रातो घर, स्मार्टफोनको अहिलेको दुनियामा असंख्य एप्लिकेसनहरु उपलब्ध छन् । अझ भनौँ हरेक कामका लागि एप छन् । चाहे तपाइँ मोबाइलमा विभिन्न गेम खेलेर घण्टौँ बिताउन चाहनुहोस् वा दुनियाको कुनै कुनामा बसेर अर्को कुनामा रहेको मानिसलाई भिडियो कलिंग गर्नुहोस् ।
स्मार्टफोन एपले यी सबै कामलाई सम्भव तुल्याइदिएको छ । तर स्मार्टफोनमा डाउनलोड गर्न सकिने सबै एपहरु कामलाग्ने हुँदैनन् । कतिपय एपहरु त यस्ता हुन्छन् जसले तपाइँको मोबाइललाई नै समस्यामा पारिदिन सक्दछन् ।
दाबी गर्दा फाइदाजनक भनिने तर वास्तवमा वाहियात ठहरिएका केही एपहरु यस्ता छन् जसलाई तपाइँले भुलेर पनि स्मार्टफोनमा इन्स्टल नगर्नुहोला:
Clean It: यस्तो उपयोगी जस्तो लाग्ने एपलाई पनि किन स्मार्टफोनमा नराख्न भनियो भन्ने सोँच्नुभएको होला । यो एपले फोनका अनावश्यक तथा हानिकारक फाइल तथा भाइरसलाई हटाएर फोनको स्पीड बढाइदिने दाबी गरिन्छ । तर वास्तवमा त्यसो होइन । यसले उल्टै फोनलाई स्लो बनाइदिने तथा ब्याट्रीको आयु घटाइदिने गर्दछ ।
Music Player: आफ्नो नाम अनुसार नै यो एपले प्रयोगकर्तालाई स्मार्टफोनको प्ले लिस्टमा राखिएका अडियो गीत बजाइदिन्छ । यो एप प्रयोग भएको समयमा त्यसमा पपअप विज्ञापन देखा पर्दछन् । यस्ता विज्ञापनले उल्टै मोबाइलको डाटाको खपत गरिदिन्छन् र ब्याट्रीको चार्ज पनि स्वाहा पारिदिन्छन् ।
DU Battery saver and fast Chareg: ब्याट्री बचत गर्ने भनिएको यो चर्चित एप पनि तपाइँले आफ्नो स्मार्टफोनमा इन्स्टल नगर्दा नै राम्रो हुन्छ । यो एपले मोबाइलको ब्याट्री चार्जिंगलाई तिव्र बनाउने भनेपनि दाबी अनुसारको काम गर्दैन । साथै यो एपमा पनि अन्यमा जस्तै विज्ञापन देखा पर्ने भएकाले त्यसले मोबाइलको डाटाको खपत गरिदिन्छ र ब्याट्रीको चार्ज पनि छिटो सकाइदिन्छ ।
Dolphin Web Browser: ब्राउजर बनाउनेहरुको दाबी छ की यो एप विज्ञापन मुक्त तथा फ्लास सपोर्ट गर्ने खालको छ । तर यो ब्राउजर चलाउनु निकै जोखिमपूर्ण रहेको बताइन्छ । किनकी यो ब्राउजरले प्रयोगकर्ताका हरेक डाटा संग्रहित गर्दछ ।
QuickPic: यो फोटो ग्यालरी एप हो । प्रयोग गर्दा सजिलो तथा प्रयोगकर्तामैत्री पनि छ । यसलार्य एक वेबसाइटले सन् २०१५ को सर्वोत्कृष्ट एप पनि घोषित गरेको थियो । तर यो एप यति खतरनाक छ की यसले प्रयोगकर्तालाई डाटालाई आफ्नो सर्भरमा अपलोड गरिदिन्छ । जसका कारण प्रयोगकर्ताका निजी तस्वीर तथा व्यक्तिगत डाटा पनि लिक हुने खतरा बढ्दछ । त्यसैले यो एपलाई पनि आफ्नो मोबाइलमा प्रयोग नगरेकै राम्रो ।
साभार: अनलाईन
रातो घर, असार २, २०७३- एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।
एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो ।
परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पूरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ । परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।
विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ । ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनुपर्ने भन्ने निक्र्योल गरेका छौं,’ उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।’
११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनैपर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरू दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।
अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरू अध्ययन गर्न सक्नेछन् ।
विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।
सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ । अंग्रेजीमा सी (४० देखि ५० प्रतिशत), सामाजिक र नेपालीमा कम्तीमा डी प्लस (३० देखि ४० प्रतिशत) ल्याउनुपर्ने हुन्छ ।
कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ । व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक भएको विषयमा फरक ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । यो निर्णयले प्रयोगात्मकमा ए प्लस र सैद्धान्तिकमा ई ल्याए पनि विद्यार्थीले भर्ना पाउने छन् ।
यसले सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । दुई विषयसम्म डी र ई ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ ।
अधिकांश विषय अध्ययन गर्न सबै विषय अध्ययन गर्न अंग्रेजीमा सी र डी प्लस ल्याए हुनु भनिएको छ ।
यसअनुसार ग्रेड सी भन्नाले ४० देखि ५० र डी प्लसमा ३० देखि ४० प्रतिशत हुन्छ । व्यवस्थापन समूह रोज्ने विद्यार्थीले अनिवार्य अंग्रेजीमा डी प्लस ल्याए पनि हुने व्यवस्था गरेको छ ।
यसअनुसार कुनै विद्यार्थीले प्राक्टिकलमा २४ प्राप्त गरेको छ भने प्लस हुन्छ । सैद्धान्तिकमा ६ नम्बर मात्रै ल्याउँदा ‘ई’ समूहभित्र पर्छ । सैद्धान्तिक र प्राक्टिकलको दुवै नम्बर जोडदा ३० हुन्छ । ग्रेडमा लैजाँदा डी प्लस हुन्छ ।
सैद्धान्तिक र प्राक्टिकलमा कति ग्रेड ल्याउने पढ्न पाउने भन्ने व्यवस्था नगर्दा सैद्धान्तिकमा सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि माथिल्लो तहमा अध्ययन गर्न पाउने भएका छन् ।
शिक्षाविद् डा. मनप्रसाद वाग्लेले १.६ भन्दा कम जीपीए ल्याउनेलाई विकल्प नदिएको बताए ।
‘फेल ग्रेड नभएकाले विकल्प दिनुपर्थ्यो,’ उनले भने, ‘विज्ञान समूह अध्ययन गर्न कम्तीमा ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्थाले सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थी फेरि पनि विज्ञान पढ्न वञ्चित हुने भएका छन् ।’
प्राविधिकमा सबै खुल्ला
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ ।
स्वास्थ्यतर्फका विषयहरू, इन्जिनियरिङ, कृषि, वन, टुरिज्मलगायत अन्य विषय अध्ययन गर्न पनि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड नै ल्याउनुपर्ने हुन्छ ।
टीएसएलसी कोर्ष न्यूनतम ई ग्रेड र ०.८ जीपीए ल्याउने विद्यार्थीले पनि अध्ययन गर्न सकिने व्यवस्था गरेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले सिकाइ क्षमता कम भएका विद्यार्थीलाई एकवर्षे कोर्ष बनाएको छ ।
साभार: कान्तिपुर
साभार: कान्तिपुर
१४ जेष्ठ २०७३
फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
शुक्रबार जिल्ला अदालतबाट साँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।
सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् । प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन । रासस
रातोघर, काठमाडौं – सरकारी कार्यालयहरुको वेबसाइट ह्याक गर्ने १८ वर्षीय विकास पौडेल पक्राउ परेका छन् । तनहुँ घर भई बालाजु बस्ने उनी सिद्धार्थ बनस्थली क्याम्पसमा ११ कक्षाका विद्यार्थी हुन् । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग विभागलगायत सरकारी कार्यालयको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको हो । उनले दुई सयभन्दा धेरै साइट ह्याक गरिसकेको बताएका छन् ।
सरकारी कार्यालयहरुको वेबसाइट एकपछि अर्को गर्दै ह्याक भएपछि अन्तर्राष्ट्रिय ह्याकर सक्रिय रहेको प्रहरीको अनुमान थियो । तर, अनुसन्धानका क्रममा पौडेलले क्षयरोग , घरेलु, दुग्ध विकास संस्थान, दूरसञ्चार प्राधिकरणलगायत सरकारी निकायको वेबसाइट ह्याक गरेको खुलेको थियो , आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
रातोघर, एजेन्सी : पछिल्लो समयमा प्रविधिको विकाससंगै विश्वमा रहेको मानिसलाई एक आपसमा बाधने काम गरेको छ । प्रविधिले मानिसलाई एक आपसमा नजिक ल्याउने काम गरेको छ भने यसले विभिन्न समस्या समेत पैदा गर्ने गरेको छ ।
चीनमा पनि यस्तै समस्या देखा परेको छ । चीनका एक नागरिकले १८ दिनकी छोरी बेचेर आइफोन खरिद गरेको पाइएको छ । छोरी बेचेको आरोपमा उनलाई ३ वर्ष जेल सजाय सुनाइएको छ । उनीहरुले आईफोन किन्नका लागि १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बेचेको बताइएको ।
चीनको पीपुल्स डेलीले उल्लेख गरे अनुसार चीनको फूजियान प्रान्तमा सामाजिक सञ्जाल क्युक्युमा १८ दिनकी छोरी किन्ने मानिस फेला पारेका थिए । बाबु र आमाको उमेर १९ वर्ष रहेको छ ।
चीनमा पनि यस्तै समस्या देखा परेको छ । चीनका एक नागरिकले १८ दिनकी छोरी बेचेर आइफोन खरिद गरेको पाइएको छ । छोरी बेचेको आरोपमा उनलाई ३ वर्ष जेल सजाय सुनाइएको छ । उनीहरुले आईफोन किन्नका लागि १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बेचेको बताइएको ।
चीनको पीपुल्स डेलीले उल्लेख गरे अनुसार चीनको फूजियान प्रान्तमा सामाजिक सञ्जाल क्युक्युमा १८ दिनकी छोरी किन्ने मानिस फेला पारेका थिए । बाबु र आमाको उमेर १९ वर्ष रहेको छ ।
रातोघर, काठमाडौं–नेपाल टेलिकममा विभिन्नखाले भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेपछि त्यसको विरोधमा ह्याकरको एक समूहले टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक ह्याक गरिएको र उक्त तथ्यांक आफ्नो नियन्त्रणमा रेहको दाबी गरेको छ । आफ्नो फेसबुक पेजबाट टेलिकमका प्रयोगकर्तालाई सम्बोधन गर्दै उक्त समूहले नेपाल टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक आफ्नो नियन्त्रणमा भएको दाबी गरेको हो । उक्त समूहले केही प्रयोगकर्ताको ह्याक भएको विवरणसमेत सार्वजनिक गरेको छ ।
कसले गर्यो ह्याक ?
केही समयअघि डा. बाबुराम भट्टराईको वेबसाइट ह्याक गर्ने ह्याकर को समूह anonymous #opnep ले टेलिकमका भ्रष्टाचार भएका कारणले उसका प्रयोगकर्तालाई नेपाल टेलिकम असुरक्षित छ भन्ने जानकारी दिनसमेत आफूले यस्तो गरेको बताएका छन् । ह्याकरको उक्त समूहले प्रयोगकर्ताका सम्पूर्ण मोबाइल नम्बर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । उक्त समूहले प्रयोगकर्ताको नागरिकता नम्बर, युजरनेम, बुवाको नाम, ठेगाना र अन्य सम्पूर्ण विवरणसमेत ह्याक गरिएको दाबी गरेको छ । यद्यपि, उक्त समूहले प्रयोगकर्ताको सेक्युरिटी कोड भने ह्याक नभएको स्पष्ट पारेको छ । उक्त समूहले यसअघि पनि आफूले थुप्रै साइट ह्याक गरेको दाबी गरेको छ । उसले वरुण राष्ट्रिय निकुञ्ज, किप्स एफएम, इसेवाको एक सब डोमेनलगायतका साइट ह्याक गरिसकेको छ भने समूहले रक्षा मन्त्रालयको साइटसमेत केही दिनका लागि ह्याक गरेको थियो ।
टेलिकमको सर्भर असुरक्षित छ भन्ने प्रमाणित गर्न ह्याक गर्यौं : ह्याकर समूह
ह्याकरको उक्त समूहले आफ्नो फेसबुक पेजमार्फत नेपाल टेलिकमको सर्भर सुरक्षित छ वा छैन भन्ने जान्न आफूले प्रयोगकर्ताका सम्पूर्ण तथ्यांक नियन्त्रणमा लिएको जानकारी दिँदै नेपाल टेलिकमलाई आफ्नो ‘सर्भर’ सुरक्षित राख्नसमेत आग्रह गरेको छ । उसले आफूहरूले नियन्त्रणमा लिएका कुनै पनि तथ्यांकको दुरुपयोग नगर्नेसमेत दाबी गरेको छ । ‘नेटवर्कमा समस्या छ । त्यही कारणले सर्भर सुरक्षित छैन भन्ने प्रमाणित गर्न हामीले टेलिकमका तथ्यांक नियन्त्रणमा लिएका छौं ।’ नेपाल टेलिकमको सर्भर ह्याक भएको प्रमाणित गर्न ह्याकर समूहले उनीहरूलाई कसैको मोबाइल नम्बर पठाए नेपाल टेलिकमको सर्भर प्रयोग गरी एसएमएस पठाइनेसमेत दाबी गरेको छ ।
के भन्छन् आईटी विज्ञ ?
यस विषयमा राटोपाटीले काठमाडौँमा काम गरिरहेका विभिन्न आईटी विज्ञसँग सम्पर्क गरेको थियो । काठमाडौँको कोटेश्वरमा सञ्चालित एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘नेपाल टेलिकमको सर्भर असुरक्षित भएको पक्कै हो । ह्याकरले गरेको ह्याकबाट उक्त तथ्य प्रमाणित भएको छ ।’ काठमाडौँको मैतीदेवीमा सञ्चालित अर्को एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘तपाईंले यसबारे सोध्नुभएपछि मैले पनि ह्याकरले सार्वजनिक गरेको तथ्य पढेँ । र, आफैँले त्यसबारे अनुसन्धान पनि गरेँ । ह्याकर समूहले टेलिकमका प्रयोगकर्ताका सम्पूर्ण विवरण आफ्नो नियन्त्रणमा लिएका रहेछन् । उनीहरूले उक्त तथ्यांकको दुरुपयोग नगर्ने भनेपछि केही गरी गरिहाले भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ ।’
टेलिकम प्रवक्ताले प्रतिक्रिया दिइनन्
यसबारे नेपाल टेलिकम प्रवक्ता प्रतिमा वैद्यलाई सम्पर्क गर्दा उनले फोन उठाइनन् । फोन नउठेपछि उनलाई एसएमएसमार्फत यसबारे प्रश्न सोध्दासमेत उनको प्रतिक्रिया आएन । नेपाल टेलिकममा असुरक्षित सर्भर राखेको र सस्तोमा पाइने सफ्टवेर प्रयोग गरेर करोडौँ रुपैयाँ भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेको थियो ।
रातोघर,काठमाडौं, २३ फागुन । भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुर्नुपर्ने देखिएको हो ।
भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत्त कटौती १३ घन्टा कायम छ ।
मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् । कारोबार दैनिकले समाचार छापेको छ ।
नेपालका वार्षिक ८० देखि सय मेगावाटसम्म विद्युत माग बढ्ने तर त्यसको तुलनामा आपूर्ति कम हुँदा वितरण प्रणालीमा असन्तुलन आई लोडसेडिङ बढ्ने तर्क क्षेत्रीको छ ।
रातोघर, भूकम्प कहाँ कतिखेर कत्रो जान्छ भनेर अनुमान गर्न सकिँदैन । भूकम्प जुनसुकैबेला आउँन सक्छ । वैशाख १२ गते गएकोे महाभूकम्पपछि आमजनमानसमा भूकम्पप्रति चासो र जिज्ञासा बढ्दै गएको छ ।
भूकम्पले हामीलाई मार्ने त होइन तर हामीले बनाएका भौतिक संरचनाका कारण मानवीय क्षति हुने हो । हामीले घर तथा भवन निर्माण गर्दा सचेत हुनुपर्दछ ।
सुरक्षालाई ध्यानमा राखी घर बनाँउदा बजारतिर नयाँनयाँ घर निर्माण हुन थालेका छन् । तर गाँउघरतिर भौगलिक विकटता, आर्थिक अवस्था र प्रविधिका कारण पक्की पिलर सिस्टमका ढलान घर बनाँउन कठिन छ । त्यासैले गाँउघरतिर ढुंगा, काठ र जस्ताको प्रयोग गरी कसरी घर बनाउँने त ?
गाउँघरतिर ढुंगे गारोको भवनलाई सजिलै र कम खर्चमा भूकम्प प्रतिरोधी बनाउने उपाय :
घर बनाउँदा गारो सोझो र सुर मिलाई लगाउनुु पर्दछ । गारोमा ढुंगा जोड्दा जोर्नी छल्नु पर्दछ । भवनभरिको गारोलाई हरेक २ फिटको उचाइपछि समान तहमा ल्याउनुपर्छ । गारोमा माटो र ढुंगाका ससना टुक्रा सक्दो कम प्रयोग गर्नुपर्छ ।
हरेक दुई फिटको उचाइमा गारोलाई समान तहमा ल्याएपछि तीनतीन फिटको दूरीमा कैंची मार्ने ढुंगा वा फलामे टुक्रा राख्नुपर्छ ।
गारोको जोर्नीलाई बलियो बनाउन जोर्नीहरूमा ठूलो ढुंगा राख्नुपर्दछ वा हरेक दुई फिटको उचाइपछि चित्रमा देखाए जस्तै ढलान गर्नुपर्छ । गारोको जोर्नीमा ठाडो डन्डी राख्नुपर्छ । यो डन्डी जगदेखि नै सुरु गरी छानाको नसमा जाम गर्नुपर्छ । झ्याल ढोकालाई घरको कुनाबाट तथा एक अर्काबाट कम्तीमा दुई फिट टाढा राख्नुपर्दछ । झ्याल ढोका सकेसम्म कम र साना राख्नु राम्रो हुन्छ ।
झ्याल तथा ढोकामाथि भवनभरिका सबै पर्खाल ढाक्ने गरी काठ वा ढलानको कुप्पु कस्नुपर्छ । सिमेन्ट ढलानको कप्पु कस्दा चित्रमा देखाएजस्तै फलामको छड (डन्डी) राखी ढलान गर्नुपर्छ । डन्डी बंग्याउँदा वा बाँध्दा भित्ताका जोर्नीमा विशेष ध्यान दिनुपर्छ ।
भवनको छाना तथा माथिल्लो तल्लाको भुईं राख्दा पहिले नसलाई राम्ररी कस्नुपर्छ । त्यासपछि छानाको माथिल्लो भाटा, मुसी, च्यासल आदिलाई एक आपसमा तथा नसमा राम्ररी बाँध्नुपर्छ । छत ढलान गर्ने भए नस कस्नु पर्दैन ।
—भूकम्प प्रविधि राष्ट्रिय समाज—नेपालको सुरक्षित भवन निर्माण तथा भूकम्पीय सुरक्षका उपायबाट साभार ।
रातोघर, काठमाडौं, ९ फागुन । नेपाल विद्युत प्राधिकरणले ५०१ जना अधिकृतका लागि रोजगारी खोलेको छ ।
आइतबार सार्वजनिक सूचना प्रकाशित गरी प्राधिकरणले आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी विभिन्न पदमा ५०१ जना मागेको हो ।
प्राधिकरणले अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले विभिन्न समूहको अधिकृत स्तरको पदमा १ सय ६ जनाका लागि जागिरको अवसर खुलाएको छ भने सहायक स्तरका पनि विभिन्न समूहमा ३ सय ९५ जनाका लागि जागिर खुलाएको छ ।
जसअनुसार अधिकृततर्फ ७, ८, ९ र १० औं तहका लागि दरखास्त आह्वान गरेको छ । अधिकृत माग भएका समूहमा प्रशासन, इलेक्ट्रिकल, सिभिल, लेखा, विविध, मेकानिकल र कम्प्युटर रहेका छन् ।
यस्तै, प्रशासन समूहका लागि सहायक स्तरतर्फ मिटर रिडिङ सुपरभाइजर १९, प्रशासन समूहको लेखापाल १९, इलेक्ट्रिकल समूहतर्फ सुपरभाइजर ४० जना, मेकानिकल समूहतर्फ सुपरभाइजर ७, सिभिल समूहतर्फ सुपरभाइजर ३, विविध समूहतर्फ सिनियर हेभी इक्वीपमेन्ट अपरेटर एकजना, प्रशासन समूहतर्फ सिनियर मिटर रिडर ७२ जनाका लागि जागिरको अवसर खुलाइएको छ ।
यसैगरी लेखा समूहतर्फ सहायक लेखापाल पदमा २४ जना, इलेक्ट्रिकल समूहतर्फ फोरमेन पदमा ७८ जना, सिभिल समूहतर्फ फोरमेन पदमा ४ जना, विविध समूहतर्फ फोरमेन ड्राइभर पदमा ८ जना, प्रशासन समूहततर्फ मिटर रिडर पदमा ३५ जना, इलेक्ट्रिकल समूहतर्फ इलेक्ट्रिसियन पदमा ८० जना र विविध समूहतर्फ ड्राइभर पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
दरखास्त आह्वान गरिएका पदहरुमा आवेदन दिन इच्छुकले नेपाल विद्युत प्राधिकरणको वेबसाइट मार्फत दरखास्त फारम डाउनलोड गरी भर्नसक्ने जनाइएको छ । दरखास्त फारम सहायक स्तरका लागि जुन क्षेत्रको पदका लागि बुझाउने हो, सोही क्षेत्रका प्राधिकरणका क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरियामा बुझाउनुपर्ने बताइएको छ ।
यसैगरी, अधिकृतस्तर र काठमाडौ क्षेत्रका सहायक स्तरको हकमा नेपाल विद्युत प्राधिकरण, तालिम केन्द्र खरिपाटी भक्तपुरमा दरखास्त फारम बुझाउनुपर्नेछ ।
रातो घर, काठमाडौं – सरकारले समग्र विकासका लागि गााउँगाउँमा वाइफार्इ पुर्याउने भएको छ ।संघीय मामिला तथा स्थानीय मन्त्रालयले भौतिक पूर्वाधार, ग्रामीण पर्यटन, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुशासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुर्याउने भएको हो ।
‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउने काम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानीय विकास मन्त्रालयले लामो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ’ मन्त्रालयका स्वायत्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने, ‘जनताको नजिकको सरकार भएका कारण् शिक्षाा,स्वास्थ्य, विकास, संस्कृति र पर्यटन विकासलगायतका कामसँगै इन्टरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउँगाउँमा वाइफाई पुर्याउन जुटेका हौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मुम्बई। । स्मार्टफोन निर्माता कम्पनी कुलप्याडले आफ्नो एक स्मार्टफोन ८ सेकेण्डमा २५ थान बिक्री भएको दावी गरेको छ । कुलप्याड नोट थ्री लाईट मोडलको सो मोबाइल भारतीय बजारलाई टारगेट गरेर अनलाईन बिक्रीका लागि राखिएको थियो । शपिङ अनलाइन अमेजनमा एकै पटक यतिधेरै अफर आयो कि त्यसले सबैलाई चकित बनाईदियो ।
चाइनिज कम्पनी कुलप्याडले भारतीय बजारमा यस्तो सफलता हासिल गरेको हो । भारतमा यसको मूल्य ६ हजार ९ सय ९९ तोकिएको थियो । यद्यपी नेपालमा भने यसको मूल्य १२ हजार ६ सय तोकिएको छ ।
कूलप्याड भारतका सिईओ सथ्यद ताजुद्दिनले कम मूल्यमा धेरै फिचर्स भएकाले यतिधेरै पिस एकैपटक बिक्री भएको दावी गरे । हालसम्म अमेजनमा यो मोबाइलका लागि ७० हजारभन्दा बढी पिसको अफर आइसकेको छ ।
यस मोबाइलप्रति ग्राहकहरु यतिधेरै आकर्षित हुनुको कारण त्यति मूल्यमा पाउनै नसकिने फिचर्स यसमा हुनु हो । ५ इञ्च एचडी स्क्रिन भएको यस स्मार्टफोनमा ३ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ३३ जिबीसम्म बढाउन सकिने तथा २५०० M aH Li-Ion ब्याट्री छ ।
साथै यसमा टू जी, थ्री जीमात्रै होइन, फोर जी लाईट नेटवर्कसमेत चलाउन सकिन्छ ।
हेर्नुस् भिडियो:
चाइनिज कम्पनी कुलप्याडले भारतीय बजारमा यस्तो सफलता हासिल गरेको हो । भारतमा यसको मूल्य ६ हजार ९ सय ९९ तोकिएको थियो । यद्यपी नेपालमा भने यसको मूल्य १२ हजार ६ सय तोकिएको छ ।
कूलप्याड भारतका सिईओ सथ्यद ताजुद्दिनले कम मूल्यमा धेरै फिचर्स भएकाले यतिधेरै पिस एकैपटक बिक्री भएको दावी गरे । हालसम्म अमेजनमा यो मोबाइलका लागि ७० हजारभन्दा बढी पिसको अफर आइसकेको छ ।
यस मोबाइलप्रति ग्राहकहरु यतिधेरै आकर्षित हुनुको कारण त्यति मूल्यमा पाउनै नसकिने फिचर्स यसमा हुनु हो । ५ इञ्च एचडी स्क्रिन भएको यस स्मार्टफोनमा ३ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ३३ जिबीसम्म बढाउन सकिने तथा २५०० M aH Li-Ion ब्याट्री छ ।
साथै यसमा टू जी, थ्री जीमात्रै होइन, फोर जी लाईट नेटवर्कसमेत चलाउन सकिन्छ ।
काठमाडाै । इन्टरनेटमा लाइभ स्ट्रिमिंगको बजार तात्तिँदै गएको छ । सोसल नेटवर्किंग साइट फेसबुक पनि अब छिटै लाइभ स्ट्रिमिंगको बजारमा पदार्पण गर्ने तयारीमा छ ।
पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग सेवाहरु जस्तै फेसबुकले पनि आफ्ना प्रयोगकर्ताहरुलाई लाइभ स्ट्रिमिंग प्लेटर्फमको प्रयोग गर्ने सुविधा प्रदान गर्न लागेको हो ।
















