सप्तरीको एक युवकले जेलबाट छुटेर आफैंले बलात्कार गरेकी युवतीसँग बिहे गरे
रातोघर, राजविराजः बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् ।
पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको हो ।
विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको सोठियाइन–१ का पच्चु यादव, परिवारका सदस्यहरु र आफन्त सहभागी थिए ।
विवाहपछि मान्यजनसँग आर्शिवाद लिदै गरेकी मन्जुले भनिन, ‘उसले मलाई हेरचाह गर्छ भन्ने विश्वास लागेकाले विवाहका लागि राजी भएकी हुँ ।’
बलात्कारको आरोपमा थुनामा परेपछि उनिहरुका अभिभावकहरुले आपसमा छलफल गरी विवाहको टुंगो लगाएका थिए ।
विवाहको सहमतिपछि नै युवतीले अदालतमा राजी खुशीका साथ शारिरीक सम्बन्ध राखेको बताएर दिपेन्द्रविरुद्ध चलिरहेको मुद्दा हलुको बनाएकी थिइन् । उता पुर्पक्षका लागि थुनिएका युवकले पनि केही वर्षदेखिको प्रेम सम्बन्ध रहेको भन्दै पत्नी स्विकारे ।
दुबैजनाको सहमतिमा युवतीले जिल्ला अदालतमा गत फागुन ९ गते नाताकायमको मुद्दा दर्ता गराइन् भने युवकले पुनरावेदन ग¥यो ।
दुबैले पति–पत्नीको नाता स्विकारे पनि बलात्कारको मुद्दामा पर्नसक्ने असर विचार गरेर मात्र नाताकायम गर्ने भनी अदालतले आइतबार दुबैलाई बोलाएको अधिवक्ता धर्मेन्द्र यादवले बताए । जीवनमा आफूमाथि यति ठूलो हरकत गर्ने पुरुषसँगै उनले जीवन बिताउने निर्णय गर्नुको पछाडि दुबैबीचको प्रेम सम्बन्ध नै रहेको स्थानीय रामविलास यादव बताउँछन् ।
फुलकाही–१ प्रितमपुरस्थित दिदीको घरमा बसेकी युवती र युवकलाई उनका आफन्तले गत मङ्सिर २७ गते आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
दुबैका अभिभावकले दुबैबीच विवाह गराउने भनी गरेको सहमति भंग गर्दै स्थानीय नेताहरुले युवकलाई जरिवाना गराउने तर विवाह हुन नदिने निर्णय गरेपछि अलपत्र परेकी युवतीले अधिकारकर्मीको पहलमा गत पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।
प्रहरीले पुस ८ गते युवकलाई पक्राउ गरेपछि पुनः विवाह गर्न तयार बनेको युवकका अभिभावक तिनै नेताहरुको प्रभावमा परेर विवाह अस्विकार गरेपछि अधिकारकर्मीहरुको पहलमा पुस १४ गते मुद्दा दर्ता भयो ।
जिल्ला अदालतले पुर्पक्षका लागि माघ ११ गते राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेपछि नेताहरुको आश्वासनबाट मोहभंग भएका युवकका अभिभावक पुनः विवाह गर्न तयार भए ।.
युवतीका बाबु पच्चु यादवले भने, ‘आरोपितसँग छोरीको विवाह गरिदिनुभन्दा अर्को विकल्प मसँग थिएन ।’ उनले दुबैको विवाह नगरीदिएको भए आफ्नी छोरीको जीवन नै बर्बाद हुने पनि बताए ।
युवकका परिवारले पनि युवतीलाई बुहारी स्विकारेर घर भित्र्याएका छन् तर उनिहरुलाई दाइजो नपाइने चिन्ताले सताएको छ । आफुले सकेजति समान दिने बताएका पच्चुले आफ्नी छोरीको विवाह दर्ता र नागरिकता बनाइ दिन पाए ढुक्क हुने बताउँछन् ।
विवाह अघि यौनसम्बन्ध राख्नु दुबैजनाको दोष भएपनि समाजले महिलालाई मात्र दोष दिने गर्छ । महिलालाई नै नराम्रो दृष्टिले हेर्ने तथा अरु पुरुषले पनि विवाह नगर्ने भएकोले दुबैबीचको विवाह ठीक विकल्प भएको विवाह समारोहमा सहभागी सबिता झाले बताइन् ।
बिहे नगर्दा लामो समय जेलमा बिताउनुपर्ने बाध्यताले दिपेन्द्रले जेलबाट छुट्नका लागि मात्र बिहेको नाटक गरेको हो भने मन्जुको जीवनमा संकट आउने छ । तर दिपेन्दले मन्जुलाई श्रीमतिको स्थान दिए भने यो एउटा अनौठो प्रेमकथा हुने स्थानीय बताउँछन् । अन्नपूर्ण पोस्ट बाट
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses