ट्यूसन पढ्न गएकी बालिका बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

रातोघर, करणीको गरेको अभियोगमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ। शान्तिनगर ९ जुम्लेकुला निवासी ३० वर्षीय कृष्णबहादुर केसीलाई पीडित पक्षको उजुरीका आधारमा ज्ञानकुञ्ज सेकेन्डरी स्कूल जुम्लेकुलाका शिक्षक केसीलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाका अनुसार केसीले जानकुञ्ज स्कूलमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया बालिकालाई ट्यूसन पढाउने गरेका थिए। तर ती बालिका ट्यूसन पढेर घरतर्फ फर्कने क्रममा एकान्त खेतमा बेलुका सात बजेतिर जबरजस्ती करणी गरेको मुद्दाको आधारमा केसीलाई पक्राउ गरिएको जानकारी दिए।
घटना ६ गते बेलुकाको हो। यसअघि गाउँमै मिलाउने प्रयास भएको तर त्यो सम्भव नभएपछि प्रहरी कहाँ उजुरी ढिलागरी परेकोले घटना सर्वाजनिक भएको हो। पक्राउ परेका व्यक्ति विरूद्ध प्रहरीले जबरजस्ती करणी सम्वन्धि मुद्दा चलाई सकेको जनाएको छ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses