आज वि.सं. २०७३ साल साउन ८ गते। शनिबार। इश्वी सन् २०१६ जुलाई २३ तारिखको राशिफल।

वि.सं. २०७३ साल साउन ८ गते। शनिबार। इश्वी सन् २०१६ जुलाई २३ तारिख। नेपाल संवत् ११३६ दिल्लागा। 
श्रावण कृष्णपक्ष। तिथि– चतुर्थी, २४:२० बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमेहनतको प्रतिफल अरूले हत्याउन सक्छन्। फाइदा कम मात्र हातलागी होला। सामान्य काममा बढी खर्च लाग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउनेछन्। तत्कालको फाइदाले भविष्यमा हानि हुन सक्छ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आफन्तसँगै प्रतिस्पर्धामा उत्रनुपर्ला। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मेहनतले आंशिक प्रतिफल दिलाउन सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ हुने काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा समय खर्चनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। विशेष अवसरले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। मेहनत गर्दा मनग्य धनलाभ हुने समय छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगल्तीबिनै पनि अपजस आइलाग्न सक्छ। कानुनी कडिकडाउको सिकार भइनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraलगनशीलताले अध्ययनमा राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले साथ दिनेछन्। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँगको भेटघाटले आनन्द दिलाउनेछ। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुनेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन तथा रचनात्मक काममा रुचि बढ्नेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले पनि ढिलाइ हुन सक्छ। आर्जित धन पनि खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मान-सम्मान प्राप्त हुनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesचुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलमिच्याइँले बाधा पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। सानो गल्तीले हानि पुर्याउन सक्छ। (नेपाली पात्रो)

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses