आज वि.सं. २०७३ साल असार २७ गते। सोमबार। इश्वी सन् २०१६ जुलाई ११ तारिखको राशिफल।
वि.सं. २०७३ साल असार २७ गते। सोमबार। इश्वी सन् २०१६ जुलाई ११ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– सप्तमी, १७:२३ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। समय लागे पनि काम बन्नेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ। भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। पशुधन र जमिनबाट मनग्य लाभ मिल्नेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। नसोचेको समस्या देखा पर्नाले मन खिन्न हुन सक्छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। (नेपाली पात्रो)
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses