आाफ्नो आँशु थामेर आमालाई सम्झाउँदै बिमल

रातो घर, काठमाडौं–बहिनीको शंकास्पद मृत्युपछि राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्। उनी बेल्जियममा थिए ।

उनी शुक्रबार बिहान ११ बजे एयरपोर्ट उत्रेका थिए । लगत्तै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्। उनी घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका थिए । विमल बहिनीको मृत्युको खबर पाएपछि फर्किएका हुन्।

टिभिङ अस्पताल परिसर पुग्दा मनिषाको निधनले परिवार शोकमा डुबेको थियो । उनकी आमाको आँशु थामिरहेको थिएन भने दाजु विमल पनि आँखाभरी आँशु पारेर आमालाई सम्झाउने प्रयास गरिरहेका थिए । बेलाबेला उनी आमाको आँशु पुछ्थे ।

शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिई फर्कँदै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति र सदस्यहरु पनि टिभिङ परिसर पुगेका थिए ।

बर्दघाट नगरपालिका-८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो।


Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses