आज वि.सं. २०७२ साल फागुन २५ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च ८ तारिखको राशिफल हेर्नुहोस्।
वि.सं. २०७२ साल फागुन २५ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च ८ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:०२ बजेउप्रान्त औंसी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। विशेष योजना गोप्य राख्नुहोला। आश्वासन दिनेहरूबाटै धोका हुन सक्छ। चिताएको काम आंशिक मात्र बन्नेछ। भूमि र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आजको प्रयत्न निष्फल जस्तै होला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। काम बिग्रने भयले सताउनेछ। स्वास्थ्य कमजोर रहनेछ र उत्साहमा कमी आउनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बलजफ्ती गर्दा केही समस्या आउन सक्छन्, धैर्यसाथ काममा जुट्नुहोला। बिस्तारै अवसर प्राप्त हुनेछ। विशेष ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य सुखले आनन्द दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। चिताएको काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ला। आफ्नो अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम पूर्ण नहुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
हडबड गर्दा काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ। प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ। व्यवहारले अरूको विश्वास जित्न सकिनेछ। नाम चलेका व्यक्तिहरूको सहयोग लिने प्रयत्न गर्नुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्न सक्छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। आलस्य गर्दा चिताएको काम बीचैमा रोकिएला। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। तापनि, गोपनीयतामा ध्यान दिँदै विचारलाई तौलेर व्यक्त गर्नुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिष्ठित काम गर्ने मौका छ। विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। आकर्षक उपहार हातलागी हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। बिछोडिएका आफन्तको यादले भने सताउन सक्छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ। (नेपाली पात्रो)
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses