ । उनी स्कुल नगए पनि घरमा पढेका हुन सक्छन् । सांकेतिक भाषाको पढाइ गरेको हुन सक्छन् । बोल्न नसक्ने चर्चित साहित्यकार झमक घिमिरे पनि लेख्छिन्, उनले पनि विद्यालयको ढोका टेकेकी छैनन् । तर, झमकले आफूलाई कहिल्यै ‘दैविक’ दाबी गरेकी छैनन् ।
मैले गुगल ब्वाइको उपचार नहोस् भन्ने एकप्रतिशत भावना बोकेको रहेंछु भने गाईको मासु खाए समानको पाप लागोस् । पि्रय निर्दोष बालकप्रति सदभाव राखेर राज्यले गरेको विभेद, एकल जातीय पृष्ठपोषण अनि उनको परिवारले प्रश्रय दिइरहेको भाग्यवादी चिन्तनका बारेमा सैद्धान्तिक असन्तुष्टि राखेको हुँ ।
किनभने विसंगति र विकृतिको विरुद्धमा बोल्न र सोच्न छाडेपछि मानिसहरु मर्छन् । जिवितै भएर पनि जब मानिसहरु बोल्न र सोच्न छाड्छन्, ती पनि मरे समान हुन्छन् । म मरे समानको हुन चाहान्न ।
साभार: अनलाइन खबर





















