आज वि.सं. २०७२ साल फागुन २० गते। बिहीबार। इश्वी सन् २०१६ मार्च ३ तारिखको राशिफल हेर्नुहोस्।

वि.सं. २०७२ साल फागुन २० गते। बिहीबार। इश्वी सन् २०१६ मार्च ३ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– नवमी, १३:५४ बजेउप्रान्त दशमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। प्रतिद्वन्द्वीहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्नेछन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटेको काम रोकिनाले मन खिन्न रहनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा पनि सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शुभचिन्तकहरूबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइनेछ। मनग्य धनलाभ हुनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आँटले अधिकार स्थापित हुन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। तापनि योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तानले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू पनि टाढिन सक्छन्। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। अवसरबाट वञ्चित भइनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
nसमयमा आलस्य गर्दा पछि पारिनेछ। खर्चको मात्रा पनि बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने परिस्थिति आउन सक्छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्यांकन हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने योग छ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। पारिवारिक आवश्यकता पूर्ति होला। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कीर्तिमानी काम गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। (नेपाली पात्रो)

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses