दुःखद वा सुःखद घटनामा पुरुषमा भन्दा महिलामा बढी आँशु आउँछ किन हेर्नुहोस्

रातो घर, एजेन्सी– तपार्इँ हामीमध्ये जोकोही पनि कुनै न कुनै बेला रोएका हुन्छौ । ‘आशु नचुहाउँने मानिस त केबल रोबट हुन सक्छ,’ एलिजाबेथ गिलवर्ट आफ्नो एउटा पुस्तकमा लेख्छिन् । दुःखद वा सुःखद घटनामा आँखाबाट आशु चुहेको अवस्था रुनु हो । पुरुषमा भन्दा महिलामा बढी आँशु आउँछ । एक तथ्यांकका अनुसार महिलाहरु महिनामा औषतमा ५ दशमलब ३ पटक रुन्छन् भने पुरुष १ दशमलब ३ पटक । अखिर किन रु जैविक रुपमा भन्नु पर्दा पुरुषमा महिलामा भन्दा बढी टेस्टोस्टेरोन नामको हर्मन हुन्छ जसले आशुलाई दबाइदिन्छ । अर्कोतर्फ महिलामा प्रोल्याक्टिन नाम गरेको हर्मन हुन्छ, जसले बढी आँशु उत्पादन गर्छ । तर, यी दुई ओटा हर्मनले मात्र तपाईँ बढी रुने वा नरुने भन्ने विषयलाई निर्देशित गर्दैन । किनकी रुवाईका प्रकारले यसको मात्रालाई बताउँछ । रुवाईका प्रकार प्रोटिनयुक्त एन्टि ब्याक्टेरियल तरल पदार्थलाई आँखाको गेडीको बाह्य किनारामा हुने ल्याक्रिमल ग्लान्डले छोपेको हुन्छ ।
जब हामी आँखा झिमिक्क गछौं सो तरल पदार्थ निस्कन्छ र यसले हाम्रो सम्पूर्ण आखालाई चिप्लो प्रदान गर्छ । यसलाई आधारभूत आशा भनिन्छ र यसको मुख्य काम नै चिप्लो पर्दाथ निस्कासन गरेर आँखालाई रक्षा गर्नु हो । एक पटक सोच्नुहोस् त प्याज काट्दा किन आँशु आउछ रु आँखामा केही भएमा प्रतिकृया स्वरुप आउने स्वतः आशु हो यो । यस आँशुले हावा, धुलो, धुवा, रसायनजस्ता हानिकारक पक्षबाट बचाउँछ । आखामा भएको धुलो र अनावश्यक कुरालाई यस आशुले आँखाबाट पखालिदिन्छ । अर्को प्रकारको आँशु निकै भावनात्मक किसिमको हुन्छ । यो अवस्थामा आँखाबाट यति धेरै आशु आउँछ की आशु नाकको प्वाल हुदै बाहिर हुन्छ । धेरै रुँदा मानिसको नाकबाट पानी चुहिनु पनि यही कारण हो । गालाबाट नै तप तपी चुहिने यस्तो आँशु मानिसलाई चिन्ता, निराश, दुखी हुँदा आउँछ । यस्तै आँशु कुनै बेला हर्षको समयमा पनि आउँछ । रुँदाखेरी हर्मन र न्युरोट्रान्सिमटरले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मायाले तपाईँलाई रुवाउँछ सेरोटोनिन ९मानिसलाई खुसी बनाउने हर्मन० ले शारिरिक र मनोवैज्ञानिक कार्यलाई प्रभाव पार्छ । मुडलाई सन्तुलन गर्न पनि यसको ठूलो भूमिका हुन्छ । भोक दबाउन तथा हड्डीको घनत्व घटाउन पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ शरिरमा अत्याधिक मात्रामा सेरोटोनिनले मानिसका हडी कमजोर हुने ९महिनावारीको समयमा महिलालाई हुन्छ० गर्छ । सेरोटोनिन उत्पन्न गर्ने ट्राईफन मासिक धर्मको समयमा महिलामा घट्दै जान्छ, जसका कारण डिप्रेसन हुने वा आँशु चुहिने बढी सम्भावना हुन्छ । त्यस्तै, तपार्इँ मायामा पर्दा पनि सेरोटोनिन नामको हर्मनको तह न्यून हुन्छ, जसका कारण तपार्इँ बढी रुने सम्भावना हुन्छ । विभिन्न चरणमा हुने रुवाई सबै शिशुहरु जन्मदा रुने गुण लिएर जन्मन्छन् । भर्खर जन्मिएको शिशु जन्मने बित्तिकै रुन्छ तर आँशु आउँदैन । उनीहरु बिस्तारै बढ्न थालेपछि आँखामा तरल पर्दाथ आउछ । भोक, निन्द्रा, पीडा, रिस वा सामान्य असजिलो बोध गराउन उनीहरु रुन्छन् । १० महिनापछि उनीहरुको रुवाई अरु कसैको ध्यान आकर्षण गर्ने खालको हुन्छ । यसलाई फेक टिर्यस वा भ्रमपूर्ण आँशु भनिन्छ । प्रौढ अवस्थामा पुगेपछि टेस्टोस्टेरोन र प्रोल्याक्टिन सुरु हुन्छ । यी हर्मन विकसित भएपछि किशोरीहरु बढी रुन्चे हुन्छन् भने केटाहरुमा हाँसोको मात्रा ह्वात्तै झर्छ । धेरै हानी हुने कुरा भएमा मात्र पुरुषहरु रुने गर्छन् । तर, महिलाहरु भने निराश भए भने पनि आँशु चुहाउँछन् । उनीहरु ठूलो स्वरमा धेरै आँशु चुहाएर रुन्छन् । वैज्ञानिकहरुका अनुसार पुरुषहरुमा आँशु ग्रन्थी साना र महिलामा ठूलो हुने गर्छ । सरदर ५० वर्ष पुगेपछि हाम्रो रुवाईको प्रवृत्तिमा परिवर्तन हुन्छ । हर्मनको परिवर्तनले यस्तो हुने गर्छ । अर्कोतर्फ महिलामा भन्दा पुरुषमा टियर डक्ट ठूलो हुने भएकोले पुरुषमा भन्दा महिलामा बढी आँशुको प्रबाह हुन्छ । प्रौढहरुका लागि कति रुनु सामान्य हो ? बालबालिका दिनमा एकदेखि ३ घन्टासम्म रुन्छन । यो स्वभाविक हो । तर तीन घन्टा भन्दा बढी रोएमा वा एक सातामा तीन दिनबढी रोएमा चिकित्सककहाँ देखाउनुपर्छ । प्रौढहरु कति रुन्छन भन्ने विषयमा कुनै निश्चित समय छैन् । रुने मानिसको अवस्थामा पनि भर पर्छ । पश्चिमेली समाजमा रुनमा कुनै छेकवार नभए पनि एशियाली मुलुकमा रुनलाई कम्जोरीपन बताइन्छ । रुदाखेरी पीडामुक्त भएपनि रोएको क्षण निश्चय नै सुखद होइन । स्रोत-swasthyakhabar.com 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses