आज वि.सं. २०७२ साल फागुन १८ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च १ तारिखको राशिफल हेर्नुहोस् ।

वि.सं. २०७२ साल फागुन १८ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च १ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– सप्तमी, १२:०२ बजेउप्रान्त अष्टमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सहयोगीका माध्यमबाट काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। चोटपटकको योग देखिन्छ, हतियार तथा सवारीसाधन उपयोग गर्दा ध्यान पुर्याउनुहोला। यात्रा गर्ने अवसर जुट्न सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउला। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ढिलासुस्तीले काम बिग्रनेछ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने योग छ। आफन्तबीचको आत्मीयतामा कमी आउन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। पारिवारिक असमझदारी बढ्न सक्छ। परिवारमा आमाको चिन्ताले सताउन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा ढिलै भए पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायमा लगानी गर्दा फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतमा सम्पादित कामबाट भने लाभ हुनेछ। चिताएको काममा अवरोध हुनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइनेछ। सामान्य लाभ भइरहनेछ। भेटघाटले अलमल्याउन सक्छ। अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या उत्पन्न हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। समस्यामा नजिककाले पनि साथ नदिन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानी भए पनि खर्चको मात्रा निकै बढ्न सक्छ। श्रमको उचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। सञ्चित रकम सकिनाले अभाव महसुस हुनेछ। आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै प्रयत्न गर्दा कम प्रतिफल पाइने देखिन्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौती आइलाग्न सक्छन्। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। बाध्यताले मन खिन्न बनाउनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला। ठूलो उपलब्धि नभए पनि हानिनोक्सानीबाट बच्न सकिनेछ। (नेपाली पात्रो)

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses