नेपाल भारतसँग सात विकेटले हार्याे

काठमाडौं ।  बंगलादेशमा जारी यु–१० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल तीन पटकको विश्वविजेता भारतसँग सात विकेटले पराजित भएको छ ।  ढाकामा भएको समूह चरणको अन्तिम भिडन्तमा नेपालले टस हारेर दिएको १७० रनको चुनौती भारतले १७९ बल बाँकी रहेको अवस्थामा १८ ओभरमै भेट्टाएको हो । 


भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको नेपालले पुरै ४८ ओभर खेल्दै ८ विकेटको क्षतिमा १६९ रन बनाएपछि भारतले सो चुनौती पाएको थियो  । ३० ओभर बाँकी रहेकै अवस्थामा भारतलाई फराकिलो जित दिलाउने क्रममा १८ बलमा अर्धसतक ठोकेका उनले २४ बलमा ७८ रन बनाए । रिसबलाई प्रेम तामाङले पेभेलियनको बाटो देखाए ।

आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर उच्च बनाउने क्रमा इशान कृष्ण ३८ बलमा ५१ रन बनाउँदै आउट भए । नेपाललाई पराजित गरेपछि भारत समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्दा नेपाल उपविजेता भएको छ ।   उनलाई सन्दीप लामिछानेले पेभेलियनको बाटो देखाए । त्यसैगरी रिक्की भुइलाई प्रेम तामाङले पेभेलियन फर्काए । त्यसैगरी सर्फराज खानले २१ र अरमान जफरले १२ रनको योगदान दिए । 

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे ।    नेपालका लागि नटआउट रहेका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । त्यसैगरी सुशील कँडेल ३ रनमा नटआउट रहे ।    सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।    नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । उनी अघि बढेको अवस्थामा भारतीय विकेट किपरबाट स्टम्प आउट भएका थिए ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses