दुवैले कसरी यौनआनन्द प्राप्त गर्ने ?

डा. राजेन्द्र भद्रा

लिङगको योनिमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुÈमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ ।
यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण । यौनसम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।

प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुÈ तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हु“दा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।


एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।  सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । 
अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो पे्रमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।

त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती स“गस“गै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो ।  
यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।

यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पु¥याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । 
यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समंभोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्यखबर

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses