अखिल महाधिवेशनमा ओलीको समुहको उम्मेदवार घोषणा, नेपाल समुह छलफलमा (नामवालीसहित)

काठमाडौं । अखिलको महधिवेसनको लागि केपी ओली समुहले नबिना लामालाई अध्यक्षको उम्मेदवारको रुपमा अगडि सारेको छ  भने माधव नेपाल समुहमा पनि कसलाई बनाउने भनेर छलफलमा जुटेका छन् ।
 नेपाल समुहले अध्यक्षमा दिपक गौतमलाई अध्यक्ष बनाउने निर्णय यसअघि नै गरिसकेको छ । तर उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षका उम्मेदवारहरु छनोट गर्न पनि नेपाल समूहलाई दवाव बढेको छ ।

ओली समुहबाट अध्यक्षमा लामासँगै उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराललाई उम्मेदवार बनाएको छ भने ऐन महरलाई महासचिव बनाउने निर्णय गरेको छ । 
दिपक गौतमको नेतृत्वमा चुनावी प्रतिष्पर्धामा जाने निर्णय गरेको नेपाल समुहबाट महासचिवमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, भक्तकुमारी लामा र अब्दुल हुसेन खाँ र निलकण्ड आचार्यले दावी गरिरहेका छन् । उनीहरुमध्येबाट एकजनालाई महासचिवको उम्मेदवार बनाएर अन्यलाई उपाध्यक्ष बनाउन नेपाल समुह लागिपरेको छ । 
पार्टी सचिव योगेश भट्राई र केन्द्रिय सदस्य राजेन्द्र राईलाई उम्मेदवार मिलाउने जिम्मेवारी दिईएको छ ।
ओली समुहले सचिवबाट मकर खड्का, बसन्त ढकाल, कमला बोहरा, अमृता बराल, निशा अधिकारी, वाङछु योञ्जन, झपिन्द्र खत्रि, समिक बडाल, आरसी लामिछाने, अमृत बुढा र दुर्गानन्द ठाकुरले सचिवका लागि कसरत गरिरहेका छन् ।

माधव नेपाल समुहबाट भने सचिवमा सुदेश पराजुली, कमल शाही, ओसिम आलम, प्रेम प्रधान, अशेष घिमिरे, एशु लामा, आरती लामा, प्रकाश शाही, हिरेन्द्र शाही, सिता थापा, भिम रावल, शिवजी गुप्ता र गौतम राई लगायतको नाममा छलफल भैरहेको छ ।
दिनेश आचार्यले भने कोषाध्यक्षका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् ।

कोषाध्यक्षमा भने नेपाल समुहबाट प्रेम प्रधान, दिनेश आचार्य र हिरेन्द्र शाही तथा गौतम राईमध्ये एक जनाले टिकट लिनेछन् ।
ओली क्याम्पबाट भने झपिन्द्र खत्रि, सम्झना अधिकारी र गोबिन्द गीरीमध्ये एक जनाले टिकट पाउनेछन् । अनुशासन आयोगमा भने नेपाल समुहबाट गिरेन्द्र बहादुर राईको नाम मात्रै चर्चामा छ ।

ओली समुहका सचिवालय सदस्यका उम्मेदवारहरु
सन्दन थापा, बिनिता तामाङ, हरि लिम्बु, सरिता सापकोटा, कल्पना वाईबा, नारायण घर्ती, डम्बर अधिकारी, सुदर्शन सिवाकोटी, आद्रता रेग्मी, भाष्कर खनाल, रबि खनाल, सुजन भट्टराई, सरिता पुरी, अर्जुन अधिकारी, मर्यादा बिष्ट, सुदिप शर्मा, कल्पना थापा, युवराज कुँवर, उदेश राई ।

माधव नेपाल समुहका सचिवलाय सदस्यका उम्मेदवारहरु
बिनोद खुलाल, महेश श्रेष्ठ, प्रवेज आलम अंसारी, संगीता पाख्रिन, कल्याण दाहाल, हेमन्त रेग्मी, करुणा पराजुली, कमलमणी गौतम, मेरिका राई, केसरी रेग्मी, सुशिला चौधरी, बलराम बेलबासे र शिव पौडेल, सिएम भट्ट, टिका थापा, किशोर टण्डन, देवराज न्यौपाने, सुनिल लामिछाने, जुन तामाङ, रजुला जोशी, गणेश सेढाईँ, रमेश बटाला, लोकेश निरौला, मदन खड्का, गिता राई, सुशिल थापा, रंग अधिकारी, नवराज नेपाल, शिषिर भण्डारी, राजकुमार शर्मा, कुमार पौडेल, दान बहादुर थापा ।
ओली समुहका केन्द्रिय सदस्यका उम्मेदवारहरु
प्रज्वल फुयाल, बसन्त न्यौपाने, प्रकाश भुजेल, पंकज भण्डारी, राजन रोकाया, सुरेश अधिकारी, कमला गौतम, अभिषेक सुवेदी, साजन पुरी, केशरा ज्ञवली रहेका छन् ।
नेपाल समुहका केन्द्रिय सदस्यका उम्मेदवारहरु
अशोक थापा, प्रकाश शाही, भुपेन्द्र शाही, राजकुमार लामिछाने, सन्तोष तिमल्सिना, ज्ञानभक्त डंगोल, अनिता गिरी, निशा चापागाईँ, भक्त बहादुर रावत, रेखा न्यौपाने, उत्तर खड्का, प्रेम शर्मा पौडेल ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses