बिदेश बसेर नभुक चाहिँ नभन्नु

नेरुता मोक्तान/दिलमाया मोक्तान रामेछाप, हाल प्रवास
रातो घर, जेठ १७, काठमाडाैं । सानो आङकाजी भने पनि भन, धोति भने पनि भन, जे भने पनि भन । तर बिदेश बसेर नभुक चाही नभन । यदि भन्छौ भने त्यो व्यक्तिले यी कुराहरु बेहोर्नु पर्दछ।

तिम्रो बाउले जागिर दिन्छ भने म तीन दिनभित्र नेपाल फर्किन्छु । दुर्इ बर्षको हाराहारीमा मैले दुई लाख पच्चीस हजार सामाजिक कार्यको लागी खर्चिएछु । एक लाख सत्तरी हजार जति सार्वजनिक सहयोगको रुपमा सार्वजनिक भएको छ । बाँकी चाही पव्लिक हुन नचाहाने पिडितहरुका लागी खर्चिएकी रहेछु । जस्तै बिदेशमा फसेका दिदीबहिनीहरु कतिलाई सटक सुटुक नेपाल फर्काइने क्रममा खर्चिए । प्लिज म यस्तो काण्डमा फसेकी भनेर फ्लास नगर्दिनुस भन्नेहरुको विवरण भने एकदम प्राइभेटमा सेभ गरेकी छु । यहाँ खर्चिएको रकम बिदेश बसेर नभुक भन्नेले बेहोर्नु पर्दछ । कतै भुकम्प पिडित त, कतै बेचिएकी चेलि, कतै जिब्रो सुनिएको नानी त, कतै अनाथलयमा यो हातले खल्तिबाट झिकेर दिएको कुरा भने मेरो पुरानो आइडी र यहाँ अनि थोरै मिडियामा सेभ भएका छन । यो कस्ले बेहोर्नु पर्छ त भन्दा बिदेश बसेर नभुक भन्ने एक–एक बेहोर्न लाएरै छोड्छु । म सामान्य परिवारको छोरी हुँ ।

वास्तवमा भन्नु पर्दा मेरो आमाको इच्छा पुरा गर्न सकेको छैन । कुन छोराछोरीलार्इ रहर हुदैन । आमालार्इ खुसी दिने तर मेरो आमाले छोरी म सुन लाउछु, यति पैसा दिउन भन्दा आमा, मान्छे एक छाक खान नपाएर बिजोग छ, सुन पछि लाउला नि आमा भन्दै समाजको आँसु पुज्न तिर लागे । अब मेरो आमालाई खुसी पार्ने काम कसले गर्नु पर्छ त ? भन्दा बिदेश बसेर नभुक भन्नेले यो काम गर्नु पर्दछ । प्रवासको तातो घाम, छुचो साहुको गाली, कहिलेकाही झगडा पर्छ, दुःख लाग्छ भाग्न मन लाग्छ, म भागेर समस्या जन्मेको खण्डमा, बिदेश बसेर नभुक भन्नेले मेरो समस्याको समाधान गर्नुपर्छ ।

म आफुजस्तो अवस्थामा भए पनि बेचिएकी दलालको प्रलोभनमा फसेकीहरु धेरैलार्इ साथ दिने क्रममा दलालको समर्थकहरुसंग दामदर भनाभैरी पर्छ । धम्कीपुर्ण भनाभन हुन्छ, भोलि मलार्इ तल माथी केही भएमा यसको परिणाम बिदेश बसेर नभुक भन्नेले बेहोर्नु पर्दछ । मान्छे बन्न घर छोडेका हौ, हामी साठी लाख नेपाली अन्तर्राष्ट्रिय बन्न होईन । र संधै हाम्रो जिवन खाडीमै बित्छ भन्ने छैन । मरे बाकसमा बाँचे प्लेनमा फर्किने त नेपाल नै हो । हलो जोत्न नसकेर काठ्माडौ छिर्नु र काठमाडौ छोडेर बिदेश छिर्नुमा आकास र पातलको फरक छ । बिदेश बसेर नभुक भन्न जति सजिलो छ यो शव्दलार्इ खण्डन गर्न त्येतिनै गाह्रो छ !
साभार:सैलुङअनलाइन

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses