साइप्रसमा आत्महत्या गरेकी अन्जु दुबइमा भेटियो भन्ने समाचार दु:खको बेला फैलिएको भ्रमले झनै दु:खी छौ – अध्यक्ष मल्ल

बार्सिलोना/ आत्महत्या गरेकी नेपाली युवतीलाई दुबईमा जिउँदै भन्ने समाचार प्रकाशित भए पछि साईप्रसका नेपालीहरु चिन्तित बनेका छन्। रामेछाप प्रिती गाउँबिकास समिति बडा नम्बर ५ घर भएकी अञ्जु सुनुवारले साईप्रसमा आत्महत्या गरे पछि शबलाई कसरी पठाउँने भनेर तयारी चलिरहेका बेला, अनाबश्यक भ्रमहरु फैलदाँ साईप्रसका नेपालीहरु झनै चिन्तित बनेका हुन्।
 मृतक अन्जु सुनुवार
करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी अञ्जुले गत शनिबार लिमासोलमा आत्महत्या गरेकी हुन्। अञ्जुको राहदानी नम्बर ०६९४०४४३ र नागरिकता नम्बर २१३००६-६७५ रहेको छ। राहदानीमा उल्लेख भए अनुसार २१ जुलाई सन् १९९० उनको जन्म मिति रहेको छ। अञ्जुका पिताको नाम फत्त बहादुर सुनुवार र आमाको नाम लिलामाया सुनुवार रहेको छ।
मृतक अन्जुको राहदानी

दुखदको बेला फैलिएको भ्रमले झनै दुखी छौ – अध्यक्ष मल्ल
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले लिमासोलमा बस्दै आएकी सुनुवारले आत्महत्या गरेको पुन: पुष्टि गरेका छन्। मल्लले भने,” जिउँदो मान्छेलाई मरेको भन्न हामीलाई रहर छैन,प्रबासको ठाउँका चेलीबेटीको दुखद घटना हुँदा कसरी ब्यबस्थापन गर्ने बारेमा हामी चिन्तित छौ ।
रामेछाप जिल्ला घर भएका अञ्जु सुनुवार नाम गरेका दुबईमा मात्र हैन,अन्य ठाउँहरुमा हुन सक्नु होला,तर साईप्रसमा आत्महत्या गर्ने युवती रामेछापकी अञ्जु सुनुवार नै हुन् अध्यक्ष मल्लले थपे। उनले भने,” सुबास मल्ल नामको म साईप्रसमा छु,मेरै जिल्लाका यस्तै नामथर भएका अन्य देशहरुमा पनि हुन सक्छन्। त्यसैले मृत्यु जस्तो समाचार नबुझी दिने कुरा हुँदैन,त्यसलाई फेरि जिउँदै छ भन्दै भ्रम नफैलाउँन अनुरोध गर्दछु।
शब पठाउँने तयारी हुँदैछ – कन्सुलर पन्जियार
साईप्रस स्थित नेपाली कन्सुलर राम जीवन पन्जियारले अञ्जुको शबलाई नेपाल पठाउँने तयारी सुरु गरिएको जानकारी दिए। नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भने,” मृतकको पोष्टमार्टम भईसकेको छ,झुण्डीएर आत्महत्या गरिएको खबर छ तर प्रहरीले रिपोर्ट पूर्ण बुझाएको छैन।”
साईप्रस आउँने हरेक कामदारको ईन्सुरेन्स हुने बताउँदै, दुर्घटनामा मरेको भए सबै खर्च ईन्सुरेन्सबाट नै हुने तर आत्महत्या गरेर मरेको हुँदा आँफैले बेहोर्नु पर्ने अबस्था आएको कन्सुलर पन्जियारले भने।
अञ्जुको शबलाई नेपाल पठाउँन ३ देखि ४ हजार युरो लाग्ने हुँदा नेपालीहरु माँझबाट नै सहयोग उठाउनु पर्ने देखिएको छ। आत्महत्याको कारणमा उनका प्रेमी निशान राईको नाम पनि आएको हुँदा यस बारे अनुसन्धान गर्न नेपाल सरकारलाई अनुरोध समेत गरिने पन्जियारले बताएका छन्।
साभार: नेपाल पाटी डट कम बाट 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses