दिल्ली हुँदै दुवई, कुवेत, कुर्दिस्तान, इराक पठाउने थप २ जना एजेन्ट पक्राउ

रातोघर,युवतीलाई भारतको नयाँदिल्ली हुँदै तेस्रो देशमा रोजगारीको प्रलोभन दिएर पठाउने थप  २ जना एजेन्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्राउ गरेको छ।
काभ्रे सिसाखानी घर भइ काठमाडौंको बानेश्वरमा बस्ने बिके भन्ने सानु लामा र कपिलवस्तु घर भइ कालो पुल बस्ने डिबी भन्ने दानबहादुर क्षत्रीलाई पक्राउ गरिएको एसपी दिवेश लोहनीले जानकारी दिए। उनीहरुले आर्थिक रूपमा विपन्न नेपाली युवतीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालका बिभिन्न सिमा नाकाबाट नयाँ दिल्ली पुर्‍याई दुवई, कुवेत, कुर्दिस्तान, इराक लगायतका देशहरुमा भारतको नयाँ दिल्ली हुदै पठाउन लागेका थिए।
२७ जना नेपाली युवतीहरुलाई गत साउन ५ गते भारतीय प्रहरीद्धारा नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी एयरपोर्ट तथा  साउन ९ गते विभिन्न होटलहरूमा राखिरहेको अवस्थामा उद्दार गरिएकोमा थियो ।
युवतीहरूलाई नेपाल फिर्ता ल्याईएको र थप अनुसन्धानको लागि पीडित युवतीहरुबाट प्रारम्भिक सोधपुछ गर्दा खुल्न आएका  खोटाङ टेम्मा गाबिस वडा नं २ घर भई भक्तपुर बस्ने वर्ष ३८ को सुशिल भन्ने सुजिल राई, महोतरी रामनगर १ घर भई हाल भक्तपुर बस्ने वर्ष ४३ को राज बाबु श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्धा दायर अदालतले  पुर्पक्षको लागि थुनामा पठाएको छ।
साथै फरार रहेका लामालाई क्षेत्रीलाई सिआइवीले पक्राउ गरेको हो।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses