शुक्रबार रातिको भूकम्पमा परि ७० जना घाइते, घाइतेकाे संख्या बढ्दै
काठमाण्डौ । शुक्रबार राति गएको भूकम्पले राजधानीमा घाइते हुनेको संख्या ७० पुगेको छ । भूकम्प आएपछि भाग्ने क्रममा ती मानिसहरु घाइते भएको प्रहरीको जनाएको छ । महानगरीय प्रहरी रानीपोखरीकाअनुसार काठमाण्डमा ५९ जना घाइते भएका छन् भने ललितपुरमा ६ र भक्तपुरमा पाँच जना घाइते भएका छन् ।
काठमाण्डुको अनामनगर, असन, स्वयम्भु, पानीपाखेरी, बालाजु लगायतक्षेत्रमा बढी घाइते भएका छन् । घाइतेहुनेहरु सबैजसो भागदौडका क्रममा घाइते भएका हुन् । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । सुत्ने तरखरमा रहेको बेला एक्कासी ५ दशमलव ५ रेक्टर स्केलको कम्पन हुन थालेपछि धेरै मानिसहरु आत्तिएर भागेका थिए ।
भूकम्पपछि मानिसहरु घर छाडेर सडकमा आएका थिए । वैशाख १२ पछिको ४ म्याग्निच्युडका ४२९ पराकम्पन गएका छन् । पाँच म्याग्निच्युडभन्दा माथिका पराकम्पनको संख्या कम छ । मंसिर ३ मा सिन्धुपाल्चोकमै केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार रातिको पराकम्पनको धक्का भारतको बिहारसम्म महशुस गरिएको थियो ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses