आज वि.सं. २०७३ साल साउन ७ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई २२ तारिखको राशिफल।

वि.सं. २०७३ साल साउन ७ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई २२ तारिख। नेपाल संवत् ११३६ दिल्लागा।
श्रावण कृष्णपक्ष। तिथि– तृतीया, २५:५९ बजेउप्रान्त चतुर्थी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
श्रम गरीकन उचित प्रतिफल हातलागी नहुन सक्छ। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। न्यून आर्थिक लाभ हुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। सोचेको लाभ नभए पनि मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई समेत समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा सामान्य फाइदा हुनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनत गर्दा राम्रै फाइदा हुनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। उत्साहवर्द्धक समय छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अधिकारका लागि जुट्नुपर्ला। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र आँटेको काममा फाइदा उठाउन सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
बलजफ्ती गर्दा समस्या आउला। शुभचिन्तकहरूको सुझावलाई ध्यान नदिँदा दु:ख पाइएला। तर खर्च लागे पनि दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। फाइदाका पछि लाग्दा समस्या आउलान्। धैर्यले काम लिँदा लाभ मिल्नेछ। (नेपाली पात्रो)

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses