टिचिङ हस्पिटलमा रुवाबासी, छोराको शव देखेपछि पाइलट सन्तोषकी आमा बेहोस


रातोघर, काठमाडौं, १५ फागुन । काष्टमण्डप एयरका को-पाइलट सन्तोष रानाको शव देखेपछि काठमाडौंको शिक्षण अस्पतालमा दिउँसो रुवाबासी भएको छ ।
शुक्रबार कालिकोटमा भएको जहाज दुर्घटना ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेसँगै को पाइलट रानाको शवलाई पोस्टमार्टमका लागि शनिबार विहानै काठमाडौं ल्याइएको थियो ।

त्यसमध्ये को पाइलट रानाकी आमा काठमाडौंमै थिइन् । उनी पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानाका छोरा हुन् । छोराको शव काठमाडौं ल्याएको थाहा पाएपछि गाउँले र परिवारसँगै अस्पताल पुगेकी आमा यमकुमारी डाँको छोडेर रोइन । गाउँले र परिवारका सदस्यहरु पनि आसु झार्दै रुन थाले । एकछिन अस्पतालमा रुवाबासी भयो ।
छोरालाई अन्तिम पटक भेट्न पूर्वमन्त्री राना पनि शिक्षण अस्पताल पुगेका थिए । एम्बुलेन्समा छोराको शव देखेपछि यमकुमारी आँखाभरी आँसु पार्दै एम्बुलेन्सभित्र छिरिन । एम्बुलेन्समा छिरे लगतै ठूलो स्वरमा दर्दनाक आवाज निकालेर रुन थालिन । उनको दर्दनाक आवाज सुनेर सवैका आँखामा भारी बर्षा भयो । दर्दनाक आवाज निकाल्दै रुने ति महिला एक्कासी ढलिन र त्यही बेहोस भइन ।

एम्बुलेन्सभित्रै छिरेर छोराको शव झम्टेर आमा यमकुमारी डाँको छोडेर रुँदा त्यहाँको माहोल एकाएक शोकमा डुबेको थियो । केहीबेरमै आमा यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलेकी थिइन ।
त्यहाँ जुटेका आफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए । शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था पनि उतिकै भावविव्ह्ल थियो । न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो ।
शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको ११ जना सवार जहाज कालिकोटमा दुर्घटना भएको थियो ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses