गुटबन्दी हटे काग्रेसको हित हुन्छः आले
भोजपुर । नेपाली कांग्रेसको जिल्ला अधिवेशन संगै केन्द्रमा तेह्रौं महाधिवेशनका लागि जिल्लामा चुनावी चहलपहल तातेको छ । जिल्लास्थित नेताहरु गाउँ दौडाहमा व्यस्त छन् भने कार्यकर्ता अधिवेशन तयारीमा व्यस्त छन ।
अधिवेशन नजिकिएसँगै जिल्लामा पार्टीभित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा जस्तै संस्थापन र देउवानिकट मानिने नेताहरू जिल्लामा पनि आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् ।
तर केही नेता कार्यकर्ता भने गुट भन्दा माथि उठेर पार्टी संगठनलाई मतबुत बनाउनुपर्छ भन्ने मान्यता राख्दै आएका छन । त्यही मान्यता राख्ने मध्येका एक युवा नेता डम्बर आले गुटको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्नु अभियानमा जुटेका छन ।
२०४६ सालदेखि कलिलो उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय युवा नेता डम्बर आले यसपटकको गाउँ, जिल्ला र केन्द्रमा गुटबन्दी मौलाएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन ।
गुटवन्दीको राजनीतिलाई जराबाट उखाल्न सकेमात्रै नेपाली कांग्रेस नेपाली राजनीतिमा एक छत्र छाउने विश्वास राख्छन । गुटबन्दीको राजनीतिलाई अन्त्य गर्दै संगठनलाई मजबुत बनाउने अभियानलाई सफल बनाउन उनले यसपटक महाधिवेशन प्रतिनिधीमा दावी गरेका छन ।
महाधिवेशन प्रतिनिधि भएपछि यसपटकको केन्द्रीय महाधिवेशनमा गुटवन्दी राजनीति अन्त्यको लागि अभियान नै चलाउने सोचमा छन । लामो समय भोजपुर जिल्लामा रहेर पार्टी र पार्टीको जनवर्गीय संगठनहरुको नेतृत्व गरीसकेका युवा नेता डम्बर आले युवा पंक्तिमा निकै लोकप्रिय मानिन्छ । अध्ययनशील, जुझारु र भिजन भएका युवा नेता भित्र उनी पर्छन । कुनै पनि चाँडो सही निर्णय लिनुपर्ने अवस्थामा छिटो र उचित सल्लाह दिने व्यक्ति भित्र पर्छन ।
नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई कार्यकाल अध्यक्ष, भोजपुर बहुमुखी क्याम्पसको स्ववियू सहसचिव, विपि चिन्तन प्रतिष्ठानको केन्द्रीय सदस्य र यसभन्दा अगाडी महाधिवेशन प्रतिनिधि समेत भइसकेका उनी नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा समेत राम्रो प्रभाव राख्छन । तत्कालिन द्धन्द्धको समयमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ता जिल्ला छाडेका बेला उनी भने नेपाली कांग्रेसको कार्यकर्ताको संरक्षण र पार्टीको अस्तित्व जोगाउन निरन्तर लागिरहे ।
तत्कालिन विद्रोही पक्षको धम्कीको बाबजुत चुनौतीपूर्ण अवस्थामा पनि जिल्ला नछोडी कार्यकर्ता र पार्टीको संरक्षणमा लागेका थिए । समय र परिस्थिति वदलिरहेकाले पार्टी सञ्चालन र नेतृत्व गर्ने तवर तरिका पनि वदल्नुपर्ने भन्दै पुरानो शैलीलाई परिवर्तन गर्नुपर्ने उनको विचार छ ।
नेपाली कांग्रेसको अहिलेसम्म टेक्ने आधार भनेको पुरानो इतिहास हो, पुरानो इतिहासलाई सम्मान गर्दै समय र परिस्थिति अनुसार चल्नुपर्छ उनी भन्छन–‘पार्टीको संगठनहरुलाई विस्तारको कुराहरुलाई फराकिलो बनाउनुपर्छ, निर्वाचनको बेला मात्रै नभएर अरु बेला पनि गाउँ गएर संगठनलाई मजवुत बनाउनुपर्छ’ पार्टीको बलियो आधार भनेको कार्यकर्ता हो कार्यकर्ता संरक्षण र सम्द्र्धनमा लागि परे मात्रै पार्टी बलियो र अझ मजवुत बन्ने उनको धारणा छ ।
यसपालीको अधिवेशनमा आफू व्यक्तिगत आकांक्षा भन्दा पनि पाटीभित्र मौलाउँदै गरेको व्यक्तिवाद र गुटगत चिन्तनको अन्त्यका लागि अघि बढेको बताएका छन ।
कांग्रेस कार्यकर्ता गुटको दलनमा परेको कारण गुट अन्त्यका लागि मध्यमार्गी पात्रहरुको पनि आवश्यकता रहेको उनले बताएका छन ।
१३ औँ अधिवेशनपछि संघीय संरचनाको पार्टीलाई गुटमुक्त गर्नुपर्ने आमयुवा विद्यार्थी र सर्वसाधारण कांग्रेसजनमा एकताको सन्देश जानुपर्ने भन्दै आले यो महाधिवेशनलाई भावनात्मक एकताको महाधिवेशन बनाउन मध्यमार्गी चिन्तनलाई सफल बनाउनुपर्ने आवश्यकता देख्छन ।
यिनै परिप्रेक्ष्यमा कांग्रेसको आगामी नेतृत्व चयनमा उसभित्रको गुटगत तुषको अन्त्य हुनुपर्ने उनको धारणा छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses