दोस्रो चरणमा कामदार इजरायल पठाउन सरकारले पूर्व तयारी सुरु

रातो घर, काठमाडौं । इजरायलका लागि केयरगिभर र हिब्रु तथा अंग्रेजी भाषाको तालिम लिँदै हुुनुहन्छ ? केही समय प्रतिक्षा गर्नुहोला्, दोस्रो चरणमा कामदार इजरायल पठाउन सरकारले पूर्व तयारी सुरु गरेको छ ।

वैदेशिक रोजगार विभागले सरकारी तहबाटै इजरायल पठाउने कार्यक्रमलाई निरन्तारता दिने गरी इजरायल सरकारसँग दोस्रो चरणमा केयरगिभर लैजाने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

पहिलो चरणमा जान छनौट भएका ५९ मध्ये ५७ केयरगिभर कामदार इजरायल पुगिसकेका छन् । पहिलो लटमा १४, दोस्रोमा ३२ र तेस्रो लटमा ११ जना कामदार इजरायल गएका हुन् । दुई जना भाषा परीक्षा पास गरेकाहरु अहिलेपनि कन्ट्रयाक्टको प्रतिक्षामा छन् ।

यसअघि विभागले विभिन्न झन्झटको बाहना देखाउँदै इजरायलमा नेपाली पठाउने प्रक्रियाबाटै अलग्गिने बताएको थियो ।

तर, विभागका प्रवक्ता मोहन अधिकारीले दोस्रो चरणमा इजरायलमा केयरगिभर पठाउनका लागि प्रक्रिया अघि बढेको बताए । कामदार लैजाने विषय इजरायलको निर्णयमा भर पर्ने भएपनि सरकारी तबरबाट दोस्रो चरणका लागि पहल भइरहेको उनको भनाइ छ । ‘हामीले औपचारिक रुपमा दोस्रो चरणमा कामदार लैजानका लागि आग्रह गरेका छौं’ अधिकारीेले भने, ‘दोस्रो चरणमा एकदेखि २ महिनाभित्र डिमान्ड आउँछ भन्नेमा विश्वस्त छौं ।’

समझदारी (एमओयु) अनुसार ५९ जना इजरायल पुगेपछि दोस्रो चरणमा थप कामदारको मागपत्र इजरायलले पठाउनुपर्छ । अहिलेको सम्झौतामा टेकेर परीक्षणका रुपमा ३ सय कामदार इजरायलले लैजानेछ । अब दोस्रो चरणमा इजरायलले १ सय देखि १ सय ५० जना केयरगिरभको माग गर्नसक्ने विभागका अधिकारीहरु बताउँछन् ।

अहिलेको एमओयुअनुसार ३०० कामदार लगेपछि वाषिर्क १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन इजरायलले दिएको छ । पहिलो चरणमा ५९ जना कामदार इजरायल पठाउन भएको छनौट प्रक्रियामा अनियमितता गरेको आरोप विभागमाथि लागेको थियो । यस विषयमा उजुरी परेपछि विभागले अख्तियार, श्रम मन्त्रालय र संसदीय समितिमा औपचारिक रुपमै जवाफ पेश गर्नु परेको थियो ।

तर, दोस्रो चरणको छनौटलाई विवादरहित बनाउने विभागका अधिकारीहरु बताउँछन् । अब दोस्रो चरणमा इजरायलबाट कति केयरगिभरको माग आउँछ भन्ने निश्चित नरहेको प्रवक्ता अधिकारीले बताए । ‘इजरायल सरकारले पनि आफ्नो निजी क्षेत्रसँगको सहकार्यमा कामदार लैजाने हो । त्यसैले उसले हामीलाई ग्यारेन्टी गरेर भन्न सकिरहेको छैन’ अधिकारीले भने, ‘तर, सम्झौतामा टेकेर नेपालीलाई अवसर दिन हामीले आग्रह गरेका छौं ।’

एकवर्ष अघिसम्म व्यवसायीले ठूलो रकम असुलेर इजरायलमा कामदार पठाइरहेका थिए । तर, अहिले नयाँ समझदारी भएर ‘जीटुजी लेभल’ मा कामदार पठाउन सुरु गरिएको हो । सरकारी तवरबाट कमादार पठाउँदा कामदारले ठूलो खर्च बेहोर्नुपर्दैन ।

कस्तो गन्तब्य इजरायल ?

इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तब्य मानिएको छ । इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

३ महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ र एएनएम पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिएको थियो । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयर गिभर लिने गरिएको समाचार अनलाइनखबरमा  छ ।

विभागले पहिलो चरणका लागि केही महिनाअघि माग गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएका थिए । उनीहरुलाई ७१ घण्टाको विशेष तालिम लिएर इजरायल पठाइएको छ । यी कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् ।

इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्च लगायत गरी लगभग ९५० डलर मात्रै तिर्नपर्छ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses