सात वर्षिया छोरी बलात्कार आरोपमा बाबुलाई २३ बर्ष कैद सजाय

रातो घर, बिराटनगर  – मोरङ अदालतले छोरी बलात्कार गरेको आरोपमा बाबुलाई २३ बर्ष कैद सजाय गरेको छ । मोरङ कोशी हरैचा ४ बस्ने बाबु लखन उरावलाई सात बर्षीया छोरी बलात्कार गरेको आरोपमा १५ आसारमा मोरङ अदालतले २३ बर्ष कैद सजाय गरेको हो । अदालतका एक नम्बर न्यायधिश बिनोद मोहन आर्चायको इजलासले बाबु लखनलाई मुलुकी ऐन जर्बदस्ती करणीको महल ३ एक र हाडनाता करणीको महल ९ क मा उल्लेख भए अनुसार २३ बर्ष कैद सजाय सुनाएको क्षेस्तेदार नवराज दुलालले बताए । उनका अनुसार अदालतले पिडित बालिकालाई ३५ हजार जरीवना भराउने फैसला पनि गरेको छ । 
२८ चैत २०७१ मा यौनपिपासु बाबु लखनले आफनै सात बर्षकी नावालिका छोरीलाई निर्मतापुर्वक बलात्कार गरेको आरोपमा बेलबारी प्रहरीले पक्राउ गरेर अदालतमा जर्बदस्ती र हाडनाताकरणी अनुसार सजाय दिलाउन माग गर्दै मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।
साभार: रातो पाटी 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses