गाउँघरतिर भूकम्प प्रतिरोधी ढुंगे घर कसरी बनाउने ? (नक्सा सहित) हेर्नुहोस्
रातोघर, भूकम्प कहाँ कतिखेर कत्रो जान्छ भनेर अनुमान गर्न सकिँदैन । भूकम्प जुनसुकैबेला आउँन सक्छ । वैशाख १२ गते गएकोे महाभूकम्पपछि आमजनमानसमा भूकम्पप्रति चासो र जिज्ञासा बढ्दै गएको छ ।
भूकम्पले हामीलाई मार्ने त होइन तर हामीले बनाएका भौतिक संरचनाका कारण मानवीय क्षति हुने हो । हामीले घर तथा भवन निर्माण गर्दा सचेत हुनुपर्दछ ।
सुरक्षालाई ध्यानमा राखी घर बनाँउदा बजारतिर नयाँनयाँ घर निर्माण हुन थालेका छन् । तर गाँउघरतिर भौगलिक विकटता, आर्थिक अवस्था र प्रविधिका कारण पक्की पिलर सिस्टमका ढलान घर बनाँउन कठिन छ । त्यासैले गाँउघरतिर ढुंगा, काठ र जस्ताको प्रयोग गरी कसरी घर बनाउँने त ?
गाउँघरतिर ढुंगे गारोको भवनलाई सजिलै र कम खर्चमा भूकम्प प्रतिरोधी बनाउने उपाय :
घर बनाउँदा गारो सोझो र सुर मिलाई लगाउनुु पर्दछ । गारोमा ढुंगा जोड्दा जोर्नी छल्नु पर्दछ । भवनभरिको गारोलाई हरेक २ फिटको उचाइपछि समान तहमा ल्याउनुपर्छ । गारोमा माटो र ढुंगाका ससना टुक्रा सक्दो कम प्रयोग गर्नुपर्छ ।
हरेक दुई फिटको उचाइमा गारोलाई समान तहमा ल्याएपछि तीनतीन फिटको दूरीमा कैंची मार्ने ढुंगा वा फलामे टुक्रा राख्नुपर्छ ।
गारोको जोर्नीलाई बलियो बनाउन जोर्नीहरूमा ठूलो ढुंगा राख्नुपर्दछ वा हरेक दुई फिटको उचाइपछि चित्रमा देखाए जस्तै ढलान गर्नुपर्छ । गारोको जोर्नीमा ठाडो डन्डी राख्नुपर्छ । यो डन्डी जगदेखि नै सुरु गरी छानाको नसमा जाम गर्नुपर्छ । झ्याल ढोकालाई घरको कुनाबाट तथा एक अर्काबाट कम्तीमा दुई फिट टाढा राख्नुपर्दछ । झ्याल ढोका सकेसम्म कम र साना राख्नु राम्रो हुन्छ ।
झ्याल तथा ढोकामाथि भवनभरिका सबै पर्खाल ढाक्ने गरी काठ वा ढलानको कुप्पु कस्नुपर्छ । सिमेन्ट ढलानको कप्पु कस्दा चित्रमा देखाएजस्तै फलामको छड (डन्डी) राखी ढलान गर्नुपर्छ । डन्डी बंग्याउँदा वा बाँध्दा भित्ताका जोर्नीमा विशेष ध्यान दिनुपर्छ ।
भवनको छाना तथा माथिल्लो तल्लाको भुईं राख्दा पहिले नसलाई राम्ररी कस्नुपर्छ । त्यासपछि छानाको माथिल्लो भाटा, मुसी, च्यासल आदिलाई एक आपसमा तथा नसमा राम्ररी बाँध्नुपर्छ । छत ढलान गर्ने भए नस कस्नु पर्दैन ।
—भूकम्प प्रविधि राष्ट्रिय समाज—नेपालको सुरक्षित भवन निर्माण तथा भूकम्पीय सुरक्षका उपायबाट साभार ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.






0 comments
Write Down Your Responses