विजय थापा:
रातो घर, सम्बन्ध व्यक्तिगत जीवनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । अब अमेरिकामा मात्र पत्नीले पतिलाई धोका गर्ने मात्र नभएर हाम्रो मुलुकमा पनि यसको रोग बेतोडसँग झ्याङ्गिन थालेको छ । बैबाहिक जीवनको गाँठोमा बाँधिएको केही समयमा नै महिलाले पारपाचुके माग्ने नेपालमा प्रशस्त हावा चल्न थालेको छ । पति तथा ससुरालीसँग मनग्गे पैसा लिने र अर्को विवाह गरी विदेश हानिने अब सामान्य हुन थालेको छ । र, पुरुषले पनि पत्नी हुँदाहुँदै अर्की ल्याउने प्रचलन बढ्न थालेको छ ।
विश्वमा महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथ्यांकले देखाएको छ । दुईमध्ये एकले आफ्नो सम्बन्धमा असन्तुष्टि देखाउँदै जीवन अग्रगामी दिशामा जान नसक्ने भविष्य देखेपछि दुई ध्रुब फर्कने निधो गर्ने चलन समाजमा बढ्दो अवस्था भैरहेको छ ।
बिवाहित रहेका जोडीमध्ये एकले धोका दिनेपछि यस्तो घटनाचक्र बढ्न थालेको छ । जोडीले अर्कोसँग प्रेम चक्करमा परी डेटिङ्ग गर्ने सुरुवात गरेपछि समस्या उत्पन्न भएको देखाएको छ । तथ्याङ्क अनुसार महिलाहरुले समग्र प्रतिशतमा पुरुषहरू भन्दा तुलनात्मक रुपमा अधिक धोका दिने गरेको पाइएको छ भने बिबाहित पत्नी या संगै लाइफ टुगेदारमा रहेका महिलाले ज्यादा विश्वासघात गरेको देखाएको छ ।
ब्रम्हाण्डभर १७ प्रतिशत यही बिश्वासघातको कारण बैबाहिक जीवनको सम्बन्धबिच्छेद हुने गरेको पाइएको छ । जसअनुसार प्रत्येक १ सयमा १७ जोडीले सम्बन्धबिच्छेद एक अर्कामा धोका दिने गरेको कारण हुन् पुगेको छ ।
५० देखि ६० प्रतिशत जुन महिलाहरु ज्यादा महानगरी क्षेत्र ,घनाबस्ती, ठूला शहर या अहोरात्र चलायमान हुने शहरमा बसोबास गर्ने महिलाहरुले धोका दिने गरेको स्वीकार गरेका छन् । आश्चर्यको तथ्यांक यो रहेको छ कि बिबाहित जीवनमा रहेका करिब ४५ प्रतिशत महिलाहरुले बिश्वभरमा आफ्ना पति–प्रेमीलाई धोखा दिने ज्यादा सम्भावना रहेको छ ।
अमेरिकाको नेशनल ओपिनियन रिसर्च सेन्टरले २०१० मा गरेको सर्वेक्षण अनुसार पुरुषहरुले धोका दिने २१ प्रतिशत यथावत रहेको परिणाम निकालेको छ भने महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४.७ प्रतिशतले बृद्धि भएको देखाएको छ भने अझ यो बृद्धि प्रत्येक बर्ष फराकिलो हुँदै आएको देखाएको छ ।
अमेरिकाको प्रसिद्ध टेलिभिजन फक्सका निर्माताले गरेको एक सर्वेक्षणमा हाल किन महिलाहरुले ज्यादा धोका दिन्छन् यदि हो भने किन भनि राखेको प्रश्न राखेका थिए । बस् तथा स्याकलफोर्डको अध्ययन अनुसार अमेरिकाका ५० देखि ६० प्रतिशत जोडीले जीवनको कुनै कालखण्डमा गएर एक अर्कालाई धोका या बिश्वासघात गर्ने गरेको तथ्य निकालेको छ ।
बैबाहिक जीवनमा बाँधिएको लामो समयपश्चात पुरुष या महिलाले आखिर किन बिश्वासघात गर्ने या धोखा दिने गर्छन त ? र, केहि बर्षदेखि महिलाहरुले धोका दिने क्रममा किन वृद्धि हुँदै गैरहेको छ । यसका कारण यसरी ब्याख्या गरिएको छ:
आर्थिक स्वतन्त्रता
काममा पुरुष तथा महिलालाई समानता भएको कारण महिलाहरुलाई अमेरिकामा आर्थिक स्वतन्त्र बनाएको छ, जस्को कारण महिलाहरु आर्थिक स्वतन्त्र हुन्छन् । जसको कारण महिला कसैको भरोसामा बाँच्न बाध्य हुँदैनन् । महिला कसैको आदेश र नियन्त्रणमा बस्न नचाहने हुनाले परिस्थिति खराब हुँदै धोका दिन सुरु गर्ने देखाएको छ । र, नेपालमा पनि महिला आत्मनिर्भर, शिक्षित तथा सशशक्तिकरण भएकोले अहमता बन्दै दुईतर्फ मुख फर्कने सरल रुपमा लिने भैसकेको अवस्था पनि देखा परेको छ ।
शारीरिक सन्तुष्टि
शारीरिक सन्तुष्टिको ख्याल नगर्ने र इच्क्षाहरु पूर्ति नगर्ने अवस्थाको सिर्जना भएपछि यसमा महिलाहरु साबधान रहन्छन । महिला तथा पुरुषका शारीरिक आवश्यकता तथा आनन्द फरक हुन्छ । जसको कारण त्यो प्राप्त गर्न पनि कैयौँ महिलालाई धोका दिन बाध्य गराउँदछ ।
आत्मसम्मानलाई प्रोत्साहन
कैयौँ महिलाले आफ्नो आत्मसम्मानलाई प्रोत्साहन गर्न आफ्नो जोडीलाई धोका दिने गर्छन । पुरुषलाई बिश्वासघात गर्नु या धोका दिनु र अर्कैलाई ध्यान दिने गर्नाले महिलाले आफूलाई महत्वपूर्ण तथा शोभायमानको अनुभूति गर्दछन् ।
भाबुकताको जरूरत
सम्बन्ध स्थापित भएको एक निश्चित समयपछि हरेक कुराको बिषयमा एक अर्कामा हिस्सा गर्नुपर्ने हुन्छ । र, चर्चा गर्नुपर्ने हुँदाहुँदै मन्द बिन्दुमा त्यो नहुन जाँदा अलिक संचारको कमी हुन जान्छ । बिबाहित महिला जो अत्याधिक समय घरमा बिताउने हुनाले उनीहरु दिक्दार तथा उदास हुन्छन् । उनीहरु पिंजडामा कैद भएको महसुस गर्छन् । र, त्यो भाबुकताको जरूरत प्राप्त नगरेपछि नयाँ कथासंगै नयाँ पुरुषसँग प्राप्त गर्ने हुन्छन् । पुरुष बाहिर मात्र हिड्ने र महिला चाँहि घरको चार दिवारमा बस्नुपर्ने सोचिदिंदा कुरा गडबड हुने र सम्बन्ध बिच्छेद हुन् पुग्दछ ।
केवल भाबुकताको आवश्यकतालाई प्राप्त गर्न मात्र धोका दिने र उक्त कुरा नयाँ व्यक्तिसँग पाउने भएकोले महिलाहरु पुरुषको तुलनामा ज्यादा धोका दिने गरेको देखिएको छ ।
सम्बन्धविच्छेद रणनीति
धोका दिने महिलाले अपनाउने सबैभन्दा साधारण तथा सामान्य कारण हो, सम्बन्ध । बिबाहित महिला भैरहेको सम्बन्ध टुटाउन चाँहदैनन् । भयभित हुने हुन्छन् । जब महिलाले सम्बन्ध टुटाउन चाहना राख्दछन् अनि महिलाबाट पति या प्रेमीलाई धोका दिन सुरु गर्ने गर्छन् । यदि महिलालाई पुरुषले अरु कोहीसँग रंगेहात पक्राउ गरे भने त्यहीँ सम्बन्ध टुक्रिन्छ । यदि पक्राउ भएन भने प्रेमीसंग सौभाग्यशाली भएको अनुभूति गर्दछन् ।
बैज्ञानिक कारण
सुन्दरी महिलाको चुलबुले तथा धोखापूर्ण प्रवृति बैज्ञानिक कारणबाट ब्याख्या यसरी गरिएको छः जुन महिलाको आकर्षित अनुहारका कृतिहरु जस्तै गालाको ठुलो हड्डी तथा अति मिलेको मुखाकृति बनावट नै महिलाको शरीरमा हर्मोन ईस्ट्राडिओल ज्यादा मात्रामा भएको हुन्छ । जुन महिलाको गर्भाशयको हर्मोन हो ।
जसको कारण महिलालाई ज्यादा आत्मविश्वासी, ज्यादा सुन्दरीको साथै ज्यादा उर्वर भएको अनुभूति आन्तरिक रुपमा गराउँदछ। सुन्दरी महिलाहरु अत्याधिक परिणाममा ईस्ट्राडिओल भएको कारण शरीरमा आत्मविश्वास बढ्ने र जसको कारण असन्तुष्टि देखाउँदै आफ्नो पति या प्रेमीलाई धोका दिने गरेको पाइन्छ ।
हाम्रो समाजमा पुरुषहरुले मात्र आफ्ना पत्नी या प्रेमिकालाई धोका दिने र बिश्वासघात गर्ने भन्ने कुरा पूर्ण रुपमा गलत तथा असत्य हो भने कैयौँ महिलाले पनि आफ्ना पति या पत्नीलाई धोका दिएको कैयौँ प्रमाण तथा उदाहरण अमेरिकामा छन् ।
महिलाहरु पहिलाको तुलनामा काममा ज्यादा देखिन्छन् र पुरुषसँग उनीहरु संगतमा पर्ने हुन्छन् । अहिले पुरुषहरु घरमै काम गर्ने र महिला बाहिर गएर काम गर्ने पनि परिपाटी भएको कारण पनि त्यहाँबाट पनि महिलाले चिटिङ गर्ने गरेको पाइएको छ ।
त्यसको अतिरिक्त सामाजिक सञ्जालको माध्यमबाट सरल रुपमा धोका गर्न सजिलो बनाइदिएको सर्वेक्षण र अन्तर्वार्ताले देखाएको छ । धेरै महिलाले चलचित्रमा गरिएको प्रेम र रोमान्चकको कारण यस्तै परिकल्पना गर्ने समेत गरेको तर वास्तविक बैबाहिक जीवनमा त्यो यथार्थतामा नपाउने हुनाले त्यहाँबाट पनि बिश्वासघात गर्ने गरेको कबुलेका छन् ।
महिलाहरुले वास्तबमा दिलैदेखि भावनात्मक रुपमा जोडिएको पुरुषलाई मन पराउने हुन्छन् । पुरुष धोकेबाजले गरे जस्तै महिलाले पनि बिबिध कारणले धोका दिने गरेको सर्वेक्षणले देखाएको छ । उनीहरु आकर्षित भएको अनुभूति गर्न चाहन्छन ,जवान हुन् चाहना राख्नुको साथै भावनात्मक रुपमा सम्बन्ध राख्न चाहन्छन। अमेरिका र बिश्वमा दम्पत्तीले यसरी एक अर्कामा धोका दिने गरेको तथ्यांकले देखाएको छ भने यसले नेपाली समुदायलाई कति प्रतिशतले छुन्छ त्यो पनि सोध र अनुसन्धानको बिषय पनि हुन् सक्छ । यस कुटनीतिमा भित्र तपाई र हामी कतै संलग्न त छैनौ ? यसले नेपाली समुदायमा कस्तो सन्देश दिन्छ ? त्यो नेपाली समुदाय र नेपाली समुदायका सदस्यले घोत्लिनु पर्ने हुन्छ ।
वैयक्तिक स्वतन्त्रता तथा व्यक्तिगत मामलाको कुरा हुन् । निजी जीवनका मुद्धाहरु हुन् । यो एउटा तथ्य मात्र पस्किने जमर्को गरिएको हो । कुनै पनि महिला या पुरुषको चरित्रप्रति प्रश्न उठाउने उद्देश्यले कलम चलाइएको हैन । कुरा दोचार्ने नियत पनि कदापी हैन ।
कसैको चियोचर्चो गरी कालो कर्तुत पर्दाफास गर्ने अभिप्राय पनि हैन । धोका दिने सोचाइको कहिले अन्त्य हुदैन । जस्को कारणले पुरुष या महिलाको मन तथा हृदय टुटदछ । जस्ले जटिल तथा अप्ठ्यारो अवस्था निम्त्याइदिन्छ ।
रातो घर, गुगल ब्वाइको जन्मकुण्डलीको नाम के हो मलाई थाहा छैन । उनका अभिभावक कहाँ के गर्छन्, त्यो पनि थाहा छैन । तर, आफ्नो सन्तानको माया कति लाग्छ, राम्रोसँग महशुस गर्न सक्छु । गुगल ब्वाइलाई काँडाले त के, फूलले अल्झायो भने पनि उनका बाबाआमालाई धेरै पीडा हुन्छ । यतिखेर म काँडा वा फूल बन्न खोजिरहेको छैन ।
प्रथमतः म गुगल ब्वाइको शिघ्र स्वाथ्य लाभको कामना गर्न चाहन्छु । उनी चाँडै निको हुन् । आम बालबालिकाहरु जस्तै हिँडडुल गरून् । शारीरिक र मानसिकरुपमा पनि तन्दरुस्त बनुन् ।
यस्तो कामना मैले मानवीयताको नाताले मात्रै गरेको होइन । आवश्यक परेको खण्डमा उनको उपचारका लागि सहयोगार्थ अभियानमा संलग्न हुनसमेत तयार छु म ।
तर, करोडौं रुपैयाँ राज्यको ढुकुटीबाटै गुगल ब्वाइका नाममा खोलिएको प्रतिष्ठानलाई दिनुपर्ने किन ? ओली सरकारको यो व्यवहार एकदमै पक्षपाती हो । झट्ट सुन्दा यो कुरा असन्तुलितजस्तो लाग्न पनि सक्छ । तर, भावनामा बहकिएर दिलबाटै सोच्यो भने मात्र यो कुरा असन्तुलित हो भन्ने बुझ्न सकिन्छ ।
दृष्टिकोणका आधारमा, दिमाखबाट सोच्यो भने यो कुरा सन्तुलित लाग्न सक्छ । र, यो कुरा गुगल ब्वाइका बाबाआमाले पनि स्वीकार्नुपर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् । र, देशमा भूकम्प पीडितका बालवालिकाको अवस्था के छ भन्ने उनीहरुलाई पनि राम्रैसँग थाहा छ ।
के कुरा स्वीकार गर्नुपर्दछ भने जनताले तिरेको कर गुगल ब्वाइको प्रतिष्ठान सञ्चालनका लागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकमको एउटा परिवारलाई दिइनु उचित होइन । राज्यले आम नागरिकलाई गर्ने सहयोगका सीमाहरु पक्कै हुन्छन् ।
असल नागरिकको कर्तव्य त राज्यलाई बाटो देखाउने हो । तर, गुगल ब्वाइको परिवारले शक्ति र सम्बन्धको फाइदा उठाए ।
गुगल ब्वाइ निर्दोष छन् । दोषी त सरकार छ । गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारजनले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरण छन् । समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एक/एक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।
राज्यले स्थापित गराउन खोजेको समाज ‘भविष्यवाणीको हो ?
म भविश्यवाणीमा विश्वास गर्दिँन । मजस्ता लाखाैं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भजिश्यवाणी-शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो यो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिन्छ । राज्यको चिन्तन उजागर गर्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्रीप्रति आस्था जगाउन प्रेरित गर्छ, ओली सरकारको यस्तो पुस्कारले ।
म गुगल ब्वाइलाई ‘कथित गुगल ब्वाइ’ भन्छु । र, म उनलाई रोगी पनि भन्दिँन । उनी अरुजस्तै शारीरिकरुपमा अशक्त बालक मात्र हुन् । उनको फरक क्षमताको जो चर्चा हुने गर्छ, त्यो चलाख मानिसहरुको प्रपोगाण्डा हो भन्ने लाग्छ । फरक क्षमताको मापदण्ड के हो ? नागरिकको फरक क्षमताको मापदण्ड निर्धारण गर्ने निकाय कुन हो ?
मानिलिनुहोस् ‘गुगल ब्वाइ’ अशक्त बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? किनभने उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारलेे करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्छ ।
यो तर्क पूर्वाग्राही लाग्यो भने अर्को तर्क गरौं । जस्तो कि राज्यको तर्फबाट नागरिकको उपचारका लागि गर्ने सहयोगका बारेमा चर्चा गरौं । कति रुपैयाँसम्म सहयोग दिने संबैधानिक अधिकार वा नियमावलीमा व्यवस्था छ ? जस्तो कि २ लाख, ५ लाख, वा १५ लाख ? कि प्रधानमन्त्रीको तजबिजी भएमा जति पनि निकाशा गर्न सकिन्छ ?
मन्त्रिपरिषदले नै निर्णय गरेर १ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुको औचित्य पुष्टि भविश्यवाणी गरेका आधारमा हुन सक्दैन । भविश्यवाणी राज्यले प्रवर्धन गर्ने विषयवस्तु पनि होइन । यस्तो रुढीवादी कार्यलाई त निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने थियो । तर, हामी कुन युगमा छौं भन्ने कुरा ओली सरकारले थाहा पाएन । यो हाम्रो भविश्यका निम्ति खराब नजिर बन्न पुगेको छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन्
भूइँचालो पीडितलाई पाखा, गुगल ब्वाइलाई काख
भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा महिनौं संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई १ करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा चुँ बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् । भूइँचालोको झुपडी बदर हुन्छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन् । यता ओली पण्डितको सोच भविश्यवाणी गर्न पट्टि छ ।
गुगल ब्वाइका कारण भूइँँचालो पीडितले राहत पाएनन् भनेर उनका आमाबाबालाई यो सन्देश सुनाउन खोजेको होइन । यदि उहाँहरुलाई यस्तो भ्रम परेमा म ह्रदयदेखि नै माफी चाहान्छु । पि्रय बालकप्रति पनि विनम्रताका साथ माफी चाहान्छु । मैले राज्यको सोच र प्रवृत्तिको कुरा गरेको हो । किनभने त्यो एक करोड रुपैयाँमा म जस्ता नेपाली नागरिकको हिस्सा र अधिकार छ । र, यो निर्णय गर्ने ओली सरकारलाई भूइँचालो पीडितहरुले माफी दिन सक्ने छैनन् । भूकम्पमा बुबा आमा गुमाएर टुहुरा बनेका बालवालिका र तिनका मृत आमाबुबाहरुले पनि माफी दिने छैनन् ।
जसरी हजाराैं भूईँचालो पीडितहरुलाई बस्ने घर बनाउनका लागि व्यक्ति-व्यक्ति मिलेर करोडौं रुपैयाँ संकलन गरियो, त्यसैगरी गुगल व्बाइको उपचारका निम्ति विश्वभर सहयोग संकलन गर्न सकिन्थ्यो । अरु धेरैले यसै गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । तर, ‘गुगल ब्वाइ’ माथि यो समान्य नियम लागेन र उनलाई राज्यले देवताको जस्तै व्यवहार गर्यो ।
राज्यले आफ्ना नागरिकलाई गच्छेअनुसार सहयोग गर्नुपर्छ । तर, बन्धकी बस्न मिल्दैन । असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ-आफ्ना मत छन् । मेरो कुरा गर्नुहुन्छ भने म त यसलाई प्रपोगाण्डा ठान्दछु । केही गडबड छ भन्छू । र, अधिकांशले यस्तै भन्ने गर्छन् । त्यसो त सबै मानिसभित्र कुनै न कुनै असाधारण क्षमता लुकेकै हुन्छ । तर, के ती सबैलाई राज्यले जनही एक-एक करोड रुपैयाँ वितरण गर्न सक्छ ?
फरक क्षमता भनेको हावादार भविश्यवाणी हुन सक्दैन । फरक क्षमता वा असाधारण क्षमताका रुपहरु अनेक छन् । जो न्यानो लुगा र औषधिको अभावमा अकालमै मरे, हाम्रो नजरमा उनीहरुमा पनि फरक क्षमता हुन सक्छ ।
शंकाको घेरा
गुगल ब्वाईको परिवारको आर्थिक हैसियत के हो ? ओलीसँगको सम्बन्ध के हो ? यस्ता कुरा बाहिर ल्याउने मिडियाहरुको सरोकार के हो ? यस्ता प्रश्नहरु पनि उठ्न सक्छन् । भविश्यवाणीजस्तो काइते कुरा राज्यको प्रथामिकतामा किन पर्यो ? अमेरिका पुगेर उपचार गराउँदासमेत किन रोग पत्ता लागेन ?
सरकारले फरक क्षमता भएका बालबालिकाहरुका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्न सक्छ । तर, योजनाअनुसार सामुहिकरुपमा । यसका लागि बालविकास केन्द्रहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छ । र, यी सबै योजनाअनुसार नै सञ्चालित हुन्छन् । तर, गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ सिस्टम ?
भविश्यवाणी गर्ने असाधारण क्षमता भएको बाहनामा राज्यको ढुकुटीमार्फत करोडौं रूपैयाँ खर्च गर्ने काम विभेदकारी छ । यसलाई राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गर्न सकिन्छ । किनभने विश्लेषणको आधार नै यस्तै प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने लाग्छ । यो पहुँचका आधारमा गरिएको जातीय लुट हो ।
आज हजाराैं मधेसी दाजुभाइका बालबच्चाहरु कालाजार, औंलोका कारण बितेका छन् । उनीहरुले सामान्य औषधिसमेत सेवन गर्न पाएका छैन्न । हजारौं हिमालका सन्तानहरु निमोनियाका कारण मर्छन् । उनीहरुले न्यानो लुगा पनि पाउँदैनन् । कर्णालीमा झडापखाला जस्तो सामान्य स्वास्थ समस्याको औषधिको अभावमा महामारी फैलिन्छ, त्यहाँ सरकारको ध्यान जाँदैन ।
तर गुगल ब्वाइ किन प्राथामिकतामा परे ? यो कुरा शंकाको घेरामा छ । सामाजिक सञ्जालमा अनेक प्रश्न उठेका छन्, जुन स्वाभाविक छ ।
सरकारमा रहेको राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, वा नातापाता वा जिल्लावासी भएका आधारमा गुगल ब्वाइको हैसियत कुनै एक उत्पीडित थारूको सन्तानको भन्दा माथिल्लो भनेर मान्न सकिन्न । व्यक्तिगत स्वार्थका लागि राज्य कोष ब्रहमलुट गर्नेहरुलाई राष्ट्रघाती एवं भ्रष्टाचारी मान्न सकिन्छ ।
कामचलाउ सरकारको कुकर्म
वैधानिकताको लक्ष्मण रेखा पार गरिसकेको ओली सरकार अब नैतिकरुपमा सरकार होइन । नयाँ सरकार निर्माणको समीकरण बनिसकेको अवस्थामा औपचारिकरुपमा मात्रै ओलीले पद त्याग्न गर्न बाँकी छ । असमान्य अवस्थामा बाहेक यस्तो काम चलाउ अवस्थामा कुनै पनि सरकारले महत्वपूर्ण निर्णय गर्दैनन् । गरे पनि त्यो अराजनैतिक हुन्छ, वैधानिक हुँदैन ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले
जाँदाजाँदैको समयमा कथित गुगल ब्वाइलाई संरक्षण गर्न भनेर सरकालेर छुट्टाएको एक करोड रुपैयाँ अराजकता र भ्रष्टाचारको कडी हो । यसले सम्पूर्ण नेपालीहरुको भावनालाई न्याय दिन पनि सक्दैन । बरु विभेद र असमानता नयाँ प्रारूप तयार गर्दछ । ओली सरकार मूलतः विभेदकारी छ भन्ने कुरा मधेसमा गोली खाने निर्दोष बालकको परिवारलाई नहेर्नुबाटै बुझिन्छ ।
सायद ओली प्रधानमन्त्री नहुँदै गुगल ब्वाइले सही भविश्यवाणि गरेका थिए । बक्सिस स्वरुप एक करोड हो भने पनि त्यो गलत नै हुन जान्छ ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले । त्यसैले यी सबै कुरा अपवादमा मेल खाने अनूभुतिजन्य विषय मात्रै हुन् ।
उनले हातले अनेकभाँती लेख्ने कुरा पनि शंकाको घेरामा छ । उनी स्कुल नगए पनि घरमा पढेका हुन सक्छन् । सांकेतिक भाषाको पढाइ गरेको हुन सक्छन् । बोल्न नसक्ने चर्चित साहित्यकार झमक घिमिरे पनि लेख्छिन्, उनले पनि विद्यालयको ढोका टेकेकी छैनन् । तर, झमकले आफूलाई कहिल्यै ‘दैविक’ दाबी गरेकी छैनन् ।
मैले गुगल ब्वाइको उपचार नहोस् भन्ने एकप्रतिशत भावना बोकेको रहेंछु भने गाईको मासु खाए समानको पाप लागोस् । पि्रय निर्दोष बालकप्रति सदभाव राखेर राज्यले गरेको विभेद, एकल जातीय पृष्ठपोषण अनि उनको परिवारले प्रश्रय दिइरहेको भाग्यवादी चिन्तनका बारेमा सैद्धान्तिक असन्तुष्टि राखेको हुँ ।
किनभने विसंगति र विकृतिको विरुद्धमा बोल्न र सोच्न छाडेपछि मानिसहरु मर्छन् । जिवितै भएर पनि जब मानिसहरु बोल्न र सोच्न छाड्छन्, ती पनि मरे समान हुन्छन् । म मरे समानको हुन चाहान्न ।
साभार: अनलाइन खबर
रातो घर, प्रधानमन्त्री केपी शर्मा ओलीले माखेसाङलोदेखि रुखबाट आँप खसेको जस्ता बचन लगाउनुभयो । यसले मधेसमा एन्टी ओली सेन्टिमेन्ट बढाएको थियो । त्यसैले यो सरकारलाई रिप्लेस गर्दा मधेसले सहज र सकारात्मकरुपमा लिएको पाइन्छ ।
तर, यो गठवन्धनबाट अहिले नै हामी सबैथोक पाउँछौं भन्ने विश्वास बनिसकेको छैन । त्यसैले एक शब्दमा भन्दा ‘इन्ट्रा एलिट ब्याट्रल’को रुपमा लिएको छ । यदि हामीसँग भएका विकल्पहरुमा खराबहरु मात्र छन् भने कुन कम खराब छ खोज्ने हो । र, यो नयाँ गठवन्धनलाई खराबमध्ये कम खराबका त्यसरी लिन सकिन्छ । मलाई त हिजो केही ठाउँमा मानिसहरुले खुसी मनाउँछन् भन्ने पनि लागेको थियो ।
किनभने माओवादीले पहिलेदेखि नै मधेसमा दुई प्रदेश हुनुपर्छ र संविधान संशोधन हुनुपर्छ भन्दै आएको हो । कांग्रेसले पनि मुख्य आधार नै मधेस भएकाले कहीँ न कहीँ मधेसको सेन्टिमेन्टलाई सम्बोधन गर्नुपर्छ भनेर बोलिरहेको थियो । मधेसलाई सम्बोधन गर्नुपर्छ भन्ने दुईवटा शक्ति एकै ठाउँमा आएकाले एउटा आशा जागेको छ ।
भोलि सरकार बनेपछि मन्त्रिपरिषदबाट संविधान संशोधन प्रस्ताव पास गरेर संसदमा दर्ता गर्यो भने यसलाई एक कदम अगाडि मान्न सकिन्छ । भलै, पास होला, नहोला । यदि कसैले त्यस्तो प्रस्तावको विपक्षमा मत दिन्छ भने उ त जनताका सामु एक्सपोज त हुन्छ नि ।
त्यसैले अहिले भएको राजनीतिक घटनाक्रमलाई एक कदम अगाडि र सकारात्मक रुपमा दिनुपर्छ । तर, सबै माग पूरा हुन्छ भनेर खुसी मनाउने अवस्था छैन ।
संविधान बनाउने क्रममा कांग्रेस, एमाले र माओवादी तीनवटै दल एकै ठाउँमा थिए । यी तीनवटै दलहरु मधेसको सवालमा फरक दृष्टिकोण राख्दैनन् भन्ने यथार्थ हो । यो सम्झना पनि छ र, उनीहरुको भूमिका मधेसले बिर्सिएको पनि छैन । तर, पोलिटिकल रियालिटीभन्दा पर भाग्न पनि त सकिँदैन ।
अर्थात खराबहरु मध्ये कम खराब छान्नुको मधेससँग विकल्प छैन । त्यसैले मधेससँग राम्रोको च्वाइस छैन । ‘गुड एमोङ ब्याड च्वाइस’ गर्ने विकल्प छ ।
एन्टी ओली सेन्टिमेन्ट भएको हुनाले यो सरकारलाई जसले च्यालेन्ज गर्छ, त्यसलाई मधेसकेन्दि्रत दलहरुले सहयोग गर्न सक्छन् । बाहिरबाट समर्थनसम्म गर्न सक्छन् । तर, सरकारमा सहभागी नै हुने अवस्था छैन । सरकारमा जानुपर्छ भन्ने मत मधेसको छैन ।
संविधान संशोधन गरेर सीमांकन नसच्याएसम्म सरकारमा जो जान्छ, उसले आफ्नो ‘ग्राउण्ड’ ‘लुज’ गर्ने हो । बरु संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि र मुद्दा सम्बोधन हुने सुनिश्चित भएपछि सरकार जान सक्छन् । तर, अहिले नै सरकारमा जानु भनेको आत्मघाती हुन्छ ।
मधेसका मुद्दाहरु के-के सम्बोधन गर्ने भन्ने अहिले नै कुनै छलफल भएको छैन । तर, मधेसमा दुई प्रदेश हुनुपर्छ, राष्ट्रिय सभा र नागरिकताबारे सच्याउनुपर्छ । र, आन्दोलनका क्रममा भएका हत्या, दमनको छानविनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ भनेर मोटामोटी छलफल भएको छ ।
मलाई के लाग्छ भने सरकार परिर्वतन भएर नयाँ प्रधानमन्त्रीले सपथ लिएपछि वार्ता गर्ने बेलामा यो कुरा उठ्छ । र, त्योबेलामा कहाँसम्मको सीमा समात्ने, त्यो छलफल र बहसको विषय हुन्छ ।
अब मधेसकेन्दि्रत दलहरुसँग छलफल गरेर एउटा समझदारीमा पुगेपछि मात्र संविधान संशोधनको प्रक्रिया अघि बढ्न सक्छ । ओली सरकारले त चिठी पठाउने तर, कुनै कुरा पनि नमान्ने भएकाले सम्वाद नै सुरु हुन सकेको थिएन । तर, अहिले त गभर्मेन्ट फ्रेन्ड्ली भएपछि वार्ता होला । र, एउटा समझदारीमा पुग्न सक्ने वातावरण बन्ला ।
प्रधानमन्त्री आफैंले सम्झौता गर्यो भने क्याविनेटले त्यसलाई ग्रहण गरेपछि संशोधन प्रस्ताव संसदमा जान्छ । मधेसको सन्दर्भमा यो उपयुक्त हुन्छ । र, जनताका आधारभूत एजेण्डा सम्बोधन हुने गरी सम्झौता हुने हो भने मधेसले मान्छ ।
तर, यिनीहरुको पृष्ठभूमि, संविधान बनाउँदाको भूमिका सबैलाई हेर्दा जे भन्यो, त्यही हुबहु मान्ने अवस्था छैन । तर, पहिलाभन्दा मैत्रीपूर्ण वातावरण बनेको छ ।
(अधिवक्ता झासँग कुराकानीमा आधारित)
समीर कुलुङ राई:
रातो घर, दोस्रो जनआन्दोलनताका नेपालमा गणतन्त्र स्थापनालाई गोरुगाडामा अमेरिका पुग्ने सपना भन्ठान्दै खिल्ली उडाउने एउटा अनुदार राजनीतिक पात्र यतिबेला त्यही गणतन्त्र नेपालको ३८औं प्रधानमन्त्री छन् । इतिहासको यो कुरुप सपना हजम गर्न त्यति सजिलो नहोला जति सजिलो तिनै प्रधानमन्त्रीको आलिसान सपनालाई बेजोड सम्भावनाको प्रस्थानबिन्दु ठान्दिनुमा छ । कार्यकालका यी ९ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा आफ्नो फोटो झुण्ड्याउनबाहेक अन्य ठुलो केही उपलब्धि हासिल गरेका छन् भने त्यो उनले दिएका वा दिने गरेका धाराप्रवाह सपनाको अतुलनीय चर्चापरिचर्चा हो । जसको बलमा उनी आफूलाई राष्ट्रवादी र भिजनरी प्रधानमन्त्री सावित गर्न खोज्दैछन र त्यस कार्यमा केही हदसम्म सफल पनि देखिएका छन् ।
कुनै बेला अरुका सपनालाई एउटा सिल्ली मजाक भन्ठान्ने ओली आज आफै त्यस अभिव्यक्तिको एउटा हिस्सा बनिरहेको बेला ‘सपना देखे मात्र साकार हुन्छन्’ भन्नेखालका उपदेशमूलक तर्कहरु मार्फत एमालेजन र अनुयायीहरु ओलीलाई डिफेन्ड गर्दैछन् । काम कम र गफ बढी गर्न रुचाउने प्रधानमन्त्रीले यो बखतसम्म अनगन्ती महत्वाकाङ्क्षी सपनाका फेहरिस्त सुनाइसकेका छन् । जुन अझै थपिने क्रममा छ । धरातलको यथार्थ, राष्ट्रको प्राथमिकता र आम जनताका आवश्यकताभन्दा धेरै टाढा रहेका यी फेयरी टेलजस्तै लाग्ने लम्बेतान लिस्टहरुले आज ओली आफैलाई गिज्याइरहँदा गज्जब त्यसबेला लाग्छ जब ओली र एमालेजनले आफ्नो सत्ता टिकाउन प्रवद्र्धन गरिरहेको राष्ट्रवादी लहडमा लहसिएर केहिले त्यसैलाई विकासको ज्वलन्त नमुनाका रुपमा प्रचार गर्न थाल्छन्, प्रधानमन्त्रीलाई भिजनरी र ड्रिमर नै पनि भन्न भ्याउँछन ! एक जनाले त युट्युबमा #IamWithKPOli भन्ने भिडियो नै अपलोड गर्दिए ।
ओलीको सबैभन्दा विरोधाभाषपूर्ण पाटो भनेको बोली एउटा र व्यवहार अर्को नै हो । कुनैबेला माओवादीलाई देख्नसुन्न नचाहने ओली अहिले आफै प्रचण्डको बुई चढेर प्रधानमन्त्री बनेका छन् । कुनैबेला सामन्तीको टाउकै गिड्न भनी हिँडेका उनी दसवर्षे रक्तिम युद्ध लडेर आएको पार्टीको निगाहमा सिंहदरबार छिरेर अहिले यसरी गौतम बुद्ध पल्टिएका छन् कि अब सदियौं लामो विभेद, दलन र उपेक्षाले लत्पतिएको उक्त दरबारलाई घेर्ने सेता पर्खालको कुनै एउटा भागमा रातो रङ छ्यापिँदा मात्रै पनि उनको सातो उड्न थालेको छ । उनी बोल्छन् र बोलिरहन्छन् । त्यसरी बोल्नुको कुनै अर्थ वा महत्व नै हुँदैँन । यदि कसैले उनकाविरुद्ध सत्य बोल्ने हिम्मत गर्छ भने त्यो मान्छे सीधै ‘राष्ट्रघाती विदेशी दलाल’ ठहरिन्छ । अझ ‘विदेशी’ रहेछन भने त सीधै Deporting मा पर्ने भए । यसरी जनतालाई मनोरञ्जन र टेलिभिजनरमिडियालाई TRP र Readers Countबढाउने गतिलो स्रोत बनिरहेका ओली देशको प्रधानमन्त्रीका रुपमा बदलिँदो राष्ट्रिय स्वार्थ र जनजीविकाका सवालहरुलाई सम्बोधन गर्न भने पूर्णत असफल देखिएका छन् ।
११ वर्षअघि मुलुकमा गणतन्त्र स्थापना हेतु लाठी गोलीको प्रवाह नगरी सडकमा स्वतस्फूर्त निस्कने नेपालीहरुलाई ‘बयलगाडामा अमेरिका पुग्ने सकिँदैन’ भन्दै गिज्याउने ओली आज त्यहीँ जनलाई गणतन्त्रको परिभाषा र महत्व सिकाउने हैसियतका भइसकेका छन् । राजनीतिमा स्पष्ट अडान राख्न सक्ने नेता भनी चिनिएका उनले यतिका समयमा आफूले टेकेको धरातल नै पनि फेरिसके । जनताको बहुदलीय जनवादबाट पूर्णत महेन्द्रद्रीय राष्ट्रवादमा सिफ्ट भइसके ।
आफ्ना प्रत्येक भाषणहरुमा मधेसवादी र जनजाति र पहिचानवादीहरु र आफ्नो आस्थासँग बेमेल हुने जोकोहीको उछितो काट्ने ओली बेलामौका सबै नागरिक राज्यको नजरमा समान रहेको अर्ती सुझाउन नबिर्सने पनि होइनन् । पहिचान र समावेशिताका मुद्दाहरुमा सुदूरपश्चिम र कर्णालीका पीर व्यथालाई ठूलै इस्यु बनाउने उनले फेरि पनि आफ्ना अतुलनीय सपनाका फेहरिस्तमा भने त्यहाँको विकटता र पछौटेपनलाई पूरै बिर्सेका छन् । मनाङ र मुस्ताङका स्याउ सडक सञ्जालको अभावमा त्यहीँ कुहिरहँदा उनी काठमाडौंलाई मेट्रो ट्रेनमा चढाइदिने सपना देखाइरहेका हुन्छन् । कर्णालीका बाटाहरुमा एउटा बस राम्ररी गुड्न नसकिरहँदा काठमाडौं र पोखरामा मुख चुच्चे रेल गुड्ने परिकल्पना सुनाइरहेका हुन्छन् ।
गत वर्षको विनाशकारी भूकम्पलाई देखाएर फास्ट ट्रयाकमा बनाइएको संविधानले फास्ट ट्रयाकमै प्रधानमन्त्री बनाइदिएका ओलीले शपथ लिँदै गर्दा ती भूकम्पपीडितहरुमा यसअघि काङ्ग्रेस सरकारले देखाएको अकर्मण्यता अन्त्य होला भन्ने ठूलो आशा थियो । जसलाई आजसम्म आइपुग्दा ओलीले नराम्ररी लोप्पा खुवाइदिएका छन् ।
भुकम्पमा परी घरबारविहीन हुन पुगेका पीडितहरु विगत १४ महिनादेखि त्रिपालमुनिको बास छ । ओलीले सत्ता सम्हालेको ९ महिना भयो । उनले शपथग्रहण गरेकै दिनदेखि सबैले उनलाई सम्झाएकै थिए । वर्षात महिना अगावै पीडितहरुको पुनस्र्थापना गर्नुस् । वर्षात सुरु भयो । केपी ओलीले सपनाका चाङ फेरिरहे तर ती पीडितहरुको छानो फेरिएन । १ वर्षमा पुरै नेपाललाई तुइनमुक्त बनाइदिन्छु, लोडसेडिङ पुरै हटाइदिन्छु भनी ३ करोड जनतासामु सम्बोधन गर्न सक्ने ओलीले यो बर्खा सकिनु अगावै ती केही लाख मानिसहरुलाई ओत लाग्ने छानो बनाइदिन्छु किन भन्न सकेनन् ? सुनकोशी पहिरोका विस्थापितहरु पालमा बसेको २ वर्ष भयो । हिन्दरप्रशान्त महासागरमा नेपाली पानीजहाजको सम्भाव्यता अध्ययन गर्न इच्छुक ओली ती विस्थापितहरु अहिले कहाँ, कस्तो स्थितिमा छन् भनी जान्न किन अनिच्छुक देखिए ?
सरकार पूरै बेखबर छ उनीहरुबारे । राज्यको अभिभावक भएको नाताले ती जनको सुरक्षा सरकारको अहम् दायित्व हुनुपर्ने । तर ओली कति चतुर छन् भने आफ्ना सम्पूर्ण असफलतालाई निर्लज्ज ढाक्न विकासवादीको खोल ओढेर सबैलाई गुलिया आश्वासनमा दिनहुुँ भुलाएको भुलाएकै छन् । साथमा दक्षिणतिर एउटा महत्वपूर्ण डम्पिङ साइड बनाएका छन् । जहाँ उनी आफूले गर्न नसक्ने वा नसकेको सारा असफलतालाई सहजै पोख्न, खनाउन सकियोस् । उसै त बहादुर नेपाली, ‘राष्ट्रवाद’ दुबो जसरी मौलाएको यो समयमा उनलाई पत्याउने किन थोर हुन्थे र !
विकास देशको आवश्यकत्ता हो र ओलीले बाँढेका कुनै पनि आश्वासन असम्भव पनि छैनन होला । तर ठुल्ठुला भौतिक संरचना ठड्याउनु मात्र विकास हैन होला नि ? वा हामीले विकासको सटिक अर्थ र महत्व नै पो बिर्सियौं कि ? साधन, स्रोत र आवश्यकता सापेक्ष विकास हो हाम्ले चाहेको । यतिबेला देशको आर्थिक वृद्धिदर घटेर साढे दुई दशक यताकै कम अर्थात ०.७७ प्रतिशतमा खुम्चिएको छ । बजेट कनिका छरेजसरी आएको छ, न त्यो सबैलाई साराबर हुन्छ, न कसको पेट नै भर्छ । ठीक यसैबेला प्रधानमन्त्री भने लगालग अनुत्पादक भौतिक संरचनाको स्वप्न शिलन्यासमा व्यस्त छन् । ग्यासको सिलिण्डर बोकिराख्ने झन्झटबाट मुक्ति पाउने रहर कसको नहोला, तर त्यही ग्यास पनि भएको बेला नपाउने स्थिति छ अहिले ! ठुल्ठुला उद्योग, कलकारखाना जहाँ हजारौं मजदुर कार्यरत छन् । ती इन्धन अभावका कारण पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैनन् । उनले देखेका सबै सपना पूरा गर्न सक्छन् ?
मनमा लागेका कुरा बोलेपछि आफ्नो वचनमा कटिबद्ध हुनुपर्ने हो । ठुल्ठुला आश्वासन पेलेर मात्र देशको विकास हुँदैन । विदेशी अनुदान पनि विकास निर्माणमा खर्च गर्न नसक्ने स्थितिमा अहिले सरकार छ । यदि उनी साच्चै नै भिजनरी थिए भने देशको हालत यस्तो हुने थिएन । १४ महिनादेखि पालमा थन्किएका भूकम्पपीडितहरुको पुनस्र्थापना भइसक्ने थियो । १० महिनादेखि आन्दोलनरत आदिवासी र जनजाति र मधेसीका जायज माग पूरा भइसक्ने थिए । देशमा उद्योग र रोजगारी स्थापना गर्ने सम्बन्धमा उनका कुनै पनि योजना कार्यान्वयनमा ल्याएका छैनन् । उनले देखाएका सपनले मात्र र आकासमा पुल ठड्याएर, मेट्रो ट्रेन चढाएर जनता रातारात धनी हुन सक्दैनन् ।
साभार: रातो पाटी
रातो घर, २१ असार, अभिनेत्री गौरी मल्ललाई जापानमा ‘दुव्र्यवहार’ गरेको विषयमा आरोपी अनोज शाक्यले प्रष्टीकरण दिएका छन् । उनले गौरीसँग गाली आदान प्रदान भएको स्वीकार गरे । तर, आफूले यौनजन्य दुव्र्यवहार गरेको आरोप झूठो भएको शाक्यले बताए ।
गौरीले आफूमाथि शाक्यले महिलाजन्य यौनहिंसा तथा दुव्र्यवहार गरेको भन्दै जापानमा रहेको नेपाली दूतावास र एनआरएन जापानमा एक महिनाअघि उजुरी दिएकी थिइन् ।
यसबारेमा अनलाइनखबरले समाचार प्रकाशित गरेपछि दूतावासले हालै शाक्यलाई बोलाएर सोधपुछ गरेको छ । र, गौरीलाई गालीगलौज गरेको विषयमा शाक्यले क्षमायाचना गरेका छन् ।
अनलाइनखबरको सम्पर्कमा आएका शाक्यले अब माफी माग्नुपर्ने पालो गौरीको भएको बताए ।
‘मैले उहाँलाई गाली गरेकोमा माफी मागेँ,’ शाक्यले भने, ‘अब ममाथि नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पुर्याएकोमा उहाँले माफी माग्नुपर्छ ।’
शाक्यका अनुसार एयरग्रिन नामक जापानी उत्पादनको नेपाली विज्ञापनमा अभिनय गर्न उनले गौरीलाई जापान डाकेका थिए । उनले भने, ‘उहाँले सिंहदरबार टेलिसिरियलबाट हासिल गर्नुभएको लोकपि्रयताका कारण मैले आफ्नो कम्पनीको विज्ञापनमा खेलाउने प्रस्ताव गरेको हुँ ।’
टिकट तथा अन्य खर्चका लागि ३ लाख रुपैयाँ उनले अगि्रमरुपमा गौरीलाई पठाएका थिए । तर, जापान आएपछि गौरीले पूर्वशर्तहरु पालना नगरेकाले विवाद बढेको उनको तर्क छ । ‘उहाँले विज्ञापनमा अभिनय गर्नुभयो, तर अरु जिम्मेवारीहरु पूरा गर्नुभएन,’ शाक्यले भने ।
शाक्यले गौरीसँग आफूले गरेको एउटा सम्झौताको प्रतिलिपि पनि अनलाइनखबरलाई उपलब्ध गराएका छन् । सो सम्झौतामा एशिया फ्रेन्डसिप एसोसिएसनको अध्यक्षका हैसियतमा अनोज र नेपाल ह्युमन डेभलपमेन्ट प्रालीको निर्देशकका हैसियतमा गौरीले हस्ताक्षर गरेका छन् ।
औद्योगिक प्रशिक्षार्थी कामदारका रुपमा जापानमा तालिम लिन जान इच्छुक नेपाली युवाहरुको परामर्शदाताका रुपमा गौरीलाई नियुक्त गरिएको सम्झौतामा उल्लेख छ ।
शाक्यले जापानमा १० दिन गौरी आफूसँगै बसेको बताए । उनले भने, ‘हामी दिदीभाइ जस्तो भएर बसेका थियौं । उहाँसँग लामो सहकार्य गर्ने सोचसहित मैले बोलाएको थिएँ । तर, उहाँले मैले भनेका ठाउँमा नजाने र मैले भनेको नमान्ने गरेपछि हप्काएको हुँ ।’
दुईजनाबीच भनाभन हुँदा दुबैले अपशब्द प्रयोग गरेको शाक्यको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘उहाँले पनि मलाई ‘यु ब्लडीफुल… बास्टर्ड’ भनेर गाली गर्नुभयो, मैले पनि चलनचल्तीका नेपाली शब्दहरु प्रयोग गरेर गाली गरेँ ।’
गौरीसँग आफूले दुईपटक ‘हग’ गर्नेबाहेक अरुबेला ‘टच’ पनि नगरेको अनोजको भनाइ छ । गौरीले यौन दुव्र्यवहारको आरोप लगाउँदा आफू र आफ्नो परिवार प्रताडीत बनेको उनले बताए ।
‘मैले त्यस्तो केही गरेको भए उहाँ जापानको प्रहरीमा जान सक्नुहुन्थ्यो,’ शाक्यले भने, ‘जापानमा उहाँको केटासाथी पनि छ, उसले पनि मलाई बाँकी राख्ने थिएन ।’
शाक्यले आफ्नो कोठाबाट गौरीले भिडियो क्यामरा लिएर हिँडेको र नफर्काएको आरोपसमेत लगाए ।
को हुन् शाक्य ?
ललितपुरको बुङमतीमा घर भएका अनोज शाक्य करिब २५ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी नेपाली कामदारलाई जापानमा बोलाएर तालिम दिने कम्पनीमा म्यानेजमेन्ट कन्सल्टेन्टका रुपमा कार्यरत रहेको बताउँछन् । नेपालमा उनका श्रीमती र दुई छोराछोरी छन् ।
साभार: कुविक एनपी न्युज
साभार: कुविक एनपी न्युज
नाकाबन्दीको समयमा लिफ्ट माग्ने त धेरै हुन्थे तर त्यो दिन म खाली थिएँ। तिमीले लिफ्ट माग्दै गर्दा मैले सरसर्ती तिमीलाई हेरिसकेकी थिएँ। मभन्दा उमेरमा केही सानो थियौ तिमी। खिरिलो शरीर अनि बाल्यपन बाँकी नै रहेको तिम्रो मिजास, म प्रभावित भएकी थिएँ।
बल्खुसम्म तिमीलाई पुर्याउँदा मैले कति प्रश्न सोधेकी थिएँ याद छ? तिमी अवोध बच्चाजस्तै मेरा प्रश्नका जवाफ दिइ रहेका थियौ। एकपल्ट जानी जानी मैले खाल्डोमा स्कुटरलाई हाल्दा तिमीले मलाई च्याप्प समातेका थियौ अनि तुरुन्तै सरी पनि भनेका थियौ। आजकालका जमानामा के निहु पाउँ र केटीहरुको स्पर्श गरुँ भनेर बसेका धेरै पुरुषलाई मैले देखेकी थिएँ तर तिमी त्यस्ता थिएनौ। तिमी साच्चिकै नारीहरुको इज्जत गर्थ्यौ।
तिमीले लिफ्ट मागेको केही दिन अगाडि एउटा पुरुषले लिफ्ट मागेको थियो। आफूलाई पत्रकार हुँ भन्थ्यो। कुरा गर्ने बाहाना खोज्दै थियो। घरिघरि उसका हात मेरो गर्धनमा पुर्याउथ्यो। एकपल्ट त दुबै हातले मेरो कम्मर च्याप्पै समात्यो। सुन्धारा हिडेको भन्दै थियो मैले माइतीघर मै स्कुटर झ्याप्पै रोकेर उत्रिने आदेश दिए। तपाई पनि त्यतै जाने भन्दै हुनुहुन्थो त पुर्याइदिनु न भन्दै थियो। उसलाई उतारेर मैले एक झापड लगाएँ अनि स्कुटर सुन्धारातिर हुइक्याएँ।
तर तिमी त्यस्ता थिएनौ। तिमी केटा र केटीलाई समान ठान्थ्यौ। तिम्रो कुराले म तिमीसँग मित्रता गाँस्न चाहन्थे। तिम्रा आदर्शका कुरा मिथ्या हो या होइन जाँच्न चाहन्थे। त्यसैले त्यो रात म तिम्रोमा बसेँ। तिमी भूईमा सुतेर मलाई तिम्रो ओछ्यान छोडिदियौ। तिमीले तिम्रै कोठामा निर्धक्कसँग सुतेकी पराइसँग पनि आत्मीय व्यवहार गरेकोमा म गौरवान्वित भएँ। मैले लिएको परीक्षामा तिमी सर्वोकृष्ठ ठहरियौ।
त्यो रात तिम्रो कोठामा म निदाउन सकिनँ। तिमीले मसँग अश्लिल व्यवहार गर्यौ भने कसरी बच्ने सोचिरहेँ। हुनत म कराँतेको ब्लाकबेल्ट हुँ त्यसैले पनि केही हिम्मत ममा पलाएको होला। तर पनि बाउले आफ्नै छोरीलाई बलत्कार गरेका अनेकौँ घटना मिडियामा आइरहेको अवस्थामा म तिमीसँग डराउनु स्वभाविक थियो। फेरि एउटा केटा र एउटी केटी रातभर एउटा कोठामा बसेको देख्दा हाम्रो समाजले पचाउन सक्दैन। त्यसमा पनि तिम्रो कोठामा एउटै मात्र खाट थियो। हामी जति पवित्र भए पनि हामीलाई बद्नामीको आँखाले हेरिन्थ्यो। त्यसैले म तिमी र तिम्रा आसपासका अरु उठ्नुभन्दा पहिले नै चुपचाप त्यहाँबाट हिडेेकी थिएँ।
घरमा आएँ तिम्रोबारेमा आमा बुवा र दाइलाई सुनाएँ। उहाँहरु मसँग खुव रिसाउनु भयो। “परीक्षा दिनमै लिए पनि त हुन्थ्यो नि! नचिनेको केटाकोमा रात बिताउनु पर्छ र? ” दाइले झपार्नु भयो।
तिमीले भनेका थियौ नि केटाको स्कुटर पछाडि केटी बस्न हुने तर केटीको स्कुटर पछाडि केटा बस्न नहुने के छ र ?
तिम्रा यी वाक्य मलाई खुव मन परेको थियो। तिम्रो लजालु स्वभाव अनि केटीहरुको इज्जत गर्ने बानीले म तिमीप्रति प्रभावित भएकी थिएँ। त्यही कुरा उहाँहरुलाई सुनाएँ।
त्यसपछि मेरो दाइ तिम्रो पछि लाग्नु भयो। तिम्रो बारेमा धेरै कुरा बुझ्नु भयो। मेरो घरमा तिमीलाई सबैले चिन्नु हुन्छ।होलीको दिनमा तिमी त्यहाँ छौ भनेर दाइले नै मलाई बताउनु भएको थियो। अनि त म त्यहाँ आएर तिम्रो आँखा छोपेकी थिएँ। दाइ हाम्रो सामुन्ने उभिएर मुसुमुसु हाँसि रहनु भएको थियो।
तिमी किन त्यति धेरै डराएको नि? मलाई देख्ने बित्तिकै तिम्रो त सासै रोकिएको थियो। अनि किन होली नखेलेको? रङ्गसँग तिमीलाई एलर्जी छ?
म पनि कहिल्यै होली खेल्दिन। मलाई नानाथरीका रङ्गसँग एलर्जी छ। त्यो दिन त तिम्रो छेउमा आइपुग्दा दाइले नै रङ्ग लाइदिनु भएको थियो ता कि तिमीलाई शङ्का रहोस् भनेर।
त्यो दिन कफि सप बन्द भएकोमा म भित्र भित्रै दङ्ग थिएँ। त्यही निहुमा त मैले तिमीलाई घर ल्याउन पाएँ नि ! तिमीलाई कफी खुवाउँनासाथ फर्कि हाल्छौ भनेर खाना नै बनाउन थालेँ। मैले बनाएको खाना तिमीले कति मिठो मानेर खायौ म भित्रभित्रै खुसी भएँ। खाना मिठो लागेपछि प्रशंसा गर्न पनि मैले सिकाउनु पर्छ र? खुलेर खाना मिठो भयो किन भनेनौ?
हो त्यो समयमा पनि मैले तिम्रो परीक्षा लिएको थिएँ। अरु कोठा हुँदाहुँदै मेरो कोठामा नै तिमीलाई सुत्ने आग्रह गरेँ। तिमी भूईमा लुसुक्क सुत्दा मलाई चाँही निद्रा लागेको थियो र? तिमी बिस्तारै बाहिर गयौ। फर्किने आसमा म पर्खी रहेँ। तिमी त पर्खाल नाघेर पो भागेछौ।
तिमीले लिफ्ट मागेर तिम्रो घरसम्म पुर्याउदा चाहीँ सहयोग ठान्ने तर मैले मेरो घर ल्याएर खाना खुवाएकोमा अपहरण भएको पो ठानेछौ। तिमीले अन्जान मै भए पनि मेरो मन चोर्यौ। के म तिमीलाई चोर ठानूँ?
म त तिमीलाई माया गर्न थालिसकेकी छु। के तिमी मलाई माया गर्न सक्छौ? मैले सजिलै ‘तिमी’ भनेर सम्बोधन गर्न सक्छु तर तिमीले अहिले पनि तपाई भन्छौ। हाम्रो बिहे भयो भने त अनौठो सम्बन्ध होलाजस्तो छ नि ! तिमी पत्नीलाई ‘तिमी ‘ भन्ने कोशिस गरिरहनु, म पतिलाई ‘तपाई’ भन्ने कोशिस गरिरहुलाँ।
मेरी आमा भन्नु हुन्छ – “यसले दु:ख पाउने भई। डेरामा बस्ने केटो, त्यो पनि बिद्यार्थी । कहिले पढाइ सक्काउनु ? कहिले जागिर खानु? अनि कहिले घर बनाउँनु ? जिन्दगीभर दु:खैदु:ख मात्र। त्यो भन्दा त हिजो अस्ती कुरा आएको केटोसँग बिहे गरे हुने। काठमाण्डौमा बाउबाजेको त्यत्रो सम्पति छ। केटो पनि जागिरे छ। तँभन्दा उमेरले पनि छिप्पिएको छ। त्यो भरखरको भुरोसँग के बिहे गर्नु नि?”
बुवा भन्नु हुन्छ – “अभागीलाई धानको भात काँहा पच्छ र? ओठ निचोर्दा दुध आउने बालखसँग के गरुलाँ भन्दी हो खोई ? लोग्नेले स्वास्नी छोराछोरी पालेको त थाहा थियो तर स्वास्नीले लोग्ने छोराछोरी पालेको देख्नु पर्ने भो।”
दाइ भन्नु हुन्छ -” केटो पढेलेखेको छ। इमान्दार पनि छ। यसलाई मन पर्यो भने गरोस् न त बिहे। दुबै मिलेर गरिखालान् नि !”
तिमी चाहीँ के भन्छौ ? के तिमी पनि मलाई मन पराउछौ? तिमीलाई हिम्मत छ समाजको सोचाइ परिवर्तन गर्ने? तिमीलाई थाहा छैन होला म तिमीभन्दा जेठी छु। तिमीभन्दा केही मोटी पनि छु। हाम्रो समाजमा जेठी केटी बिहे गर्ने चलन छैन। के तिमी जेठी र मोटी केटीसँग बिहे गर्न सक्छौ?
तिमीलाई मेरो दाइ को होला भन्ने जिज्ञासा लागेको छैन? छ भने सुन- तिम्रो एम एस सीको कक्षामा तिमीलाई सबैभन्दा मन पर्ने प्रोफेसर को हो? अब त चिन्यौ होला? हो तिमीले गेस गरेको मदन सर नै मेरो दाइ हो। तिमीले पहिलो भेटमा मदन सरको प्रशंसा गेरका थियौ। त्यसैले पनि होला मैले तिमीसँग रात बिताउने हिम्मत गरेकी थिएँ।
– निर्मल भट्टराई
निरंकुश पञ्चायती व्यवस्थाको उत्कर्ष दमन हुँदा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेको थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित भएका बेला विद्यार्थीबीच राजनीतिक गतिविधि सञ्चालन गर्न केही सहजता प्राप्त भएको थियो । कुनै पनि लोकतान्त्रिक संस्था नभएका बेला स्ववियुको आवधिक निर्वाचन हुने विषय निःसन्देह महत्वपूर्ण थियो । स्ववियुको वैधानिकताको सदुपयोग गरेर तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेस र वाम पार्टीहरुले तत्कालीन पञ्चायती निरंकुशताविरुद्ध विद्यार्थी आन्दोलनको ज्वारभाटा मात्र सिर्जना गरेनन्, आफ्नो पार्टीलाई राष्ट्रव्यापी विस्तारका लागि स्ववियुलाई एक सशक्त सम्पर्क सूत्रको रुपमा प्रयोग गर्न सफल भए । तर आज परिस्थिति विल्कुल भिन्न भएको छ । अब स्ववियुको औचित्य सम्पूर्ण रुपमा समाप्त भएको छ । यसलाई केही बुँदामा यसरी सूत्रबद्ध गर्न सकिन्छ ।
क) शैक्षिक संस्थाभित्र राजनीति
लामो संघर्षपछि नेपाली जनताले सम्पूर्ण रुपमा लोकतान्त्रिक अधिकार प्राप्त गरिसकेका छन् । अब हरेक क्षेत्रमा लोकतान्त्रिक अभ्यास गर्न पाइन्छ । सो प्रयोजनका निम्ति अब विश्वविद्यालय वा क्याम्पस गईरहनु पर्दैन । फेरि ती संस्था राजनीति गर्ने अखडा होइनन् । ती अध्ययन अध्यापनका केन्द्र हुन् । विगतको वाध्यताको निरन्तरता अब किमार्थ आवश्यक छैन । बाबु आमाको खर्चमा अध्ययन गर्न आएका कल्कलाउँदो उमेरका विद्यार्थीलाई राजनीतिमा होमेर राजनीतिक पार्टीले अब राजनीतिको रोटी सेकिरहनु पर्दैन । शैक्षिक संस्थाभित्र हुने राजनीतिक क्रियाकलापले समग्र देशको शैक्षिक स्तर विग्रेको र यसले देशको आर्थिक समृद्धिमा दीर्घकालसम्म असर पार्नेछ । स्ववियु खारेज भएमा शान्त शैक्षिक वातावरण बन्ने निश्चित छ । स्ववियु निर्वाचनमा विद्यार्थी अघि सारेर राजनीतिक पार्टीहरु चुनाव लड्ने भएकाले त्यहाँ हिंसा भड्किने खतरा त्यत्तिकै छ । करोडौंको खर्च गरेर लडिने स्ववियु चुनावको कुनै तुक छैन ।
ख) स्ववियुमा हुने भ्रष्टाचार
स्ववियुमा जित्ने नेताहरुको ध्यान विद्यार्थीको हकहितभन्दा पनि क्याम्पसका भौतिक संरचना निर्माणको ठेक्का पट्टातिर सोझिन्छ । त्यहाँ ठूल्ठूला कमिसन र भ्रष्टाचारका खेल चल्दछन् । त्यही कारण हो, स्ववियु सभापतिको टिकट पाउन मातृ पार्टी वा विद्यार्थी संगठनमा सभासदको टिकट पाउनेभन्दा ठूलो लडाई हुने गरेको देखिन्छ । अहिले कै अवस्थाले निरन्तरता पाउने हो भने स्ववियु कुनै विद्यार्थी हकहित गर्ने केन्द्र होइन, युवा राजीतिककर्मीलाई भ्रष्टाचार र कमिसनखोरको तालिम गर्ने अखडा बन्ने निश्चित छ । विद्यार्थीलाई सुशासन र सदाचार सिकाउनु पर्नेमा भ्रष्टाचारी र कमिसनखोर बन्न सिकाएपछि कालान्तरमा उनै प्रधानमन्त्री, मन्त्री हुँदा कस्तो शासनको अपेक्षा गर्ने ?
ग) राजनीतिका लागि विद्यार्थी बन्ने चलन
स्ववियु निर्वाचनमा उम्मेदवारको उमेर हदबन्दी नहुँदा अध्ययन पूरा गरेका (वा जेनतेन प्लस टु पास गरेर अध्ययन छाडेकाहरु समेत) पटक पटक क्याम्पस भर्ना भइरहन्छन् । ती नक्कली विद्यार्थीको प्रमुख उद्देश्य क्याम्पसभित्र राजनीति गर्ने हुन्छ, पढ्ने होइन । जसको उद्देश्य पढ्ने हुँदैन, उसको हातमा एक शैक्षिक संस्थाको बागडोर गएपछि त्यस संस्थाको शैक्षिक स्तर खस्कनु नितान्त स्वाभाविक छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी, लेखा कक्षमा तालाबन्दी, हड्ताल, घेराउ जस्ता कार्य शैक्षिक संस्थाका दैनिकी बन्दछन् । अध्ययन, अनुसन्धान, परियोजना कार्य, प्राज्ञिक बहस ओझेलमा पर्दछन् । शैक्षिक स्थल दिमागी अभ्यासको थलो हो । यो बाहुबलीय अभ्यासको थलो होइन । तर डनहरु, टेण्डर पार्ने समुह, नेताका खास मान्छे मिलेर बाहुबलीय अभ्यास गर्ने अखडाको रुपमा आंगिक क्याम्पस विकसित हुँदै जानु ज्यादै चिन्ताको विषय हो ।
घ) के हुन सक्छ यसको समाधान ?
स्ववियु म्याद नाघेको औषधी भएको छ । यसको जति बढी इस्तेमाल ग¥यो त्यति हानी हुने वाला छ । त्यसकारण सर्वप्रथम स्ववियुको विद्यमान संरचना खारेज गरिनु पर्दछ । कलेज परिसरभित्र कुनै पनि विद्यार्थी संगठनको झण्डा, लोगो तुल ब्यानर राख्न दिइनु हुँदैन । शैक्षिक उन्नयनका लागि विद्यार्थीको सहभागिता बढाउन कलेज व्यवस्थापन समितिमा संकायबाट सबभन्दा राम्रो शैक्षिक र प्राज्ञिक क्षमता प्रदर्शन गर्नेहरुको प्रतिनिधित्व गराउन सकिन्छ । कलेज परिसरमा विद्यार्थी, शिक्षक र परिचयपत्रको आधारमा अभिभावकभन्दा अरुलाई प्रवेश निषेध गरिनु पर्दछ । यसो गर्न सके थुप्रै सकारात्मक परिणाम हात लाग्दछन् । विश्वविद्यालय र यसका आंगिक कलेजमा केवल अध्ययन, खोज अनुसन्धान र प्राज्ञिक उन्नयनका काम मात्र हुनेछन् । पार्टीका भीमकाय विद्यार्थी भ्रातृ संगठनको औचित्य समाप्त हुनेछ । कलेजमा अध्ययन गर, राजनीति गर्न चाहनेले आफ्नो निर्वाचन क्षेत्रमा जाउ भन्ने मान्यता मात्र स्थापित गर्न सकिए देशको आर्थिक समृद्धि ,शैक्षिक प्रगति र स्थायित्वमा ठुलै टेवा पुग्ने देखिन्छ ।
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्या विज्ञप्ति जारी गर्दै शुभकामना सन्देश दिएका छन् । सन्देशमा पूर्व राजाले देशको वर्तमान स्थितिका कारण आफू मर्माहित बनेको बताएका छन् ।
उनले देशको नयाँ व्यवस्थाप्रति पनि प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधकसिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो । अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु ।’
यस्तो छ पूर्व राजको शुभकामना सन्देश
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
प्रजातन्त्र दिवसको यो सूखद अवसरमा हाम्रा जिज्यु बूवाराष्ट्रपिता श्री छ त्रिभूवनको स्मरण गर्दै ज्ञात अज्ञँत शहिद र प्रजातन्त्र प्राप्तिका निम्ती कृयाशिल सवै एतिहासिक व्यतित्व प्रति म हार्दिक श्रद्धाजंली प्रकट गर्दछु ।
नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधूनिकिकरण एवं मूलूकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहां भएको एतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सवैको सयुक्त प्रयत्न रहेको हो । राष्ट्र, राष्ट्रियता र राष्ट््िय गतिशिलताका लागी मैले आफू पन्छीएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षांवाट म पृथक छैन । दूर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो । अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु ।
हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरुप, धर्म, संस्कृती र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्द्धत हुन म सवैसँग हार्दिक आव्हान गर्दछू ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
फाल्गुन २, २०७२- धेरैजसो जिल्लामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी जिल्लामा पनि क्षेत्रीय अधिवेशन अबको एक साताभित्रै सक्ने गरी निर्वाचन प्रक्रिया अघि बढेको छ । फागुन २० देखि २३ सम्म हुने कांग्रेस महाधिवेशनबाट सभापति र महामन्त्री हुन धेरै आकांक्षीहरू देखिएका छन् । संस्थापन पक्षमा सभापति र पदाधिकारीका आकांक्षीहरूको व्यवस्थापन गर्न रस्साकस्सी चलिरहेको छ । अर्को पक्षबाट सभापतिको उम्मेदवारमा शेरबहादुर देउवा सर्वसम्मत छन् । पदाधिकारीका आकांक्षीहरूको व्यवस्थापन गर्न भने देउवा पक्षलाई पनि चुनौतीपूर्ण छ । कांग्रेसको भावी नेतृत्व र नीतिबारे केन्द्रित रहेर महामन्त्रीका दुई आकांक्षी विमलेन्द्र निधि र अर्जुननरसिंह केसीसित कान्तिपुरका बलराम बानियाँ र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
सभापति सुशील कोइरालाको निधनपछि पार्टीमा कस्तो खालको चुनौती महसुस गर्नुभएको छ ?
सुशील कोइरालाको सादा जीवन, सरलता र शान्त स्वभावलाई ग्रहण गर्दै पार्टीको आगामी महाधिवेशनलाई संयम, धैर्य र एकतापूर्ण ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता छ । समग्र रूपमा पार्टीलाई एकताबद्ध गराउन र लोकतन्त्रवादीहरूलाई संयोजन गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने, संविधानमा देखिएका अपूर्णतालाई पूर्णता दिँदै कार्यान्वयन गराउने र सबैलाई समेटेर अघि बढ्ने चुनौती कांग्रेसको काँधमा छ ।
सुशील कोइरालाको अनुपस्थिति खड्किने एउटा पक्ष हो, महाधिवेशनमा जो नेतृत्वमा आउँछ, त्यसले पार्टीलाई विभाजन र भागबन्डाबाट मुक्त गराएर एकतातर्फ केन्द्रित हुनुपर्ने, पार्टीलाई नेतामुखी नभएर नीतिमुखी बनाउनुपर्ने, व्यक्तिमुखी नभई संस्थामुखी बनाउन नयाँ फड्को मार्ने काम गर्नुपर्छ ।
कोइरालाको निधनपछि संस्थापन पक्ष छिन्नभिन्न हुने हो कि भन्ने चिन्ता छ नि ?
म त यो पक्ष र ऊ पक्ष भन्ने भन्दा पनि नेपाली कांग्रेस पक्ष भन्छु । साठी र चालिसको भागबन्डा अन्त्य गरेर एकीकृत कांग्रेस बनाउने अभियानमा हाम्रो जोड रहन्छ र रहनुपर्छ । धेरै लामो आरोह, अवरोहबीच पनि म सुशीलजीसँग बसेँ । समाजवादी युवा लिगको सम्मेलनका क्रममा बनारसमा पहिलोचोटि भेट भएदेखि मैली सुशीलजीलाई महामन्त्री, उपसभापति, सभापतिको चरणसम्म पनि साथ दिँदै आएको हो । सभापति र प्रधानमन्त्री भएपछि मेरो उहाँसँग निरन्तरताको निकटतामा कमी आएको हो । वैचारिक मतभेद रह्यो ।
तपाईंको असन्तुष्टि महामन्त्री नदिएको कारणले हो भन्ने छ नि ?
त्योभन्दा पनि कार्यशैलीदेखि धेरै कुरा छन् । सैद्धान्तिक रूपमा पनि मतभिन्नता भएको थियो । मैले अन्तिमपटक भेट्दा सुशीलजीले अर्जुनजी मलाई सहयोग गर्नुपर्यो भन्नुभयो । मैले तपाईंलाई जे गर्नुपर्ने हो, त्यो गर्न सकिनँ । मलाई पनि
अप्ठ्यारो पर्यो । तपाईंलाई अन्याय भएकै छ भन्नुभयो । मैले फेरि पनि एक थरीले मौकै मौका पाइराख्ने, अर्को थरीलाई पाखा नै पाखा परिरहने त्यस्तो निर्णय हुन्छ कि भनेर मैले अहिले सहयोग गर्ने वचन दिन सक्दिनँ भनेको थिएँ ।
तपाईं खालि नेतृत्वसँग माग्ने मात्रै कुरा गर्नुहुन्छ, संघर्ष गरेर माथि जान सक्नुहुन्न ?
कार्यकर्ताले मेरो मूल्यांकन पटकपटक गरेका छन् । संघर्षको अप्ठ्यारो समयमा म थिएँ । तर, त्यसको मूल्यांकन पार्टीभित्र भएन । त्यसैले यो महाधिवेशनले मेरो मूल्यांकन गर्छ भन्ने सोचेको छु ।
तपाईं कुन पदमा उठ्ने तयारी गर्नुभएको छ ?
मैले पार्टीभित्र वैचारिक आन्दोलन सुरु गरिरहेको छु । यसलाई समेटेर नयाँ दिशा दिन कुनै समूहसँग एलायन्स भयो भने म महामन्त्रीका लागि चुनाव उठ्ने हो । नभए वैचारिक दृष्टिकोणलाई अघि बढाउन म सभापतिकै लागि चुनाव उठ्छु । मेरो विकल्प अरू धेरै छैन । अब म फेरि केन्द्रीय सदस्यका लागि चुनाव उठ्दिनँ ।
तपाईं देउवा पक्षबाट महामन्त्रीमा उठ्ने चर्चा चलिरहेको छ नि ?
त्यसलाई अस्वीकार गर्दिनँ । संस्थापन र देउवा पक्ष दुवै कांग्रेस नै हुन् । यो संस्थापन र देउवा कांग्रेस भनेर विभाजन गर्न हुन्न भन्दै आएकाले मलाई संस्थापन पक्ष र देउवा पक्ष दुवै तर्फबाट माया गर्ने प्रशस्तै साथी छन् । चुनाव कोसँग मिलेर उठ्ने भन्ने चाहिँ त्यो बाध्यात्मक परिस्थितिको कुरा हो । चुनावमा वस्तुगत परिस्थिति र वैचारिक सामीप्य कोसँग नजिक हुन्छ, त्योसँगै म जाने हो । त्यस्तो भयो भने म महामन्त्रीमा चुनाव उठ्ने हो ।
त्यसो भए तपाईं जुन पक्षले महामन्त्री दिन्छ त्यतै लाग्ने हो ?
वैचारिक सामीप्य, अहिलेसम्म कार्यसञ्चालनमा देखिएका असफलतालाई दोहोरिन नदिने प्रतिबद्धतासाथ जोसँग संयोजन हुन्छ, त्यसैसँग म हुन्छु । अहिलेसम्म म छलफलकै क्रममा छु ।
पछिल्लो समय तपाईं देउवासँग अलि निकट भएको भनिन्छ नि ?
सबैसँग मेरो निकटता छ । अन्तिमपटक संस्थापन पक्षका साथीहरूसँग सल्लाह हुँदा म थिएँ । शेरबहादुरजीसँग मेरो भेटघाट भई नै रहेको छ । लोकतान्त्रिक पार्टीमा मत विभाजन हुन्छ । प्रतिस्पर्धा हुन्छ । त्यसलाई मैले अनौठो रूपमा लिएको छैन । प्रतिस्पर्धा र मत विभाजन भए पनि मन विभाजन हुन दिनु हुन्न । यसमा म सचेत छु ।
त्यसो भए तपाईं देउवा पक्षतिर गइसक्नुभएको छैन ?
निर्णय भइसकेको छैन । पार्टीभित्र संस्थापन पक्ष र देउवा पक्ष भन्ने तोड्नुपर्छ भन्ने मान्यता राखेका कारण मैले अहिल्यै यो र ऊ पक्ष भनिसकेको छैन । पक्ष र विपक्षका कुराले पार्टीलाई पक्षाघात गरिसकेको छ । यसलाई समाप्त पार्ने कामको संयोजन गर्नुपर्छ ।
सभापतिमा कति जनाबीच प्रतिस्पर्धा हुन्छ ?
अहिल्यै भन्न सक्दिनँ । तर सुशीलजीको अनुपस्थितिमा संख्या बढ्ने सम्भावना देख्दै छु ।
संस्थापन पक्षबाट कोको उम्मेदवार हुन्छन् ?
त्यो तपाईंहरूलाई बढी थाहा छ । मेरो मुखबाट किन नाम लिन लगाउनुहुन्छ ? अहिले जोजो उठ्छु भनेर सार्वजनिक रूपमा भन्दै आएका छन् । तिनीहरू नै दाबेदार होलान् भन्ने ठानेको छु ।
संस्थापनबाट एउटै उम्मेदवार हुने अवस्था देखिँदैन ?
हुन पनि सक्छ । धेरै कठिन छ ।
संस्थापन पक्ष छिन्नभिन्न हुने बाटोतिर गएको हो ?
संस्थापन मात्र होइन, दुवै पक्षलाई छिन्नभिन्न गराउनैपर्छ । पक्ष/विपक्षको ध्रुवीकरण अन्त्य गर्नुपर्छ ।
कसरी सम्भव छ ?
विधि र व्यवहारमा धेरै कुरा सम्भव छ । पहिल्यैदेखि अलि गतिशील ढंगले सोचेको भए धेरै छिमल्न सकिन्थ्यो ।
संस्थापन पक्षतिर महामन्त्रीको आकांक्षी धेरै देखेर तपाईं अर्को पक्षतिर ढल्कन लागेको भनिन्छ नि ?
भन्न त जे पनि भन्ने गरिन्छ । तर, मैले असहमति राख्दै आएको अहिले मात्रै होइन । धेरै पहिल्यैदेखि हो । ४/५ वर्षअघि महामन्त्री पाउने र नपाउने स्थिति भन्ने त थिएन नि । मैले नेतृत्वको कार्यशैली ठीक भएन भनेर सुरुदेखि नै मैले भन्दै आएको थिएँ । मैले कसैसँग आग्रहपूर्वाग्रह राखेको छैन । नेतृत्वले सघर्षका बेला जहिले पनि उपयोग गर्ने, तर अघिपछि केही नहुने र विवेक नपुर्याउने रहँदै आयो । त्यही कुरामा मेरो असहमति हो ।
विचार मिल्ने समूहसँग एलायन्स भएमा महामन्त्री लड्छु, नभए सभापतिमा लड्छु, पक्ष र विपक्षका कुराले पार्टीलाई पक्षाघात गरिसकेको छ । यसलाई समाप्त पार्नुपर्छ ।
अबको महाधिवेशनले ६० र ४० को भागबन्डालाई अन्त्य गर्नुपर्छ ।
म विधान संशोधन गरी मनोनीत हुने पदाधिकारीको संख्या बढाउने कुराको विपक्षमा छु ।
यो महाधिवेशनपछि पनि जित्ने र हार्नेबीच ६०–४० प्रतिशतकै भागबन्डा हुने होला नि ?
योग्यता, क्षमता र अनुभवका आधारमा पुरस्कृत गर्ने र अवसर दिने प्रवृति नीतिगत रूपमा विकास गर्नासाथ भागबन्डा अन्त्य हुन्छ । सरकार गठन भयो । तर, मन्त्री छान्न संसदीय समितिमा छलफल भएन । पद्धति संसदीय समितिमा छलफल गर्ने हो । त्यसैले हामीले पद्धतिको निर्माण गर्नुपर्ने खाँचो छ ।
गाउँ तहदेखि केन्द्रसम्म कांग्रेसको महाधिवेशन लोकतान्त्रिक छ । तर पार्टी सञ्चालन र निर्णय प्रक्रिया किन लोकतान्त्रिक हुन नसकेको हो ?
पार्टी सञ्चालनको शैली अझै लोकतान्त्रिक हुन सकेको छैन । आन्तरिक लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउने प्रक्रियामा हामी धेरै पछि छौं । पार्टीमा पारदर्शी, संस्थागत, विधिसंगत र नीतिमुखी प्रक्रियालाई अवलम्बन गर्नु आवश्यक छ । पराक्रम गर्ने, योग्य, सक्षम र जनप्रियभन्दा नेताको अनुहार हेर्ने र वरिपरि दौडिनेले मात्र अवसर पाउने भएपछि पार्टीमा निराशा र असन्तुष्टि बढ्छ ।
पदाधिकारीको संख्या थप्न विधान संशोधनको कुरा आइरहेको छ नि ?
विधान संशोधन गरेर पदाधिकारी थप्ने काम हुनै सक्दैन । म सुरुदेखि यसको विपक्षमा छु । मान्छेहरूलाई भागबन्डा मिलाएर ठाउँ दिनका लागि पार्टीमा पदाधिकारी बढाउन हुँदैन । पदाधिकारी र नेतृत्व भनेको महाधिवेशनबाट स्थापित भएर आएको व्यक्तित्व हुनुपर्छ । यो बाँकी उपसभापति, महामन्त्री, सहमहामन्त्रीको पनि निर्वाचन नै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
विधान समितिको बहुमतले तीन पदाधिकारी थप्ने प्रस्ताव गरेको छ । त्यो प्रस्ताव केन्द्रीय समितिमा आयो भने तपाईंको पोजिसन के हुन्छ ?
म विपक्षमा हुन्छु । म त्यसलाई स्वीकार गर्दिनँ ।
पदाधिकारी बढाए पनि निर्वाचित हुनुपर्छ भन्ने मान्यता हो तपाईंको ?
हो, निर्वाचित हुनुपर्छ । तर, यही महाधिवेशनमा सम्भव छैन । सीमित रूपमा बढाउनुपर्ने अवस्था आएमा अर्को महाधिवेशनमा गर्न सकिन्छ ।
प्रदेशको संरचनाअनुसार कांग्रेसको संरचना खडा गर्नु पर्दैन ?
प्रदेशको संरचनाअनुसार गराउनका लागि हिजो अञ्चलको प्रतिनिधित्व गराएजस्तो केन्द्रीय समितिमा हरेक प्रदेशबाट दुई या तीन जना केन्द्रीय सदस्य छानिने गरी निर्वाचन गराउन सकिन्छ । प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिहरूबाट प्रदेशको अध्यक्ष चुन्ने व्यवस्था गर्नुपर्छ । केन्द्रमा जस्तै पदाधिकारी पनि चुन्न सकिन्छ ।
माथिबाट लादेर लोकतन्त्र फस्टाउँदैन । प्रदेशभित्रैबाट नेता जन्मन दिनुपर्छ ।
प्रदेशको संरचनाअनुसार जाँदा केन्द्रीय कार्यसमितिको आकार त बढ्ने भयो नि ?
केन्द्रीय कार्यसमितिको संख्या दस/पन्ध्रजना बढ्दा केही फरक पर्दैन ।
तपाईंको आपत्ति पदाधिकारीमा मात्रै हो ?
हो, पदाधिकारी बढाउन हुँदैन । व्यक्ति व्यवस्थापन गर्न पदाधिकारीको संख्या थप्ने कुराको म सर्वथा विरोधी हुँ ।
एकजना वरिष्ठ उपसभापति राख्ने कुरा छ नि ?
सबै निर्वाचित गराउने कुरामा सहमत हुन सकिन्छ । एउटा निर्वाचित गराउने र अरू मनोनीत गराउने कुरामा सहमत हुन सकिँदैन । अहिले महाधिवेशन आइसकेको छ । अब समयले पनि भ्याइँदैन । विवाद पनि हुन सक्छ । त्यसैले यसपटक नगरी महाधिवेशनलगत्तै महासमिति बोलाएर विधान संशोधन गरी निर्वाचित हुने पदाधिकारीको संख्या बढाउन व्यवस्था गर्न सकिन्छ । अहिले विधान संशोधनको प्रक्रिया स्थगित हुने बाहेक अर्को विकल्प देखेको छैन ।
तपाईंले नयाँ दृष्टिकोण र विचार लिएर महामन्त्रीमा चुनाव उठ्छु भन्दै गर्दा पार्टीभित्र विचारमाथि छलफल भइरहेको देखिँदैन नि ?
विचारमाथि छलफल भएको छ । केही दिनपछि थाहा पाउनुहुन्छ ।
खै त कहाँ भएको छ त्यस्तो छलफल ?
सबै पक्षसँग छलफल गरेको छु ।
तपार्इंले छलफल गर्नुभएको होला । तर पार्टीले लिनुपर्ने दृष्टिकोण र कार्यक्रमका विषयमा छलफल भएको छैन नि ?
महाधिवेशन नीतिमुखी छैन । गाउँदेखिको निर्वाचन हेर्ने हो भने गाउँस्तरमा छलफल गर्ने भन्दा पनि सिधै निर्वाचन, प्रतिस्पर्धा मात्र भइरहेको छ । महाधिवेशन निर्वाचनमुखी भयो । नीतिमुखी महाधिवेशनको जरुरी छ । आउने दिनमा व्यवस्थित गर्नुुपर्छ । पार्टीले नीतिगत निर्णय गर्न छुट्टै अधिवेशन गर्ने कि, महासमितिको बैठक गर्ने भनेर अहिल्यै गम्भीर भएर सोच्नुपर्छ ।
कांग्रेसमा त बनाएको नीति पनि कार्यान्वयनमा आउँदैन नि ?
पार्टी संवाद क्लबजस्तो भयो । नीति बनाउन नसक्ने भन्दा पनि कार्यान्वयन गर्न नसक्ने अवस्थाले गर्दा पार्टी कमजोर भएको छ । छलफल गर्ने, नीति बनाउने र त्यसै छाडिदिने गरेकाले यो पार्टी टकिङ क्लबजस्तो भयो भनेर मैले भनेको हुँ । अहिले पार्टीको स्थिति तार चुँडिएको टेलिफोनजस्तो भएको छ । नेता के भन्छन् कार्यकर्तालाई थाहा हुन्न । कार्यकर्ता के भन्छन् नेतालाई थाहा हुन्न । यति आधुनिक जमानामा पनि पार्टीभित्र कम्युनिकेसन नेटवर्क बनाउन सकिएको छैन । अहिले पनि हाम्रा रेकर्ड र डकुमेन्ट हेर्यौं भने मुन्सी पाराकै छन् ।
बूढो पार्टी भएकाले यस्तो भएको हो कि ?
बूढो त म भन्दिनँ । कांग्रेस लोकतन्त्रको नारा दिएर संघर्ष र आन्दोलनको शंखनाद गर्ने जेठो पार्टी हो, आधुनिकीकरणको दिशामा प्रभावकारी ढंगले अघि बढाउन सकिएको छैन । कार्यशैली बूढो हो ।
पार्टीमा युवाहरूलाई कसरी आकर्षित गर्नुहुन्छ ?
युवाहरूको ठाउँ १२ औं महाधिवेशनपछि प्रशस्त विकसित भएको छ । अहिले पनि केन्द्रमा थुप्रै युवा नेता छन । एउटै घटनाक्रमले नेतृत्वको विकास हुन्न । भरपर्दो र विश्वासिलो युवा नेतृत्व हाम्रो पार्टीभित्र धेरै विकसित भइसकेको छ ।
१२ औं महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । अहिले पनि एकताकै महाधिवेशन भनेर जाने हो ?
यो एकता र वैचारिक पुनर्जागरणको महाधिवेशन हो । समग्र रूपबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने महाधिवेशन पनि हो । यो महाधिवेशनमा पार्टीलाई समग्र रूपबाट एकताबद्ध बनाउनेतिर सबैको ध्यान केन्द्रित हुन्छ ।
‘मेरो दाबेदारी महामन्त्रीमै हो तर म यसमा खुला छु’
सभापति सुशील कोइरालाको निधनले पार्टीमा अप्ठ्यारो परिस्थिति निर्माण भएको हो ?
सभापतिको निधन भएको दु:खद बेला तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । महाधिवेशन सम्पन्न गर्नुपर्ने हाम्रो पहिलो जिम्मेवारी हो । पार्टी सभापतिको छनोट महाधिवेशनको महत्त्वपूर्ण पाटो हो ।
सुशील कोइरालापछि पार्टीको विरासत कसले लिन्छ जस्तो लाग्छ ?
लोकतन्त्रमा विरासत हुँदैन । लोकतान्त्रिक प्रक्रियाअनुसार नेतृत्वको हस्तान्तरण हुन्छ । सँगै देशको अवस्थाअनुसार राजनीतिक कार्यक्रम र नीतिको निर्माण हुन्छ । विरासत भनेको तानाशाही प्रणाली हो । सामन्ती प्रणालीको शब्दावली हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । नयाँ संविधान जारी गरेका छांै । नयाँ संविधानअनुसारको संरचनाको प्रक्रियामा हामी छांै । यसका लागि कांग्रेसले सांगठनिक र नेतृत्वको हिसाबले आफूलाई तयार गर्नुपर्छ ।
तपाईंले नस्विकारे पनि कांग्रेसमा विरासतबाटै नेतृत्व स्थापित हुँदै आएको छ नि ?
त्यस्तो छैन । कहाँ त्यस्तो देखिन्छ ?
कांग्रेसको इतिहासमा लामो समय कोइराला परिवार नेतृत्वमा थियो । यो विरासत होइन ?
हाम्रो मुलुकमा मात्रै होइन, दक्षिण एसियामै यस्तो छ । राजनीति, शासन प्रणाली र अरू पेसामा पनि प्राय: बाबु जेमा लागेको छ, छोराछोरी त्यसैमा लाग्ने चलन छ । कांग्रेसमा लामो समय यस्तो देखिएको हो । यहाँ मात्रै होइन । भारतमा पनि छ, बंगलादेश, पाकिस्तान र अमेरिकमा पनि छ । यसलाई अन्यथा रूपमा लिनु हुँदैन ।
अब कांग्रेसको सभापति को हुन्छ ?
अहिले सभापतिका लागि प्रमुख रूपमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाबेदार हुनुहुन्छ । यी दुईमध्ये एकजना हो नेतृत्वमा आउने । हुन त अरू आकांक्षीको नाम पनि आइरहेको छ । तर, ती नाम प्राथमिक नाम होइनन् । यी दुई जनाबीच पनि आपसमा सहमति भयो भने त्यहीअनुसार नेतृत्वको छनोट हुन्छ । भएन भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्वको छनोट हुन्छ ।
सहमतिको सम्भावना देख्नुभएको छ ?
हिजो रामचन्द्रजीले मलाई फोन गर्नुभएको थियो । उहाँले मलाई पार्टी म राम्रोसँग चलाउँछु भनेर आफ्नो लागि भन्नुभयो । मैले लोकतान्त्रिक प्रणालीमा राजनीति गर्दा अन्तत: सत्ताका लागि गरेको हुन्छ । अन्तिम चाहना प्रमुख कार्यकारी प्रधानमन्त्री बन्ने नै हो । तपाईंको चाहना पनि प्रधानमन्त्री बन्ने हो । शेरबहादुरजीको चाहना पनि प्रधानमन्त्री नै बन्ने हो । पार्टी सभापति बन्नुको अर्थ पार्टीको माध्यमबाट कार्यकारी प्रमुखमा नै पुग्ने हो । सभापति त एउटा माध्यम मात्र हो । तपाईंहरूमध्ये एकजना पार्टी सभापति र एकजना प्रधानमन्त्री बन्नुहोस् भनेर पौडेलजीलाई सुझाव दिएको थिएँ । यो भयो भने ६०/४० को भागबन्डाको अन्त्य हुन्छ । सहमतिको सन्देश जान्छ । मैले रामचन्द्रजी तपाईं प्रधानमन्त्री बन्नुहोस् र शेरबहादुरजी पार्टी सभापति बन्नुहुन्छ भनेँ । उधारो प्रधानमन्त्री होइन । कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएकै बेला तपाईं प्रधानमन्त्री बन्नुहोस्, त्यसका लागि शेरबहादुरजीसँग वचनबद्धता लिनुहोस् । त्यसका लागि मेरो के भूमिका हुन्छ म सहयोग गर्छु भनेँ ।
त्यसो भन्दा पौडेलको जबाफ के थियो ?
कुरा गरौंला भनेर कुरा मोडिदिनुभयो ।
तपाईंलाई सहमति हुन्छ जस्तो लाग्छ ?
सुशील कोइराला जीवित भएकै बेलामा पौडेल सभापतिको उम्मेदवार बन्ने चर्चा थियो । तर, सबैले कोइराला नै उम्मेदवार बन्नुहुन्छ भन्थे । त्यस्तो बेलामा रामचन्द्रजीलाई प्रधानमन्त्रीका रूपमा सहयोग गर्ने गरी मिलाउनुहोला भन्ने थियो । त्यही हिसाबले मैले पौडेलजीलाई यो कुरा राखेको हो । यो स्वाभाविक पनि छ ।
धेरैजसो जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिइसकेका छन् । देशभरको तथ्यांकअनुसार देउवा पक्ष कति सबल छ ?
देशभरमा हेर्दा शेरबहादुरजी नै बलियो हुनुहुन्छ । वातवरण पनि पनि बनेको छ । सुशील कोइरालाले असोज २५ मा प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेपछि पार्टीभित्र उहाँहरूकै पक्षमा नकारात्मक सन्देश गएको छ । सुशीलजीले प्रधानमन्त्रीमा उठ्न हुँदैनथ्यो भन्ने थियो । उहाँको कार्यकालमा संविधान जारी भयो । सार्क सम्मेलन भयो । भारतसित विद्युत् व्यापार सम्झौता (पीटीए) भयो । अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन परियोजना विकास सम्झौता (पीडीए) लगायत धेरै काम भएका थिए । तर, त्यत्तिले मात्र पुग्दो रहनेछ । पार्टीभित्र प्रधानमन्त्रीम्ाँ सुशीलजीले उठ्न हुन्न । अब शेरबहादुरजीलाई अघि बढाउनुपर्छ भन्ने मनोविज्ञान थियो । त्यतिबेलै पनि सुशीलजी नउठेर शेरबहादुरजीलाई दिएको भए हुन्थ्यो भन्ने आम भावना थियो । दोस्रो कुरा, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच पार्टी एकता भएको थियो । पार्टी एकीकरण हुँदा मपछिको नेता तपाईं नै हो भनेर गिरिजाबाबुले भन्नुभएको थियो । शेरबहादुरमा नेतृत्वको क्षमता छ । गुण छ । कुनै पनि मुद्दालाई छिटो बुझ्नुहुन्छ र समाधानतर्फ पनि अग्रसर हुनुहुन्छ । उहाँ अरू दलहरूका लागि पनि सहज हुनुहुन्छ । सुशीलजी हुँदा नै अब शेरबहादुर हो भन्ने देखिएको थियो । यी सबै आधारले शेरबहादुरजी नै बलियो हुनुुहुन्छ ।
देउवा के आधारमा अगाडि हुनुुहुन्छ ?
पूर्वाञ्चल र मध्यमाञ्चलमा गिरिजाप्रसादको संगठन थियो । उत्तराधिकारीका रूपमा सुशील आउनुभयो । उहाँहरू बलियो भएका यी दुवै क्षेत्रमा समेत अहिले शेरबहादुरजी बलियो हुनुहुन्छ ।
तपाईं कुन पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?
मेरो तयारी महामन्त्रीकै लागि हो । शेरबहादुरजी सभापति उठेपछि स्वाभाविक रूपमा यसपटक पनि म महामन्त्रीकै उम्मेदवार हो । तर, म खुला छु । सुशील कोइरालासँग काम गरेका धेरै इमानदार र प्रभावशाली साथी हुनुहुन्छ । रामचन्द्रजीको आफ्नो संगठन छैन । आन्तरिक शक्तिको हिसाबले कि सुशीलजीको संगठन हो कि त शेरबहादुरजीकै संगठन हो । गिरिजाप्रसाद कोइरालाको संगठनलाई सुशीलजीले निरन्तरता दिनुभयो । पौडेलजी संगठन होइन । व्यक्तित्व हो । अहिले उताबाट (संस्थापन) पनि धेरै साथी शेरबहादुरजीको टिममा आउन खोजिरहनुभएको छ । त्यसका लागि व्यवस्थापन गर्नुपर्यो भने म महामन्त्रीमा उम्मेदवार नहुन पनि सक्छु । उपसभापति हुनका लागि पनि म तयार छु ।
संस्थापनका अर्जुननरसिंह केसीलाई देउवाको टिममा महामन्त्रीको उम्मेदवार बनाउने चर्चा छ नि ?
छलफल जारी छ । शेरबहादुरजीले भन्नुभएको छ, जिम्मेवारी मेरो काँधमा छ । पार्टीलाई एक बनाएर लैजान्छु । हरेक साथीलाई समेटेर लैजान्छु भन्नुभएको छ । सुशील कोइरालासँग रहेर काम गरेका साथीहरूका लागि पनि उहाँ खुला हुनुुहुन्छ । मैले शेरबहादुरजीको काममा सघाउनुपर्छ भन्ने सोच बनाएको छु ।
नेतृत्वमा पुग्नका लागि तपाईंहरूको एजेन्डा के छ ?
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणालीमा अघि बढाउनु नै अहिलेको राजनीतिक एजेन्डा हो । यसमा कांग्रेसको विशेष भूमिका हुनुपर्छ । अरू पार्टीहरू खासगरी कम्युनिस्ट विचारधारमा आधारित पार्टीहरू मूल रूपमा लोकतान्त्रिक पार्टी होइनन । यिनीहरू बाध्य भएर लोकतान्त्रिक प्रणालीमा आएका हुन् । लोकतन्त्र र संघीयताको एजेन्डा भनेको कांग्रेसको हो । कांग्रेसले नयाँ संविधानलाई कार्यन्वयन कसरी गर्ने ? चुनौतीलाई कसरी सम्बोधन गर्ने र सफलतापूर्वक संघीय संरचना कसरी सञ्चालन गर्ने भन्ने नै हाम्रो एजेन्डा हो ।
अहिले कांग्रेस दुइटा पार्टीजसरी भागबन्डामा चलिरहेको छ । पार्टीभित्र भावनात्मक एकता गर्ने खालको एजेन्डा छैन ?
पार्टी भावनामा चल्दैन । भावनात्मक एकताको कुनै अर्थ छैन । एकता भनेको राजनीतिक एकता हो । भावना र राजनीतिक सिद्धान्त अलगअलग कुरा हुन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र अहिंसा तथा शान्तिको एजेन्डाका आधारमा एकता हुन्छ ।
यो नै भावना होइन र ?
होइन । यो विचार र सिद्धान्त हो । भावना भनेको अमूर्त कुरा हो । भावनात्मक एकताको पहिलो सर्त राजनीतिक एकता र सहकार्य हो ।
महाधिवेशन प्रक्रिया लोकतान्त्रिक छ । पार्टी सञ्चालन प्रक्रिया किन लोकतान्त्रिक हुन नसकेको हो ?
त्यो राम्रो अभ्यास होइन । यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । सुशील कोइरालाको कार्यकालमा कार्यसम्पादन समिति बनेन । विभागहरूले राम्रो गरी काम गरेनन् । त्यसैकारण पदाधिकारी बैठक बस्नुपर्यो भनियो । पदाधिकारीबाहेक पनि सभापतिलाई मन लागेका सदस्य थप हुन्थे । कार्यसम्पादन समिति बनाएर अघि बढ्नुपर्छ ।
सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाबेदार हुनुहुन्छ । यी दुईमध्ये नै एकजना हो नेतृत्वमा आउने ।
सहमतिमा देउवा र पौडेलमध्ये एकजना सभापति, एकजना प्रधानमन्त्री बन्दा पार्टीभित्र एकताको सन्देश जान्छ ।
पार्टीमा जित्नेले पराजित हुनेलाई उचित ठाउँ दिएमा भागबन्डा स्वत: अन्त्य हुन्छ ।
१२ औं महाधिवेशनपछि पार्टीभित्र ६०/४० को भागबन्डा संस्थागत भयो । यसलाई मेट्ने कुनै एजेन्डा छ कि ?
रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच सहमति भएर एउटा सभापति भएमा भागबन्डाको अन्त्य हुन्छ । सहमति भएन र लोकतान्त्रिक विधिबाट सभापति छानिएर पार्टीलाई संस्थागत र लोकतान्त्रिक विधिबाट अघि बढाउँदा पनि भागबन्डा अन्त्य हुन्छ ।
१२ औं महाधिवेशनमा पनि मतदानबाटै नेतृत्व चयन भएको हो । किन भागबन्डा भइरह्यो त ?
जित्नेले हार्नेलाई उचित सम्मान गरेमा यस्तो भागबन्डा हुँदैन । अमेरिकामा त ओबामाले राष्ट्रपतिमा जितेपछि आफ्नै प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई विदेशमन्त्री बनाए । त्यसो गर्न सकेमा पार्टी एकढिक्का हुन्छ ।
शेरबहादुर सभापति निर्वाचित हुनुभयो भने अहिले देखिएको ६०/४० को भागबन्डा अन्त्य हुन्छ त ?
उहाँले पार्टीलाई एकजुट बनाउनुहुन्छ । उहाँले जितेपछि हार्नेलाई पनि उचित स्थान दिएर एक बनाउने काम गर्नुहुन्छ । बीपी कोइरालाले जनमतसंग्रहमा बहुदलको हार र निर्दलको विजय हुँदा चुनाव परिणामलाई स्वीकार गर्नुभएको थियो । तर, तत्कालीन राजा वीरेन्द्रले हार्ने बहुदल पक्षको भावनालाई नसमेटी एकतर्फी रूपमा संविधान संशोधन गरेपछि वीपीले संविधानमा बहुदलवादी पक्षको ठाउँ कहाँ छ भन्ने प्रश्न उठाउनुभएको थियो । पार्टीमा जित्नेले पराजित हुनेलाई उचित ठाउँ दिएमा भागबन्डा स्वत: अन्त्य हुन्छ ।
विधान संशोधन गरेर पदाधिकारी बढाउने कुरा आइरहेको छ नि ?
यो सम्भव छैन । व्यक्तिको व्यवस्थापन गर्नका लागि विधान संशोधन गरी पदाधिकारी बढाउनु जरुरी छैन ।
पदाधिकारी बढाउने प्रस्ताव केन्द्रीय समितिमा आयो भने तपाईंहरू के गर्नुहुन्छ ?
हामी मान्दैनौं ।
तपाईंहरूको ठहर संस्थापन पक्षले व्यक्तिको व्यवस्थापनका लागि मात्रै पदाधिकारी बढाउने प्रस्ताव गरेको भन्ने हो ?
हो । अरू कुनै कारण छैन ।
केन्द्रीय कार्यसमितिको संख्या बढाउने कुरा पनि चलिरहेको छ नि ?
मुलुक संघीय संरचनाअनुसार अघि बढेको छ । यही संरचनाअनुसार पार्टीको संरचना पनि बनाउनुपर्छ । हरेक प्रदेशमा पार्टीको समिति गठन गर्नुपर्ने हुन्छ । पार्टीलाई संघीय संरचनाअनुसार रूपान्तरण गर्न बाँकी नै छ । अहिले अस्थायी रूपमा पदाधिकारीको संख्या बढाएर के काम ? मुलुकको शासन प्रणाली जस्तो हुन्छ, पार्टीको संरचना पनि त्यस्तै हुनुपर्छ । पदाधिकारी बढाउनुभन्दा प्रदेशअनुसारको पार्टीको संरचना बनाउनुपर्छ ।
केन्द्रीय कार्यसमितिको संख्या सयभन्दा बढी पुर्याउने योजना छ नि ?
मलाई थाहा छैन । अहिले १४ अञ्चलबाट प्रतिनिधित्व हुने व्यवस्था छ । संख्या १४ नै रहने, सात प्रदेशमा प्रत्येक प्रदेशबाट दुई/दुई जना निर्वाचित गर्ने भन्ने अनौपचारिक सहमति भएको हो । त्यसमा दुईको ठाउँमा तीन हुन सक्ला । त्यो बेग्लै हो । विधानको मूलभूत संशोधन गर्ने महासमितिले हो । महाधिवेशन नेतृत्व चयनमा व्यस्त हुन्छ । चार वर्षको अवधिभित्रमा प्रत्येक वर्ष महासमितिको बैठक हुने भनिएको छ । महासमितिको बैठकबाट विधान संशोधन हुने व्यवस्था छ । १३ औं महाधिवेशनमा पदाधिकारी बढाउनु थियो भने पहिल्यै किन महासमितिको बैठक नगरेको ?
संस्थापन पक्षमा सभापतिको एउटै उम्मेदबार बनाउने चुनौती छ, तपाईंहरूलाई कस्तो खालको चुनौती छ ?
हाम्रोमा सभापतिको उम्मेदवार बनाउन कुनै चुनौती छैन । अरू पदाधिकारीमा केही साथीको इच्छा छ । तिनलाई व्यवस्थापन गर्नु छ । संस्थापन पक्षबाट केही साथी आउने कुरा भइरहेको छ । उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबाहेक अरू केही चुनौती छैन ।
मधेसी मोर्चाका तीन नेताले तपाईंका पार्टी अध्यक्षलाई अब केही पनि नगर्नु–गराउनु निर्देशन दिएको छ, तपाईका अध्यक्षले अब कुनै पनि गतिविधि गर्नुहुन्न त ?
गर्नुहुन्छ, सबै गतिविधि गर्नुहुन्छ । मधेसी मोर्चाको षड्यन्त्रपूर्ण विज्ञप्ति हामीले पनि पढ्ने मौका पायौं । त्यो विज्ञप्तिमा पूराका पूरा इष्र्या, द्वेषको आधारमा चार नम्बर बुँदा लेखिएको छ । त्यस बारेमा हामी बुझ्दैछौं । हिजोको पछिल्लो बैठकको निर्णय प्रक्रियामा सहभागी दोस्रा–तेस्रा तहका नेताहरूसँग बुझ्दा उहाँहरूले पनि चार नम्बर बुँदा नआउनुपर्ने कुरा हो, त्यो पूरै पूर्वाग्रही छ भन्नुहुन्छ । तसर्थ हामी चार नम्बर बुँदालाई कदापि स्वीकार गर्दैनौं । त्यहाँ त निर्देशनमात्र दिएको छ तर हामीले बाहिर सुनेका छौं कि केही नेताले राजेन्द्र महतोले माफी माग्नुपर्छ, स्पष्टिकरण दिनुपर्छ भन्ने जस्ता कुराहरू बोलिरहनु भएको छ । सुनेकै आधारमा त्यसको टिप्पणी त गर्न मिल्दैन । तर भन्नै पर्छ कि हामीले कुनै यस्तो गल्ती गरेका छैनौं, जो माफी माग्नुपर्छ । मधेस आन्दोलनलाई सफल बनाउन हामीले नाइटोदेखिको बल लगाएका छौं । हरेक कार्यक्रममा सक्रिय भएर सहभागी भएका छौं । घाइतेलाई भेट्नेदेखि लिएर सहिद परिवारलाई भेट्न सबैभन्दा अगाडि हामी हुन्थ्यौं । कुनै प्रकारको सहयोग गर्नुपर्दा हामी नै अगाडि हुन्थ्यौं । मधेस आन्दोलनमा निरन्तर मधेसमा हामी नै बस्यौं । यस अवस्थामा पनि माफी माग्नु पर्छ, स्पष्टिकरण दिनुपर्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो । हामी कुनै पनि हालतमा स्पष्टीकरण दिँदैनौं र माफी माग्दैनौं ।
चार बुँदामा उल्लेख भएअनुसार यदि तपाईंका अध्यक्ष वा पार्टीले गरेनन् भने कारवाही होला नि ?
मोर्चाले जारी गरेको अन्य सबै कुरामा हाम्रो सहमति छ चार नम्बर बुँदाबाहेक । महागठबन्धन बनाउने हाम्रै प्रस्ताव हो, नाकाबन्दी स्थगित गर्नुपर्छ हाम्रै प्रस्ताव हो । आन्दोलनका कार्यक्रम ल्याउनुपर्छ भन्ने हाम्रै प्रस्ताव हो । यी सबै हामीले मानेका छौं तर हामीले माफी माग्ने, स्पष्टकरण दिने, निर्देशन दिने जस्ता कुरा कहाँबाट आयो ? त्यसलाई हामी कदापि स्वीकार गर्दैनौं । यदि नेताहरूसँग हिम्मत छ भने निस्कासन गरेर देखाउँदा हुन्थ्यो नि । तर किन सक्नुभएन ? त्यसैले उहाँहरूलाई जे–जे गर्न मन लाग्छ गर्नुहुन्छ, हामी माफी माग्नेवाला छैनौं ।
विज्ञप्तिमा चार नम्बरको बुँदा किन आएको होला त ?
मोर्चामा धेरै पहिलादेखि आन्दोलनमा को सबभन्दा बढी सहभागी हुन्छ, को सबभन्दा बढी सक्रिय भएर काम गर्छ भन्ने कुरामा प्रतिस्पर्धा रहेको थियो र त्यो स्वाभाविकै पनि हो । राजेन्द्र महतो सबभन्दा कर्मठताका साथ, सबभन्दा बढी सक्रियाताका साथ, सबभन्दा बढी अनुशासनका साथ आन्दोलनमा लाग्नुभएको थियो । त्यसले गर्दा लोकप्रियता पनि ह्वात्तै बढेको थियो । त्यसैकारण अरू नेताहरूलाई इष्र्या लागेर यो गैरजिम्मेवार निर्णय गरेका हुन् ।
अब के गर्नुहुन्छ, मोर्चा छाडेर गठबन्धनतिर जानु हुन्छ कि छुट्टै आन्दोलन गर्नुहुन्छ ?
सद्भावना पार्टी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जन्मदाता हो । आजभन्दा नौ वर्षअगाडि राजेन्द्र महतोकै अथक प्रयासबाट उहाँकै घरमा उपेन्द्र यादव सम्मलित संयुक्त मधेसी मोर्चा गठन भएको थियो । त्यसको करिब एकवर्षपछि मात्र तमलोपा पार्टी गठन भएर मोर्चामा सम्मलित भएको हो । त्यसपछि मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनेको हो । नौ वर्षको अनवरत यात्रामा सद्भावना पार्टी अभिभाज्य अंग हो । बरु उपेन्द्र यादवको पार्टी मोर्चामा पटक–पटक आउने जाने गरेको छ । महन्थजीको पार्टी त ढिलै आयो । महेन्द्रजीको पार्टी त झनै ढिलो आयो । तर हाम्रो पार्टी लगातार मोर्चाको साथमा छ । त्यसैले मोर्चासँग प्रगाढ सम्बन्ध भएका कारणले कसैले भन्दैमा मोर्चा छाड्ने कुरै आउँदैन ।
अब मोर्चामा टिक्नका लागि तपाईंको पार्टीले के रणनीति बनाउँदैछ त ?
आजसम्म मोर्चामा नभएको घटना हिजो भएको हो । मोर्चा गठन भएदेखि आजसम्म सबै निर्णयहरू पल्टाएर हेर्नुस्, कुनै पनि निर्णय बहुमत वा अल्पमतमा भएको छैन । सबै सर्वसम्मतिले भएका छन् । तर हिजो जुन प्रकारको निर्णय आयो, त्यसमा हाम्रो चार नम्बर बुँदामा मात्र असहमति रहेको छ । त्यसले गर्दा मोर्चामा विवादको रेखा तानिएको हो । तर, यो विवाद र असहमतिका वावजुद पनि मोर्चामै रहेर संघर्ष गर्ने र मधेसका लागि काम गर्नेछौं ।
अहिले जसरी बहुमतले तपाईंका पार्टी अध्यक्षलाई क्रियाकलाप नगर्न निर्देशन दिएको छ । भोलि गएर त्यही बहुमतको आधारमा यदि मोर्चाबाट निस्कासन गरिएको विज्ञप्ति पनि त आउन सक्ला नि !
हिजोको निर्णय मधेसी मोर्चाका केही अध्यक्ष (उपेन्द्र र महेन्द्र) ले एकजना भलादमी अध्यक्ष (महन्थ) लाई प्रयोग गर्दै गरिएको हो । तिनै दलका दोस्रो तहका नेताहरूले हिजोको निर्णयलाई मन पराएका छैनन् । यद्यपि सधैं उहाँ नै अध्यक्ष रहनुहुन्छ र उहाँहरुले प्रयोग गरिरहन सक्नुहुन्छ भन्ने होइन । समय सधै एकनासको रहँदैन । मनमानी गर्न पाइँदैन ।
यदि यस्तै अवस्था सधैं रही रहने खतरा पनि त देखिन्छ नि ?
हामी मोर्चाभित्र रहन्छौं । मोर्चाका आफ्नै आचारसंहिता छन् । मोर्चाका कार्यविधि छन् । त्यही आचारसंहिता र कार्यविधिलाई अपनाउँदै मोर्चामा सकेसम्म लडिरहन्छौं तर मोर्चा छाड्दैनौं । यो मोर्चा कुनै पार्टी अध्यक्षको पेवा होइन । यो मोर्चा करोडौं मधेसीको आस्थाको केन्द्र हो । जसको कारणले ४७ जनाले ज्यानै दिए । २ हजारभन्दा बढी घाइते छन् । सबभन्दा ठूलो आस्थाको केन्द्र भएकाले यसलाई छाडेर जाने कल्पना पनि गर्न सकिदैन ।
विहारबाट फर्किनेबित्तिकै नाकाबन्दी खोल्दिन्छौं भन्नु र नाका पनि खुल्नुबीचाहिँ के सम्बन्ध छ ?
त्यो संयोग मात्र हो । विहारसँग हाम्रो विशेष सम्बन्ध छ । नाता कुटुम्बको नाताले गर्दा पनि हामी एक–अर्काको दुःखसुखमा साथ दिन्छौ । एक अर्काका पीडा सुनाउन र सुन्न जान्छौं । र, मधेसमा जारी आन्दोलनमा भइरहेको दमन र राजनीतिक अवस्थाको बारेमा जानकारी गराउन हामी त्यहाँ गएका थियौं । त्यहाँबाट फर्केपछि नाकाबन्दी खुल्नु र मन फाट्ने गरी मोर्चामा रेखा पनि कोरिनु संयोग मात्र हो ।
विहारबाट आएर नाकाबन्दी खोल्नु, प्रचण्ड र प्रधानमन्त्री ओलीले बधाई दिनु र काठमाडौं आएर उहाँहरूलाई भेट्नुलाई मोर्चाका अन्य नेताले निकै गम्भीरतापूर्वक लिएको भनेर भनिरहेका छन्, यस्तो किन भयो ?
कुरा यहीँनेर बिग्रेको छ । आन्दोलनको स्वरूप परिवर्तन गरी राजधानीकेन्द्रित आन्दोलन गर्ने भनेर उपेन्द्रजीले भन्नुभयो । पुस १० गतेको बैठकबाट नाकाबन्दीको बारेमा छलफल गरिन्छ भनेर महन्थजीले भन्नुभयो । माघ १८ गते नाकाबन्दी फिर्ता हुन्छ भनेर महेन्द्रजस्ले भन्नुभयो । तर हाम्रा पार्टीका अध्यक्षले सबै नाका खुल्ला छ भने वीरगञ्ज नाकामात्र किन बन्द राख्ने भन्नेबारे प्रस्ताव मोर्चाको बैठकमा लान्छु भन्नु गलत कसरी हुन्छ ? मधेसमा जतिखेर आन्दोलनकारीहरू मरिरहेका थिए, त्यसबेला सुशील कोइराला र प्रचण्डले फोन गरेर बोलाउँदा उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादव काठमाडौ आएर सुटुक्क कुराकानी गर्न मिल्ने तर हाम्रो अध्यक्षलाई कुनै नेताले फोन गरेर बोलाउँदा आउन किन नमिल्ने ? समस्या त्यहीँबाट सुरु भएको हो । उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादवले केपी ओली, प्रचण्ड, सुशील कोइरालालगायतसँग कति पटक कहाँ–कहाँ कुरा गरेका छन् भन्ने कुरा हामीबाट कहाँ लुकेको छ र ? तर एक÷दुईपटक हाम्रो अध्यक्षले उनीहरूको विशेष आग्रहमा काठमाडौं आएर भेट गर्नुले कुन पहाड खसेको छ ? त्यसैलाई ‘इस्यू’ बनाएर मोर्चालाई विवादमा ल्याउन खोजेको हो भने यसमा मलाई केही भन्नु छैन ।
केपी ओलीको भारत भ्रमणको बाटो खोलि दिनका लागि नाकाबन्दी खोलिएको आरोप छ नि, के भन्नुहुन्छ ?
मधेसी मोर्चामा आबद्ध दलहरू इमान्दारीपूर्वक आन्दोलनमा नलागेका कारण नाकाबन्दी स्थगित गरिएको हो । पछिल्लो चार महिनाको नाकाबन्दीलाई विचार गर्ने हो भने पछिल्ला एक डेढ महिनादेखि मौसम प्रतिकूलताका कारण रक्सौल नाका पनि खुकुलो थियो । अरू नेताले जिम्मेवारी पाएको नाका त खुल्लै थियो भन्दा पनि हुन्छ । नाकाबन्दीका कारण मधेस आन्दोलन बदनाम हुँदै गइरहेको थियो । नाकाबन्दीबाट आमजनता सास्तीमा थिए, तर अरू त तस्कर गरिरहेका थिए । आन्दोलनको आडमा तस्करहरूको बिगबिगी पनि बढ्न थालेको थियो । यी सबै अवस्थालाई ख्याल गरी नाकाबन्दी केही खुकुलो गर्ने कि वा केही महिनाका लागि स्थगित गर्ने कि भन्ने विषयमा पहिलादेखि नै छलफल सुरु भएको थियो तर अहिले आएर यस्तो अवस्थामा निर्णय भयो । जबकि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । यो पनि संयोगै हो ।








