किन पछिल्लो दुई महिनामा कोहलपुरमा बलात्कारका घटना बढे हेर्नुहोस्

रातो घर, काठमाडौं–बाँकेको कोहलपुर क्षेत्रमा बलात्कारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । पछिल्लो दुई महिनामा मात्रै कोहलपुर क्षेत्रमा चारवटा बलात्कारका घटना भएको प्रहरीले जनाएको छ । गत २७ वैशाखदेखि २४ असारसम्म बलात्कारका तीन र बलात्कारपछि हत्या गरेको एक घटना दर्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका तीनजना पुर्पक्षका लाथि थुनामा छन् भने जबर्जस्ती करणी गरी कर्तव्य ज्यान गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्त साधारण तारिखमा छुटेको उनले बताए । सो अवधिमा कर्तव्य ज्यानको घटना एउटा मात्र भएको र ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।

करिब दुई महिनाको अवधिमा चोरीका १० वटा घटना इलाका प्रहरी कार्यालयमा दर्ता भएका छन् । चोरी अभियोगमा पक्राउ परेकामध्ये आठजना साधारण तारिखमा छुटेको र दुईजनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोहलपुर क्षेत्रमा लागुऔषधसम्बन्धी गतिविधिमा समेत वृद्धि भएको प्रहरीले जनाएको छ । यस अवधिमा ब्राउनसुगर कारोबारमा संलग्न आठजना पक्राउ परेका छन् भने लागुऔषध चरेस कारोबार तथा ओसारपसारमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses