आमा बिरामी परेको भन्दै ‘बच्चाको अपहरण’, भागेर प्रहरीकहाँ पुगे बालक

रातो घर, बर्दिबास–आमा बिरामी भएको भन्दै झुक्याएर अपहरणकारीको चंगुलमा परेका सर्लाहीका एक १३ वर्षीय बालकले भागेर ज्यान जोगाउन सफल भएका छन् । सर्लाहीको ढुंग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसे कुमार महतोलाई आइतबार बिहान करिब पौने ७ बजेतिर दुई मोटरसाईकलमा आएका चार अज्ञात व्यक्तिले अपहरण गरेर लगेका थिए ।

म घरबाट किताब बोकेर स्कुल गएको थिएँ । कक्षामा किताब राखेर सडकमा निस्केको थिएँ । चार जना मान्छे आएर तिम्रो आमा बिरामी हुनुभयो र बाँच्न नसक्ने अवस्थामा छिन् भने, त्यसपछि म डराएँ ।’ अपहरणमा परेका ती बच्चाले रातोपाटीसँग भने ।

मोटरसाइलमा आएकाले यस्तो भनेपछि आफूले उनीहरुलाई घरसम्म लगिदिन आग्रह गरेको बालक कुसे महतोले बताए ।

बालकका अनुसार अपहरणकारीले उनलाई धरहरा भन्ने स्थानमा बोलाएका थिए । घटना सुनाउँदै उनले भने, ‘म दौडेर त्यहाँ गएँ, उनीहरुले मलाई पर्खेर बसेका थिए ।’

अपहरणकारीले कुसेको आमालाईसुख्खे पोखरी अस्पताल भर्ना गरिएको बताएका थिए । लगत्तै अज्ञात समूहले ती बच्चालाई सुख्खे पोखरी पु¥याए । त्यसपछि पूर्व–सर्लाहीको एक जंगलमा लगेर आफूलाई आँखामा पट्टी बाँधीदिएको बच्चाले बताएका छन् ।

अपहरणमा परेर हतास मनस्थितिमा रहेका ती बच्चाले प्रहरीसँग भनेका छन्- अपहरणकारीहरुले फल्याट गरिदिएर छोडिदिनुपर्छ भन्दै आपसमा कुरा गरेका थिए ।

प्रहरी कार्यालय बर्दिबास महोत्तरीका असई वीरेन्द्रकुमार सिंहले बालक कुराकानी गरेका थिए ।

अपहरणकारीहरु एक आसपमा गफिन थालेपछि उनीहरुको आँखा छलेर भागेको बालकले बताएका छन् । उनी भागेर जंगलमा दाउरा संकलन गर्दै गरेको महिला कहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको उनले बताए ।

बालकका अनुसार आफु भागेको थाहा पाएपछि अपहरणकारीहरुले सुन–सुन भन्दै दौडेर बोलाउन आएका थिए ।

सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अबस्थावारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

चिन्तित मुद्रामा रहेका अबोध बालक अहिले इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीको सुरक्षामा छन् ।

बालकका आफ्न्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जिवन गिरीले बताएका छन् । उनले भने, ‘घटनाको बारेमा सर्लाही प्रहरीलाई जानकारी पठाइएको छ । थप अनुसन्धान गर्दैछौं ।’

बालकले आँखामा पट्टी बाँधेको र हात नबाँधेको भन्दै प्रहरी समक्ष दिएको बयानअनुसार १३ वर्षीय बालकले आफ्नो आँखामा बाँधेको पट्टी किन खोल्न सकेनन ? यसबारे थप अनुसन्धानको लागि बालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरी पठाउन लागिएको प्रहरी निरीक्षक गिरीले रातोपाटीलाई जानकारी दिए ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses