जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, ४ पक्राउ, २ फरार
रातो घर, १८ जेठ, जनकपुरधाम । जनकपुरमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरको नयाँ बसपार्कमा जेठ १० गते साँझ ७ बजे ६ जना युवाहरुले स्थानीय एक निजी विद्यालयमा काम गर्ने ३५ वर्षकी महिलामाथि सामुहिक बलात्कार गरेको घटना सार्बजनिक भएको हो ।
महिला बलात्कृत भइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । अन्य दुई जना भने फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका २४ का १९ वर्षीय आकाश सहनी, वार्ड नम्बर २३ का २० वर्षीय अमर साह, १८ वर्षीय फिरोज राईन र महोत्तरी गौशाला नगरपालिका ७ का राजेश साह रहेको धनुषाका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनकारी दिए । फरार भएका दुई जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पीडितको जाहेरी अनुसार पक्राउ परेकाहरु माथि जबरजस्ती करणी मुद्दा दायर गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको पोख्रलले जानकारी दिए । प्रहरीका अनुसार पीडित महिला र पक्राउ परेका आरोपीहरुको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses