रणवीर छाडेकी कट्रिनासँग सलमान नजिकिएपछि…
रातो घर, मुम्बई । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम–दिवश नजिकिँदै गर्दा बलिउड अभिनेता सलमान खानसँग नाम जोडिएकी लुलिया वन्तूर भने टेन्सनमा छिन् । लुलिया बलिउडमा सलमानको गर्लफ्रेन्डका रुपमा चिनिन्छिन् । तर, पछिल्लो केही दिनयता सलमान र कट्रिनाको नाम चर्चामा आउन थालेपछि लुलियालाई टेन्सन भएको हो । जब, कट्रिनाको अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’ भयो, तब सलमान नजिकिए । हुन त कट्रिनासँग सलमानले यसअघि नै रोमान्स गरिसकेका हुन् । उनीहरु ‘एक्स प्रेमी–प्रेमिका’ हुन् ।
तर, लुलियाले सलमानसँग विताएका बिताएका दिनहरु कसरी पो बिर्सन सक्लिन् र ? तैमाथि एक्स–गर्लफ्रेन्ड कट्रिनाका साथ सलमानको बढ्दो फ्रेन्डशिपले त लुलियालाई रिस उठ्ने नै भयो । लुलियालाई टेन्सन हुन स्वभाविक पनि हो किनकि, केही वर्षयता उनी निरन्तर सलमानसँग जोडिदै आएकी थिइन् । तर, अहिले फेरि उनको स्थान कट्रिनाले लिएकी छन् ।
हालै एक टिभी रियालिटी शोमा कट्रिना आफ्नो फिल्म ‘फितूर’ को प्रमोशनका लागि गएकी थिइन् , जहाँ सलमान पनि उनलाई सर्पोट गर्न पुगेका थिए । तर, सलमानकी गर्लफ्रेन्डले यसलाई खाशै गम्भीर रुपमा लिइनन् । जब, सलमान र कट्रिना हरेक दिनजसो सँगै देखिन थाले, तब लुलियाको दिमागमा पारो चढ्न थालेको हो ।
एक किसिमले लुलियालाई सलमान–कट्रिनाको बढ्दो मित्रताले केही प्रोब्लम नभएको पनि बताइन्छ किनकि, लुलियालाई दंबग खानमाथि पूरै विश्वास छ । त्यसैले मन थाम्ने प्रयाससमेत गरिरहेकी छन् । केही समयअघि सलमानसँग लुलिया बिग बोस कटेजमा देखिएकी थिइन् । उक्त तस्बिर लुलियाले सामाजिक सञ्जालमा पनि पोस्ट गरेकी थिइन् । उक्त तस्बिरसँग उनले पोष्ट गरेकी थिइन्, ‘चाँडै म खान परिवारमा सहनाई बजाएर जाँदैछु ।’ सो कुराले सलमान र लुलियाका फ्यान खुसी भएका थिए । (स्क्रिन नेपालबाट)
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses