रातो घर, परासी, १५ असार । मदिरा सेवन गर्न नेपाल प्रवेश गरेका भारतीय नागरिकको शव नवलपरासी जिल्लाको भुजहवा गाविसमा फेला परेको छ ।
भुजहवा– १ गणेशपुरस्थित झरही नदीको छेउमा भारत महाराजगञ्ज जिल्ला लक्ष्मीपुरका ३८ वर्षीय अनिरुद्र यादव मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार दिउँसो करीव बजेसम्म स्थानीय रक्सी पसलमा बसेर मदिरा सेवन गरेका यादवको साँझ साढे ५ बजेतिर पुल छेउमा शव भेटिएको स्थानीय लक्ष्मी हरिजनले जानकारी दिए ।
दिउँसो अत्याधिक मदिरा सेवन गरेका यादवको मदिराकै कारण मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा पुगेको भुजहवा प्रहरी चौकीका ईञ्चार्ज जहरलाल गुरुङको नेतृत्वमा खटिएको टोलीले शव पोष्र्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याएको छ ।
भारतमा विहार राज्यमा राज्य सरकारले मदिरा बिक्रीमा प्रतिवन्ध लगाएपछि भारतीय नागरिकहरू मदिरा सेवन गर्नकै लागि नेपाल आउने गरेका छन् । भारतीय नागरिकहरू दिनभरि मदिरा सेवन गरेर बेलुका घर फर्कने गरेका छन् ।
मदिरा सेवन गर्न आउने भारतीय र स्थानीय नेपालहरूका वीच बेलाबेला विभिन्न स्थनमा झैझगडा हुने समेत गरेको छ ।
रातो घर, विराटनगर, १५ असार । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन् ।
उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन् । स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो । मास्तिर सिलिङ पंखा घुमिरहेको थियो । उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन् ।
बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो । स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन् । अर्कोमा बिरामी जाँच हुन्छ ।
एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ । कोठाामा पंखा घुमिरहेका थिए । टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये । बिरामी जाँच गर्ने कोठामा औषधि मिलाएर राखिएको थियो ।
तर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कर्मचारी देखिँदैन्थे । स्वास्थ्य जाँच गर्दा प्रयोग गरिने उपकरण असरल्ल छरिएका थिए । छेवैमा तौल जोख्ने मेसिन थियो ।
कार्यालयमा कोही प्रवेश गरेको देखेपछि गाविस कार्यालयमा गफिँदै गरेका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट मातृका उप्रेती आए । महिला कर्मचारी अनिता माझीलाई उठाए ।
उठिसकेपछि पनि माझी केहीबेर उङ्दै बेन्चमै बसिरहिन् । उप्रेतीले झपारेपछि भने उनी मुख धुन गाविस कार्यालयको धारातिर लागिन् । उप्रेतीले इशारा गर्दै उनलाई कार्यालयमै रहन निर्देशन दिएका थिए ।
रातो घर, बर्दिबास–लोकल मदिरा पिएर महोत्तरीको सहसौला ६मा डोम समुदायका एकै परिवारको पाँच जनाको मृत्यु भएपछि प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्ने उत्पादक र बिक्री गर्ने बिक्रेतालाई ६ दिन पछि शुक्रबार पक्राउ गरेको छ ।
घटनाभएदेखि नै फरार रहदै आएका सहसौला ६ बिर्ताका मदिरा बिक्रेता विनोद महरा र लोकल मदिरा उत्पादन गर्ने हात्तिलेट ४ कर्मटोकीका नथु लामा भन्ने जगतबहादुर बुलनलाई प्रहरीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।
विनोदले हात्तिलेटका जगत बहादुरले संचालन गरेको भट्टीबाट लोकल मदिरा खरिद गरी ल्याएर सहसौला ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोमलाई बिक्री गरेका थिए । सोही मदिरा पिदा पाँच जनाको डोमको मृत्यु भएको थियो ।
मदिरा सेवनबाट मृतक रामवृक्षका आफनै परिवार र नातागोतामा पर्ने छोरा प्रगाश , छोरी कलावत्ती ,छोरी ज्वाइृ पञ्चार र सम्धी बद्री गरी पाँच जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना लगतै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसंधानको क्रममा हात्तिलेट ४ कर्मटोकीमा जगत बहादुरले व्यवसायक रुपमा ठूलो परिमाणमा लोकल मदिरा उत्पादन गर्ने भट्टी संचालन गरेको भेटियो । विनोदले सोही भट्टीबाट खरिद गरी ल्याएको लोकल मदिरा पिउँदा उनीहरुको मृत्यु भएको प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘पक्राउ परेका दुवै जनासँग वयान लिइएपछि घटनाबारे थप कुरा बाहिर आउने छ ’एसपी भट्टराईले भने ।
असार ४ गते शनिबार राति लोकल मदिरा सेवनपछि सहसौला– ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोम, ४० वर्षीय प्रकाश मल्ली डोम र गौशाला ७ का पञ्चु मल्ली डोमको मृत्यु भएको थियो ।
उनीहरुसँगै मदिरा सेवन गरी सिकिस्त भएका औरही ३ का बद्री मल्ली डोमको असार ५ गते आइतबार साझँ जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो भने शनिबार राति नै मृत्यु भएका गौशाला ७ का पञ्चु मल्ली डोमकी श्रीमती कलावती देवी डोमको धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
काठमाडौं – आजकल बजारमा कृतिम रुपमा पकाइएका आँपहरु धमाधन बिक्री भइरहेका हुन्छन् । व्यापारीहरुले पैसा कमाउनका लागि कार्बोइड रसायन प्रयोग गरेर आँपलाई पकाउँने गरेका छन । यस विषयमा उपभोक्ता तथा स्वास्थ्य अधिकारवादीहरुलाई जानकारी भएपनि कुनै कारबाही हुने गरेको छैन ।
कसरी पकाइन्छ काँचो आँप ?
थोक बिक्रेताहरुले क्याल्शियम कार्बोइडको मद्दतबाट आँप पकाउने गरेका छन् । आँपलाई कृतिम रुपमा पकाउन यि रसायनहरुको प्रयोग हुन्छ । कार्बोइडको माध्यमबाट पकाएको र आफैँ पाकेको आँप उस्तै हुदैँन । यसरी कृतिम रुपमा पकाइएका आँपको रंग फरक–फरक हुन्छ ।
कृतिम आँप सूरुआतमा खाँदा मिठो हुन्छ । तर आँपको बीचको भाग मिठो हुदैँन कृतिम आँपलाई घर ल्याएर २–३ दिन राख्दा आँपको भित्री भागको रंग कालो हुन थाल्छ । यता आफैँ बोटमा पाकेका आँपहरु एउटै रंंगका हुन्छ । यसरी आफैँ पाकेका आँपको स्वाद एउटै हुन्छ । प्राकृतिक रुपमा पाकेका आँप लामो समयसम्म खराब पनि हुदैँनन् ।
आँप पकाउन प्रयोग गरिने क्याल्शियम कार्बोइड रंगहीन केमिकल हो । यसको प्रयोग खासमा वेल्डिङका लागि गरिन्छ ।
क्याल्शियम कार्बोइड स्वास्थ्यका लागि निकै घातक हुन्छ । यो खानाले धेरै प्यास लाग्ने, शरिरमा कमजोरी हुने , सुन्निने, चिलाउँने, आँखा पोल्ने लगायतका विभिन्न समस्या देखिन्छन् । यसको प्रयोग गर्नाले डकार, कफ, टाउको दुखाँई, निद्रा नलाग्ने, मानिसको सोच्ने क्षमतामा कमी आउने लगायत विभिन्न साइड इफेक्ट देखिन्छन् ।
रातो घर, काठमाडौं, असार : ट्रमा सेन्टरको बेड नम्बर ५०५ । ओछ्यानमा पल्टिरहेका बिरामी बेलाबेला ऐया, आत्था, दुख्यो, लौन भनेर कराउँछन् । छेउमै रहेकी बृद्धा ‘खै कहाँ दुख्यो ?’, ‘यता फर्कि त ?’, ‘धेरै चल्न भएन के बुझिस्’ भन्दै सकीनसकी बिरामीलाई कोल्टो फर्काउँछिन् । लुगा मिलाइदिन्छिन् ।
वरपर बेडमा रहेका बिरामीका कहिले को आउँछन्, कहिले को आउँछन्, सोधीखोजी गर्छन् । तर ५०५ नम्बरको बेडमा बिरामी र ती बृद्धा बाहेक अरुको चहलपहल देखिंदैन । ‘विचरा श्रीमतीले पहिल्यै छोडेर हिँडिछ, छोराछोरीले पनि वास्ता गरेनछन्, अहिले आमा आएर स्याहार्दैछिन्’ नजिकै बेडको बिरामी कुर्न बसेका एकजनाले बिस्तारै भने ।
उनले साउती मारेर भनेको कुरा पनि बृद्धाको कानले ठम्याएछ । ‘के गर्नु त बा, नातिनातिनालाई आफ्नो बाउको माया नलागेपनि म बुढीलाई छोरोको मायाले यहाँसम्म डोहो¥याएर ल्यायो । अब यसलाई निको पारेरै लान्छु’ बिरामीलाई खानेकुरा दिंदै गरेकी बृद्धाले भन्नुभयो ।
आफ्नो स्याहारसुसारमा खटिएकी ८० वर्षिया आमाको कुरा सुनेर बिरामी छोराको आँखा रसायो । अनि उनले आफ्नो व्यथा पोखे । ‘के गर्नु श्रीमतीले छाडेर गएपनि छोराछोरी त छन् नि भनेर ढुक्क थिएँ, तर उनीहरुले अलपत्र छाडेर गए, आमा आएर बचाइन्’ यति भन्दा उनको गला अवरुद्ध भयो । बृद्धा आमाको स्याहार र साथमा तँग्रंदै गरेका यी बिरामी हुन्, गोरखाका ईश्वर श्रेष्ठ । ४८ वर्षका श्रेष्ठ झण्डै ५ महिनाअघि ट्रमा सेन्टरमा भर्ना हुनुभएको हो । उहाँका अनुसार जाँडरक्सी खाएका केही केटाहरुले उहाँलाई कुटपीट गरे । त्यसपछि उपचारको लागि उहाँलाई ट्रमाको आइसियूमा भर्ना गरियो ।
त्योबेला छोराछोरी, ज्वाइँ र अहिले कुर्न बसेकी आमा पनि सँगै थिए । आईसियूमा उपचार भैरहेको बेला ज्वाईहरुले आमा कृष्णकुमारीलाई घर पुर्याइदिए । काठमाडौंमै बस्ने छोरा बिरामी बुवाको स्यहारमा खटिए । साथमा छोरी र ज्वाइँहरु पनि थिए ।
‘तर अब म बाँच्दिन भन्ने उनीहरुलाई लागेछ, त्यसपछि छाडेर हिँडे’ ईश्वरले भन्नुभयो । छोरा छोरी र ज्वाइँले छाडेर हिँडेपछि उहाँको रेखदेख गर्ने कोही भएन । आइसियूबाट झिकेर वार्डमा राख्दा बेलाबेला उठाउने, हिँडाउने गर्नुपर्दथ्यो । तर बेडमा चौबीसै घण्टा सुतिरहँदा उहाको पिठ्युँमा घाउ भयो । ‘पहिलेको चोट ठीक हुँदै थियो, फेरि यो घाउले मलाई दुःख दियो’ ईश्वरले भन्नुभयो ।
आफुलाई स्याहार गर्ने कोही नभएपछि बिरामी ईश्वरले भगवान ईश्वरलाई पुकार्नुभयो । उहाँको पुकार भगवानले सुने कि सुनेनन्, तर गोरखामा रहेकी वृद्धा आमाले सुईको पाउनुभयो । छोरो अस्पतालमा एक्लै छ भन्ने थाहा हुने बित्तिकै उहाँ गोरखाबाट काठमाडौं चल्ने बसमा चढ्नुभयो ।
‘बसपार्कसम्म बसले ल्याईहाल्यो, त्यहाँबाट गाउँकै एकजना मान्छेलाई अस्पतालसम्म लैदेउ भनें र यहाँसम्म आएँ’ बिरामी छोरोसँगै बसेकी ८० वर्षिया कृष्णकुमारीले भन्नुभयो । ट्रमाको ५ औं तलामा बिरामी छोरासँगै बस्ने कृष्णकुमारी एक्लै तल्लो तलासम्म पनि ओर्लन सक्नुहुन्न ।
‘डाक्टरले औषधी लेराउ भन्दा वरपरका अरु बिरामी कुरुवासँगै औषधी पसलसम्म पुग्छु, उनीहरुसँगै फर्कन्छु’ आमैले आफ्नो व्यथा सुनाउनुभयो । औषधी लिन जाँदा र आउँदा त साथी पाउनुभएको छ । तर खर्च जुटाउन भने समस्या छ ।
‘अलि अलि भएको पैसा सकिहाल्यो, अब औषधी चाहियो भन्दैनन् कि’ आमैले आस गर्नुभयो । बिरामी कुर्न बस्दा खाना, खाजामा पनि खर्च हुन्छ । तर खानाको लागि उहाँले एउटा उपाय लगाउने गर्नुभएको छ । ‘बिरामीको लागि खाना आउँछ, अलि धेरै झिक्छु, आधी उसले खान्छ, आधी मैले’ बृद्धाले व्यथा सुनाउनुभयो, ‘के गर्नु जसोतसो बाँच्न त पर्यो नि ।’स्रोत :उज्यालो अनलाइन
रातो घर, एजेन्सी– तपार्इँ हामीमध्ये जोकोही पनि कुनै न कुनै बेला रोएका हुन्छौ । ‘आशु नचुहाउँने मानिस त केबल रोबट हुन सक्छ,’ एलिजाबेथ गिलवर्ट आफ्नो एउटा पुस्तकमा लेख्छिन् । दुःखद वा सुःखद घटनामा आँखाबाट आशु चुहेको अवस्था रुनु हो । पुरुषमा भन्दा महिलामा बढी आँशु आउँछ । एक तथ्यांकका अनुसार महिलाहरु महिनामा औषतमा ५ दशमलब ३ पटक रुन्छन् भने पुरुष १ दशमलब ३ पटक । अखिर किन रु जैविक रुपमा भन्नु पर्दा पुरुषमा महिलामा भन्दा बढी टेस्टोस्टेरोन नामको हर्मन हुन्छ जसले आशुलाई दबाइदिन्छ । अर्कोतर्फ महिलामा प्रोल्याक्टिन नाम गरेको हर्मन हुन्छ, जसले बढी आँशु उत्पादन गर्छ । तर, यी दुई ओटा हर्मनले मात्र तपाईँ बढी रुने वा नरुने भन्ने विषयलाई निर्देशित गर्दैन । किनकी रुवाईका प्रकारले यसको मात्रालाई बताउँछ । रुवाईका प्रकार प्रोटिनयुक्त एन्टि ब्याक्टेरियल तरल पदार्थलाई आँखाको गेडीको बाह्य किनारामा हुने ल्याक्रिमल ग्लान्डले छोपेको हुन्छ ।
जब हामी आँखा झिमिक्क गछौं सो तरल पदार्थ निस्कन्छ र यसले हाम्रो सम्पूर्ण आखालाई चिप्लो प्रदान गर्छ । यसलाई आधारभूत आशा भनिन्छ र यसको मुख्य काम नै चिप्लो पर्दाथ निस्कासन गरेर आँखालाई रक्षा गर्नु हो । एक पटक सोच्नुहोस् त प्याज काट्दा किन आँशु आउछ रु आँखामा केही भएमा प्रतिकृया स्वरुप आउने स्वतः आशु हो यो । यस आँशुले हावा, धुलो, धुवा, रसायनजस्ता हानिकारक पक्षबाट बचाउँछ । आखामा भएको धुलो र अनावश्यक कुरालाई यस आशुले आँखाबाट पखालिदिन्छ । अर्को प्रकारको आँशु निकै भावनात्मक किसिमको हुन्छ । यो अवस्थामा आँखाबाट यति धेरै आशु आउँछ की आशु नाकको प्वाल हुदै बाहिर हुन्छ । धेरै रुँदा मानिसको नाकबाट पानी चुहिनु पनि यही कारण हो । गालाबाट नै तप तपी चुहिने यस्तो आँशु मानिसलाई चिन्ता, निराश, दुखी हुँदा आउँछ । यस्तै आँशु कुनै बेला हर्षको समयमा पनि आउँछ । रुँदाखेरी हर्मन र न्युरोट्रान्सिमटरले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मायाले तपाईँलाई रुवाउँछ सेरोटोनिन ९मानिसलाई खुसी बनाउने हर्मन० ले शारिरिक र मनोवैज्ञानिक कार्यलाई प्रभाव पार्छ । मुडलाई सन्तुलन गर्न पनि यसको ठूलो भूमिका हुन्छ । भोक दबाउन तथा हड्डीको घनत्व घटाउन पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ शरिरमा अत्याधिक मात्रामा सेरोटोनिनले मानिसका हडी कमजोर हुने ९महिनावारीको समयमा महिलालाई हुन्छ० गर्छ । सेरोटोनिन उत्पन्न गर्ने ट्राईफन मासिक धर्मको समयमा महिलामा घट्दै जान्छ, जसका कारण डिप्रेसन हुने वा आँशु चुहिने बढी सम्भावना हुन्छ । त्यस्तै, तपार्इँ मायामा पर्दा पनि सेरोटोनिन नामको हर्मनको तह न्यून हुन्छ, जसका कारण तपार्इँ बढी रुने सम्भावना हुन्छ । विभिन्न चरणमा हुने रुवाई सबै शिशुहरु जन्मदा रुने गुण लिएर जन्मन्छन् । भर्खर जन्मिएको शिशु जन्मने बित्तिकै रुन्छ तर आँशु आउँदैन । उनीहरु बिस्तारै बढ्न थालेपछि आँखामा तरल पर्दाथ आउछ । भोक, निन्द्रा, पीडा, रिस वा सामान्य असजिलो बोध गराउन उनीहरु रुन्छन् । १० महिनापछि उनीहरुको रुवाई अरु कसैको ध्यान आकर्षण गर्ने खालको हुन्छ । यसलाई फेक टिर्यस वा भ्रमपूर्ण आँशु भनिन्छ । प्रौढ अवस्थामा पुगेपछि टेस्टोस्टेरोन र प्रोल्याक्टिन सुरु हुन्छ । यी हर्मन विकसित भएपछि किशोरीहरु बढी रुन्चे हुन्छन् भने केटाहरुमा हाँसोको मात्रा ह्वात्तै झर्छ । धेरै हानी हुने कुरा भएमा मात्र पुरुषहरु रुने गर्छन् । तर, महिलाहरु भने निराश भए भने पनि आँशु चुहाउँछन् । उनीहरु ठूलो स्वरमा धेरै आँशु चुहाएर रुन्छन् । वैज्ञानिकहरुका अनुसार पुरुषहरुमा आँशु ग्रन्थी साना र महिलामा ठूलो हुने गर्छ । सरदर ५० वर्ष पुगेपछि हाम्रो रुवाईको प्रवृत्तिमा परिवर्तन हुन्छ । हर्मनको परिवर्तनले यस्तो हुने गर्छ । अर्कोतर्फ महिलामा भन्दा पुरुषमा टियर डक्ट ठूलो हुने भएकोले पुरुषमा भन्दा महिलामा बढी आँशुको प्रबाह हुन्छ । प्रौढहरुका लागि कति रुनु सामान्य हो ? बालबालिका दिनमा एकदेखि ३ घन्टासम्म रुन्छन । यो स्वभाविक हो । तर तीन घन्टा भन्दा बढी रोएमा वा एक सातामा तीन दिनबढी रोएमा चिकित्सककहाँ देखाउनुपर्छ । प्रौढहरु कति रुन्छन भन्ने विषयमा कुनै निश्चित समय छैन् । रुने मानिसको अवस्थामा पनि भर पर्छ । पश्चिमेली समाजमा रुनमा कुनै छेकवार नभए पनि एशियाली मुलुकमा रुनलाई कम्जोरीपन बताइन्छ । रुदाखेरी पीडामुक्त भएपनि रोएको क्षण निश्चय नै सुखद होइन । स्रोत-swasthyakhabar.com
एजेन्सी । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।
यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः
१) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
२) तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।
३) श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।
४) तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स (पूर्व प्रेमी)का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।
५) श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।
६) महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
(अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा)
रातो घर, काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रामेछाप जिल्लाका विष्णु अधिकारीलाई नेपाल प्रहरीलदे उद्धार गरेर स्वदेश ल्याएको छ ।
रामेछाप जिल्ला खिम्ती– ७ घर भएका अधिकारी २०७२ साल माघ १९ गते नेपालबाट कतार रोजगारको सिलसिलामा गएका थिए । सहमति अनुसारको काम तथा तलव समेत नपाई खान बस्न समस्या भई अलपत्र परेको उजुरी उनकी श्रीमतीले महानगरीय अपराध महाशाखामा दिएकी थिइन् ।
आफ्ना पति कतारमा दुःख पाएको थाहा पाएपछि पत्नी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले पनि राम्रोसँग सहयोग गरेपछि अधिकारी सकुशल फिर्ता हुन सकेका हुन् ।
सोही उजुरीका आधारमा नेपाल प्रहरीले कतारस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी यही वैशाख २१ गते अधिकारीलाई कतारबाट उद्दार गरी काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीलाई कतार पठाएर अलपत्र बनाउने म्यानपावर कम्पनीविरुद्ध थप अनुसन्धान गर्नुका साथै प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
रातोघर, काठमाडौं : व्यक्तिको परस्त्रीगमन कस्तो हुन्छ होला ? यस्तो अवस्थामा धर्मले कस्तो दण्ड दिन्छ ? आउनुस् यस विषयमा चर्चा गरौँ ।
अठ्ठार पुराणको एउटा पुराण छ, गरुड पुराण । गरुड पुराणमा भगवान विष्णुले गरुडलाई जीवन र मृत्युको रहस्यका विषयमा जानकारी दिएका छन् । यो पुराणमा मृत्युपछि हुने भनिएको यात्रा यानी यममार्गका बारेमा वर्णन गरिएको छ ।
वर्णनमा भनिएको छ, यमको दूतले मृत्युपछि पापी व्यक्तिहरूको आत्मालाई यमराज समक्ष लैजान्छन् । मनुष्यको आफ्नो कर्मअनुसार यमराजले सजाय तोकी दिन्छन् । सजाय पूरा भएपछि जीवले आफ्नो कर्मअनुसार योनीमा जन्म लिन्छ ।
यसमा परस्त्रीसँगको सम्बन्धका विषयमा अलग–अलग सजायका बारेमा बताइएको छ । व्यक्तिले परस्त्रीसँग कस्तो सम्बन्ध राख्छ वा रहन्छ यसमा पनि व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।
कुमारी अथवा अल्पायु कन्यासँग यौनसम्बन्ध राखेमा गुरुढ पुराणका अनुसार कडा सजायको व्यवस्था रहेको छ । जुन स्त्री आफ्नो पतिलाई छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्छिन् उनलाई यमलोकमा बल्दै गरेको रातो र तातो फलामको भट्टीमा हाल्ने गरिन्छ ।
गरुडा पुराणका अनुसार पापको सजाय पूरा भएपछि यस्ता स्त्रीहरूले चेपारो, छिपकली अथवा दुई मुख भएको सर्पको रुपमा जन्म लने मान्यता रहेको छ ।
पुरुषका सम्बन्धमा परस्त्री गमनका विषयमा रोचक प्रसङ्ग गुरुड पुराणले उल्लेख गरेको छ । जो पुरूषले आफनै गोत्रकी स्त्रीसँग यौन सम्पर्क गर्छन्, त्यस्ता पुरुषले स्यालको जन्म पाउने विश्वास गरिएको छ ।
कुमारी अथावा अल्पायु कन्यासँग यौनसम्बन्ध राख्ने पुरुषका सम्बन्धमा गरुडा पुराणले नर्कमा घोर यातना सहनु पर्ने व्यवस्था गरेको उल्लेख गरेको छ । त्यसपछि त्यस्ता पुरुषले अजिङ्गरको योनीमा जन्म लिने बताइन्छ ।
जो व्यक्ति काम भावनाबाट पीडित भएर गुरूकी पत्नीलाई ताक्छन् त्यस्ता पुरुषले नर्कको बास र यातनासहित छिप्कलीको योनीमा जन्म लिने गरुड पुराणले जनाएको छ ।
मित्रसँग विश्वासघात गरेर उसकी पत्नीसँग यौनसम्बन्ध राख्नेलाई कठोर सजायपछि यमराजले गधाको योनीमा बास गराइ गधाको जन्म दिने विश्वाससहितका रोचक प्रसङ्ग गुरुड पुराणमा उल्लेख छ । स्रोत :पत्रपत्रिका
रातोघर, यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाई सँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ । तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आक्तिनु र हडबडाउनुु हुँदैन ।
साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । र त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्ने तरिका खोक्नु भन्दा पहिले ठूलो स्वाश लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाई आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ । प्रत्येक २ सेकेण्डमा नविराइकन श्वास लिनुपर्छ र खोक्नुपर्छ ।
यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको पे्रशर अर्थात दबाबले तपाईको मुटुको धडकनको गतिलाई ब्यालेन्समा ल्याउन मद्धत पुर्याउँछ ।
डाक्टर नआइपुगुनजेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ ।
रातोघर, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण किशोरीहरुमा दुव्र्यसनीको लत बढ्दो क्रममा रहेको पाइएको छ । दुव्र्यसनी विरुद्धको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुका अनुसार, नेपालगन्जमा त्यस्ता किशोरीहरूको सङ्ख्या दिन प्रति दिन बढिरहेको छ । ७ देखि १२ कक्षासम्म अध्ययन गर्ने किशोरीहरू यस्तो दुव्र्यसनीमा फस्ने गरेको असहाय सेवा केन्द्र संघका कार्यक्रम संयोजक रबिन्द्र सिंह राठोरले बताउनुभयो । बाँकेमा हाल दुव्र्यसनीमा फसेका ३१ जना किशोरी तथा महिलाले सुधार केन्द्रमा उपचार गराइरहेको उहाँले जानकारी दिनुभयो । लागूऔषधको कुलतमा फसेका मध्ये धेरै मध्यम वर्गीय परिवारका किशोरी र महिला रहेका छन् । अहिले ७ जना किशोरीलाई नेपालगञ्जबाट काठमाडौं र पोखरा सुधार केन्द्रमा राखिएको छ । महिलाका लागि बाँकेमा सुधारगृह नभएका कारण उनीहरुलाई अन्यत्र लैजानु परेको हो । दुव्र्यसनीमा फसेका किशोरीहरू सामाजिक प्रतिष्ठाका कारण खुलेर बाहिर आउन नचाहेकाले उनीहरूलाई गोप्यरुपमै परामर्श दिँदै आएको यस क्षेत्रमा कार्यरत संघसंस्थाहरु वताउँछन् । खुला सीमानाका कारण नेपालगञ्जमा सजिलै लागूपदार्थ भित्रिने हुँदा युवाहरू दुव्र्यसनीको लतमा सजिलै फस्ने गरेका हुन् ।
रातोघर,काठमाडौं–दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ परेका छन् । मानव तस्करीमा संलग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रवार बसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो । चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुनःस्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरु भारतीय प्रहरीसंगको अनुसन्धानमा जुटेका थिए।युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालयमा लगिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
रातोघर,काठमाडौं । सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो । सेक्सका समयमा मानसिक रूपमा पनि एकअर्कामा जोडिएको महसुस गरिन्छ । र, त्यो जरुरी पनि छ ।
धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ ।
अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ ।
दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त रु यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।
हर्मोन सन्तुलित राख्न स् विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।
दिक्क नहुन स् मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ ।
उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुनस् सेक्स सम्बन्ध राख्नुपर्छ । महिनाबारीमा यौनसम्बन्धले निम्त्याउने जोखिमबाट जोगिन मासिक धर्मका दौरान विभिन्न समस्या उत्पन्न भएर महिला बिरामी पनि भइराखेका हुन्छन् ।
जुन महिलामा मासिक धर्मका दौरान थोरै मात्र पनि पीडा हुन्छ, उनीहरूले सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा गम्भीर स्वास्थ्यसमस्या निम्तिन सक्छ ।
सेक्सुअल इन्फेक्सनबाट जोगिन स् कतिपय समयमा मानिसलाई यौनजन्य संक्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ ।
त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ । मानसिक अस्वस्थता स् दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।
हतार गर्न हुँदैन स् कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ । आनन्ददायी सेक्स सम्बन्धका लागि दुवैका तर्फबाट पूर्वतयारी आवश्यक छ ।
रातोघर, फाल्गुन ९, २०७२- भाइ बहिनीमध्ये धेरैलाई जुम्राले सताएको हुन सक्छ । बच्चादेखि वृद्धसम्मलाई सताउँछ यसले । अहिले ठूलो हुनुभएकामध्ये पनि धेरैलाई सानामा जुम्राले सताएको हुनुपर्छ । जुम्रा के हो ? कसरी पर्छ ? कसरी सर्छ ? यसबाट कसरी जोगिने ? भाइबहिनीहरूलाई यसबारे जानकारी दिँदै छौं । जुम्रा, कीरा/फटयांग्रा समूहमा पर्ने जीव हो । यसको तीन जोडी खुट्टा हुन्छ । जुम्राको खुट्टामा मसिनो वस्तु च्याप्प समात्न सक्ने रौं हुन्छ । त्यसैले जुम्राले मान्छेको रौं समातेर मज्जाले हिँडडुल गर्न सक्छ । यो परजीवी हो । परजीवी भनेको अरूमा भर परेर बाँच्नु हो । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राणीशास्त्री डा.मुकेशकुमार चालिसेका अनुसार जुम्राको मुखमा टोक्ने र चुस्ने गुण हुन्छ । ‘त्यसैले छालामा टोक्छ र त्यही मुखले मान्छेको रगत तान्न सक्छ,’ चालिसेले भने, ‘जुम्राले आफ्नो सुँडले धेरै कुराहरू छोएर थाहा पाउँछ ।’ जुम्राको जुंगा पनि हुन्छ । पेट ठूलो हुन्छ । एकपटक मान्छेको रगत चुसेपछि २४ घण्टासम्म खुराक पुग्छ । धेरै रगत खाएपछिको जुम्रालाई ढाडी भनिन्छ । डा.चालिसेका अनुसार मान्छेमा पाइने जुम्रा तीन प्रजातिका हुन्छन् । टाउको अर्थात् कपालको जुम्रा जुन कालो हुन्छ । कपडामा बस्ने जुम्रा जुन सेतो हुन्छ । गुप्तांग वा अप्ठ्यारोमा बस्ने जुम्रा जसलाई ‘गंगटे जुम्रा’ भनिन्छ । गंगटेलाई चम् जुम्रा पनि भनिन्छ । गंगटाको जस्तो आकार भएकाले चम् जुम्रालाई गंगटे जुम्रा भनिएको हो । यो निकै सानो हुन्छ । ‘यी सबै आ–आफ्ना ठाउँ बस्न रुचाउँछन्,’ डा.चालिसे भन्छन्, ‘मान्छेलाई आफ्नो ठाउँ प्यारो भएजस्तै ।’ कपालमा बस्ने जुम्रा कपालमा मात्र, कपडामा बस्ने जुम्रा कपडामा मात्र र चम् जुम्राचाहिँ आँखीभौं, काखी र गुप्तांगमा बस्छ । तीनमध्ये चम् जुम्रा चलाख हुन्छ । यो छिटो छिटो लुक्न सक्छ । यो टाँसिएको टाँसियै भएर बस्छ । जुम्राको आयु मुस्किलले एक महिनाको हुन्छ । ‘त्यसलाई शरीरको तातो चाहिन्छ,’ डा.चालिसे थप्छन्, ‘मान्छेको शरीरमा बस्न पाएन भने मरिहाल्छ ।’ नौ/दस दिनमै वयस्क हुन्छ । वयस्क हुनासाथ त्यसले फुल (अण्डा) पार्छ । आहारा पायो र न्यानोमा बस्न पायो भने एउटैले सयवटासम्म अण्डा पार्छ । अण्डाचाहिँ मान्छेको कानको पछाडि, चस्मा लगाउने व्यक्ति छ भने चस्माको डन्डी, गर्दनमा पार्न रुचाउँछ । मान्छेले झट्ट थाहा नपाऊन् भनेर यसो गरेको हो । त्यसो हुँदा लुक्न पनि सजिलो हुन्छ । त्यो ठाउँमा तातो बढी हुने भएकाले पनि जुम्राले बढी रुचाएको हो । यसको अण्डालाई नै लिखा भनिन्छ । भाले जुम्रा र पोथी जुम्रामा अलिकति फरक हुन्छ । अण्डा पार्नुपर्ने भएकाले पोथी ठूलो आकारको हुन्छ । जुम्राको टोकाइले ‘टाइफस’ भन्ने ज्वरो आउने सम्भावना हुन्छ । यसले बेलाबखतमा महामारीको रूप पनि लिन सक्छ । दोस्रो विश्वयुद्धभन्दा अघि विश्वभरि नै ‘टाइफस’ संक्रामक रूपमा फैलिएको थियो । सफाइ कम भएका स्थान, फोहोर कपडा, नुहाइधुवाइको कमी भएका ठाउँमा जुम्रा फैलिन्छ । दोस्रो विश्वयुद्धपछि विकसित मुलुकहरूमा शिक्षाको प्रवद्र्धन हुनाका साथै सरसफाइ अभियान बढ्यो र जुम्रा विस्तारै लोप हुँदै गए । जुम्रा मार्न त्यतिबेला ‘डिडिटी’ को प्रयोग पनि गरियो । अहिलेसम्म अमेरिकाको फ्लोरिडास्थित कृषि अनुसन्धान विश्वविद्यालयले जुम्राको अध्ययन गरेको पाइन्छ । जुम्रोको दिसा कालो हुन्छ । मान्छेको रगत नै उसको दिसा हो । जुन सानो सानो थोप्ला आकारमा हुन्छ । जानकारहरूका अनुसार मान्छेको उत्पत्तिसँगै जुम्राको पनि उत्पत्ति भएको विश्वास गरिन्छ । ‘त्यसैले मान्छेको उत्पत्ति कहिले भयो होला भनेर वैज्ञानिकहरूले जुम्रालाई अनुसन्धानमा प्रयोग गरिरहेका छन्,’ डा.चालिसे भन्छन् । सफाइको कमी, फोहोर कपडा, नुहाइधुवाइको कमी भयो भने जुम्रा पर्न सुरु हुन्छ । जुम्रा परेको व्यक्तिसँग सुतेमा सहजै जुम्रा सर्छन् । ‘सरसफाइ रहनु नै जुम्राबाट जोगिने मुख्य उपाय हो,’ डा.चालिसेसको सुझाव छ, ‘फोहोर लुगा नलगाउने, कपडा साटेर नलगाउने, जुम्रा भएको थाहा पाए सँगै नसुत्ने, त्यस्ता व्यक्तिको टोपी नलगाए जुम्रा सर्दैन ।’ अहिले जुम्रा र लिखाबाट जोखिन बजारमा अनेक किसिमका एन्टिडेन्ड्रफ स्याम्पु, लोसन, तेलजस्ता औषधि पाइन्छन् । त्यसको प्रयोगले पनि जुम्राबाट जोगिन सकिन्छ ।
काठमाडौं । तपाई हाम्रो उमेर बढ्दै जाँदा विभिन्न रोगले च्याप्नु स्वभाविक हो । हाम्रो खानपान र आचरणमा सुधार गर्ने हो भने त्यसलाई धेरै हदसम्म घरमै निको पार्न सकिन्छ । यहाँ हामीले ढाड दुख्ने समस्या कसरी हुन्छ र त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा सामान्य उपाय राखेका छौँ ।
- मांसपेशीलाई हड्डीले सहारा दिने गरेको हुन्छ । यदि मांसपेशी र हड्डीमा तालमेल मिलेन भने पनि ढाड दुख्ने वा पीठ्यू दुख्ने समस्या हुन सक्छ । तपाईको हड्डीमा आएको खराबीले मात्रै कम्पर, पीठ्यू दुखेको हुँदैन । हुन सक्छ तपाईको मांसपेशीले हड्डीलाई ठीकसँग सहारा नदिँदा पीठ्यू दुख्न पनि सक्छ । यस्तो अवस्थामा योग र स्ट्रेचिङ्ग गर्दा आरामा मिल्न सक्छ ।
- धेरै व्यक्तिहरू मोबाइल र ट्यब्लेट प्रयोग गर्छन् । यसको प्रयोग गर्ने बेला उनीहरू धेरै अगाडि झकेका हुन्छन् । यसले पनि पीठ्यू दुख्नमा सहयोग गरेको हुन्छ । सकेसम्म आफ्नो कुमलाई सिधा राख्नुस् । टिभी हेर्दा होस् वा सोफमा बसेका बेला पनि कम्मरलाई सीधा राख्नुस् ।
- तपाई धेरै समय कुर्सीमा बसेर काम गर्नुपर्ने हुन्छ भने ढाडलाई सिधा बनाइ राख्ने कुर्सीको प्रयोग गर्नुस् । लचकदार कुर्सीको प्रयोग नगर्नुस् । एकआध घण्टाको बीचमा आफ्नै कोठाभित्र कम्तीमा पाँच मिनट हिँड्नुस् ।
- मानिसको जीवनमा जुत्ताले धेरै फरक पारेको हुन्छ । कतिलाई थाहा हुन नसक्छ । जुत्ताका कारण पनि हड्डीलाई असर पारेको हुन्छ । हिल भएका जुत्ता चप्पल प्रयोग नगर्ने । सामान्य हिल भएका जुत्ता चप्पल प्रयोग गर्ने ।
- बिहान सुतेर उठ्दा ढाड दुख्छ वा कम्मर दुख्छ भने त्यसको जिम्मेदार तपाई सुत्ने गरेको गद्दावाला ओछ्यान हुन सक्छ । सकेसम्म गद्देदार ओछ्यानमा नसुत्दा राम्रो हुन्छ । धेरै लचकदार ओछ्यानले हड्डीलाई असर गरेको हुन्छ ।
- महिलाले बोक्ने साना झोलाहरूले पनि पीठ्यू दुखाउने गर्छ । किन कि त्यस्ता झोला महिलाहरूले एकतर्फ मात्रै बोक्ने हुँदा वा कुम साटफेर गर्न भुल्दा पीठ्यू दुख्नुका साथै हड्डीमा समस्या हुन सक्छ । झोला किन्दा दुबैतर्फबाट बोक्न मिल्ने खरिद गर्नुपर्छ । झोला एकातर्फ मात्रै नबोक्ने पछाडि बोक्ने ।
- महिलाहरूले आफ्ना साइजका ब्रा नलगाउँदा पनि ढाड दुख्ने समस्या महिलामा धेरै आउन सक्छ । किन भने साइजको ब्राले महिलाको बक्षलाई आफ्नो स्थानमा राखेको हुन्छ । तर बेसाइजका ब्रा लगाउँदा पछाडिको मांङ्पेशी अगाडि आउँने र त्यसले पीठ्यू दुख्ने समस्या ल्याउँछ । महिलाले आफ्नो साइज अनुसारकै ब्रा लगाउनु पर्छ ।
- चुरोट खानेहरूका लागि पीठ्यू दुख्ने समस्या अरुको तुलनामा दुई गुणा धेरै हुन्छ । चुरोटका कारण मांसपेशीलाई आवश्यक पर्ने अक्सीजन नपाउँदा पीठ्यू दुख्ने समस्या आउने गरेको हुन्छ ।
- तनाव कम गर्नु सबैभन्दा उचित हुन्छ । डिप्रेसनले पनि कम्मर दुख्ने वा पीठ्यू दुख्ने समस्या बढाएको हुन्छ । आफूलाई सकेसम्म तनाब मुक्त गराउने ।
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।
१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।
तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।
२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।
३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।
तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।
५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।
६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
७. पिएमएसबाट गुज्रन्छन्
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।
८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।
९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।
१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य – कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।
-स्वास्थ्य खबरपत्रिकाबाट
रातो घर,काठमाण्डौ। जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन
अर्को पुरुषसँग कुरा गरेको
पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु पुरुषसँग घुलमिल भएको मनपर्दैन । प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन् ।
परिवारका विषयमा टिप्पणी
पुरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ । यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन । यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् । महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ ।
महिलाका कुरा
पुरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन । उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ । महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ । त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन् ।
इगो प्रब्लम
धेरै पुरुषसँग इगो प्रब्लम हुन्छ । उनीहरु कुन काम पुरुष को र कुन काम महिलाको भन्ने ध्यान राख्छन् । उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने । महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पुरुषमा हुन्छ ।
केयरिंग नेचर
पुरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन । उनीहरुको सानो–सानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ । तर यस्तो व्यवहार पुरुषलाई सधैँ मन पर्दैन ।
भावना बुझ्नुहोस्
पुरुषहरुलाई निर्देशन दिएको मन पर्दैन । त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाई–बुझाई फकाएर काम गर्नुपर्ने हुन्छ ।
रातो घर, काठमाडौँ । बजारमा पाइने तयारी खानाले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यस्ता खानेकुरा खानबाट जोगिनुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
राजधानीमा पोषणका लागि नागरिक समाज सञ्जाल (सिसान)ले आयोजना गरेको छलफलमा बालरोग विशेषज्ञ तथा पोषणविद् डा रमेशकान्त ढकालले बालबालिकालाई बजारमा पाइने तयारी खानेकुरा खुवाउँदा उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले घरमा उपलब्ध खानेकुरा खुवाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले बच्चालाई बजारमा उपलब्ध खानेकुरा खुवाउने चलन फेसनका रुपमा चलेको छ, त्यसले पार्ने असरका बारेमा अभिभावक सचेत नहुँदा बच्चाको वृद्धिविकासमा समेत नराम्रो असर पारिरहेको छ ।”
बजारमा पाइने जङ्क फुडले बच्चालाई मात्र नभई ठूला व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको तर त्यसले विभिन्न रोगलाई निम्तो दिइरहेकाले यस्ता बजारिया खानेकुरा प्रयोगलाई न्यूनीकरण गर्न सबैमा जनचेतनाको आवश्यक भएको उहाँले स्पष्ट पार्नुभयो ।
खाद्य गुणस्तर तथा गुण नियन्त्रण विभागका पूर्णचन्द्र मिश्रले अहिले बजारमा पाइने खानेकुराको लोभलाग्दो विज्ञापनले मानिसलाई बजारमा पाइने खानेकुरामा आकर्षित गरेकाले स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थको प्रचारपसारमा न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी एन–प्याब्सनका अध्यक्ष हर्क शाहीले विद्यालयमा बच्चालाई खाजा पठाउँदा घरमै बनाएर पठाउन झन्झट मान्ने र बजारिया खाजा पठाउने गरिएकोमा त्यसलाई रोक्न अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
सिसानका अध्यक्ष डा उमा कोइरालाले अहिले घरमै उपलब्ध खाद्य सामग्रीबाट तयार पारिएको खानेकुरा खाने चलन हट्दै गएको र बजारमा स्वाद बढाउन विभिन्न मिसावट गरी तयार पारिएका खानेकुरा खाँदा चाहिने पोषणको कमी हुँदै विभिन्न रोगको खतरा बढ्दै गएकाले सचेत हुनुपर्ने समय आइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “हामी आजभोलि घरैमा उपलब्ध मकै, भटमास, रोटी सागपात खानुको साटो बजारमा पाइने मःमः, चाउमिन, पिज्जा, बर्गरजस्ता खानेकुरा खानुलाई आफ्नो हैसियत देखाउने कुरासँग जोडेर हेर्छौं तर ती खानेकुरा खाँदा स्वास्थ्यमा पार्ने प्रभावका बारेमा सचेत छैनौँ ।”
सरकारले तयारी खानेकुराको अनावश्यक बढाइचढाइ गरिने विज्ञापनलाई रोकी पोषणयुक्त खानेकुरा खान जोड दिने खालका जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने कार्यक्रममा सहभागीले जोड दिएका थिए । रासस
डा. राजेन्द्र भद्रा
लिङगको योनिमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुÈमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ ।
यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण । यौनसम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।
प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुÈ तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हु“दा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।









