कञ्चनपुरमा एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी छिन्

रातोघर,महेन्द्रनगर, ३० फागुन । पुनर्वास नगरपालिकामा बस्ने एक ससुराले बुहारीसँग यौन सम्पर्क गरेपछि गर्भ रहेको छ । बुहारीले ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ बोकिरहेकी छन् ।
श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् । ‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’
बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन । बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’
महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत बताइन् । सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।
‘ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर १० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो । त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज समेत गर्ने गरेको महिलाले बताइन् ।
तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी प्रहरीमा गरेको स्रोतले जनाएको छ । ‘बुहारी र मेरो सुत्नेखाट सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’
स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् । छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क राख्ने गरेका थिए ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses