रातो घर, तपाईंले यस्तो रेष्टुरेन्ट देख्नुभएको होला जहाँ निकै राम्रो तरिकाले खानाहरु प्लेटमा सजाएर ल्याइएको हुन्छ । तर आज हामी तपाईंलाई यस्तो रेष्टुरेन्ट देखाउँदै छौं जहाँ तपाईंले सायदै खाना खान सक्नुहोला । यो रेष्टुरेन्टको सबैभन्दा विशेष यसको खाना पस्कने तरिका हो । यहाँ खाना कुनै प्लेटमा नभई एक ‘ट्वाइलेट शीट’ मा पस्किइन्छ । इन्डोनेसियाको एक रेष्टुरेन्टमा बस्नको लागि मात्र नभई खानेकुरा सर्भ गर्नको लागि पनि ट्वाइलेट शीटको प्रयोग गरिन्छ । जम्बान क्याफे नामको यो रेष्टुरेन्टलाई केही भिन्न गर्नुथियो । त्यसकारण यसका मालिकले ट्वाइलेट सीटलाई उपयोग गर्ने सोच बनाए । पहिले त मानिसहरुले यसलाई अचम्म माने, तर समय बित्दै गएपछि मानिसहरु यसमा रमाउन थाले । हरेक दिन थुप्रै संख्यामा मानिसहरु यो रेष्टुरेन्टमा खाना खान आउँछन् । यहाँ खाना मात्र होइन, ड्रिंक्स पनि यही ट्वाइलेटमा सर्भ गरिन्छ ।
रातो घर, काठमाडौं, ६ साउन । क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे । रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले ।
ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्यो । ‘सर जाने हो ?’ बोहोराको प्रस्तावमा उत्साहित हुँदै गौतमले भने, ‘जान त जाने तर झारेझुरे हुन्न मलाई ।’ ‘अलि महँगो पर्छ नि’ भन्दै उनले चल्तीका नायिका र मोडल गरी १० जनाजतिको नाम लिए । तीमध्ये गौतमले एक नाम चयन गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘५० हजार पर्छ सर यसको त !’
रमझमका लागि भन्दै एक हजार अमेरिकी डलर साटेर बसेका गौतमले राजी हुँदै ‘५० हैन ५५ दिन्छु’ भनेपछि बोहाराले ट्याक्सी बोलाए ।
ट्याक्सी चालक अनिल तामाङले दरबारमार्गतिर बस्दा प्रहरीको छापामा पर्न सकिन्छ भन्दै उनलाई गौशालाको एक होटलमा जान प्रस्ताव गरे । गौतम राजी भए ।
गौशाला पुगेपछि बोहोरा र तामाङले नायिका हिँडिसकेको बताउँदै ह्विस्की थप्न प्रस्ताव गरे । सेलिब्रेटीसँग रात बिताउन पाइने भइयो भनेर मक्ख हुँदै गौतम राजी भए ।
बिहान आँखा खुल्दा कोठामा गौतम एक्लै थिए । हत्तपत्त उनले पर्स चेक गरे । ५५ हजार रुपैयाँ पर्समा थिएन ।
होटलका कर्मचारीसँग सोध्दा बोहोरा र तामाङ दुवै बेलुकै हिँडेको खुल्यो । यी दुई जना हिँडेपछि उनको कोठामा अरू कोही आएका थिएनन् ।
बल्ल चाल पाए, पैसाको बलमा ‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा उनी लुटेराको फन्दामा परेका थिए ।
केही दिन त्यसै बसेका उनले घटनाबारे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी गरेको करिब ३० दिनपछि प्रहरीले सेलिब्रेटीको नाम लिँदै लुटपाटमा संलग्न बोहोरा र तामाङलाई बुधबार पक्राउ गर्यो ।
‘पीडित पैसा लुटिएको भन्दा पनि दलालले प्रस्ताव गरेको नायिकासँग भेट्न नपाएकोमा बढी थकथक मानिरहेका थिए’, सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तामाङ र बोहोराले होटलमा पुर्याएर ह्विस्कीमा नशालु दबाई मिलाएर बेहोस बनाएर पैसा लुटेको देखिन्छ ।’
प्रहरीका अनुसार पक्राउ परेका बोहोरा युवती मिलाउन ठमेल क्षेत्रमा कहलिएका दलाल हुन् भने तामाङ उनका साथी ।
बोहोराले ग्राहक खोज्ने र तामाङले आफ्नो ट्याक्सीमा राखेर सम्पर्कमा रहेको होटलमा लैजाने गर्दै आएका थिए ।
गौतमको जानकारीका आधारमा प्रहरीले बोहोरा र तामाङको मोबाइलमा रहेको सम्पर्क नम्बरको सूची हेर्दा दर्जनौं ‘‘नायिका र मोडल’को नाम देखियो ।
तामाङको भाइबरमा केही चल्तीका मोडलसँग मोलतोलको दोहोरो संवादका विवरण प्रहरीले फेला पारेको छ ।
तामाङले बयानमा बेलुका ८ देखि १२ बजेसम्म यौन मनोरञ्जन खोज्ने ग्राहकको माग पूरा गराएरै यही धन्दाबाट मासिक ४ लाखसम्म कमाउने गरेको बताएको डीएसपी राठौरले बताए ।
‘कुन कुन सेलिब्रेटी बोहोरा र तामाङको सम्पर्कमा थिए भन्ने पुष्टि भइसकेको छैन’, डीएसपी राठौरले भने, ‘भाइबरको संवादका आधारमा केही नाम शंकाको सूचीमा राखेका छौं, विस्तृत अनुसन्धानपछि मात्रै हो या हैन भन्न सकिन्छ ।’
४२ दलाल फन्दामा
सोह्रखुट्टे वृत्तले ३ महिनाको बीचमा ठमेल क्षेत्रमा ग्राहक खोज्ने ४२ जना दलाललाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ परेका दलालमध्ये कोही ठमेलको चोकमा उभिएर ग्राहक बोलाएर नजिकैको गेस्ट हाउसमा पुर्याइदिनेदेखि ‘‘काठमाडौंका चल्तीका होटलमा लगेर महँगा होटल र व्यक्तिगत अपार्टमेन्ट’मा पुर्याइदिनेसम्म रहेका डीएसपी राठौरले जानकारी दिए ।
पक्राउ परेका दलालमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान गर्ने गरेको छ ।
सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइहाल्छन् । ‘पक्राउ परेकामध्ये तीन जना पटके नै हुन्’, राठौरले भने, ‘केही दलाल पक्राउ परेपछि अन्यत्र गएका छन् ।
साभार: दैनिक नेपाल
साभार: दैनिक नेपाल
रातो घर, २१ असार, अभिनेत्री गौरी मल्ललाई जापानमा ‘दुव्र्यवहार’ गरेको विषयमा आरोपी अनोज शाक्यले प्रष्टीकरण दिएका छन् । उनले गौरीसँग गाली आदान प्रदान भएको स्वीकार गरे । तर, आफूले यौनजन्य दुव्र्यवहार गरेको आरोप झूठो भएको शाक्यले बताए ।
गौरीले आफूमाथि शाक्यले महिलाजन्य यौनहिंसा तथा दुव्र्यवहार गरेको भन्दै जापानमा रहेको नेपाली दूतावास र एनआरएन जापानमा एक महिनाअघि उजुरी दिएकी थिइन् ।
यसबारेमा अनलाइनखबरले समाचार प्रकाशित गरेपछि दूतावासले हालै शाक्यलाई बोलाएर सोधपुछ गरेको छ । र, गौरीलाई गालीगलौज गरेको विषयमा शाक्यले क्षमायाचना गरेका छन् ।
अनलाइनखबरको सम्पर्कमा आएका शाक्यले अब माफी माग्नुपर्ने पालो गौरीको भएको बताए ।
‘मैले उहाँलाई गाली गरेकोमा माफी मागेँ,’ शाक्यले भने, ‘अब ममाथि नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पुर्याएकोमा उहाँले माफी माग्नुपर्छ ।’
शाक्यका अनुसार एयरग्रिन नामक जापानी उत्पादनको नेपाली विज्ञापनमा अभिनय गर्न उनले गौरीलाई जापान डाकेका थिए । उनले भने, ‘उहाँले सिंहदरबार टेलिसिरियलबाट हासिल गर्नुभएको लोकपि्रयताका कारण मैले आफ्नो कम्पनीको विज्ञापनमा खेलाउने प्रस्ताव गरेको हुँ ।’
टिकट तथा अन्य खर्चका लागि ३ लाख रुपैयाँ उनले अगि्रमरुपमा गौरीलाई पठाएका थिए । तर, जापान आएपछि गौरीले पूर्वशर्तहरु पालना नगरेकाले विवाद बढेको उनको तर्क छ । ‘उहाँले विज्ञापनमा अभिनय गर्नुभयो, तर अरु जिम्मेवारीहरु पूरा गर्नुभएन,’ शाक्यले भने ।
शाक्यले गौरीसँग आफूले गरेको एउटा सम्झौताको प्रतिलिपि पनि अनलाइनखबरलाई उपलब्ध गराएका छन् । सो सम्झौतामा एशिया फ्रेन्डसिप एसोसिएसनको अध्यक्षका हैसियतमा अनोज र नेपाल ह्युमन डेभलपमेन्ट प्रालीको निर्देशकका हैसियतमा गौरीले हस्ताक्षर गरेका छन् ।
औद्योगिक प्रशिक्षार्थी कामदारका रुपमा जापानमा तालिम लिन जान इच्छुक नेपाली युवाहरुको परामर्शदाताका रुपमा गौरीलाई नियुक्त गरिएको सम्झौतामा उल्लेख छ ।
शाक्यले जापानमा १० दिन गौरी आफूसँगै बसेको बताए । उनले भने, ‘हामी दिदीभाइ जस्तो भएर बसेका थियौं । उहाँसँग लामो सहकार्य गर्ने सोचसहित मैले बोलाएको थिएँ । तर, उहाँले मैले भनेका ठाउँमा नजाने र मैले भनेको नमान्ने गरेपछि हप्काएको हुँ ।’
दुईजनाबीच भनाभन हुँदा दुबैले अपशब्द प्रयोग गरेको शाक्यको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘उहाँले पनि मलाई ‘यु ब्लडीफुल… बास्टर्ड’ भनेर गाली गर्नुभयो, मैले पनि चलनचल्तीका नेपाली शब्दहरु प्रयोग गरेर गाली गरेँ ।’
गौरीसँग आफूले दुईपटक ‘हग’ गर्नेबाहेक अरुबेला ‘टच’ पनि नगरेको अनोजको भनाइ छ । गौरीले यौन दुव्र्यवहारको आरोप लगाउँदा आफू र आफ्नो परिवार प्रताडीत बनेको उनले बताए ।
‘मैले त्यस्तो केही गरेको भए उहाँ जापानको प्रहरीमा जान सक्नुहुन्थ्यो,’ शाक्यले भने, ‘जापानमा उहाँको केटासाथी पनि छ, उसले पनि मलाई बाँकी राख्ने थिएन ।’
शाक्यले आफ्नो कोठाबाट गौरीले भिडियो क्यामरा लिएर हिँडेको र नफर्काएको आरोपसमेत लगाए ।
को हुन् शाक्य ?
ललितपुरको बुङमतीमा घर भएका अनोज शाक्य करिब २५ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी नेपाली कामदारलाई जापानमा बोलाएर तालिम दिने कम्पनीमा म्यानेजमेन्ट कन्सल्टेन्टका रुपमा कार्यरत रहेको बताउँछन् । नेपालमा उनका श्रीमती र दुई छोराछोरी छन् ।
साभार: कुविक एनपी न्युज
साभार: कुविक एनपी न्युज
रातो घर, २०७३ अषाढ २ । पछिल्लो समय YouTube मा दर्शकहरुले अध्याधिक रुचाएको गीत ‘तिम्ले बाटो फेर्यौ अरे’ गायक भिषण राईको स्वरमा पनि सार्वजनिक गरिएको छ । गीतकार दर्पण राईको शब्द तथा टंक बुढाथोकिको संगीतमा समावेश रहेको यो गीत पहिले सार्वजनिक भएको गीत भन्दा निकै फरक शैलीमा भिषण राईले गाएका छन् । यस भन्दा अगाडी यो गीतलाई चर्चित गायक राजेश पायल राई, गायिका मेलिना राई र ७ बर्षे सानी गायिका जिग्मे छ्योकी घिसिङले पनि गाइसकेका छन् । गायक भिषण राईको पहिलो एल्बम ‘धराने सोल्टिनी’ एल्बम पनि आउदैछ ।
रातो घर, गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ गाएका छन् । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे ।
महाशाखामै आयोजना गरिएको कार्यक्रममा उनले गीत–संगीत पनि जनचेतना फैलाउने एउटा सशक्त माध्यम रहेको बताए । ‘यसअघि पनि यस्ता केही प्रयास भएको थिए, यो थप प्रयास हो,’ उनले भने, ‘सुरक्षित समाजको निर्माण गर्ने हाम्रो अभियानमा सहयोग गरेको सम्पुर्ण कलाकारलाई धन्यवाद ।’
मेट्रो ट्राफिक एफएमका प्रस्तोता सन्तोष सापकोटाले यो गीत लेखेका हुन् । गीतमा संगीत पनि गायक बुढाथोकीकै छ । नेपाल प्रहरी प्रधान कार्यलय श्रव्यदृश्य शाखाका प्रहरी नायब निरीक्षक सन्तोष लामा मोक्तानले भिडियोको छायांकन, सम्पादन र निर्देशन गरेका हुन् । भिडियोमा एउटा युवकले कसरी सडकमा लापरबाहीका साथ मोटरसाइकल कुदाउँछ र त्यसको परिणाम के निक्लिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । भिडियोमा सुमनसागरजंग शाही, सरु गौतम, बिवेक बजगाई, लुना गुराँगाई, अशोक कुमार निरौला आदि कलाकारले अभिनय गरेका छन् ।
‘काली तिम्रो नजरैले’, ‘घण्टी बज्यो’ जस्ता डान्सिङ नम्बरमा स्वर दिएका टंकले पहिलोपल्ट ट्राफिक गीत गाएका हुन् । ‘मेट्रो ट्राफिक एफएममा अन्तरवार्ता दिन आउँदा गीतकार सन्तोषजीले गीत निकालौं भन्नुभयो,’ कार्यक्रममा गीतबारे उनले भने, ‘धेरैले निकाल्छु भनेर निकालेनन् भन्ने उहाँको गुनासो पनि थियो । यसरी सामाजिक कामसँग जोडिन मेरोचाँही सानैदेखिको चाहना हो । त्यसैले मैले यो गीत गाएको हुँ ।’ गीतलाई उनले रमाइलो पारामा गाएका छन् । भन्छन्, ‘गीतबाट दर्शकले मनोरञ्जन पनि लिउन् र सडकमा जथाभावी सवारी कुदाउनु हुन्न भन्ने सन्देश पनि सिकुन भन्ने हिसाबले यसरी गाएको हुँ ।’ कार्यक्रममा सम्पुर्ण कलाकारलाई डिआईजी अर्यालको हातबाट प्रशंसापत्र दिइएको थियो ।
रातो घर, मोरंग टाँडी किराँत चोक निबासी गीतकार दिपेन्द्र खड्काको मार्मिक शब्दमा गायक अर्जुन सुनामको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । “तिमी मेरो जिबनमा आयौ” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोलाई निर्देशक मदन खड्काले निर्देशन गरेका हुन् । दिपेन्द्र खड्काको निकै उत्कृस्ट शब्द रहेको उक्त गीतमा संगीत बी. बी. अनुरागीले दिएका छन् ।
भिडियोमा क्रिस्टिना थापा र अर्जुन घिमिरेको अभिनय रहेको छ । बी. देव पोखरेलको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
रातो घर , वैशाख-१७ अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत दिएको “तिमिले बाटो फेरेउ अरे ” बोलको गीत MMS Entertainment युटुब च्यानल र सामाजिक संजालमा भाइरल भएको छ । राजेश पायल राई,मेलिना राइ र जिग्मे छोकी घिसिङको आवाज रहेको यस गीतलाई अहिले सयौंले गएर, भिडियो निर्माण गरेर युटुबहरुमा अपलोड गरेका छन् ।
लाखौं नेपाली दाजुभाई दिदीबहिनीहरुले मन पराइ सकेको यस गीतको फिल भर्सनमा संगीतकार टंक बुढाथोकी आफैले पनि रेकर्ड गरि MMS Entertainment युटुब च्यानलमा अपलोड गराएका छन् । दर्पन राइको शब्द रहेको यस गीतलाई दर्शक तथा स्रोताले यति मन पराएका छन् कि अहिले सबैको मुखमा यहि गीत गुञ्जिन थालेको छ। सामाजिक संगाल युटुबमा कभर गीत गाउने बाडी नै आएको बेला संगीतकारले समेत यस गीत गएर युटुबमा हाले पछि गीतको चर्चा झन् चुलिदै गएको छ । संगीतकार टंकले स्रोता तथा दर्शकको आग्रहमा यस गीतको फिल भर्सनमा गीत रेकर्ड गराएका हुन् ।
आशा गरौ गायक तथा संगीतकार टंक बुढाथोकीलाई आफैले संगीत दिएको यो गीत “तिमिले बाटो फेरेउ अरे” फिल भर्सनले झनै चिन्ने मौका पाउने छ ।
आशा गरौ गायक तथा संगीतकार टंक बुढाथोकीलाई आफैले संगीत दिएको यो गीत “तिमिले बाटो फेरेउ अरे” फिल भर्सनले झनै चिन्ने मौका पाउने छ ।
रातोघर, मायालुले धोका दिँदा कस्तो हुन्छ ? यो भनिरहँन पर्दैन । तर, गायक टेक एन लुङ्गालीले भने मायालुको धोकालाई आफ्नो सुमधुर स्वरमा पस्केका छन् । ‘तिमीले मलाई धोका दियौं प्रिये…’ बोलमा लुङ्गालीले मायालुको धोकालाई गीतमा गाएका छन् । उनले गीतमा मायालुसँग खाएका बाचालाई उतारेका छन् । गीतको भावनाअनुरुप म्युजिक भिडियो निर्माण गरिएको छ । यो भिडियो यु–ट्युबमार्फत रिलिज गरिएको हो । गीतकार तथा मोडलसमेत रहेका दर्पण राईले निर्देशन गरेको यस भिडियोमा अलिशा राई र अंकित खड्का र दर्पणकै अभिनय हेर्न सकिन्छ । यस सुन्दर भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले खिचेका हुन् । यसअघि दर्पणले मोडलिङ गरेको गीत ‘तिमीले बाटो फे¥यौ अरे…’ निकै लोकप्रिय बनेको छ । ‘तिमीले बाटो फे¥यौ अरे…’ को यस गीतको शब्दरचना समेत दर्पणले गरेका हुन् भने स्वर अहिलेकी चर्चित गायिका मेलिना राईले दिएकी छन् । यस्तै, ‘तिमीले मलाई धोका दियौं प्रिये…’ गीतको शब्दरचना राजेश अर्यालले गरेका हुन् । बुद्ध सायमीको म्युजिक एरेञ्ज रहेको यस गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
कुनै पनि आमाले बच्चालाई जन्म दिदा अहिले सम्म डाक्टर/इन्जिनियर/कवि/कलाकार/लेखक/गायक/गायिका आदि जन्माइन रे यो हामी सुनेका पनि छैनौ र सम्भव पनि छैन । हरेक व्यक्ति जन्मदा एउटा बच्चाको रुपमा जन्मेको हुन्छ । हरेक बच्चा जन्मसँगसँगै एउटा न एउटा अद्भुत प्रतिभा लिएर जन्मेको हुन्छ । तर सानै देखि बच्चामा निहित प्रतिभालाई उत्खनन् गर्न सक्यो भने, पहिचान गर्न सक्यो भने र बच्चालाई सोहि अनुसारको वातावरण दिन सक्यो भने उसको भविष्य कोर्न प्रत्येक बाबु आमा सफल हुन सक्छन् यसको ज्वलन्त उदाहरण एउटी सानी नानीको यो प्रतिभाबाट बुझ्न सकिन्छ ।
अंग्रेजीमा एउटा भनाइ छ "Morning Shows the day" यो भनाईलाई चरितार्थ पार्दै यी सानी नानी भर्खर ७ वर्षमा पाइला टेकेकी उनले गीतकार दर्पण राइ र संगितकार टंक बुढाथोकीको गीत “तिम्ले बाटो फेरेउ अरे......” बोलको गितको Kid (किड) भर्सनमा स्वर दिइ सफल भएकी छन् ।
मेरी छोरीको आवाज (स्वर) सुनेपछि अत्यन्त खुसि हुदै गीतकार दर्पण राईले आफ्नो गीतलाई बाल स्वोरमा समेत रेकोर्ड गराउने कुरा गर्नु भयो जसको कारण आज मेरी छोरी बाल गायिकाको रुपमा देखा पर्न सफल भईन हाम्रो परिवारको लागि गीतकार दर्पण राई भगवान जस्तै भई उभिनु भएको र यसको सम्पूर्ण श्रेया म गीतकार श्री दर्पण राई लाई नै दिन्छु, बसन्ती लामा थप्छिन उहाले जस्तै अरु स्रष्टाहरुले पनि यसरी लुकेर बसेका बाल प्रतिभाको उत्खनन गर्नु पर्छ ।
बाबा राम काजी घिसिङ र आमा वसन्ती लामाको कोखबाट दोलखाको दुध पोखरी गा.वि.स.–२ मा जन्मेकी जिग्मे छ्योकी घिसिङ” उमेरले भर्खर ७ वर्षमा प्रवेश गरेकी छन् । हेर्दा र उनलाई सुन्दा भर्खर तोतेबोली मात्र क्रस गरेकी जस्ती देखिने जिग्मे ५ वर्षको उमेर देखिनै सुनेको गित गाउन थालेको बताउछिन उनकी आमा वसन्ती लामा । एउटा सामान्य परिवारमा जन्मेकी जिग्मेका बाबु वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा कार्यरत छन भने आमा २ छोरा छोरीको शिक्षा दिक्षाको लागि स्वयंभुमा डेरा गरी बस्छिन् । नजिकैको अरुणोदय एकेडेमी भगवान पाउ स्वयंभूमा कक्षा ३ मा पढ्दैछिन् जिग्मे । नर्सरी देखि हालसम्म दोस्रो कहिल्यै नभएकी जिग्मे गायन जस्तै पढाइमा पनि तिक्ष्ण छिन् ।
सानै देखि गाउन थालेपछि र एक दुइपटक गाएपछि उसको स्वरमा आएको निखार (परिवर्तन) देखेपछि स्वयंभुमै रहेको स्वर संगित पाठशालामा भर्ना गरी छोरीको गाउने रहरलाई पुरा गरेको बताउछिन् । करिब ७ महिना त्यहाँ सिकेपछि छोरीकै चाहनालाई पुरा गर्न अहिले डिल्लीबजार स्थित श्री संगित पाठशाला कालिका स्थानमा सिक्दै गरेकी छन् ।
कलिलै उमेरमा भए पनि यस भन्दा अगाडि उनले बाबा र छोरीको कथामा आधारित गित समेत गाइसकेकी छिन । विलक्षण स्वरकी धनी जिग्मे यसै वर्ष सुन्दर नगरी पोखरामा सुरताल सिजन २ मा भाग लिन सफल सबैभन्दा कान्छी प्रतियोगिको रुपमा थिइन् । सुरताल सिजन २ मा चौथो (सान्त्वना) स्थान हातपार्न सफल जिग्मे पहिलो पटक भाग लिएको बताउछिन आमा बसन्ती लामा
जिग्मे अहिले पढ्दै पनि छिन र भर्खर काठमाडौंमा भइरहेको स्वरशाला आइडियल जुनियरको पहिलो राउण्डबाट सेलेक्ट भएकी छन् । पोखराको सुरताल सिजन २ बाट स्टेजमा पाइला टेकीकी जिग्मे यति बेला संसारसामु “तिम्ले बाटो फेरेउ अरे......” गीतमा स्वर दिइ आफूलाई बाल गायिकाको रुपमा स्थापित गराउन सफल भएकी छन । स्मरण रहोस् यो गीतमा मेल भर्जनमा राजेश पायल राई र फिमेल भर्जनमा मिलेना राईले स्वर दिएका छन् । उनले स्वर दिएको यो गीत किड Kid भर्जनको रुपमा गीतकार दर्पण राइले ल्याएका छन् ।
साच्चिकै यीनको स्वर सुन्दा लाग्छ आमाको गर्भमा नै रियाज गर्थिन यिनले । आशा गरौ ७ वर्षकै उमेरमा नै देखिएको यो प्रतिभालाई परिवारले उचित वातावरण दिने र बेलैमा सम्बन्धित क्षेत्रले सरोकार राख्यो । चिन्न सक्यो र मलजल गर्न सक्यो भने गायन क्षेत्रमा राज्यको निम्ति कोशेढुङ्गा सावित हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
स्रोत: डेली न्युज पोखरा
एजेन्सी । सेल्फीको क्रेजमा मानिसहरु यति पागल हुन्छ की कैयौ पटकमा एउटा स–सानो लापरवाहीले उनीहरुको ज्यान लिन्छ भने कैयौ पटक आफैलाई लज्जास्पद बनाउछ । यस्तै खालको एउटा घटना सार्वजनिक भएको छ ।
समाचार अनुसार जहाँ छोरीले आफ्नै बाबुलाई न्यूड फोटो पठाएकी छिन् । ब्रिटेनमा न्याजा नामक एक ट्वीटर यूजर महिलाको एक न्यूड सेल्फी त्यो बेला उनका लागि अप्ठेरो बन्यो जब उनले पठाउने बेला ब्वाईफ्रेण्ड ‘डेका’को सट्टा बाबुलाई पठाइन् ।
मंगलवार पठाइएको उनको न्यूड फोटो इन्टरनेटमा भाइरल बनेको छ । तर, जब उनको यो न्यूड र उत्तेजक फोटो उनका बाबुले देखे तब उनलाई जमेरै धुलाई गरे । र उनीमाथि थुप्रै प्रतिबन्ध लगाए । उनलाई फोन चलाउन पनि दिइएको छैन् ।
रातोघर,सामाजिक संजालको प्रयोगकर्ता बढेसँगै यसबाट निम्तिएका समस्याहरु पनि अनगिन्ति छन् । सामाजिक संजालदेखि नै अर्कालाई गालीगलौज गर्नु, अपमान गर्नु, अनावश्यक खण्डन गर्नु, डर त्रास धम्की दिनु सामान्य जस्तै भएको छ । अझ अर्को समस्या त धेरैभन्दा धेरै अनलाइन बस्नु अपरिचितसँग कुराकानी गर्नु, नजिक हुनु, फोटो ट्याग गर्नु आफ्नो कमेन्ट बढाउन खोज्नु, पोष्टमा आउने लाइक बढाउनु, घरपरिवारमा समय दिन नसक्नु, जस्ता कुराले घरबार बिग्रिएका घटना पनि ताजै छन् । यी र यस्तै विषय वस्तुलाई समेटी एउटा नेपाली छोटो फिल्म सार्वजनिक भएको छ । पछिल्लो समयमा अर्थ न व्यर्थसँगै नाङ्गा भिडियोलाई छोटो फिल्मको नाममा सस्तो लोकप्रियता कमाउन खोज्नेहरुलाई पनि राम्रो झापड हानेको छ । सामाजिक संजाल कै कारणले लोग्ने स्वास्नीमा देखिएको खटपटलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ । २४ सै घण्टा फेसबुकमा अनलाइन बस्ने श्रीमतीलाई व्यंग्य गर्दै ‘तिमीलाई फेसबुकले अवार्ड दिएछ’ भन्ने प्रसंगले र जड्याँहा साथीको बिचमा तेरी बुढी च्वाँक छे भन्नु, अनावश्यक निहुँ खोज्नु, नौटंकीले फिल्मलाई रोचक बनाएको छ । अन्त्यमा साँचो मायामा शंका उपशंका नगरौँ भन्ने प्रसंगसँगै अन्त्य गरिएको दृश्यले दर्शकको आँखा पक्कै रसाउछ । फेसबुकमै भेटिएका र देखिएका विषय वस्तुलाई समेटेरे कथा बनाइएको १६ मिनेट ४० सेकेन्ड लम्बाई भएको शर्ट फिल्मको नाम ‘चोखो माया’ राखिएको छ । बिष्णु भट्टराईको लेखनर निर्देशन तथा सम्पादन रहेको फिल्ममा मोडल कृष्ण बाबु, मोडल तथा उद्धघोषक शितल शर्मा र मोडल तथा मिडियाकर्मी सविन बरालको अभिनय र सगुन शर्माको श्रृंगार रहेको छ ।
रातोघर, फाल्गुन १४ शुक्रबार - नेपाली गित संगीतको क्षेत्रमा उदीयमान नवगायक पुरन पुवार मगरले दर्शक स्रोता माँझ "तिम्रो जस्तो चोखो माया" बोलको आधुनिक गीत एल्बम बजारमा ल्याएका छन । नेपाली गित संगीतमा चौतर्फी विकास भैरहेको यो मौसममा एउटा निकै नै रमाइलो गीतको भिडियो बजारमा आएको छ ।बिदेशी भूमिमा रहेर पनि नेपालि गित संगीतलाई माया गर्ने गायक हुन् पुरन पुवार मगर ।
पुरन पुवार मगर भुटानमा जन्मेर नेपालमा हुर्केका हुन् अहिले उहाँ अमेरिकामा रहेका छन् । यस एल्बममा अति नै रोमान्टिक गित तिम्रो जस्तो चोखो मायाको भिडियो मार्फत पुरन पुवार मगर बजारमा आईसकेको छ यो नै पुरन पुवार मगरको पहिलो भिडियो हो । भने यस एल्बमको गीत, संगीत र स्वर गायक स्वयम् पुवर कै रहेको छ । अडियो नेपालमा रेकर्ड गरिएको र उक्त गीतको एरेन्जर बुद्ध सायमीले गरेका छन् । यस एल्बमबाट पुरन पुवार निक्कै आशा बादी भएका छन् ।
रातोघर, काठमाडौँः गायक टेकएन लुङ्गेलीको ‘तिमीले मलाई धोका दियौँ प्रिय’ बोलको लोक पप शैलीको गीतको म्युजिक भिडियो शुटिङ सम्पन्न भएको छ ।
भुटानमा जन्मी नेपालमा हुर्की अमेरिकामा बसोबास गरिरहेका लुङ्गेली लामो समय देखि नेपाली संगीतमा समर्पित छन् । लुङ्गेलीको यस अघि गीत रेकर्ड भए पनि बजारमा आउन पाएको थिएन । राम्रो म्युजिकक एल्बमको तैयारीमा रहेका उनको यस म्युजिक भिडियोलाई गीतकार तथा मोडेल दर्पण राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोको छायांकन भने फोटो पत्रकार नविन गुरुङले गरेका छन् ।
लुङ्गेलीको यस गीतलाई गीतकार राजेश अर्यालले लेखेका हुन् भने कुमार दुमी राईले संगीत गरेका छन् ।
अहिलेकी चर्चित मोडेल एलिसा राई , दर्पण राई र थिएटर कलाकार तथा मोडेल अंकित खड्काको अभिनय रहेको यस म्युजिक भिडियो छिट्टै नै सार्वजानिक गरिने निर्देशक दर्पण रार्इले बताएका छन् ।




रातोघर,काठमाडौं, फागुन । गायक तथा नायक बाबु बोगटीले नायिका नम्रता श्रेष्ठको सुन्दरताको प्रशंसा कतिसम्म गर्न सक्दारहेछन् भन्ने बुझ्ने हो भने एउटा म्यूजिक भिडियो हेरे पुग्छ । ‘पाउजुले छुनछुनाउन तिमीबाटै सिकोस’ बोलको एउटा गीतमा बाबु र नम्रताको जोडी खुबै खुलेको छ ।
रत्न सुब्बाको स्वर तथा संगीतमा तयार भएको गीतलाई संचारकर्मी सुरज श्रेष्ठले निर्देशन गरेर ‘रिभर्स मोसन’ शैलीमा भिडियोमा उतारेका छन् । भिडियो रोमान्टिक शैलीमा छायाकंन गरिएको छ । हरि हुमागाईले छायाकंन गरेको भिडियोलाई उज्वल ढकालले सम्पादन गरेका छन् ।
सौरभ तिम्सिनाले शब्द दिएको गीतमा एउटा प्रेमीले प्रेमिकाको भरपुर प्रशंसा गर्न भ्याएको छ । भिडियोमा बाबुले नम्रताको प्रशंसा गरेरै पूर्णता दिएका छन् ।
घरमा श्रीमती हुदा हुदै अर्को श्रीमती ल्याएपछि श्रीमतीको राम धुलाई खायो (हेर्नुस भिडियो) सहित
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
काठमाडौं – पछिल्लो समय मोडलिङ तथा अभिनय क्षेत्रमा चर्चा बटुलिरहेकी माला सुब्बाले गायक मोहन राईलाई लुटेकी छन् । तर, अभिनेत्री मालाले रियलमा नभई गायक मोहन राईकै एक म्यूजिक भिडियोमा लुटेकी हुन् ।
गायक मोहन राईको ‘स्यामुना’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ ।
अमन प्रताप अधिकारीको निर्देशन र प्रशान्त तामाङको कोरियोग्राफि रहेको ‘स्यामुना’ बोलको म्यूजिक भिडियोमा मोहन, माला र प्रशान्तको निकै राम्रो अभिनय देख्न सकिन्छ । उता अभिनेत्री माला लिम्बुको पहिलो चोटी टुपिसमा हट अवतरमा पनि देख्न सकिन्छ ।
आफ्नो भाष, संस्कृतिको संरक्षण गर्दै ‘स्यामुना’ बोलको गीत गाएको मोहन राईले बताए । टिका चाम्लिङको शब्द तथा बिनोद राईको संगीत रहेको यो गीत फरक भएकाले पनि चर्चा पाउने गायक मोहनको आसा रहेको छ । भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्>>
रातो घर - फेब्रुअरीको सुरुवातदेखि नै भ्यालेन्टाइनडेको चर्चा सुरु हुन्छ । विश्वभर यसलाई प्रणय दिवसका रूपमा मनाइन्छ । तर, त्यस्ता देश पनि छन्, भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । कतिमा त सरकारले नै यो दिनमाथि प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइनडे प्रतिबन्धित देश र ठाउँ :
मलेसिया
मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइनडे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्कन पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइनडेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।
इरान
इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइनडे मनाएको पाएमा जरिवाना, जेल सजाय हुने इरान सरकारले बर्सेनि सूचना निकाल्दै आएको छ ।
रुस
पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइनडे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइनडे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ ।
साउदी अरब
साउदी अरबमा पनि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसिया
इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन । सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।
नयाँ पत्रिका दैनिकबाट
रातो घर,काठमाण्डौ। जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन
अर्को पुरुषसँग कुरा गरेको
पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु पुरुषसँग घुलमिल भएको मनपर्दैन । प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन् ।
परिवारका विषयमा टिप्पणी
पुरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ । यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन । यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् । महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ ।
महिलाका कुरा
पुरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन । उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ । महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ । त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन् ।
इगो प्रब्लम
धेरै पुरुषसँग इगो प्रब्लम हुन्छ । उनीहरु कुन काम पुरुष को र कुन काम महिलाको भन्ने ध्यान राख्छन् । उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने । महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पुरुषमा हुन्छ ।
केयरिंग नेचर
पुरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन । उनीहरुको सानो–सानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ । तर यस्तो व्यवहार पुरुषलाई सधैँ मन पर्दैन ।
भावना बुझ्नुहोस्
पुरुषहरुलाई निर्देशन दिएको मन पर्दैन । त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाई–बुझाई फकाएर काम गर्नुपर्ने हुन्छ ।
रातो घर, मुम्बई । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम–दिवश नजिकिँदै गर्दा बलिउड अभिनेता सलमान खानसँग नाम जोडिएकी लुलिया वन्तूर भने टेन्सनमा छिन् । लुलिया बलिउडमा सलमानको गर्लफ्रेन्डका रुपमा चिनिन्छिन् । तर, पछिल्लो केही दिनयता सलमान र कट्रिनाको नाम चर्चामा आउन थालेपछि लुलियालाई टेन्सन भएको हो । जब, कट्रिनाको अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’ भयो, तब सलमान नजिकिए । हुन त कट्रिनासँग सलमानले यसअघि नै रोमान्स गरिसकेका हुन् । उनीहरु ‘एक्स प्रेमी–प्रेमिका’ हुन् ।
तर, लुलियाले सलमानसँग विताएका बिताएका दिनहरु कसरी पो बिर्सन सक्लिन् र ? तैमाथि एक्स–गर्लफ्रेन्ड कट्रिनाका साथ सलमानको बढ्दो फ्रेन्डशिपले त लुलियालाई रिस उठ्ने नै भयो । लुलियालाई टेन्सन हुन स्वभाविक पनि हो किनकि, केही वर्षयता उनी निरन्तर सलमानसँग जोडिदै आएकी थिइन् । तर, अहिले फेरि उनको स्थान कट्रिनाले लिएकी छन् ।
हालै एक टिभी रियालिटी शोमा कट्रिना आफ्नो फिल्म ‘फितूर’ को प्रमोशनका लागि गएकी थिइन् , जहाँ सलमान पनि उनलाई सर्पोट गर्न पुगेका थिए । तर, सलमानकी गर्लफ्रेन्डले यसलाई खाशै गम्भीर रुपमा लिइनन् । जब, सलमान र कट्रिना हरेक दिनजसो सँगै देखिन थाले, तब लुलियाको दिमागमा पारो चढ्न थालेको हो ।
एक किसिमले लुलियालाई सलमान–कट्रिनाको बढ्दो मित्रताले केही प्रोब्लम नभएको पनि बताइन्छ किनकि, लुलियालाई दंबग खानमाथि पूरै विश्वास छ । त्यसैले मन थाम्ने प्रयाससमेत गरिरहेकी छन् । केही समयअघि सलमानसँग लुलिया बिग बोस कटेजमा देखिएकी थिइन् । उक्त तस्बिर लुलियाले सामाजिक सञ्जालमा पनि पोस्ट गरेकी थिइन् । उक्त तस्बिरसँग उनले पोष्ट गरेकी थिइन्, ‘चाँडै म खान परिवारमा सहनाई बजाएर जाँदैछु ।’ सो कुराले सलमान र लुलियाका फ्यान खुसी भएका थिए । (स्क्रिन नेपालबाट)
रातो घर, काठमाडौं । संगीतकार एवम् गायक गोविन्द मधुर आचार्यले ‘संसारै भुलेर’ बोलको नयाँ आधुनिक गीत ल्याएका छन् ।
लोकदोहोरी, आधुनिक तथा फिल्मका गीतहरुमा स्वर तथा संगीत दिँदै आएका गोविन्दले ‘संसारै भुलेर….’ बोलको शब्द ल्याएका हुन् । आफ्ना सृजनालाई अहिलेसम्म दर्शक र स्रोताले मन पराउने गरेको गोविन्दले बताए ।
ललितपुरको गोदावरीमा छायाँकन गरिएको यो गीतको निर्देशन फिल्म निर्देशक दीपक ओलीले गरेका हुन् । गीतको शब्द र संगीतअनुसार ओलीले म्युजिक भिडियोलाई न्याय गरेका छन् ।
गीतको शब्द, संगीत संयोजक र म्युजिक भिडियोको दृश्य कैद तथा सम्पादन सबैको सम्मिश्रणको ताल मिलेको गोविन्दले बताए ।
आफूलाई सबै खालका गीतसंगीतमा ढाल्ने क्षमता राख्ने गोविन्दले थुप्रै फिल्मका गीतहरुमा संगीत दिएका छन् ।
म्युजिक भिडियोमा नमिता र खुलस्तको अभिनय रहेको छ । सुदिप सागरको एरेञ्ज रहेको यो म्युजिक भिडियोलाई आशिष म्युजिकले बजारमा ल्याएको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । छायाँकन नबराज उप्रेतीको छ । भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
















