परिवारका १४ जनाको हत्या गरेर आत्महत्या, को हुन् यी हत्यारा ? हेर्नुहोस्
रातोघर, काठमाडौं, १६ फागुन । नेपालमा भएको दरबार हत्याकाण्डको झल्को दिनेगरी छिमेकी देश भारतमा आइतबार ठूलो हत्याकाण्ड भएको छ ।
भारतको महाराष्ट्रस्थित ठानेमा आइतबार बिहान एक ३५ वर्षीय युवकले आफ्नो परिवारको १४ जनाको हत्या गरि आत्महत्या गरेको समाचार भारतीय च्यानल आजतकले प्रकाशित गरेको छ ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार ठानेको कसरवादाभली गाउँ निवासी हसन अनवर वारेकरले धारिलो हतियार प्रयोग गरि ७ जना बालबालिका, आफ्नो श्रीमती, आमाबुवासहित ६ जना महिला र एकजना पुरुषको घाँटी रेटी हत्या गरेका हुन् ।
धारिलो हतियार प्रहार गर्नु पूर्व उनले सबैलाई लठ्याउने औषधि दिएका थिए । प्रहरीका अनुसार वारेकरको शव झुन्डिएको अवस्थामा भेटीएको छ ।
फाँसी लगाएकै अवस्थामा उनको हातमा हत्या गर्न प्रयोग गरिएको चक्कु पनि भेटिएको छ । उनले मार्न खोजेकी एक महिलाको भने जिवितै उद्धार गरि टिटान अस्पतालमा उपचार भइरहेको ठानेका जोइन्ट कमिस्नर आशुतोष डुम्रेले बताए ।
उनले भने- एक युवकले परिवारको १४ जना सदस्यको हत्या गरि झुन्डिएको अवस्थामा लास भेटिएको छ । हत्याको कारण खुल्न सकेको छैन् । हामी अनुसन्धानमा छौं ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses