सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, 'बिग्रेको सम्बन्ध सुधार्छु'
रातो घर, माघ २९, २०७२- प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण दुई मुलुकबीच बिग्रेको सम्बन्ध सुधारमा केन्द्रित हुने जानकारी संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई गराएका छन् । भ्रमणका लागि सुझाव संकलन गर्न प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो सर्वदलीय बैठक बोलाएका थिए । संसदमा प्रतिनिधित्व गर्ने अधिकासं दल सहभागी बैठककमा ओलीले राष्ट्रिहित हुने विषयमा मात्र कुराकानी हुने प्रतिबद्धता दलहरुसँग जनाए ।
‘दुई मुलुकबीच केही असझदारी देखियो त्यो असझदारी क्रमश समान्यीकरणको दिशामा अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘मेरो भ्रमण अझै समान्यीकरण गर्दै सम्बन्ध सुदृण बनाउनेमा केन्द्रित हुनेछ ।’ उनले भ्रमणका औपचारिक एजेण्डाहरु गर्ने क्रम सुरु भएको उल्लेख गर्दै एजेण्डा तयार भएपछि संसदलाई जानकारी गराउने ओलीले बताए । प्रधानमन्त्री ओलीले भ्रमणको सन्दर्भमा फागुन ४ गते संसदमा सम्बोधन गर्नेछन् । ‘मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमा आँच आउने काम म बाट हुदैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले फागुन ७ देखि भारत भ्रमण गदैछन् । प्रधानमन्त्री ओलीलाई अन्य दलका नेताहरुले पनि भारतसँग राष्ट्रिय हितका विषयमा मात्र कुराकानी गर्दै सम्बन्ध सुधार्न केन्द्रित गर्न सुझाव दिएका छन् ।
‘दुई मुलुकबीचको समबन्ध राजनीतिक तहमा प्रस्ट हुनुपर्छ सिधा सिधा आफ्ना कुरा राख्नुपर्छ’ प्रमुख विपक्षी दल काग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले भने,‘सम्बन्धमा ‘फ्यांकनेस’ आवश्यक छ ।’ नाकाबन्दीले गर्दा निकै तिक्ततापूर्ण सम्बन्धका बेला हुने प्रधानमन्त्रीको भ्रमणको विशेष महत्त्व रहेको भन्दै दलका नेताहरुले त्यसको मर्म बुझेर भ्रमणमा प्रस्तुत हुन सुझाव दिएका थिए । ‘नेपाल र भारबीचको आगामी सम्बन्ध कसरी अघि बढ्छ भन्ने निर्धारण समेत यो भ्रमणले हुनेछ,’ नेताहरुले बैठकमा भने, ‘त्यसैले भ्रमणलाई त्यही ढंगको महत्व दिनुपर्छ ।’ नेताहरुले विगतका सहमति सम्झौताहरुलाई कार्यान्वयनका लागि अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।
‘हाम्रा छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘भ्रमणका बेला हुने कुरा सबै राजनीतिक दललाई जानकारी दिन्छु, मुलुकको प्रतिष्ठा बनाउनमै केन्द्रित गर्छु ।’ प्रधानमन्त्री ओलीले भ्रमण सबै क्षेत्रबाट सफल बनाउनका लागि आन्तरिक परामर्शलाई तिब्रता दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओलीले दिनहुँजसो विभिन्न सरोकारवाला समुह दल र नेताहरुसंग भ्रमणको सिलसिलामा छलफल गरिरहेका छन् । उनले छलफलमा कुन कुन बिषय कसरी उठानने भन्नेबारे परामर्श लिने गर्छन् । परामर्शको आधारमा परराष्ट्र मन्त्रालयले भ्रमणसम्बन्धि एजेण्डाहरु तयार गरिरहेको छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses