यस्ता छन् ढाड दुख्नुका कारण र बच्ने घरेलु उपाय हेर्नुहोस्
काठमाडौं । तपाई हाम्रो उमेर बढ्दै जाँदा विभिन्न रोगले च्याप्नु स्वभाविक हो । हाम्रो खानपान र आचरणमा सुधार गर्ने हो भने त्यसलाई धेरै हदसम्म घरमै निको पार्न सकिन्छ । यहाँ हामीले ढाड दुख्ने समस्या कसरी हुन्छ र त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा सामान्य उपाय राखेका छौँ ।
- मांसपेशीलाई हड्डीले सहारा दिने गरेको हुन्छ । यदि मांसपेशी र हड्डीमा तालमेल मिलेन भने पनि ढाड दुख्ने वा पीठ्यू दुख्ने समस्या हुन सक्छ । तपाईको हड्डीमा आएको खराबीले मात्रै कम्पर, पीठ्यू दुखेको हुँदैन । हुन सक्छ तपाईको मांसपेशीले हड्डीलाई ठीकसँग सहारा नदिँदा पीठ्यू दुख्न पनि सक्छ । यस्तो अवस्थामा योग र स्ट्रेचिङ्ग गर्दा आरामा मिल्न सक्छ ।
- धेरै व्यक्तिहरू मोबाइल र ट्यब्लेट प्रयोग गर्छन् । यसको प्रयोग गर्ने बेला उनीहरू धेरै अगाडि झकेका हुन्छन् । यसले पनि पीठ्यू दुख्नमा सहयोग गरेको हुन्छ । सकेसम्म आफ्नो कुमलाई सिधा राख्नुस् । टिभी हेर्दा होस् वा सोफमा बसेका बेला पनि कम्मरलाई सीधा राख्नुस् ।
- तपाई धेरै समय कुर्सीमा बसेर काम गर्नुपर्ने हुन्छ भने ढाडलाई सिधा बनाइ राख्ने कुर्सीको प्रयोग गर्नुस् । लचकदार कुर्सीको प्रयोग नगर्नुस् । एकआध घण्टाको बीचमा आफ्नै कोठाभित्र कम्तीमा पाँच मिनट हिँड्नुस् ।
- मानिसको जीवनमा जुत्ताले धेरै फरक पारेको हुन्छ । कतिलाई थाहा हुन नसक्छ । जुत्ताका कारण पनि हड्डीलाई असर पारेको हुन्छ । हिल भएका जुत्ता चप्पल प्रयोग नगर्ने । सामान्य हिल भएका जुत्ता चप्पल प्रयोग गर्ने ।
- बिहान सुतेर उठ्दा ढाड दुख्छ वा कम्मर दुख्छ भने त्यसको जिम्मेदार तपाई सुत्ने गरेको गद्दावाला ओछ्यान हुन सक्छ । सकेसम्म गद्देदार ओछ्यानमा नसुत्दा राम्रो हुन्छ । धेरै लचकदार ओछ्यानले हड्डीलाई असर गरेको हुन्छ ।
- महिलाले बोक्ने साना झोलाहरूले पनि पीठ्यू दुखाउने गर्छ । किन कि त्यस्ता झोला महिलाहरूले एकतर्फ मात्रै बोक्ने हुँदा वा कुम साटफेर गर्न भुल्दा पीठ्यू दुख्नुका साथै हड्डीमा समस्या हुन सक्छ । झोला किन्दा दुबैतर्फबाट बोक्न मिल्ने खरिद गर्नुपर्छ । झोला एकातर्फ मात्रै नबोक्ने पछाडि बोक्ने ।
- महिलाहरूले आफ्ना साइजका ब्रा नलगाउँदा पनि ढाड दुख्ने समस्या महिलामा धेरै आउन सक्छ । किन भने साइजको ब्राले महिलाको बक्षलाई आफ्नो स्थानमा राखेको हुन्छ । तर बेसाइजका ब्रा लगाउँदा पछाडिको मांङ्पेशी अगाडि आउँने र त्यसले पीठ्यू दुख्ने समस्या ल्याउँछ । महिलाले आफ्नो साइज अनुसारकै ब्रा लगाउनु पर्छ ।
- चुरोट खानेहरूका लागि पीठ्यू दुख्ने समस्या अरुको तुलनामा दुई गुणा धेरै हुन्छ । चुरोटका कारण मांसपेशीलाई आवश्यक पर्ने अक्सीजन नपाउँदा पीठ्यू दुख्ने समस्या आउने गरेको हुन्छ ।
- तनाव कम गर्नु सबैभन्दा उचित हुन्छ । डिप्रेसनले पनि कम्मर दुख्ने वा पीठ्यू दुख्ने समस्या बढाएको हुन्छ । आफूलाई सकेसम्म तनाब मुक्त गराउने ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses