नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनः भोजपुरमा संस्थापनकै पकड

भोजपुर । नेपाली कांग्रेसको आसन्न तेह्रौँ महाधिवेशनको लागि भोजपुरबाट संस्थापन पक्षकै प्रतिनिधीको पकड बनेको छ । 
शुक्रबार राती सम्पन्न मतदान पछि दुवै निर्वाचन क्षेत्रको मत परिमाण आउँदा संस्थापन पक्षका प्रतिनिधी बढि देखिएका छन् । शुक्रबार विहान निर्वाचनको मत परिमाण आउँदा खुल्ला र संरक्षित कोटा सबैमा हिसाव लगाउँदा संस्थापन पक्षका १२ जना  र देउवा पक्षका ८ जना प्रतिनिधी केन्द्रिय महाधिवेशनको लागि निर्वाचित भएका छन् । 
आफ्नो पक्षमा बढि निर्वाचित गराउन देउवा पक्षका दाहिने हात मानिने पुर्व जलश्रोत मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की नै जिल्ला आएपनि आफ्नो पक्षमा पर्याप्त मत भने जुटाउन सकेनन् । उनको निर्वाचन क्षेत्र नं. १ को उत्तरी र पुर्वी क्षेत्रमा भने उनले प्रभाव जमाउन सके । तर पश्चिमी क्षेत्रमा उनको प्रभाव कम हुँदा निर्वाचन क्षेत्र नं. १ बाट ३ जना संस्थापन पक्षका विजयी भए ।
संस्थापन पक्षबाट क्षेत्र नं. १ बाट पुर्व सभापति नन्दमणी राई, विनोद बान्तवा र उत्तमकुमार चापागाई निर्वाचित भएका छन् भने क्षेत्र नं. २ बाट हालका सभापति रहेका बालकृष्ण थापा सहित कैलाशकुमार आले, गोविन्दबहादुर कार्की, गजेन्द्र कार्की, मित्र राई, दिनेश कार्की, शिशिरा राई, निमा शेर्पा र निरकुमार विक निर्वाचित भएका छन् ।
देउवा पक्षबाट भने क्षेत्र नं. १ बाट पार्टी सभापतिको लागि प्रत्यासी रहेका विरबल राई, हेमन्त मुकारुङ्ग, हरी प्रसाद खतिवडा, बालकृष्ण राई, निर्मला गौतम, रेणु राई र रोहितकुमार विक निर्वाचित भएका छन । देउवा पक्षबाट क्षेत्र नं. २ मा भने १ जना माया राई मात्र निर्वाचित भएकी छिन् । 
क्षेत्रीय सभापतिमा भने संस्थापन र देउवा पक्षका १÷१ जनाले जितेका छन् । क्षेत्र नं. १ मा देउवा पक्षबाट पुष्प बैद्य र क्षेत्र नं. २ मा संस्थापन पक्षका उदिप राई विजयी भएका हुन् । क्षेत्र नं. १ मा विजयी पुष्प बैद्यले देउवा पक्षकै जनक घलेलाई पराजित गरेका हुन् । बैद्यले १७१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी घलेले भने ११५ मत मात्र प्राप्त गरे । घले यस अघिको समिति सभापति थिए । 
त्यसैगरी क्षेत्र नं. २ मा निर्वाचित उदिप राईले ११६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दीहरु मदन खुलालले ९९ र जगत चौहानले ३८ मत प्राप्त गरे ।  
कांग्रेसले आईतबार महासमिति सदस्य छान्दैछ । महासमिति अध्यक्ष र जिल्ला सभापति लगायतका पद छान्नको लागि गाउँ गाउँबाट आएका प्रतिनिधीहरु जिल्लामै बसिरहेका छन् । शनिवार दिनभर जिल्ला सभापति तथा महासमिति सदस्य पदमा आफ्ना पकडका व्यक्तिहरु निर्वाचित गराउन नेता कार्यकर्ताहरु लविङ्ग गरिरहेका छन् ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses