मनिषा मृत्यु प्रकरणबारे बिमलले भने, ‘आशिष चौधरीबाहेक अरु कसैमाथि शंका छैन’
रातो घर, नवलपरासी–फुटबल खेलाडी विमल घर्ती मगरले बहिनी मनिषाको हत्यालाई प्रहरीले आत्महत्या भनेर छानबिन फितलो पारेको आरेप लगाएका छन् ।
एक महिना पुग्न लाग्दा पनि संलग्नलाई कारबाहीको साटो आत्महत्या नै हो भनेर अभियुक्तलाई चोख्याउन खोजेको आरोप उनले लगाए ।
‘हत्यारालाई कारबाही माग’ गर्दै आइतबार प्रहरी र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन गएका विमलले मनिषाको हत्या नै भएको ठोकुवा गरे । ‘प्रहरीसँग जानकारी माग्दा अनुसन्धान भइरहेको जवाफ दिन्छन्,’ उनले भने, ‘घटनाको राम्रोसँग अनुसन्धान गरेजस्तो लागेन ।’
‘अरु कसैमाथि शंका छैन, उसैले गरेको हो,’ उनले भने । प्रहरीले आत्महत्या भनेर प्रचार गरेकोमा दुःख लागेको जनाउँदै आफूहरुले न्याय नपाएको दुःखेसो पोखे ।
घटना देख्ने कसैले पनि आत्महत्या भन्न नसकेको दावी गर्दै राम्रोसँग र सुक्ष्म तरिकाले छानबिन गर्न माग गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses