जापानमा नेपालीद्वारा ट्रेनको लिकमा आत्महत्या

जापान । जापानमा बाग्लुङ्गका ओमकारले ट्रेनको लिकमा हाम फालेर आत्महत्या गरेका छन् ।
टोक्योको कामता बस्दै आएका वाग्लुङ, गल्कोट काँडेवास ९ का ओमकार कँडेलले आत्महत्या गरेका हुन् ।

कँडेलले द्रुत गतिमा आइरहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेको एजेन्सीले बताएका छन् ।
टोकियो ओमोरी खाईदान स्टेशनमा द्रुत गतिमा रहेको केइहिन केइक्यु लाईनमा एक्कासी हामफालेका कारण उनको घटनास्थलमै मृत्यु भएको जापान प्रहरीले जनाएको छ ।
कामतामा परिवारसहित वस्दै आएका कँडेलका बुवा टोपलाल कुक भिषामा कार्यरत छन् । उनले आत्महत्या गर्नुको कारण सहितको चिठी भाइलार्इ छोडेका र केही दिनयता आफना पुराना साथीहरुसँग भेटघाट गरेको परिवार स्रोतले जनाएको छ ।
सुसाईड नोटमा भाइलाई सम्वोधन गर्दै कँडेलले, ‘भाइ, मेरो आज अन्तिम दिन हो । कहिल्यै नफर्कने गरि टाढा जाँदैछु । कसैप्रति गुनासो छैन । म आफनै कारण जीवनबाट विदा लिँदैछु’ भनेर लेखिएका छन् ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses