ओलीलाई कालो झण्डा देखाउने मधेशी विद्यार्थी जेल चलान - हेर्नुहोस्
रातोघर, काठमाडौ फागुन ८ गते । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाएका मधेशी विद्यार्थीलाई आज जेल पठाएको छ । शान्ति सुरक्षा खल्बलाएको आरोप लगाउँदै ती विद्यार्थीहरुलाई दिल्लीमै रहेको तिहार जेलमा पठाएको छ । सातको भ्रमणमा हिजो दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई एयरपोर्ट बाहिर कालो झण्डा देखाएको थियो । त्यसपछि साँझमा भारतस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन गएका प्रधानमन्त्री ओलीलाई सोही विद्यार्थीहरुले पुनः कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने क्रममा करिव दुई दर्जन मधेशी विद्यार्थीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिजो प्रकाउ गरेका उनीहरुलाई त्यहीको थानामा राखेको थियो भने आज अदालतको आदेशमा फागुन ११ गतेसम्मका लागि जेल पठाएको छ । उनीहरुमाथि आइपीएस १०७ र १०५ को चार्ज लगाएको छ । दुतावासका अगाडीबाट उज्जवल झा, सुर्य किरण यादव, अविशेक मिश्र, विकास मिश्र, संजय यादवलगायत लाई पक्राउ गरेको थियो ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses