हालसम्मको आशिष चौधरीको वयान, मैले सबैभन्दा बढी माया गर्ने मनिषा थिई

रातो घर, १५ जेठ, २०७३
नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीले प्रहरीलाई दिएको बयान ।

शुक्रबार बिहान नवलपरासीस्थित आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि पक्राउ परेका मनिषाका प्रेमी आशिष चौधरी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले मनिषालाई थप्पड हानेको तर नमारेको प्रहरीसमक्ष वयान दिएका छन् । साथै उनले भुण्डिएकी मनिषाको घाँटीको डोरी आफूले खुस्काइदिएको प्रहरीलाई बताएका छन् ।

चौधरीले प्रहरीलाई भने मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै  छोडिदिएको थियो । म उसको घर जाँदा रक्सी खाएर गएको थिएँ । मनिषाले रक्सी खाएको थाहा पाएपछि सधै रक्सी खान्छौँ, किन रक्सी खाएर आएको भनेर प्रश्न गरी ।

बिहीवार बिहान मनिषा साथीसँग घुम्न गएका बेला मैले फोन गरेर कहाँ घुम्न गएकी, कसलाई भेट्न गएकी चाँडै घर फर्की भनेको थिएँ । त्यही विषयमा हाम्रो झगडा सुरु भयो ।

आशिष चौधरी भने मनिषाले मलाई आफ्नो अन्डरमा किन राख्न खोजेको भनी । मैले मेरो सिमकार्ड र गिफ्टहरु फिर्ता देउ,  म पनि तिम्रा गिफ्टहरु दिन्छु भनें । झगडा हुदाँहुदै मनिषाले मलाई एक थप्पड हानी । र, मैले पनि उसलाई थप्पड हानें । अनि मैले कोठामा राखिएको सोकेसमा हातले हानें । सिसाले मेरो हात काट्यो र हातबाट रगत चुहिन थाल्यो । त्यसको केहीबेरपछि मनिषाले मोवाइलमा फेसबुक चलाउन थाली । म घर जान्छु भनेर घरबाट निस्कें । तर, म गइँन र घर बाहिरको बरन्डामा बसें । र, त्यहीँ निदाएँ । राति म ब्युँझिएर फेरि घरभित्र जाँदा मनिषाको शरीर झुण्डिएको अवस्थामा देखेपछि मैले उसको शरीरलाई तल झारेर राखें ।
मनिषा मरी भनेर म निकै डराइसकेको थिएँ । त्यसपछि हतार-हतार आफ्नो घरतिर गएँ ।

बिहानको समयमा तपाईहरु (प्रहरी) ले पक्राउ गरेर मलाई यहाँ ल्याउनुभयो । मनिषाको मृत्यु कसरी भयो, मलाई थाहा छैन । यदि मैले मनिषाको हत्या गरेको भए म घरमा बस्ने थिइँन, घरबाट भाग्ने थिएँ होला । मैले मनिषाको हत्या नगरेका कारण म घरमै बसें । मैले हत्या गरेकै होइन । कसरी मृत्यु भयो, मलाई थाहा छैन ।

प्रहरीले दिएको जानकारीका आधारमा
       
             मरिदिने’ म्यासेज मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरबाट आशिषको मोबाइलमा ‘मलाई तपाईले सधैं टर्चर गर्नुहुन्छ, म मरिदिन्छु’ भन्ने म्यासेज गएको प्रहरी अनुसन्धानमा पाइएको छ । मोबाइल म्यासेज मार्फत मनिषा र आशिषवीच धेरै कुरा भएको देखिएको छ । तर, त्यही मोबाइल नम्बरबाट उनीहरुवीच नै म्यासेज मार्फत कुरा भएको हो वा होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने नम्बरको कल डिटेल निकालेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
       
             फेसबुक स्टाटस मनिषाले केही महिनाअघि आफ्नो फेसबुकमा ‘आइ वान्ना स्लिप फरऐभर'(म सधैंका लागि निदाउन चाहन्छु) लेखेकी थिइन् । यसले मनिषा केही महिनायतादेखि तनावमा रहेको प्रहरीले अनुमान गरेको छ ।

तर, प्रहरीको दाबी अनुसार मनिषाको फेसबुक आशिषले पनि चलाउँथे । मनिषाको फेसबुक आइडी खोलेर त्यसमा रहेका केटा साथीहरुलाई ब्लक गरिदिने, गाली गर्ने जस्ता कामहरु उनले गर्थे । जसका कारणले पनि मनिषा तनावमा रहेकी थिइन् ।

प्रहरीले घटनाबारे राति मनिषाको घर नजिकसम्म छाड्ने जाने आशिषका साथी निर्मल रायमाझीसँग पनि सोधपुछ गरेको छ । रायमाझीले आफूले आशिषलाई मनिषाको घर नजिकै आशिषकै मोटरसाइकलमा छाडेको र आशिषको मोटरसाइकल उसको घरमा पुर्‍याएर आफु आफ्नो घरमा गएको प्रहरीलाई बताएका छन् ।

पोष्टमार्टम रिपोर्ट पर्खँदै प्रहरी

प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई प्रहरीले ज्यान मार्ने मुद्दा अन्तरगत जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरेको छ । चौधरीको प्रराम्भिक बयान मात्रै लिइएको बताउँदै प्रहरी अधिकारीले अनलाइनखबरसँग भने- ‘चौधरीको प्रराम्भिक वयान लिएका छौँ, तर त्यसमा कति सत्यता छ र कति झूठो हो भन्ने विषयमा पुष्टि गर्न पोलिग्राफ मेसिनबाट जाँच गरिनेछ ।’

मनिषा शवको काठमाण्डौँमा पोसमार्टम भइसकेको छ । मनिषाको हत्या भएको हो वा आत्महत्या ? यस विषयमा अहिल्यै केही भन्न नसकिने प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौँ, नवलपरासीका एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, घाँटी थिचेर हत्या गरिएको हो वा आत्महत्या हो, पोस्टमार्टम रिपोर्ट आएपछि तथ्यहरु खुल्नेछन् ।’



स्रोत अनलाईन खबर 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses