मदिरा सेवन गर्न आएका भारतीय नागरिकको नवलपरासीमा मृत्यु

रातो घर, परासी, १५ असार । मदिरा सेवन गर्न नेपाल प्रवेश गरेका भारतीय नागरिकको शव नवलपरासी जिल्लाको भुजहवा गाविसमा फेला परेको छ ।
भुजहवा– १ गणेशपुरस्थित झरही नदीको छेउमा भारत महाराजगञ्ज जिल्ला लक्ष्मीपुरका ३८ वर्षीय अनिरुद्र यादव मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार दिउँसो करीव बजेसम्म स्थानीय रक्सी पसलमा बसेर मदिरा सेवन गरेका यादवको साँझ साढे ५ बजेतिर पुल छेउमा शव भेटिएको स्थानीय लक्ष्मी हरिजनले जानकारी दिए ।
दिउँसो अत्याधिक मदिरा सेवन गरेका यादवको मदिराकै कारण मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा पुगेको भुजहवा प्रहरी चौकीका ईञ्चार्ज जहरलाल गुरुङको नेतृत्वमा खटिएको टोलीले शव पोष्र्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याएको छ ।
भारतमा विहार राज्यमा राज्य सरकारले मदिरा बिक्रीमा प्रतिवन्ध लगाएपछि भारतीय नागरिकहरू मदिरा सेवन गर्नकै लागि नेपाल आउने गरेका छन् । भारतीय नागरिकहरू दिनभरि मदिरा सेवन गरेर बेलुका घर फर्कने गरेका छन् ।
मदिरा सेवन गर्न आउने भारतीय र स्थानीय नेपालहरूका वीच बेलाबेला विभिन्न स्थनमा झैझगडा हुने समेत गरेको छ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses