तिम्ले बाटो फेरेउ अरे .....KID (किड) भर्जन सात वर्षकी बालिकाको स्वरमा ..

रातोघर, चैत्र १० गते ।  यु ट्युवमा अपलोड भएको २४ घण्टामा  लगभग ८ हजार पटक भन्दा बढी हेरिएको देखेपछि र उनको स्वर यु–ट्युबमा हेरेपछि Daily News Pokhara को सहयोगमा बाल गायक (गायिका) जिग्मे छ्योकी घिसिङ कि आमा वसन्ती लामासँग टेलिफोन मार्फत वार्ता गरि लिएको जानकारीको आधारमा तयार पारिएको समाचारमुलक लेखको मुख्य अंश – खेमराज आचार्य 

कुनै पनि आमाले बच्चालाई जन्म दिदा अहिले सम्म डाक्टर/इन्जिनियर/कवि/कलाकार/लेखक/गायक/गायिका आदि जन्माइन रे यो हामी सुनेका पनि छैनौ र सम्भव पनि छैन । हरेक व्यक्ति जन्मदा एउटा बच्चाको रुपमा जन्मेको हुन्छ । हरेक बच्चा जन्मसँगसँगै एउटा न एउटा अद्भुत प्रतिभा लिएर जन्मेको हुन्छ । तर सानै देखि बच्चामा निहित प्रतिभालाई उत्खनन् गर्न सक्यो भने, पहिचान गर्न सक्यो भने र बच्चालाई सोहि अनुसारको वातावरण दिन सक्यो भने उसको भविष्य कोर्न प्रत्येक बाबु आमा सफल हुन सक्छन् यसको ज्वलन्त उदाहरण एउटी सानी नानीको यो प्रतिभाबाट बुझ्न सकिन्छ । 



      अंग्रेजीमा एउटा भनाइ छ "Morning Shows the day" यो भनाईलाई चरितार्थ पार्दै यी सानी नानी भर्खर ७ वर्षमा पाइला टेकेकी उनले गीतकार दर्पण राइ र संगितकार टंक बुढाथोकीको गीत तिम्ले बाटो फेरेउ अरे......” बोलको गितको Kid (किड) भर्सनमा स्वर दिइ सफल भएकी छन् ।

मेरी छोरीको आवाज (स्वर) सुनेपछि अत्यन्त खुसि हुदै गीतकार दर्पण राईले आफ्नो गीतलाई बाल स्वोरमा समेत रेकोर्ड गराउने कुरा गर्नु भयो जसको कारण आज मेरी छोरी बाल गायिकाको रुपमा देखा पर्न सफल भईन हाम्रो परिवारको लागि गीतकार दर्पण राई भगवान जस्तै भई उभिनु भएको र यसको सम्पूर्ण श्रेया म गीतकार श्री दर्पण राई लाई नै दिन्छु, बसन्ती लामा थप्छिन उहाले जस्तै अरु स्रष्टाहरुले पनि यसरी लुकेर बसेका बाल प्रतिभाको उत्खनन गर्नु पर्छ ।

बाबा राम काजी घिसिङ र आमा वसन्ती लामाको कोखबाट दोलखाको दुध पोखरी गा.वि.स.–२ मा जन्मेकी जिग्मे छ्योकी घिसिङ” उमेरले भर्खर ७ वर्षमा प्रवेश गरेकी छन् । हेर्दा र उनलाई सुन्दा भर्खर तोतेबोली मात्र क्रस गरेकी जस्ती देखिने जिग्मे ५ वर्षको उमेर देखिनै सुनेको गित गाउन थालेको बताउछिन उनकी आमा वसन्ती लामा । एउटा सामान्य परिवारमा जन्मेकी जिग्मेका बाबु वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा कार्यरत छन भने आमा २ छोरा छोरीको शिक्षा दिक्षाको लागि स्वयंभुमा डेरा गरी बस्छिन् । नजिकैको अरुणोदय एकेडेमी भगवान पाउ स्वयंभूमा कक्षा ३ मा पढ्दैछिन् जिग्मे । नर्सरी देखि हालसम्म दोस्रो कहिल्यै नभएकी जिग्मे गायन जस्तै पढाइमा पनि तिक्ष्ण छिन् । 

सानै देखि गाउन थालेपछि र एक दुइपटक गाएपछि उसको स्वरमा आएको निखार (परिवर्तन) देखेपछि स्वयंभुमै रहेको स्वर संगित पाठशालामा भर्ना गरी छोरीको गाउने रहरलाई पुरा गरेको बताउछिन् । करिब ७ महिना त्यहाँ सिकेपछि छोरीकै चाहनालाई पुरा गर्न अहिले डिल्लीबजार स्थित श्री संगित पाठशाला कालिका स्थानमा सिक्दै गरेकी छन् । 
कलिलै उमेरमा भए पनि यस भन्दा अगाडि उनले बाबा र छोरीको कथामा आधारित गित समेत गाइसकेकी छिन । विलक्षण स्वरकी धनी जिग्मे यसै वर्ष सुन्दर नगरी पोखरामा सुरताल सिजन २ मा भाग लिन सफल सबैभन्दा कान्छी प्रतियोगिको रुपमा थिइन् । सुरताल सिजन २ मा चौथो (सान्त्वना) स्थान हातपार्न सफल जिग्मे पहिलो पटक भाग लिएको बताउछिन आमा बसन्ती लामा 

     जिग्मे अहिले पढ्दै पनि छिन र भर्खर काठमाडौंमा भइरहेको स्वरशाला आइडियल जुनियरको पहिलो राउण्डबाट सेलेक्ट भएकी छन् । पोखराको सुरताल सिजन २ बाट स्टेजमा पाइला टेकीकी जिग्मे यति बेला संसारसामु तिम्ले बाटो फेरेउ अरे......” गीतमा स्वर दिइ आफूलाई बाल गायिकाको रुपमा स्थापित गराउन सफल भएकी छन । स्मरण रहोस् यो गीतमा मेल भर्जनमा राजेश पायल राई र फिमेल भर्जनमा मिलेना राईले स्वर दिएका छन् । उनले स्वर दिएको यो गीत किड Kid भर्जनको रुपमा गीतकार दर्पण राइले ल्याएका छन् । 



साच्चिकै यीनको स्वर सुन्दा लाग्छ आमाको गर्भमा नै रियाज गर्थिन यिनले । आशा गरौ ७ वर्षकै उमेरमा नै देखिएको यो प्रतिभालाई परिवारले उचित वातावरण दिने र बेलैमा सम्बन्धित क्षेत्रले सरोकार राख्यो । चिन्न सक्यो र मलजल गर्न सक्यो भने गायन क्षेत्रमा राज्यको निम्ति कोशेढुङ्गा सावित हुनेछ भन्ने आशा गर्न सकिन्छ । 
स्रोत: डेली न्युज पोखरा

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses