बिश्वका युवालाई हल्लाउने ठाउँमा पुगीन नेपाली चेली , नेपालको सान संसारमै बढ्यो (भिडियो सहित ) हेर्नुहोस्
नेपालमा जन्मिएकी जोलि अमात्य राष्ट्र संघको युवा सम्मेलनका लागि अध्यक्ष पदमा नियुक्त हुँदै उक्त इतिहास रचेकी हुन् ।
जोलि सो पदमा नियुक्त हुनु भनेको उनले करिब ९५ देशका एक हजारभन्दा बढी युवाको नेतृत्व गर्न पाउनु हो । २०१५ मा सह–अध्यक्ष रहेकी जोलि यसपटकै अध्यक्ष बन्न सफल भएकी हुन् ।
राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित ‘युथ एसेम्ब्ली’ विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो । जहाँ पुग्नु युवा नेतृत्व तहमा पुगेका जो कोहीको सपना हुने गर्छ । तर, त्यहाँसम्म पुग्ने कमै मात्र हुन्छन् ।
सबैभन्दा लामो समय चल्ने यस सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन् राष्ट्रसंघको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि युवा नेतृत्वको शशक्तिकरणको उद्देश्यसहित कार्यक्रम गरिएको थियो ।
विगत सात बर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् ।
गत वर्षको भूकम्पका बेलामिेत उनले उदाहरणीय कार्य गरेकी थिइन् ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses