OMG: गुल्मी घर भएका नेपाली युवाले जन्मेपछि मृत्यु निश्चित भन्दै कोरियामै आत्महत्या हेर्नुहोस्
रातोघर, सोलः रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।
गुल्मीको अर्खले गाविस स्थायी घर भएका विजय केसीले झुन्डिएर आत्महत्या गरेका हुन् । छल्लादो ख्वान्गन्जुस्थित सोछ्नदोंगमा कार्यरत केसीको शव शनिबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएको हो ।
२०१४ मे मा कोरिया आएका केसीले पुराना कपडा जम्मा गरि कपडाको प्रकृति छुट्टाउने कम्पनीमा कार्यरत थिए । मृतक केसीले तीन पेज लामो सुसाइड नोट लेखि छोडेको घटनास्थल पुगेका झापाका श्री खनालले जानकारी गराए ।
२४ वर्षीय केसीले सुसाइड नोटमा साथीहरुलाई सम्बोधन गर्दै आफू शारीरिकरुपमा कमजोर भइ स्वास्थ्य अनुकुल नभएको उल्लेख गरेका थिए ।
सुसाइड नोटमा उनले परिवारलाई सान्त्वना दिदै जन्मेपछि मृत्य अवश्य हुने पनि लेखेका थिए । स्थायी घर गुल्मी भएको केसीको परिवार हाल बुटवल बस्दै आएका छन् । मृतकका दाजु पनि कोरियामै कार्यरत छन ।
सोलस्थित श्रम सहचारी अनिल गुरुङले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses