सरकारी भवन प्रयोगविहिन हुदा जिर्ण बन्दै
भोजपुर । जिल्लाको दक्षिणी घोडेटार बजारमा एकिकृत सरकारी सेवा प्रवाहका लागी निर्माण भएको एक सरकारी भवन प्रयोगविहिन भई संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । २ तले १० कोठे सो भवनको झ्याल ढोका लगायतका महत्वपुर्ण भागहरु काम नलाग्ने गरी जिर्ण बन्दै गएका छन् ।
२०३८ सालतिर खार्डेप नामक संस्थाले कृषि विकास बैंक,पशु सेवा,साझा (विक्रीकेन्द्र) र सानाकिसान आयोजना सहयोगी संस्था सञ्चालनका लागी चारवटा भवन निर्माण गरिदिएको थियो । निर्माण पछि खार्डेपले जिल्ला विकास समिति (जिविस) भोजपुरलाई हस्तान्तरण गरी सेवा दिईरहेको थियो ।त्यसपछि जिविसले रानीवास गाविसलाई हस्तान्तरण गरेको थियो ।केही बर्ष प्रयोगमा आएका सबै भवन द्धन्द्धकालले प्रभाव पारेपछि प्रयोगविहिन तथा जिर्ण बन्दै आएको छ।
सुरुका बर्षहरुमा सो भवनमा कृषि अन्तरगतको साझा (बिक्री केन्द्र) राखीएको थियो । तर द्धन्द्धकालमा साझा विस्थापित भएसंगै भवन प्रयोगमा नरहेको स्थानीय हरिबहादुर श्रेष्ठले जानकारी गराएका छन् । द्धन्द्धकालमै कृषि बैंक पनि विस्थापित भएको थियो । अहिले भवनको भग्नावशेष मात्र देख्न सकिन्छ ।
बाँकी दुईवटा भवनहरु भने सञ्चालनरत छन् । एउटा भवनमा कृषि सेवा केन्द्र र अर्कोको माथिल्लो तलामा पशु सेवा केन्द्र र भुइतलामा इलाका प्रहरी कार्यालय घोडेटार रहेको छ ।
यसैगरी १६ रोपनी क्षेत्रफलमा फैलिएको एकिकृत सेवाका लागी निर्माण भएको भवन बाहेकको बाँकी सार्वजानीक जग्गा अतिक्रमण भएको छ । सो जग्गामा स्थानीय बजारबासीले सागसब्जी रोप्ने,पशुपालन गर्ने लगायतका कार्यमा आफुखुसी प्रयोग गरीरहेको छन् ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses