प्रेममा धोका दिएको भन्दै पुरुषमाथि एसिड प्रहार
रातो घर, इस्लामाबाद – पाकिस्तानमा एक महिलालाई पुरुषमाथि एसिड फालेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार एसिड प्रहार गर्ने मोमेल माई र पीडित सदाकत अलीबीच लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । तर सदाकल अलीले उनीसँग बिहे गर्न अस्विकार गरे । त्यसैको रिसमा उनले एसिड प्रहार गरिन् ।
तर मईले आफ्नो सुरक्षाका लागि एसिड प्रहार गर्नुपरेको दाबी गरेकी छिन् । एसिड प्रहारबाट घाइते भएका अलीको शरीरका ५० प्रतिशत भाग डढेका छन् । उनको मुल्तानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
पाकिस्तानमा प्रत्येक वर्ष सयौँ एसिड आक्रमणका घटनाहरु घट्छन् । तर पूरुषमाथि महिलाले एसिड प्रहार गरेका घटना भने दुर्लभ रुपमा सुनिन्छन् ।
आक्रमणकारी माइले अलीमाथि बिहिबार बिहान एसिड फालेको बताइएको छ । आक्रमणका बेला माइकै अपार्टमेन्टमा रहेको बाथरुममा पिडित सदाकल नुहाउँदै थिए । माइले एसिड फाल्दा सदाकलकोे शरीरका पछाडीका भागमा मात्रै लागेकाले उनको अनुहारमा भने क्षति पुगेको छैन् ।
प्रहरीका अनुसार अली र माइ दुबै विवाहित हुन् । तर उनीहरु पछिल्ला धेरै वर्षदेखि सम्बन्धमा थिए । माइले आफ्ना श्रीमान्सँग सम्बन्ध विच्छेद गर्दै अलीसँग बिहे गर्न चाहेकी थिइन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एसिड आक्रमणमा प्राय ८० प्रतिशतजसो महिलाहरु पिडित हुन्छन् ।
दक्षिण एशियामा सहजै रुपमा एसिडको बिक्री वितरण हुने गरेको छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses