काठमाडौंबाट २२ मिनेटमै अमेरिका पुग्न सकिने
एजेन्सी । साढे पाँच हजार किलोमीटरको दूरीको यात्रा हवाईजहाजबाट कति समयमा पुरा गर्न सकिएला ? यदि आवाजको गतिमा दौडन र उड्न सक्ने हो भने करिब छ मिनेट लाग्छ ।
चाँडै नै एक सुपरसोनिक विमान लन्डनबाट न्यूयोर्कको साढे पाँच हजार किलोमिटरको दूरी केबल ११ मिनेटमा पुरा हुनेछ । ११ मिनेटमा लन्डनबाट न्यूयोर्क पुर्याउने यो विमान दुनियाँकै सबैभन्दा तीब्र गतिको हुनेछ । यही विमानमा भारतको राजधानी नयाँ दिल्लीबाट न्यूयोर्क पुग्न करिब २० मिनेट लाग्नेछ भने काठमाडौंबाट करिब २३ मिनेटमा न्यूर्योक पुग्न सकिनेछ ।
सबैभन्दा तीब्र गतिको एन्टिपोड विमान
यो विमानलाई एन्टिपोड नामाकरण गरिएको छ । यसलाई क्यानाडाका इन्जिनियर चार्ल्स बोम्बर्डियरले बनाएका हुन् ।
चार्ल्सले गरेका दाबी अनुसार यो विमान २४ म्याकको गतिमा उड्न सक्षम छ । एक म्याकको गति ११९५ किलोमीटर प्रतिघन्टा हुन्छ ।
यो गति भनेको आवाजको गति बराबर हो । चार्ल्सले बनाएको विमान २४ म्याक अर्थात एक लाख ४४ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्छ ।
चार्ल्सका अनुसार यो विमानबाट तपाईं लन्डनबाट न्यूयोर्कको दूरी केबल ११ मिनेटमा पुरा गर्न सक्नुहुन्छ । अहिलेको अवस्थामा एक आम हवाई विमानबाट यो दुरी पूरा गर्न करिब सातदेखि आठ घन्टा लाग्ने गरेको छ।
अहिले चार्ल्सले बनाएको एन्टिपोडको नयाँ विमानलाई १० म्याकको गति दिइएको छ । यो हाइपरसोनिक जेट अहिलेसम्मको सबैभन्दा तीब्र विमान कोनकफर्ड भन्दा १२ गुना तीब्र गतिमा उड्न सक्षम हुनेछ । एन्टिपोड केबल एक घन्टामा २० हजार किलोमिटर भित्रको दायरामा १० जना मानिसलाई जहाँसुकै छाड्न सक्षम छ ।
चार्ल्सले एन्टिपोड प्रविधिलाई एक क्यानेडियन कम्पनीको सहयोगमा बनाएका हुन् । एन्टिपोड प्रविधिमा रकेट बुस्टर लगाइएको हुन्छ । जसले यस विमानलाई ५ म्याकको गतिमामा हावामा ४० हजार फिटमाथि जान सक्छ ।
यसको सुपरसोनिक इन्जिन रफ्तारलाई २४ म्याकसम्म लैजान सक्छ । यो रफ्तारमा यति कुनै मानिसलाई बिनासुरक्षा उडाइदिँदा उसको तत्कालै मृत्यु हुन्छ ।
एन्टिपोडको रफ्तारका कारण यो विमान चाँडै तातो पनि हुन्छ । यसलाई चिसो बनाइराख्नका लागि अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको प्रविधिलाई प्रयोग गरिएको छ ।
अन्नपुर्ण
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.




0 comments
Write Down Your Responses